Ad Banner

म्याग्दीकाे ग्रामीण पर्यटन 

तस्वीरहरू : गगनराज न्याैपाने

फाेटाे फिचर

पर्यटकीय क्षेत्रका रूपमा  म्याग्दीकाे तुसारपानी । मगर बस्ती रहेकाे छ । यहाँ हाेमस्टकाे सम्भावना देखिन्छ ।  ग्रामीण पर्यटन क्षेत्रकाे विकासका लागि निकै सम्भावना रहेकाे ठाउँ हाे । यहाँ सुन्तला, ओखरलगायत फलफुल प्रसस्त पाइन्छ ।

लाेकल कुखुरा पाइने, काेदाे खेती हुने यहाँ अर्गानिक खानाका परिकारहरू पाइन्छ । यहाँबाट धवलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण, हिउचुली, मानापाथी, टुकुचे जस्ता हिमाली मनाेरम दृष्य हेरेर रमाउन सकिन्छ । याे क्षेत्रबाट डाेल्पा जान मिल्ने बाटाेपनि छ ।  यहाँ चर्चित मालिकाधुरी मन्दिर जाने बाटाे पर्दछ ।

रैथाने खाना,  मगर संस्कृतिकाे नमुना देख्न सकिने याे ठाउँमा घुम्न जाने स्वदेशी तथा विदेशी पर्यटक धेरै जाने गर्दछन् ।

 

 

यो पढ्नु भयो ?