साझा कथा । गोर्खा भूकम्पका कारण अधिकांश संरचनामा क्षेति पुगेको यो राणाकालिन संरचना ‘सिंहदरबार’ त्यतिबेलै पूर्ण रुपमा भत्काएर नवनिर्माण गर्ने कि पुनःनिर्माण गर्ने भन्ने ठुलो बहसकाबीच २५ करोडौं रुपैयाँ खर्चिएर पुनःनिर्माण भएको थियो । पुनर्निमाण सम्पन्न भएर हस्तान्तरण भएको ६ महिनामै पुनः यो सिंहदरबारले अर्को विपत्ति व्यहोर्नु पर्यो । जेन-जी आन्दोलनका क्रममा आगलागीबाट अधिकांश संरचना जलेको अवस्थामा रहेको यो सिंहदरबारको क्षेतिको विवरण र यसलाई कसरी जस्ताको तस्तै उठाउने भन्ने विषय त प्राविधिक वा सरकारको निर्णयमा भर पर्ला । तर, सम्पूर्ण अंगहरु जलेर ठिङ्ग उभिएको सिंहदरबारको शिरमा रहेको यो झन्डाले चाहिँ साँच्चै भन्दैछ कि म पुनः उठ्नेछु र देशको स्वाभिमान कायम राख्नेछु ।
- फोटोः शिव श्रेष्ठ