काठमाडौं । ३० वर्षदेखि त्रिभुवन विश्वविद्यालयमा कार्यरत प्राडा दीपक अर्यालले त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिको जिम्मेवारी पाएका छन्।
२०५२ सालदेखि त्रिभुवन विश्वविद्यालय प्रवेश गरेका दीपक अर्याल वरिष्ठ साहित्यकार स्व भैरव अर्यालका जेठा छोरा हुन्। आईएस्सी अमृत साइन्स क्याम्पसबाट गरेका अर्यालले बीएस्सी त्रिचन्द्र क्याम्पसबाट गरेका हुन्। स्नाकोत्तर तहमा मौसम विज्ञान विषयमा उनी त्रिविको गोल्ड मेडलिस्ट समेत हुन्।
जापानको नागासाकी विश्वविद्यालयबाट वायुमण्डलीय विज्ञान विषयमा पनि स्नातकोत्तर गरेका छन् उनले। अर्यालले २०७२ मा त्रिभुवन विश्वविद्यालयबाट मौसम विज्ञान विषयमा पीएचडी गरेका हुन्। उनी मौसम प्रणाली, संवहन प्रक्रिया, तथा वायुमण्डलीय प्रदूषणको गतिशीलता सम्बन्धी विज्ञ मानिन्छन्।

