सुन्दर सौराहाका सुन्दर चोकहरु (फोटो फिचर)

२०७९ माघ १८, बुधबार

नेपालका विभिन्न पर्यटकीय गन्तव्य मध्येको एक हो चितवनस्थित सौराहा । पूर्वी चितवनको टाँडी बजारबाट ६ किलोमिटर दक्षिणमा रहेको सौराहा चिवतवन राष्ट्रिय निकुञ्ज अवलोकन गर्न जाने र जंगल सफारी गर्न जाने पयर्टकहरुको लागि उत्कृष्ट गन्तव्य हो ।

चितवनको नारायणगढबाट २२ किलोमिटर टाढा रहेको सौराहा पुग्दा बाटोमा विभिन्न चोकहरु आउँछन् । ती चोकहरुमा सजावट गरिएका विभिन्न जनावर र चराहरुको प्रतिमाहरुले जोकोहीलाई आनन्दित तुल्याउँछ । तिनै जनावर र चराहरुको नाममा सौराहाका विभिन्न चोकहरुको नामाकरण पनि गरिएको छ ।

फोटोः राजेश ढुंगाना

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?