हराएका शताब्दीऔँ पुराना मूर्ति अमेरिकाबाट नेपाल

साझा कथा । अमेरिकामा अवस्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल पठाएको छ । अमेरिकी नागरिक सुसन व्राडफोर्डले सङ्कलन गरेका ती सामग्री हालै हवाइ टापुमा हस्तान्तरण गरिएको हो । दूतावासका कर्मचारीलाई हस्तान्तरण गरिएका ती सामग्री पुरातत्व विभागसँगको समन्वयमा बिहीबार हवाइबाट नेपाल पठाइएको हो । तेह्रौँ, सत्रौँ र अठारौँ शताब्दीका मूर्ति स्वदेश पठाइएको दूतावासले […]