नारायणगढदेखि दाउन्नेखण्डमा ६३ प्रतिशत प्रगति

२०८२ बैशाख ४, बिहीबार

चितवन । नारायणगढदेखि दाउन्नेसम्म पूर्वी खण्ड (६५ किलोमिटर) र दाउन्नेदेखि बुटवलसम्म पश्चिम खण्ड (४९ किलोमिटर) मा बाँडेर गरिएको विस्तारको कामले पछिल्लो तीन महिनामा अपेक्षाकृत भौतिक प्रगति भएको छ। ठेकेदार कम्पनी चाइना कन्स्ट्रक्सन प्रालिले दुवै खण्ड १६ अर्ब ९९ करोड रुपैयाँमा सडक विस्तार गर्ने गरी ठेक्का पाएको थियो ।

गत पुसको पहिलो हप्तादेखि मात्रै निर्माण कम्पनीले देखिने गरी फिल्डमा काम थालेको थियो । गत असार मसान्तसम्म पूर्वी खण्डको प्रगति ५१ प्रतिशत मात्रै थियो । ६३ किलोमिटर लामो पूर्वी खण्डमा पुल बाहेक १० किलोमिटर मात्रै एकतर्फी कालोपत्रे हुन बाँकी छ ।

गत असार मसान्तसम्म पूर्वी खण्डको प्रगति ५१ प्रतिशत मात्रै थियो । ६३ किलोमिटर लामो पूर्वी खण्डमा पुल बाहेक १० किलोमिटर मात्रै एकतर्फी कालोपत्रे हुन बाँकी छ ।

चैतको अन्तिममा परेको पानी र नयाँ बर्षका कारणले कालोपत्रे गर्न केही ढिलाई भएको हो नभए अहिलेसम्म ६ किलोमिटर पनि कालोपत्रे भइसकेको हुने थियो ।

पूर्वी खण्डका ३४ पुल मध्ये २७ वटा पुल बनेर सकिएका छन् । ४ वटा पुल निर्माण सकिन लागेका छन् भने ३ वटा पुल निर्माणाधीन अवस्थामा नै छन् । चोरमारा, अरुणखोला र दुम्कीबास क्षेत्रका ठूला पुलको काम जारी छ ।

दाउन्नेमा बर्खा अगाडि नै यातायात सहज बनाउन भन्दै आयोजनाले सडक नै रातको समयमा बन्द गरेर भित्ता कटिङ्ग, सडक नाली निर्माण तथा रिटेन्सनवालको काम गरिरहेको छ । बैशाख १५ गतेसम्म रातको समयमा सडक बन्द गरेर सडक विस्तारका कामलाई गति दिने र बर्खा अगाडि यात्रा सहज बनाउने उद्देश्य अनुरुप तीव्र गतिका काम भैरहेको छ ।

सडकको हाल रहेको दुई लेनलाई बढाएर चार लेन र बजार क्षेत्रमा छ लेन बनाउने गरी सडक विस्तार तथा स्तरोन्नति गरिएको हो । २०७५ चैत ८ मा सुरु भएको सडक विस्तारका काम २०७९ साउन २२ भित्र सकिनुपर्नेमा कोभिड महामारी, रुख कटान, विद्युत पोल सार्न ढिलाई,

खानेपानीको पाइपलाइन, स्थानीय अवरोध, मजदुरका समस्या, ठेकेदार कम्पनीको कारणले निर्माण पूरा हुन सकेन।

२०८० साउन ११ सम्म पहिलोपटक, २०८१ साउन ८ गतेसम्म दोस्रोपटक र २०८२ साउन ८ सम्मका लागि तेस्रोपटक म्याद थप गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?