वडा अध्यक्ष ठकुल्ला, जो अरुका लागि प्रेरणा हुन्..

साझा कथा । तस्बिरको अग्रभागमा देखिएका व्यक्ति हुन् कैलालीको टीकापुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष दिर्घबहादुर ठकुल्ला । उनी जनप्रतिनिधिको रुपमा आउनुअघि पनि कृषि पेशामा आवद्ध थिए । जनप्रतिनिधि भइसकेपछि उनी गाडीमा हिड्ने, शान र रवाफमा रमाउने काममा लागेनन् । बरु आफूले अंगाल्दै आएको कृषिलाई अझ बढी व्यवसायिक बनाउनतिर लागे । उनले अहिले […]

यस्तो छ ई-सेवा विजेताले पाउने घर

साझा कथा । आकर्षक र चिटिक्क छ तस्बिरमा देखिएको घर । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ४ इमाडोल, बोजेपोखरीमा अवस्थित छ यो घर । ३ आना क्षेत्रफलमा बनेको साढे दुई तल्लाको घर बेच्नका लागि राखिएको भने होइन । यो हो ई-सेवा कम्पनीले बम्पर उपहार स्वरुप प्रदान गर्ने घर । ६ महिनाअघि ई-सेवा मनी ट्रान्सफरले ‘मेरो […]

अमेरिका पठाइदिन्छौँ भन्दै २ बर्षमा १४ करोड असुली

साझा कथा । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै एक समूहले करोडौँ ठगी गरेको खुलेको छ । उनीहरुले विसं २०७७ देखि हालसम्म भुटानी शरणार्थी बनाइ अमेरिका लैजान्छु भनी विश्वासमा पारी ८१ जना पीडितबाट करिब १३ करोड ६३ लाखभन्दा बढी ठगी गरेको पाइएको छ । नक्कली शरणार्थी बन्न फारम भर्नुपर्ने भन्दै प्रतिव्यक्ति २० लाखसम्म असुलेको […]

महिला ओलम्पिकको छनौट खेल नेपालमा

साझा कथा । फ्रान्सको पेरिसमा आयोजना हुने महिला ओलम्पिक फुटबल–२०२४ प्रतियोगिताको एशियाली छनोटको पहिलो चरणको खेल नेपालले आयोजना गर्ने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने उक्त प्रतियोगितामा नेपाल र भियतनामको महिला फुटबल टोलीको सहभागिता रहनेछ । नेपालको समूहमा अफगानिस्तान र प्यालेस्टाइन पनि रहेका भए पनि दुवैले प्रतियोगिता नखेल्ने भन्दै नाम फिर्ता […]

यसकारण भइरहेको छ जापान सफल..

साझा कथा । हरेक वर्षको अप्रिल र मे महिनामा काठमाडौँ ‘ज्याकरान्डा’का बैजनी फूलले रङ्गिए झैँ जापानी सहरहरु साँकुराले ढकमक्क हुने समय हो । ढकमक्क साँकुरा फुलेको मात्र सुनेकाले फुलेको हेर्ने औधी रहर थियो । तर एउटा नरमाइलो के भइदियो भने टोकियोका सडक र पार्कमा साँकुराका बोटमा कोपिला पलाउने र हाम्रो जापान बसाइ बिट मार्ने समय […]

चार डिआईजी एआईजीमा बढुवाका लागि सिफारिस

साझा कथा । नेपाल प्रहरीका जनपद समूहतर्फका चार प्रहरी नायव महानिरीक्षक ९डिआईजी०लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयमा आज बसेको बढुवा समितिको बैठकले डिआईजीहरु सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङलाई बढुवाका लागि सिफारिस गरेको हो । चार डिआईजीलाई प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम […]

देशका सबै मालपोत कार्यालयमा विद्युतीय प्रणाली लागु

साझा कथा । सरकारले मुलुकका सबै मालपोत कार्यालयलाई विद्युतीय प्रणालीमा आबद्ध गर्ने भएको छ । मालपोत कार्यालयमा लागू भएको भू–राजस्व सूचना प्रणालीबाट सबै मालपोत कार्यालय जोडिने र यसबाट सेवाग्राहीले सहजरुपमा सेवा पाउने तथा अभिलेख प्रणाली व्यवस्थित हुनेछ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले विद्युतीय प्रणालीमा आबद्ध नभएका कार्यालयलाई वैशाख […]

