लगानीकर्ताहरू “पर्ख र हेर”को रणनीतिमा

२०७९ माघ ११, बुधबार

पछिल्लो साता सेयर बजार उकालो लागेको छ । बुधबार नेप्से परिसूचकमा १०.३७ अंकले बढेर २१८३.६२ विन्दुमा आएर रोकिएको छ ।

बुधबार २६१ कम्पनीको कारोबार भएको छ । ९५ लाख ३२ हजार ८६७ कित्ता सेयर किनबेच भएको छ । ३ अर्ब ४६ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा रहेको देखिन्छ । सोही कारण बजारमा धेरै उतारचढाव आएको छैन । बजार लामो समय घटेकाले नेप्सेको आगामी यात्रा माथितिर जाने  जानकारहरू बताउँछन् । यस्तो अवस्थामा सबल वित्तीय सूचकयुक्त लाभांश क्षमता राम्रो रहेका कम्पनीहरूमा लगानी गर्दा राम्रो प्रतिफल प्राप्त हुने देखिन्छ ।

दुई दिनमा नेप्से परिसूचक १८ दशमलव ५२ अंक बढेको छ । यसो त कारोबार रकम पनि बिस्तारै बढ्न थालेको देखिन्छ । वित्तीय प्रणालीमा तरलता सहज हुन थालेको छ भने ब्याजदर पनि घट्दो छ । यसले आगामी दिनमा धितोपत्र बजारमा सकारात्मक प्रभाव पर्ने विश्लेषकको दाबी छ ।

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?