Ad Banner

अमलाः फल पनि, औषधि पनि

स्वास्थ टिप्स

अमला एक बहुगुणकारी फल हो । यो सानो एवं ठूलो प्रकारको हुन्छ । देख्नामा हरियो र गोलाकार दाना हुने अमला खाँदा अमिलो र टर्रो भएपनि खाएको एकैछिनमा मुखमा मीठो स्वाद उत्पन्न हुन्छ ।

यो भारत, चीन, श्रीलङ्का, बर्मा, इन्डोनेसिया आदि मुलुकहरूमा प्रायः उष्ण एवं पहाडी भागमा पाइन्छ । नेपालमा पनि यो फल प्रशस्त हुने गर्दछ ।
अमला अति स्वस्थकर फल हो ।

यस कुराको पुष्टि चरक, सुश्रूत आदिको पालादेखि अहिलेको आधुनिक चिकित्सा एवं आहार शास्त्रीहरूले गरेका अनुसन्धान, रोगहरूमा प्रयोग र उल्लेख गरेका प्रयोग विधिहरूले नै गर्दछ ।

अमला बात रोग हर्न सक्ने, मानसिक तथा शारीरिकशक्तिमा बृद्धि गराउने, खानामा रुचि, स्मरण शक्तिमा बृद्धि कपाल बलियो चम्किलो लामो बनाउने, घाउ खटिरा निको पार्ने, शरीरमा भएको बिजातीय द्रव्य (दूषित तत्व) निकाल्न मद्दत गर्ने, कब्जियत हटाउने,रगत शुद्ध बनाउने, वीर्यशुद्ध, आँखा तेजिलो, दाँत बलियो गराउने अति स्वथ्यकर फलको रूपमा लिइएको छ ।

अमलालाई ताजा प्रयोग गर्न सकिन्छ भने यसलाई सुकाएर राखी आवश्यक परेको समयमा प्रयोग गर्दा पनि यसको गुणमा कुनै कमी हुँदैन ।

डा. क्षितिज बराकोटीको पुस्तक सरल घरेलु उपचारबाट

 

यो पढ्नु भयो ?