सङ्खुवासभाको प्रदेशसभा (१) मा माओवादी केन्द्रका कार्की विजयी

२०७९ मंसिर ९, शुक्रबार
सङ्खुवासभा, मंसिर ९

सङ्खुवासभाको प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र)का राजेन्द्र कार्की निर्वाचित हुनुभएको छ । उहाँ १३ हजार चार सय ३३ मत ल्याएर निर्वाचित हुनुभएको हो ।

सहायक निर्वाचन अधिकृत डा इन्द्र सापकोटाका अनुसार कार्की ३४ मतको अन्तरले विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का भविश्वर गुरुङले १३ हजार तीन सय ९९ मत ल्याउनु भएको छ । पाँच गाउँपालिका र एक नगरपालिका रहेको प्रदेशसभा (१) मा ३१ हजार पाँच सय चार मत खसेको थियो ।

सङ्खुवासभाको प्रतिनिधिसभा र प्रदेशसभा(२) को मतगणना जारी छ ।

राससबाट

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?