Ad Banner

प्रधानमन्त्रीका लागि अध्यक्ष दाहालले गरे दाबी

साझाकथा संवाददाता

काठमाडाै, पुस १०

नयाँ सरकार गठनका लागि  नेतृत्व गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिसमक्ष आफ्नो दाबी पेश गरेका छन् ।

माओवादी, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय उन्मुक्ति पार्टीलगायतको समर्थन पेश गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्रीमा दाबी पेश गरेका हुन् ।

यस अघि राष्ट्रपतिले  विद्यादेवी भण्डारीले आज साँझ ५ बजेसम्म नेपालको संविधानअनुसार राजनीतिक दलहरुलाई प्रधानमन्त्रीको दाबी पेश गर्न समयसीमा प्रदान गरेकी थिइन् ।

दिएकाे समयसिमा अनुसार दाहाले दावी पेस गरेका हुन् ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको राजनीतिक दलका शीर्ष नेताहरू बीच भएकाे बैठकले अध्यक्ष दाहाललाई प्रधानमन्त्री बनाउने निर्णय गरेको थियो ।

यस अघि नेपाली काँग्रेससँग गठबन्धन टुटेपछि ६ दलकाे नयाँ गठबन्धन सुरूभएकाे हाे ।

 

 

 

यो पढ्नु भयो ?