ब्राण्ड्स एण्ड वियोण्ड २०२५ः क्रियटिभ दुनियाका व्यवसायिक व्यक्तिहरुको भव्य सम्मेलन (फोटो फिचर)

२०८२ भाद्र १९, बिहीबार

साझा कथा । ब्राण्ड बिल्डिङ, ब्राण्ड पोजिसनिङ, मार्केटिङ, स्टोरीटेलिङसँगै क्रियटिभ दुनियाका व्यवसायिक व्यक्तिहरु सम्मिलित ‘ब्राण्ड्स एण्ड वियोण्ड २०२५’को पहिलो सत्र सम्पन्न भएको छ ।

ललितपुरस्थित झम्सिखेलमा रहेको द प्लाजामा दुई दिनसम्म चल्ने सम्मेलन सेप्टेम्बर ५ का दिन समापन हुनेछ । ब्राण्ड गफले दोस्रो संस्करणको रुपमा संचालन गरेको यो अन्तर्राष्ट्रिय स्तरको कन्फ्रेन्सको पहिलो सत्र भव्य रुपमा सम्पन्न भएको छ ।

सम्मेलनमा ब्रान्डिङ र माकेर्टिङ क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका वक्ताहरुले प्रस्तुति दिएका थिए । उद्घाटन सत्रमा सिंगापुरका स्टेफन सेवार्जले द एशिएन एड्भान्टेजः लिडिङ मार्केटर्स नेक्ट रिभोलुशन, दिल्लीका नरेश गुप्ताले द फ्युचर अफ् ब्रान्ड एण्ड कन्जुमर्स र मुम्बईका राजेश केभीले मुभमेन्टस् ओभर मिडियाः द फ्युचर अफ् मार्केटिङ इज फेल्ट शीर्षकमा आफ्नो प्रस्तुति राखेका थिए ।

 

सत्रको अन्त्यतिर बिल्डिङ अ स्ट्रोन्गर मार्केटिङ इकोसिष्टम शीर्षकमा प्यानल डिस्कशन गरिएको थियो । दोस्रो सत्रको रुपमा सेप्टेम्बर ५ तारिखका दिन दुबईका सारा फोब्र्सले द कन्सेप्ट एण्ड कपिः सुपर डुपर मार्केट, श्रीलंकाका सोहन धर्मराजाले मुभ फाष्ट, गेट डर्टी, स्टे अहेड र बंगलादेशका तफिक मुमदले न्यू भर्सेस न्यु शीर्षकमा आफ्नो अनुभव र विज्ञता प्रस्तुत गर्नेछन् ।

सम्मेलनको पहिलो सत्रमा नेपालका विभिन्न ब्राण्ड क्रियटर्स, मार्केटर्स र यस क्षेत्रमा क्रियाशील २ सय भन्दा बढी प्रोफेशनलहरुको सहभागिता रहेको थियो । सम्मेलनले मार्केटिङको पछिल्लो ट्रेण्ड र स्टाटेजी सँगसँगै केस स्टडीद्वारा सहभागिहरुको क्षमता विकास गर्ने विश्वास लिएको छ । ब्राण्ड र मार्केटिङ क्षेत्रका दिग्गजदेखि यस क्षेत्रमा आउन चाहने नयाँ पुस्तालाई एकैठाउँमा राखेर उनीहरुको अनुभव सुन्दा यसले नेपाली मार्केटिङ क्षेत्रलाई ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ ।

फोटोः प्रकाश गोपाली

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?

0
Would love your thoughts, please comment.x
()
x