को हुन् चाणक्य ? सफल व्यक्ति हुनका लागि चाणक्यका ५ नीति

साझा कथा । प्राचीन हिन्दु ग्रन्थ अनुसार भारतीय उपमहाद्वीपमा थुप्रै भूभागहरु थिए । तर ग्रन्धहरुमा आर्यावर्त, ब्रम्हवर्त, मध्यदेश, पाञ्चालका विषयमा वर्णन गरिएको भेटिएपनि अन्य भूभागका विषयमा ठोस तथ्य लेखिएको पाइँदैन । त्यसमध्ये सबैभन्दा बढी चर्चा र उल्लेख गरिएको स्थान हो आर्यावर्त अर्थात हिन्दुहरुको भूमि । आर्यावर्तमा मगध हालको (पटना) एक शक्तिशाली राज्य थियो । सुरुवातमा […]

सरकार विस्तारको सकस, माधव नेपालले मागे हैसियत भन्दा बढी मन्त्रालय

साझा कथा । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बनेको ३ महिना पुग्न लागेको छ । नेकपा एमालेको नेतृत्वमा रहेको गठबन्धन भत्किएर काँग्रेसको नेतृत्वको गठबन्धन बनेपछि वर्तमान सरकारले विश्वासको मत पनि लिइसक्यो । तर प्रधानमन्त्री प्रचण्डलाई सरकार विस्तारको लफडा फलामको च्युरा चपाउनु सरह भएको छ । नेकपा एमाले र राप्रपालाई प्रतिपक्षमा राखेर बाँकी रहेका १० दल […]

टोकियो विश्वविद्यालयमा तनहुँका दिपेन्द्रको उत्कृष्ट पीएचडी थेसिस

साझा कथा । अन्तर्राष्ट्रिय श्रम बजारमा नेपालीहरुको उच्च प्रशंसा हुने गरेको छ । श्रम भिसामा मलेसिया, कतार र कोरिया पुग्ने नेपालीहरुलाई त्यहाँको सरकारले समेत प्रशंसा गर्ने गरेको हामीले सुनेकै छौँ । श्रम बजार मात्रै होइन, उच्च शिक्षाका लागि विदेशी विश्वविद्यालय पुग्ने नेपाली विद्यार्थीहरुले पनि उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् । यसै सन्दर्भमा जापानको टोकियो कृषि […]

राष्ट्रिय सभामा मिटरव्याजीको समस्यादेखि क्रिकेट रंगशालासम्मको चर्चा

साझा कथा । राष्ट्रियसभाको आज (आइतबार) को बैठकमा सांसदहरुले जनताका समस्याहरुलाई उठान गरेका छन् । उनीहरुले मिटरव्याजी पीडितहरुका समस्यादेखि क्रिकेट रंगशालासम्मका कुरा उठाएका छन् । मिटरव्याजी पीडितहरु आफ्ना समस्या सुनाउन काठमाडौं आएका छन् । महोत्तरीको बर्दिवासबाट मीटर ब्याज पीडितहरु न्याय माग्दै ११ दिन सम्म पैदल यात्रा गर्दै आज काठमाण्डौं आइपुगेका छन् । यस यात्रामा अधिकांश […]

बीमा कम्पनीले अब विदेशमा पनि शाखा खोल्न पाउने

अब बीमा कम्पनीहरुले विदेशमा पनि शाखा खोल्न पाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले ‘बीमकको शाखा कार्यालयसम्बन्धी निर्देशिका, २०७९’ जारी गरेसँगै नेपाली बीमकले विदेशमा शाखा विस्तार गर्ने बाटो खुलेको हो । बीमा प्राधिकरणले जारी गरेको उक्त निर्देशिकाको दफा ११ मा ‘बीमकले प्राधिकरणको पूर्वसहमति लिई विदेशमा आफ्नो शाखा, सम्पर्क वा प्रतिनिधि कार्यालय खोल्न सक्ने’ भनिएको छ […]

लुम्बिनी प्रदेश सरकार अल्पमतमा, मुख्यमन्त्रीले राजीनामा दिने सम्भावना

साझा कथा । लुम्बिनी प्रदेश सरकार सरकार अल्पमतमा परेको छ । लुम्बिनी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र र जनमत पार्टी बाहिरिएपछि एमाले नेतृत्वको सरकार अल्पमतमा परेको हो । माओवादी केन्द्रबाट सरकारमा सहभागी तीनजना मन्त्रीले आज (आइतबार) मुख्यमन्त्री लीला गिरी समक्ष सामूहिक राजीनामा दिएको माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए । “सरकारलाई दिएको […]

प्रतिनिधि सभाको बैठक (LIVE)
बन्द उद्योगहरुको बेलीविस्तार – १, गोरखकाली टायरको कथा

