नेपाल मानव धर्म सेवाले मनायो गुरु पूर्णिमा

२०८२ असार २७, शुक्रबार

साझा कथा । नेपाल मानव धर्म सेवा समितिले देश भरि रहेका क्षेत्र आश्रम तथा शाखा आश्रमहरुमा भक्तहरुको महान चाड गुरु पूर्णिमा भव्य रुपमा सम्पन्न गरेको छ ।

गुरु पूर्णिमाको अवसरमा आयोजित महान सत्संग कार्यक्रममा बोल्दै नेपाल मानव धर्म सेवा समितिकी केन्द्र प्रमुख महात्मा चमेली वाईजीले गुरुको आशिर्वाद थापेर आफ्नो भक्ति सफल बनाउनुपर्ने बताउनुभयो । गुरुप्रति समर्पण भाव भएमा मात्र जीवन सफल हुने भएकाले हरेक शिष्य गुरु प्रति समर्पित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । महात्मा चमेली वाईजीका अनुसार ज्ञान अनुभवको विषय भएकोले परिवारमा भगवान तथा गुरुको चर्चा गर्दै ध्यान साधना गरि आफूभित्रको शक्तिको अनुभव गर्नुपर्ने र ध्यान साधनाले नै सत्य युगको प्रादुुर्भाव हुनेछ । भौतिक कुरामा हामीले जति नै प्रगती गरेपनि मनको शान्तीका लागि गुरुको शरणमा नै जानुपर्ने र गुरुले मात्रै पन्च भौतिक वन्धनबाट मुक्ति गराउनुहुनेमा पनि उहाँले जोड दिनुभयो ।

सत्संग कार्यक्रममा समितिकी वरिष्ठ महात्मा लता वाईजीले कुनै पनि औषधीले निको पार्न नसकेको जन्म जन्मको रोग गुरु कृपाले निको पार्ने बताउनुभयो । समयको सद्गुरुको सानिध्यताले हृदय निर्मल हुँदै जाने पनि उहाँले स्पष्ट पार्नुभयो ।

देशभर आयोजना भएको महान सत्संग कार्यक्रममा आत्मानुभवी सन्त महात्माहरुले सत्संग तथा प्रवचन सुनाउनुका साथै विविध सांस्कृतिक कार्यक्रमहरु नृत्य, नाटक, भजनहरु पनि प्रस्तुत भएका थिए ।

समितिले गुरुपूजाको अवसर पारेर एसईई उर्तिण विद्यार्थीहरुलाई सम्मान गर्नुको साथै देशका विभिन्न स्थानमा विभिन्न सामाजिक क्रियाकलापहरु स्वास्थ्य शिविर, सरसफाई लगायतका कार्यहरु पनि सम्पन्न गरेको छ ।

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?