नाचघरमा गाईजात्रा महोत्सव हुने

२०८२ असार ३२, बुधबार

काठमाडौं । सांस्कृतिक संस्थानले राष्ट्रिय नाचघरमा साउन २४ देखि ३१ सम्म ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना गर्ने भएको छ ।

विज्ञप्ति जारी गर्दै संस्थानले लगातार दोस्रो वर्ष पनि गाईजात्रा महोत्सव आयोजना गर्न लागेको जनाएको छ । महोत्सवमा १४ जना कमेडियनले प्रस्तति दिने तय भएको छ ।

पत्रकार सम्मेलन गर्दै संस्थानले यसबारे जानकारी समेत दिएको छ । प्रस्तुति दिने कमेडियनको लाइनअपमा पुराना हास्यकलाकारदेखि अहिले चर्चित टिभी कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्पियन्स’देखि ‘कमेडी दरबार’का कलाकारसम्म छन् ।

सिस्नुपानीका अध्यक्ष लक्ष्मण गाम्नागे, सुरेन्द्र केसी ‘मुला साग’, शिवशंकर रिजाल ‘जोगिन्दर’, राजा राजेन्द्र पोखरेलले प्रस्तुति दिनेछन् ।

‘कमेडी दरबार’बाट हिमेश पन्त, विकास अर्याल, सरोज भण्डारी र सुजिता श्रेष्ठले प्रस्तुति दिनेछन् । ‘कमेडी नाइट विथ च्याम्पियन्स’बाट भरतमणी पौड्याल, सन्तोष थापा, सुमन कोइराला र कैलाश कार्कीले प्रस्तुति दिने जनाइएको छ ।

दिनेश काफ्ले, खडगबहादुर पुन र सुयशा खनालले पनि प्रस्तुति दिनेछन् । कार्यालय र संस्थानको वेबसाइटमार्फत दर्शकले टिकट लिन सक्नेछन् ।

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?