प्रथम बीमा शुल्क आर्जनमा रेकर्ड

काठमाडौं ।  नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले  १० अर्ब प्रथम बीमा शुल्क आर्जन गर्दै नेपालको जीवन बीमा उद्योगमा ऐतिहासिक रेकर्ड बनाउन सफल भएको छ ।

एनएलआईसीले हासिल गरेको यो ऐतिहासिक उपलब्धिले बीमा बजारलाई दिशानिर्देश समेत प्रदान गरेको कम्पनीको भनाइ छ । आगामी दिनमा बीमा बजारको श्रीवृद्धिमा यसले अतुलनीय भूमिका निर्वाह गर्नेमा एनएलआईसी विश्वस्त छ ।

एनएलआईसी प्रविधिमैत्री प्रणालीहरूको अधिकतम प्रयोग गर्दै समयानुकूल सम्पूर्ण तप्कालाई उपयुक्त हुने खालका इनोभेटिभ प्रडक्टहरू ल्याउने, लगानीको प्रतिफल उच्च बनाउन लगानी विविधीकरण गर्दै जाने, कर्मचारी तथा अभिकर्ताहरूको ज्ञान, सिप र दक्षता अभिवृद्धि गर्न तालिम सञ्चालन गर्दै आमनागरिकलाई विश्वस्तरीय बीमा सेवा प्रदान गर्न कम्पनी कटिबद्ध रहेको कम्पनीले जनाएको छ ।

यो पढ्नु भयो ?