धनगढी उप–महानगरपालिकामा गौरा पर्व मनाईदै। यो पर्व भाद्र शुक्ल पञ्चमीका दिनदेखि सुरु हुन्छ ।
गौरा पर्व विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशमा मनाइने प्रमुख सांस्कृतिक तथा धार्मिक पर्व हो। महिलाहरूले गौरा देवी र महादेवको पूजा गरेर आफ्नो घर परिवारको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्छन्।
यस पर्वमा देउडा नाच, भजन, सामूहिक पूजा र मेलमिलाप हुने परम्परा छ। महिलाहरूले डल (धान, गहुँ, मकै, गहत, चना आदि पाँच अन्न) मिसाएर ‘पञ्चअन्न’ को पूजा गर्ने गर्छन्।

- फोटोः प्रकाश गोपाली