चन्द्रागिरि केबलकार तथा रिसोर्ट पुनः सञ्चालनमा

चन्द्रागिरि केबलकार तथा रिसोर्ट शनिबार बिहानदेखि पुन: सञ्चालनमा आएको छ । चन्द्रागिरि हिल्सको सेवा ६० दिनअघि अस्थायी रूपमा बन्द भएको थियो ।

केबलकार सेवा पुन: सुचारु भएपछि भालेश्वर महादेव मन्दिर दर्शन गर्न भक्तजनलाई सहज हुनेछ भने पर्यटकले रिसोर्टको आतिथ्य तथा अन्य सेवा प्राप्त गर्न सक्नेछन् ।

२४ भदौको जेन–जी आन्दोलनका क्रममा तोडफोडका कारण केबलकार बटम स्टेसनमा पूर्ण रूपमा क्षति पुगेपछि चन्द्रागिरि केबलकार तथा रिसोर्टको सेवा अवरुद्ध भएको थियो ।

त्यसयता चन्द्रागिरि हिल्सले केबलकार निर्माता कम्पनी अस्ट्रियाको डोपलमेयरका उच्च प्राविधिक बोलाई आवश्यक मर्मत, सुरक्षा परीक्षण तथा थप निरीक्षणका कार्य पूरा गरी यात्रुका लागि सुरक्षित र सहज सेवा सुनिश्चित गर्दै पुन: सञ्चालनमा ल्याएको हो ।

चन्द्रागिरि हिल्सका अध्यक्ष हेमराज ढकालले सेवा पुन: सुचारु हुने अवस्थामा ल्याउन खटिएको प्राविधिक टिमलाई निरन्तर कडा मेहनत तथा उत्कृष्ट कार्यका लागि धन्दवाद दिँदै भक्तजन र पर्यटकहरुको धैर्यता प्रति आभार व्यक्त गरेका छन् ।

अध्यक्ष ढकालले सेवा पुन: सुचारु भएपछि काठमाडौं उपत्यकाको मनोरम दृश्य र शान्त वातावरणको आनन्द लिन आएका पर्यटक तथा भालेश्वर महादेवका श्रद्धालु भक्तजनलाई पुन: स्वागत गरेका छन् । सेवा बन्द हुनु अघि यस केवलकार मार्फत दैनिक करिव दुई हजार भक्तजन तथा पर्यटकहरुले सेवा लिँदै आएको अध्यक्ष ढकालले जानकारी दिए ।

  • फोटोः प्रकाश गोपाली

6 thoughts on “चन्द्रागिरि केबलकार तथा रिसोर्ट पुनः सञ्चालनमा

  1. 益群网:终身分红,逆向推荐,不拉下线,也有钱赚!尖端资源,价值百万,一网打尽,瞬间拥有!多重收益,五五倍增,八级提成,后劲无穷!网址:1199.pw

Leave a Reply to Serenity148 Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पढ्नु भयो ?