Ad Banner

पार्टीसँग असन्तुष्ट ज्ञानेन्द्र शाही भए प्रमुख सचेतक

साझा कथा । उचित भूमिका नपाएको भन्दै पार्टीसँग असन्तुष्ट रहेका राप्रपा नेता तथा सांसद ज्ञानेन्द्र शाहीले प्रमुख सचेतकको जिम्मेवारी पाएका छन् । राप्रपाका निर्वाचित सातमध्ये चारजना मन्त्री बनिसकेका छन् ।

शाही मन्त्रीका आकांक्षी थिए । जुम्लाबाट जितेर आएका शाहीले आफू मन्त्री बन्ने भन्दै भोट मागेका थिए । प्रचण्ड नेतृत्वको सरकारमा कर्णालीबाट शून्य प्रतिनिधित्व छ ।

मन्त्री नपाएपछि अध्यक्ष राजेन्द्र लिङदेनले उनलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् ।
राप्रपा संसदीय दलका नेता लिङ्देनले बुधबार प्रतिनिधिसभा सदस्य शाहीलाई प्रमुख सचेतक पदमा नियुक्त गरेको प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्तीमार्फत जानकारी दिएका छन् ।

 

यो पढ्नु भयो ?