यतीको एटीआर ७२ विमान सेती खोंचमा खस्यो, ३० जनाको शव निकालियो

२०७९ माघ १, आईतवार

साझाकथा संवाददाता

कास्की, माघ १

यति एअरलाइन्सको एटीआर ७२ विमान पोखरामा दुर्घटनाग्रस्त भएको छ । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर जहाज पोखराको सेती खोँचमा खसेर दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ र निभाउने प्रयास भइरहेको छ ।

अहिलेसम्म ३० जनाको शव निकालिएको र केहीलाई भने एम्बुलेन्समा अस्पतालतर्फ लगिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
जहाज क्याप्टेन कमल केसीले उडाएका थिए ।

विमानस्थलमा अवतरण हुन लाग्दा दुर्घटना भएको बताइएको छ । घटनास्थल विमानस्थलबाट २ किलोमिटर पर छ ।

तस्बिरः अविरल तिमिल्सिना

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?