साझाकथा संवाददाता
रसुवा, मंसिर ८
जिल्ला समन्वय समिति रसुवाकाे हलमा जारी प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक तर्फकाे मत गणना सकिएकाे छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएकाे जानकारी अनुसार मतगणनाबाट नेपाली काँग्रेसले १२ हजार ५ सय ७६ मत प्राप्त गरेकाे छ भने नेकपा (एमाले)ले ७ हजार ७ सय ८ मत प्राप्त गरेकाे छ ।
त्यसैगरी एनेकपा माओवादी केन्द्रले ३ हजार ६ सय ८६ प्राप्त गरेकाे छ भने नेकपा एकीकृत समाजवादीले ३ सय ३६ मत पाएकाे छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १ हजार ७ सय ३१ मत ल्याएकाे छ भने मंगाेल नेसनल अर्गनाइजेशनले ७ सय ६३, राप्रपाले ३ सय ८८ मत प्राप्त गरेकाे छ ।