साझाकथा । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडमार्फत् निर्माणाधीन ४३९ मेगावाट क्षमताको अर्धजलाशययुक्त बेतन कर्णाली जलविद्युत आयोजनालाई उत्पादन अनुमतिपत्र प्रदान गरेको छ।
कर्मचारी सञ्चयकोष, नेपाल विद्युत प्राधिकरण र विद्युत उत्पादन कम्पनी लिमिटेडबाट क्रमशः १५, १० र १० प्रतिशत लगानी रहने आयोजनाको कुल लागत करिब ९३ अर्ब रूपैयाँ रहने अनुमान गरिएको छ। बाँकी ४० प्रतिशत कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता तथा कर्मचारीहरू र २५ प्रतिशत स्थानीय तथा सर्वसाधारणको सहभागिता रहनेछ। निर्माण कार्य तत्काल सुरू गरी पाँच वर्षभित्र सक्ने लक्ष्य राखिएको छ।

