काठमाडौँ–१० मा कांग्रेसका केसी विजयी

२०७९ मंसिर ७, बुधबार
काठमाडाैं, मंसिर ७

काठमाडौँ–१० मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी विजयी हुनुभएको छ । निर्वाचन अधिकृत फणेश्वरी घिमिरेका अनुसार उहाँले केसीले १४ हजार चार सय ५८ मतसहित विजयी हुनुभएको हो ।

प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) हिमेस केसीलाई दुई हजार छ सय ७२ मतले पछि पार्दै केसी यस क्षेत्रबाट तेस्रोपटक निर्वाचित हुनुभएको हो । यद्यपि विजयको औपचारिक घोषणा हुन बाँकी छ । एमालेका केसीले ११ हजार सात सय ८७ मत प्राप्त गर्नुभएको छ ।

यस निर्वाचन क्षेत्रमा कूल ५३ हजार तीन सय ३६ मत खसेको थियो भने स्वतन्त्रसहित विभिन्न पार्टीका १८ को उम्मेदवारी परेको थियो ।

राससबाट

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?