काठमाडौं — बीपी राजमार्गमा १५ दिनका लागि साँझ ६:३० बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाइएको छ । शुक्रबार काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले बर्खामा बाढीपहिरोको जोखिम रहेको भन्दै शुक्रबारदेखि रातिको समयमा गाडी चलाउन रोक लगाउने निर्णय गरेको हो ।
काभ्रेको काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट खण्ड बढी जोखिमयुक्त भएकाले गाडी चलाउन रोक लगाइएको हो।एकैछिन पानी पर्यो भने पनि बाढीपहिरोका कारण बीपी राजमार्ग अवरुद्ध हुँदै आएको छ ।

तपाईको विचार
0 प्रतिक्रिया