Ad Banner

आछुछुछु… कस्तो जाडो ? ज्यानै जान्छ कि क्या हो ?

साझा विशेष

कमलादेवी गौतम । साझाकथा

काठमाडौं, पुस २२

चिसोले सप्तरीको महादेव गाउँपालिका ४ का ६५ वर्षीय देवनारायण ठाकुरको मृत्यु भयो । धनुषाको क्षिरेश्वर नगरपालिका–५ की ६० वर्षीया समुन्द्रीदेवी यादवको पनि सोमबार मृत्यु भयो । उनी उपचारको क्रममा धनुषा प्रादेशिक अस्पताल पुगेकी थिइन् । जाडोमा ज्यान गुमाउनेको संख्या बढ्न थालेको छ ।

आफैंमा असक्त उनी गरिब परिवारकी हुन् । सदाको परिवार भत्केको फुसको घरमा बस्छ । उनका पतिको पनि दुई वर्षअघि पुसकै चिसोले मृत्यु भएको थियो ।

केही दिनदेखि ह्वात्तै चिसो बढ्यो । आजभोलि दिनहुँ चिसोले मर्नेको व्यथा सुनिरहेका हुन्छौं । न्युनतम आधारभूत जीउ ढाक्ने कपडासमेत नभएर कठ्याङ्ग्रिएर मृत्यु हुने गरेको छ । नागरिकले गाँस, बास र कपासजस्ता आधारभूत आवश्यकता पनि पाउन सकेको छैन ।

सर्लाहीका नरनारायण राम भन्छन्, ‘रातभर आगो तापेर दाउरा पनि सकियो । यो जाडो भग्दैन घरमा ओढ्ने सिरक छैन । यस पटकको जाडोले लैजान्छ जस्तो छ ।’

‘संकलन गरेको दाउरा सकेर कागज, पराल बालेर रातभर बस्छु । सुत्न निन्द्रा लाग्दैन’, उनी थप्छन् ‘हामी जस्ता गरिबलाई हेर्ने सरकार कहिले आउला र न्यानो कपडा पाइएला ?’ उनी थप्छन् ‘न्यानो एकजोर कपडा भए त काम गरेर जहान पाल्न सक्थे ।’

हिमाली जिल्ला र तराईका जिल्लामा बढी समस्या देखापर्ने गर्छ । बाँके जिल्ला धेरै चिसोका बिरामी बढेको खबर छ । सडकमा सवारी साधन कम चल्ने बिहानदेखि हुस्सु र कुहिरोले ढाकेर अत्याधिक चिसो बढेको नेपालगञ्जका रामशरण यादव सुनाउँछन् ।

‘चिसोले काममा निस्किनै सकिएको छैन । जेष्ठ नागरिक बढी प्रभावित छन्’, उनी थप्छन् । दिनहुँ काम गरेर जहान पाल्नुपर्ने बाध्यता पर्ने मजदुर वर्ग धेरै प्रभावित छ । दिनमा काम गर्न निस्कने मजदुर, बालबालिका र जेष्ठ नागरिक बढी समस्यामा परेको सुनसरीका दुर्गा चौधरी भन्छन् ‘चिसोले रुघाखोकी, ज्वरो, दम, निमोनियाका बिरामी बढेका छन् ।’

धनुषा, सप्तरी र सिरहामा शीतलहरले कठ्याङ्ग्रिएर मृत्यु हुनेको संख्या बढ्दै छ । चिसोले सिरहाको कल्याणपुर नपा–१ अर्नामाकी ६३ वर्षीया पल्टी सदाको बुधबार चिसोले कठ्याङ्ग्रिएर मृत्युभयो ।

आफैंमा असक्त उनी गरिब परिवारकी हुन् । सदाको परिवार भत्केको फुसको घरमा बस्छ ।उनका पतिको पनि दुई वर्षअघि पुसकै चिसोले मृत्यु भएको थियो ।

हिमाली जिल्ला र तराईका जिल्लामा बढी समस्या देखापर्ने गर्छ । बाँके जिल्ला धेरै चिसोका बिरामी बढेको खबर छ । सडकमा सवारी साधन कम चल्ने बिहानदेखि हुस्सु र कुहिरोले ढाकेर अत्याधिक चिसो बढेको नेपालगञ्जका रामशरण यादव सुनाउँछन् ।

चिसोले धेरै बिरामी बढेको र मानिसको मृत्युको खबर सुनेर सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले प्रहरी परिचालन गरी विवरण संकलन गर्न खटाइएको खबर आयो ।

सप्तरीका देवनारायण यादव भन्छन्, ‘चिसोबाट हुनसक्ने जोखिम र त्यसबाट बच्न सूचना प्रवाह गरेर बस्ने बाहेक स्थानीयदेखि संघ र प्रदेश सरकारको केही काम छैन ।’उनी थप्छन्, ‘सरकारले केही राहतका कार्यक्रम ल्याउन सकेन ।’

सुरक्षित आवास नागरिकको आधारभूत अधिकार भए पनि कति नागरिकको सुरक्षित घरबास छैन । कति सुकुमवासी र फिरन्ते जिन्दगी बाँच्दैछन् । ‘गाँस, बास र कपास, नागरिकको अधिकार सुरक्षित हुने वातावरण कहिले बन्छ ?’, दाङका अनिल चौधरी भन्छन्, ‘खाना र बास नपाएर मर्ने गरिबको कोही रहेनछ ।’

चिसो बढेको समयमा न्यानोसँग घरभित्र बस्नुपर्ने विज्ञहरूको भनाइ छ । शरीरभित्र तातो नभएसम्म बाहिरी जाडोबाट बच्न र न्यानो महसुस हुँदैन । जाडोमा न्यानो कपडा र खानेकुरा महत्वपूर्ण हुने भएकाले खानपान र न्यानो कपडा लगाउनुपर्ने पोषणविद् डा. उमा कोइराला बताउँछिन् । उनी भन्छिन्, ‘बिहान चाँडै घरबाहिर ननिस्कने, न्यानोमा बस्ने र क्यालोरीयुक्त खाना खानुपर्छ ।’

चिसोले हिमाली जिल्लामा पनि भाइरल ज्वरोका विरामी बढ्न थालेका छन् । मुस्ताङ, मुगु, हुम्ला, जुम्ला, मनाङ, रसुवा, गोरखा, खोटाङ, सोलुखुम्बुलगायत जिल्लामा अत्याधिक चिसो बढेको छ ।

यस्तो चिसोमा घरेलु उपाय अपनाउनु पर्छ भन्छिन् जनस्वास्थ्यविद् डा. अरुण उप्रेती । झोलिलो पदार्थ बेसार र तातोपानी, कागती चिया, कफी, दुध सेवन गर्नुपर्छ ।

उप्रेती भन्छिन्,‘चिसोबाट बच्न लगातार तातोपानी पिउने र बाफलिने गर्नु राम्रो हुन्छ ।’ आगो ताप्ने, न्यानो कपडा लगाउने, तेल मसाज गर्ने तर बिहान मर्निङ वाक नगर्ने उनको सुझाव छ ।

यो पढ्नु भयो ?