कार किन्दै हुनुहुन्छ? यी विशेषता भएकै खोज्नुस्

२०७९ कार्तिक २५, शुक्रबार
कार्तिक २५

कार कार किन्नेहरुले आफ्नो कार सकेसम्म अरुको भन्दा फरक र आकर्षक होस् भन्ने चाहन्छ। त्यसका लागि आफूसँग भएको बजेट पनि बाधक बन्न सक्छ। उपलब्ध पैसा अनुसारको कार किन्नु अधिकांशको बाध्यता जस्तै हुन्छ।

धेरैले किन्ने कारको स्टाइल, लुक्स र त्यसको माइलेजलाई प्राथमिकता दिने गरेका छन्। आफ्नो इच्छा अनुसारको स्टाइल तथा लुक्सका साथै सामान्य सुरक्षा विशेषता अनिवार्य भएका कार किन्दा भोलिका दिनमा दुःख नपाइन सक्छ। त्यसैले कार किन्नु अघि आफूले किनेको कारमा के कस्ता सुरक्षा विशेषता उपलब्ध छन्, त्यसको विषयमा जानकारी लिनु अनिवार्य हुन्छ।

हाल नेपाली बजारमा बिक्री भइरहेका महंगा कारमा थुप्रै सुरक्षा विशेषता उपलब्ध रहेपनि इन्ट्रिलेवल कारमा भने एकदमै कम सुरक्षा विशेषता उपलब्ध रहेका छन्। नेपालमा इन्ट्रिलेवल कारको मूल्य नै २० लाखभन्दा बढी छ। त्यसैले आफूले किन्न लागेको कार कति सुरक्षित छ भन्ने बुझेर किनियो भने दुर्घटना परिहालियो भने हुनसक्ने माववीय क्षति कम हुन्छ।

इबिडीसहितको एन्टिलक ब्रेकिङ सिस्टम

एन्टिलक ब्रेकिङ सिस्टम (एबिएस) नयाँ विशेषता सहितको ब्रेकिङ सिस्टम हो। यसले कारमा आपतकालीन अवस्थामा ब्रेक लगाउँदा एकैपटक गाडीको चक्का लक भएर हुनसक्ने दुर्घटनाबाट बचाउँछ।

यो सिस्टमको ब्रेक एकैपटक रोकिने नभइ क्रमिक रुपमा गुडेरै रोकिन्छ। एबिएसले कार आपतकालीन रुपमा रोक्दा दूरी घटाउने कामसमेत गर्नेछ। पछिल्लो समय बजारमा आएका धेरै गाडीमा यो सिस्टम उपलब्ध रहेको छ।

डुअल एयरव्याग

कारमा भएको एयरव्यागले दुर्घटनाबाट बचाउनु महत्वपूर्ण विशेषता हो। यसले कार अचानक दुर्घटनामा पर्दा त्यहाँ सवार चालक र प्यासेन्जरको सुरक्षामा महत्वपूर्ण भूमिका एयरव्यागले निर्वाह गर्छ।

त्यसैले आफूले किन्ने कारमा कम्तिमा अगाडि बस्ने चालक र प्यासेन्जरको लागि एयरव्याग भएको कार नै किन्नु राम्रो हो।

सेन्ट्रल लकिङ सिस्टम

सेन्ट्रल लकिङ सिस्टम भएका कार चालकले नियन्त्रण गरेर ढोकाहरु लक गर्न सक्ने हुन्छ। कुनै बेला अचानक ढोका खोलेर/खुलेर दुर्घटना निम्त्याउन सक्छ। त्यसैले यो विशेषता उपलब्ध कार त्यस्तो खालेको समस्याबाट सुरक्षित हुनसक्छ। अहिले बजारमा उपलब्ध अधिकांश कारमा यो विशेषता उपलब्ध छ।

रियर पार्किङ सेन्सर

पार्किङका लागि यो विशेषता निक्कै महत्वपूर्ण हुन्छ। कार पार्क गर्दा होस् वा कार घुमाउँदा पछाडिको भागमा सेन्सर भएन भने कतै ठोक्किने र दुर्घटना हुने सम्भावना धेरै हुन्छ।

तर, तपाईंको कारमा रियर पार्किङ सेन्सरको प्रयोग गरिएको छ भने यसले दुर्घटना हुन नदिन चालकलाई सचेत गराउँछ। त्यसैले रियर पार्किङ सेन्सर भएको कार खरिद गरेमा आफ्नो कारमा भएको विशेषताले आफूलाई सन्तुष्ट गराउँछ।

पावर विन्डो
पछिल्लो समय बजारमा उपलब्ध कारमा पावर विन्डो अनिवार्य जस्तै उपलब्ध छ। कारमा रहेका झ्यालहरुको सिसालाई एकै बटमबाट नियन्त्रण गर्न सकिने कार किनियो भने सिसा लगाइ रहने झन्झट हुँदैन।

यीसहित इलेक्ट्रिकल्ली एडजस्टेवल रियरभ्यु मिरर्, इन्फोटेन्टमेन्ट सिस्टम, आइएसओफिक्स माउन्ट सिट, रियर डिफगरजस्ता विशेषता समेत इन्ट्रिलेवट कारमा उपलब्ध हुन थालिसकेका छन्।

त्यसैले पहिलोपटक तथा नयाँ कार खरिद गर्नेहरुले माथि उल्लेखित विशेषतायुक्त कार किन्ने हो भने आफूले कारका लागि खर्चिएको मूल्यमा पछुताउनु पर्ने छैन।

नेपाललाइभबाट

तपाईको प्रतिक्रिया

तपाईको विचार

3 प्रतिक्रिया
A
Artemsty 2025-11-24 14:23:13
MELBET-самые большие выигрыши

Лучший букмекер,со своей историей поможет вам заработать целое состояние.
Присоединяйтесь к нам ,пополняйте счет на любую сумму и забирайте свой бонус с [url=https://melbet-kz.one]MELBET[/url]
A
Artemsty 2025-11-22 22:26:57
MELBET-приветственный бонус

Лучший букмекер,со своей историей поможет вам заработать целое состояние.
Присоединяйтесь к нам ,пополняйте счет на любую сумму и забирайте свой бонус с [url=https://melbet-kz.one]MELBET[/url]
J
JamesBlite 2025-11-20 02:46:55
Эта статья сочетает познавательный и занимательный контент, что делает ее идеальной для любителей глубоких исследований. Мы рассмотрим увлекательные аспекты различных тем и предоставим вам новые знания, которые могут оказаться полезными в будущем.
Изучить вопрос глубже - https://vivod-iz-zapoya-1.ru/

यो पढ्नु भयो ?