मे र जुन महिनाभर प्राप्त फोटोहरूले नेपालका प्राकृतिक दृश्य, सांस्कृतिक सम्पदा र जनजीवनलाई रचनात्मक ढंगले प्रस्तुत गरेका छन्। यस संस्करणमा प्राप्त भएका २४१ वटा फोटोहरू मध्ये उत्कृष्ट तीन तस्बिरहरूमा नेपालको जीवन्त सांस्कृतिक सम्पदाको सशक्त चित्रण बबी शाहीको “लाखे” , प्रकाश र समयको आकर्षक रूपान्तरणमा झल्कने सुशील श्रेष्ठको “साँझदेखि बिहानसम्म” र मानवबीचको शान्त सहअस्तित्व केन्द्रित प्रियाशुं कर्णको, “जनकपुरधाम” छनौट भएका छन् ।

प्रतियोगिताको मूल्याङ्कन वरिष्ठ फोटोग्राफर मीन रत्न बज्राचार्य र नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनील शर्माले गरेका थिए। विजेता प्रत्येकले रु २५,००० नगद पुरस्कार प्राप्त गर्नेछन्। नेपाल पर्यटन बोर्ड प्रतियोगितामा सहभागी सबै फोटोग्राफरप्रति आभार व्यक्त गरेको छ।
विजेता फोटोहरू तथा अन्य उत्कृष्ट तस्बिरहरू photo.ntb.gov.np मा हेर्न सकिन्छ। नेपाल पर्यटन बोर्डले आगामी संस्करणहरूमा पनि सहभागी हुन सबैलाई आग्रह गर्दछौंगरेको छ ।

तपाईको विचार
0 प्रतिक्रिया