कुनै समय नेपालीहरुको प्रिय बनेको गोरखकाली टायर अचेल कहाँ के गर्दै छ ? यतिबेला गोरखकाली टायरसँग उत्तर हैन, प्रश्नहरु छन् । २०४१ सालमा स्थापना भई ०४९ सालदेखि उत्पादन सुरु गरेको गोरखकाली टायर यतिबेला गुमनाम छ । उद्योग पूर्ण बन्द छ । रोजगारीका लागि लाखौँ युवाहरु विदेश गइरहँदा स्वेदशमै सयौँलाई प्रत्यक्ष र हजारौँलाई अप्रत्यक्ष रोजगारी दिएको […]

‘यसपाली चैतभित्रै सबै ठाउँमा पाठ्यपुस्तक पुग्छ, मूल्यवृद्धि हुँदैन’

साझा कथा । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले यो बर्ष सबै जिल्लामा समयमै पाठ्यपुस्तक पुग्ने दाबी गरेको छ । हरेक बर्ष कर्णाली लगायतका ठाउँमा पाठ्यपुस्तक समयमा नपुग्दा विद्यार्थीहरुलाई मर्का परिरहेको परिप्रेक्ष्यमा यहीँ चैत महिनाभित्र विद्यालयस्तरीय पाठ्यपुस्तक पु¥याउने लिमिटेडको दाबी छ । जनक शिक्षाले हालसम्म एक करोड ३५ लाख थान पुस्तक छपाइ सकिएको जनाएको छ । […]

नयाँ आईजीपी कुँवरले सम्हाले कार्यभार, आन्तरिक शुद्धीकरण प्राथमिकतामा

साझा कथा । नवनियुक्त प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले कार्यभार सम्हालेका छन् । शुक्रबार आईजीपीमा नियुक्त भएका कुँवरलाई आज आइतबार दर्ज्यानी चिह्न प्रदान गरिएको छ । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा उनलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो । कुँवर नेपाल प्रहरीको ३० औँ प्रहरी महानिरीक्षक हुन् । ३० वर्षे सेवा अवधिका कारण शुक्रबारबाट प्रहरी महानिरीक्षक धिरजप्रताप […]

हाम्रो प्रवृत्ति, व्यवसायीको तनाव र बैँकिङ संकट

विनयराज पोखरेल निजी क्षेत्रका व्यापार/व्यवसाय सम्बद्ध विभिन्न सङ्घसंस्थाले अघिल्लो सरकारको पालादेखि नै सडकमा बैङ्क तथा वित्तीय संस्थाविरुद्ध आक्रोश पोख्ने क्रम जारी राखेकामा गएको मङ्सिरमा तोकिएको निर्वाचनको कारण देखाई आन्दोलन स्थगित गरेका थिए । निर्वाचनपश्चात् नयाँ सरकार गठनसँगै पुनः तातिएका व्यवसायीहरूले तत्कालीन अर्थमन्त्री विष्णु पौडेलको आश्वासनमा आन्दोलन स्थगित गरे । फागुनको अन्तिम साता उक्त आन्दोलन पुनः […]

बौरिँदै ‘पहाडकी रानी’

साझा कथा । कुनै समयको प्रख्यात स्थान बन्दीपुर, कोरोनाको महामारीसँगै सुस्ताएको थियो । ३ बर्षजति सुनसान देखिएको बन्दीपुर पछिल्लो समय बौरिन थालेको छ । पछिल्ला दिन ‘पहाडकी रानी’ले परिचित बन्दीपुरमा आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल बढेको छ । पर्यटकको चहलपहल भएसँगै बन्दजस्तै भएको होटल व्वसायले पनि गति समात्न थालेको छ । बन्दीपुरका होटल व्यवसायी सूर्य […]

आठ महिनामा एक खर्ब ३८ अर्ब वैदेशिक अनुदानको प्रतिबद्धता

साझा कथा । चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा सरकारले रु एक खर्ब ३८ अर्ब ५६ करोड १० लाख बराबरको वैदेशिक सहायता प्रतिबद्धता पाएको छ । अर्थ मन्त्रालयका अनुसार आठ महिनामा नेपालले विभिन्न द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदारबाट रु २४ अर्ब ५६ करोड १० लाख बराबर अनुदान र रु एक खर्ब १४ अर्ब बराबर […]

युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु- प्रधानमन्त्री

साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आफ्नो नेतृत्वको सरकारले युवा र खेलाडीहरूलाई सबैभन्दा बढी महत्व दिएको बताएका छन् । शनिबार भरतपुरमा नेपाल कराते महासंघको ७ औँ प्रशिक्षक प्रशिक्षण तथा मास्टर्स् मिट्स् प्रतियोगिताको समारोहलाई बालुवाटारबाट भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्रीले खेलाडीलाई हौसला बढाउनेदेखि प्रतियोगितामा विजयी खेलाडीहरूलाई पुरस्कृत गर्ने, खेल क्षेत्रका कार्यक्रमहरू उपस्थित भएर सम्बोधन गर्ने गरेको […]

