भारतको रिलायन्स इन्डस्ट्रिजले चौधरी ग्रुपसँगको सहकार्यमा कोल्ड ड्रिंक्स ब्रान्ड क्याम्पा कोला नेपाली बजारमा ल्याएको छ।
नेपाली बजारमा नै उत्पादन र वितरण गर्नेगरी नेपाल र भारतका दुई वटा ठूला औद्योगिक घरानाले सहकार्य गरेका छन्। क्याम्पा कोला रिलायन्स इन्डस्ट्रिजको परिचित कोल्ड ड्रिंक्स ब्रान्ड हो। यो गल्फ कोअपरेशन काउन्सिल मुलुकहरूमा पहिले नै स्थापित भइसकेको ब्रान्ड हो। नेपालमा भने चौधरी ग्रुपले यसको स्थानीय उत्पादन र वितरण गर्ने छ।
कम्पनीका अनुसार, प्रारम्भिक रूपमा क्याम्पा पोर्टफोलियो अन्तर्गत क्याम्पा कोला, क्याम्पा लेमन, क्याम्पा अरेन्ज, क्याम्पा इनर्जी गोल्ड बुस्ट र क्याम्पा इनर्जी बेरी किक उपलब्ध हुनेछन्। २५० मिलिलिटर कार्बोनेटेड सफ्ट ड्रिंक बोतल ९क्याम्पा कोला, क्याम्पा लेमन र क्याम्पा अरेन्ज० को उपभोक्ता मूल्य ३० रुपैयाँ तोकिएको छ। क्याम्पा २५० मिलिलिटर इनर्जी बेरी किकको मूल्य भने ४० रुपैयाँ रहेको छ।

