काठमाडौं । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार, चालु आर्थिक वर्ष २०८१र८२ को पहिलो आठ महिनामा मात्र पाँचलाख ३४ हजार ४७१ जना वैदेशिक रोजगारीमा गएका छन् । यही गति कायम रहे यसवर्ष ८ लाखभन्दा बढी वैदेशिक रोजगारीमा जानेछन् ।
गत आर्थिक वर्ष २०८०र८१ मा सात लाख ४१ हजार २९७ नेपाली वैदेशिक रोजगारीको सिलसिलामा १४९ देश पुगेका थिए । यसअघि सबैभन्दा ठूलो संख्यामा नेपाली वैदेशिक रोजगारीमा आर्थिक वर्ष २०७९र८० मा गएका थिए । उक्त वर्ष सातलाख ७१ हजार ३२७ जना वैदेशिक रोजगारीमा गएको विभागको तथ्याङ्कले देखाउँछ ।
‘राष्ट्रिय जनगणना, २०७८’ जनगणनाअनुसार तराईबाट १० लाख ६५ हजार, पहाडबाट ९ लाख ८४ हजार र हिमालबाट १ लाख १८ हजार व्यक्ति नेपाल बाहिर गएको देखिन्छ । विगतमा खाडी राष्ट्र र मलेसिया नेपालीको लागि आकर्षक गन्तव्य थिए । तर, पछिल्ला वर्षहरूमा रोजगारीका लागि जापान, दक्षिण कोरिया, इजरायल र युरोप राष्ट्रतिर जानेको संख्या बढ्दो छ । यसले वैदेशिक रोजगारीका गन्तव्यहरू फेरिदै गरेको र जानेको संख्या बढ्दै गरेको स्पष्ट देखाउँछ ।

आर्थिक वर्ष २०५० र ५१ देखि २०८१ र ८२ को पुस मसान्तसम्मको अवधिमा ८१ लाखभन्दा बढी नेपाली वैधानिक तरिकाले वैदेशिक रोजगारीमा गइसकेका छन् । आर्थिक वर्ष २०६५र६६ देखि २०८१र८२ को पुस मसान्तसम्मको साढे १६ वर्षको अवधिमा वैदेशिक रोजगारीमा गएकामध्ये १४ हजार २३७ जनाको मृत्यु भएको छ । उनीहरूको मृत्यु विदेशी भूमिमा भएको हो ।

विस २०४७ देखि बितेको ३३ वर्षमा नेपाल भित्रने रेमिट्यान्स ६९९ गुणाले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार, २०८१ साउन १ गतेदेखि फागुन मसान्तसम्मको ८ महिनामा नेपाल भित्रने रेमिट्यान्स १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा प्रत्येक महिना औसतमा १ खर्ब ३१ अर्ब ४७ करोड रुपैयाँभन्दा बढी रेमिट्यान्स नेपाल भित्रिएको छ ।

तपाईको विचार
0 प्रतिक्रिया