भोजपुरबाट प्रदेशसभामा एकीकृत समाजवादीका राजेन्द्र कुमार राई निर्वाचित

२०७९ मंसिर ८, बिहीबार
भाेजपुर, मंसिर ८

भोजपुरबाट प्रदेशसभामा सत्ता गठबन्धनका उमेदवार राजेन्द्र कुमार राई निर्वाचित भएका छन् ।

नेकपा एकीकृत समाजवादीका तर्फबाट उमेदवार बनेका राईले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका हरिबहादुर राईलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

निर्वाचन क्षेत्र नं.१ मा जम्मा खसेको ३२ हजार ४ सय ९ मतमध्ये राजेन्द्र कुमार राईले १६ हजार १ सय १० मत प्राप्त गरेका छन् भने नेकपा एमालेका हरि बहादुर राईले १२ हजार २ सय २३ मत प्राप्त गरेका छन् ।

प्रतिस्पर्धी राईले भन्दा राजेन्द्र कुमार राईले ३ हजार ८ सय ८७ मतान्तरले निर्वाचित भए । उनले गठबन्धनबाट सरकार हुँदा मुख्यमन्त्री बन्ने गरी उमेदवारी दिएका थिए । उनी नेकपा एमालेको फुटपछि गठबन्धनको तर्फबाट प्रदेश नं.१ को मुख्यमन्त्री भएका थिए ।

अनलाइन खबरबाट

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?