साझा कथा । रुविभ्याली ट्रेकिङ्ग रुटको प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण गरिएको म्यूजिक भिडियो घुमौं रुविभ्याली सार्वजनिक गरिएको छ ।
पर्वतीय क्षेत्रका मानिसलाई सहयोग गर्ने उद्देश्यले स्थापित हिमालयन कम्युनिटी प्रोजेक्ट (ट्रस्ट)ले यो गीत निर्माण गरेको हो । ट्रस्टको औपचारिक घोषणासँगै पहिलो प्रोजेक्टको रुपमा घुमौं रुविभ्याली म्यूजिक भिडियो निर्माण गरिएको ट्रस्टका अध्यक्ष रामप्रसाद सापकोटाले बताए ।
अध्यक्ष सापकोटाको रचना, परिकल्पना र निर्माणमा बनेको म्यूजिक भिडियोले रुविभ्यालीको सुन्दर दृष्यलाई कथानक शैलीमा प्रस्तुत गरेको छ । धादिङ्ग स्थाई घर भएका सापकोटा पर्यटन व्यवसायी हुन् ।
रुविभ्याली ट्रेक काठमाडौंबाट नजिकै रहेको धादिङ्ग जिल्लाको उत्तरी भूभाग समेट्ने पदमार्गको लागि लोकप्रिय छ ।
गणेश हिमालको शिरदेखि नरसिंहधामको पाऊसम्मका बहुआयामिक दृष्यहरुलाई समेटी म्यूजिक भिडियो मार्फत देखाउँदा यसले पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने निर्माता सापकोटाले बताए ।
म्यूजिक भिडियोको लोकार्पण गर्दै साहित्यकार नवराज लम्सालले यो गीतले सिंगो रुविभ्यालीको चित्रण गरेको बताए । आफू धादिङ्गवासी भएपनि यो गीत हेर्दा रुविभ्याली क्षेत्रको बारेमा अझै धेरै जानकारी प्राप्त भएको उनले बताए । वास्तविक धादिङ्ग त छायाँमा परेको रहेछ भन्दै उनले धादिङ्गको बहुआयामिक विशेषतालाई प्रचार–प्रसार गर्न सबैलाई आग्रह गरे । त्यस्तै, सञ्चारकर्मी ऋषि धमलाले धादिङ जिल्लामा रहेको रुविभ्यालीले विश्वभरका पर्यटकहरुलाई आकर्षित गर्ने बताए ।
विवेक सापकोटाले निर्देशन गरेको म्यूजिक भिडियोलाई अल थ्री मिडिया घरले उत्पादन गरेको हो । सुधिर श्रेष्ठ र सगुन थापाले अभिनय गरेका यो म्यूजिक भिडियो ओएसआर डिजिटल युट्युव च्यालन मार्फत प्रसारण गरिएको छ ।

https://shorturl.fm/3yJUX
https://shorturl.fm/RTiBq
https://shorturl.fm/O6OCV
https://shorturl.fm/mFtMJ
https://shorturl.fm/8Jc6r
https://shorturl.fm/oMqdn
https://shorturl.fm/ZBpkv