अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको समय थपियो

२०७९ पुष ३०, शनिबार
काठमाडाै, पुस ३०

खिमलाल देवकोटाको संयोजकत्वमा गठित ‘अध्ययन तथा अनुगमन संसदीय विशेष समिति’ को अवधि एक साता थप भएको छ । राष्ट्रियसभाको आजको बैठकले समितिको समय थप गरेको हो ।

राष्ट्रियसभाको गत जेठ २० गते बसेको बैठकले सातवटै प्रदेशको सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमनका लागि सांसद देवकोटाको संयोजकत्वमा सात सदस्यीय विशेष समिति गठन गरेको थियो ।

आजको बैठकमा सांसद देवकोटाले उक्त समितिको प्रतिवेदन पेश गर्दै अझै पनि विशेष समितिले काम गर्न बाँकी रहेकाले एक हप्ता कार्यावधि थपसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतिले स्वीकृत गर्दै कार्यावधि थप गरिएको हो ।

बैठकमा विशेष समितिका संयोजक देवकोटाले सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन र सातै प्रदेशका प्रदेशगत प्रतिवेदन सभा समक्ष पेश गर्नुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक आगामी माघ १० गते दिउँसो १ बजे बस्नेछ ।

राससबाट

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?