न्यूरोडस्थित एक सुन पसलमा प्रहरीको छापा, ७ किलो अवैध सुन बरामद

साझा कथा । प्रहरीले काठमाण्डौँको न्यूरोडस्थित अवैध सुन गाल्ने एक कारखानामा छापा हानेको छ । उक्त सुन पसलबाट झण्डै ८ किलो सुन बरामद गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले गएराति कैलालीका पदमप्रसाद पाण्डेले सञ्चालन गरेको पर्ल गोल्ड प्रालिमा छापा हानेको हो ।

छापा मार्ने क्रममा कारखानामा तस्करीबाट ल्याइएको सुन गाल्ने गरेको पाईएको भन्दै सञ्चालक ४१ वर्षीया पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त ठाँउबाट बरामद गरिएको सुनबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो पढ्नु भयो ?