म्याग्दीको २ सय वर्ष पुरानो आकर्षक घर संरक्षण गरिँदै

साझा कथा । झपक्कै फुलेका आँपका रुख । विभिन्न प्रजातिका फूल र हरियालीले छपक्कै सुन्दर बगैँचा । सिर्मु र सालका काठका कलात्मक बुट्टा भरिएका दलिन, बला र टुँडालसमेत रहेका चिटिक्कका ढुङ्गेघर । आँखीझ्याल, फलाँटे ढोका । नजिकै कलकल झरेको पानीको धारो । पश्चिमतर्फको ठाँठकीको कुनामा ढिकी र जाँतो । तलतिर म्याग्दी नदी । वरिपरि गहुँ […]

क्रिकेट खेलाडी गुलशन झा सम्मानित

साझा कथा । राष्ट्रिय क्रिकेट टोलीका खेलाडी गुलशन झालाई आज सर्लाही सदरमुकाम मलङ्गवामा एक कार्यक्रमका बीच सम्मान गरिएको छ । क्रिकेट खेलको माध्यममार्फत यस क्षेत्रको गरिमा बढाएको भन्दै मलङ्गवा-८ का वडाध्यक्ष मुकेश जयसवाल लगायतले झालाई राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका हुन् । झालाई सो अवसरमा कदरपत्र समेत प्रदान गरिएको थियो । मलङ्गवा-८ निवासी खेलाडी झालाई […]

रास्वपाले उपनिर्वाचनमा गठबन्धन नगरी चुनाव लड्ने

साझा कथा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धन नगरी चुनाव लड्ने निर्णय गरेको छ । शुक्रबार बसेको सो पार्टीको केन्द्रीय समिति बैठकले चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा गठबन्धन नगरी एक्लै उम्मेदवारी दिने निर्णय भएको रास्वपा उपसभापति एवं संसदीय दलका […]

सगरमाथा आरोहण अनुमति सुरु

साझा कथा । सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि यस वर्षको वसन्तकालीन यामको आजदेखि आरोहण अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार यो वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि पहिलो १५ जनाको आरोही समूहले आरोहण अनुमति लिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सगरमाथा आरोहणमा जाने पहिलो आरोही समूहको टिमलिडरलाई आरोहणको […]

प्रहरी महानिरीक्षकमा कुँवर नियुक्त

साझा कथा । नेपाल प्रहरीको महानिरीक्षकमा वसन्तबहादुर कुँवर नियुक्त भएका छन । आज बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिएका हुन । कुँवर नेपाल प्रहरीको ३० औँ प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त भएका हुन् । कुँवरले आइतबारदेखि कार्यभार सम्हाल्ने छन् । […]

पर्यटन क्षेत्रमा सक्रिय सञ्चारकर्मी ताम्राकारको निधन

साझा कथा । पछिल्लो समयमा पर्यटन क्षेत्रमा निकै नै सक्रिय रहेकी वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको ८६ वर्षको उमेरमा निधन भएको छ । रेडियो नेपालकी पूर्वसमाचार सम्पादक एवं समाचार वाचिका ताम्राकारको बासबारीस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा गए राति निधन भएको उहाँकी छोरी एवम् सञ्चारकर्मी गृष्मा राजभण्डारीले जानकारी दिइन् । विसं २०१८ मा रेडियो नेपाल प्रवेश गरेकी […]

जहाँ चामल बिक्रि गरेर शिक्षकलाई तलब दिइयो..

साझा कथा । विसं २०५८ मा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं ५ पातुखोलामा ज्ञान ज्योति आधारभूत विद्यालय सञ्चालन गरियो । स्थानीयले चन्दा सङ्कलन गरेर उक्त विद्यालयको कच्ची भवन निर्माण गरे । विद्यालय भवन नै हावाले उडायो । तर स्थानीयले हिम्मत हारेनन् । पुनः विद्यालय भवन बनाए र कक्षा सञ्चालन गरे । कक्षा ३ बाट पठनपाठन […]

