काठमाडौं । आर्थिक वर्ष २०८१ /०८२ मा सरकारले कुल ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ ।
सरकारले उक्त वर्षका लागि प्रारम्भिक रूपमा १४ खर्ब १९ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर अर्धवार्षिक समीक्षा पश्चात् यो लक्ष्य परिमार्जन गर्दै १२ खर्ब ८६ अर्ब मा झारिएको थियो । संशोधित लक्ष्यअनुसार ९१।६० प्रतिशत राजस्व संकलन हुन सफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।
राजस्व महाशाखाका अनुसार, अन्तर्राष्ट्रिय आर्थिक चुनौती र विपद् व्यवस्थापनका समस्याहरू हुँदाहुँदै पनि अघिल्लो वर्षको तुलनामा उत्साहजनक नतिजा हासिल भएको छ । मन्त्रालयले चालू आर्थिक वर्ष २०८२/०८३ मा १३ खर्ब १५ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्यसहित तयारी अघि बढाइसकेको छ ।