मातृ मृत्युदरमा आयो सुधार

साझा कथा । नेपालमा मातृ मृत्युमा उल्लेख्य सुधार आएको छ । राष्ट्रिय जनगणनाले नेपालमा प्रति एकलाख जीवित जन्ममा १५१ जना आमाको मृत्यु हुने देखाएको छ । पाँच वर्ष अघि नेपालमा मातृ मृत्यु दर २३९ जना रहेको थियो । जनगणनासँगै यसपटक मातृ मृत्युका विषयमा पनि अध्ययन भएको थियो । उक्त अध्ययनले नेपालमा एक लाख जीवित जन्ममा […]

चैतमास सुरु भएसँगै आगलागीको डर

साझा कथा । गर्मी मौसम सुरु हुन थालेपछि मुलुकमा आगलागी, डढेलो र हावाहुरीको जोखिम बढ्न थालेको छ । भौगोलिक हिसाबले विभिन्न प्रकोपको उच्च जोखिममा रहेको नेपाल हरेक मौसमसँगै पूर्वतयारीमा जुट्ने पर्ने अवस्थामा छ । भर्खरै सुरु भएको चैतमास, पछिल्लो साताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यसपटकको हिउँदमा राम्ररी वर्षा भएको छैन । […]

पहाड र हिमालको जनसंख्या खुम्चँदै, तराईमा ३ प्रतिशत बढ्यो

साझा कथा । सुख र सुविधा खोज्दै गाउँ छोड्नेहरुको संख्या वृद्धि हुँदा नेपालका पहाड र हिमालहरु विस्तारै खाली हुँदै गइरहेका छन् । खेती उब्जनी हुने ठाउँहरु बाँझै रहने गरेको छ । हालै सार्वजनिक भएको जनगणना २०७८ को प्रतिवेदन अनुसार जनसंख्याको वितरणमा तराई क्षेत्रको हिस्सा बढ्दै जाँदा पहाड र हिमालको जनसंख्या भने खुम्चँदै गएको देखिएको छ […]

दश बर्षमा दश प्रतिशत नै बढ्यो साक्षरता, २१ लाख ९० हजार नेपाली विदेशमा

साझा कथा । एक बर्षअघि गरिएको जनगणनाको औपचारिक प्रतिवेदन सार्वजनिक भएको छ । २०७८ को मंसिरमा गरिएको जनगणनाको समग्र विश्लेषण गरिएको प्रतिवेदन शुक्रबार सार्वजनिक भएको छ । प्रतिवेदन अनुसार नेपालमा अहिले २ करोड ९१ लाख ६४ हजार ५७८ जनसंख्या रहेको छ । यस्तै नेपालको साक्षरता दर १० वर्षमा १० दशमलव ४ प्रतिशतले वृद्धि भएको छ […]

रमजान सुरु – कसरी मनाइन्छ ? यस्ता छन् रोचक नियमहरु

साझा कथा । इस्लाम धर्मावलम्बीको महत्वपूर्ण पर्व रमजान शुक्रबारबाट सुरु भएको छ । रमजान पर्वमा मुस्लिम समुदायका मानिसहरू एक महिनाभर बिहान सूर्योदय हुनु अघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत नखाई रोजा बस्छन्। रोजा बस्न मुसलमान समुदायले उर्दू क्यालेण्डरअनुसार शुक्रबार बिहान ४ः१० बजेदेखि बेलुका ६ः२० बजेसम्म निराहार बस्नुपर्छ । शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ । रोजा बस्न […]

तीन दिनमै डीआईजीबाट आईजीपी बन्ने भाग्यमानी !

साझा कथा । नेपाल सरकारको निर्णयानुसार प्रहरी नायब महानिरीक्षक (डीआईजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा पदोन्नति भई बुधबार दर्जयानी चिन्ह प्राप्त गरेको तीन दिनमै पाँचमध्ये एक जना प्रहरीको सर्वोच्च पद (प्रहरी महानिरीक्षक) बन्दैछन् । नेपाल सरकार मन्त्रिपरिषद्को सोमबारको निर्णयले प्रहरी नायब महानिरीक्षकबाट वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआईजी पदोन्नति […]

युवाहरु पलायन भएपछि रगतको समेत अभाव

साझा कथा । युवा जनशक्ति विदेश पलायन भएपछि देशभित्र थुप्र्रै समस्या देखा परिरहेका छन् । रक्तदाताका रूपमा रहेका युवा वर्ग रोजगार तथा अध्ययनका सिलसिलामा जिल्ला बाहिर जाँदा रगतको समेत चरम अभाव हुन थालेको छ । अठार देखि ६० वर्ष उमेर समूहले रक्तदान गर्न सक्ने भए पनि ४० वर्षसम्म रक्तदान गर्ने उपयुक्त उमेर मानिन्छ । सोही […]

tHE bRAVO dELTA sHOW मा ईपीएलका कार्यकारी निर्देशक अमिर अख्तर..