गण्डकी प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा

साझा कथा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार बिहान प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन् । माओवादीका सांसदले समर्थन फिर्ता लिएसँगै पाण्डे गत फागुन २३ देखि अल्पमतमा थिए । केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि अल्पमतमा परेका उनले २२ चैतभित्र विश्वासको मत लिनुपर्ने थियो । पाण्डेले विश्वासको मत नलिई […]

असल जीवन साथी कसरी छनौट गर्ने ? मनोविज्ञान यसो भन्छ

साझा कथा । जीवन साथी नामबाटै नै परिभाषित छ । जीवन भरको सारथि जुन सारथि सङ्ग आधा भन्दा बढी जीवन बिताउनु पर्ने हुनुपर्छ । रंङमन्चमा सधै हरेक परिस्थिति हरेक मोडमा दुःखमासंगै आँसु झार्न सुखमा सधै संगै रमाउन् र जीवन भरी नै एकै रथ का दुई पांग्रा भएर हौसला प्रेरणा मनोबल एउटा असल सहयात्रीको रुपमा साथ […]

मौसम परिवर्तनसँगै कोरोनाका बिरामी बढे, यो सातामै २८ जनामा संक्रमण पुष्टि

साझा कथा । मौसम परिवर्तनसँगै पछिल्लो समय कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन् । मौसम परिवर्तनसँगै व्यक्तिमा रुघाखोकी, ज्वरो, फ्लु देखिन थालेको चिकित्सकले बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार विगत एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । ती सङ्क्रमितमा सुदूरपश्चिम प्रदेशमा भारतबाट आएका रहेका छन् […]

महिलाको जिम्मामा घर, घरमालिक चाहिँ पुरुष !

नेपालको संविधानले महिला, पुरुष वा अन्य लिङ्गी भएकै कारण फरक व्यवहार हुन नहुने वा असमान व्यवहार गर्न नहुने प्रष्ट पारेको छ । पुरुष वा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकप्रतिको समान अवसर, व्यवहार र अधिकारको उपभोग हो लैङ्गिक समानता । समाजका हरेक व्यक्तिलाई सम्मानित र सुरक्षित बनाउन लैङ्गिक समानता आवश्यक छ । व्यक्तिले आत्मसम्मान महसुस गर्न शरीर, […]

किन दिए रेशम चौधरीले नाउपाका नेताहरूलाई हत्या गर्ने धम्की

साझा कथा । विवादमा फसिरहेको नागरिक उन्मुक्ति पार्टीका नेताहरुले पार्टीका संस्थापक रेशमलाल चौधरीले आफूहरुलाई ज्यान मार्ने धम्की दिएको खुलासा गरेका छन् । सोमबार रिपोर्टस क्लबको पत्रकार सम्मेलनमा बाल्दै नाउपाका संस्थापक केन्द्रीय सदस्य रमेश बिकले आफूलाई नेता रेशम चौधरीले आइतबार एउटा छलफलमा आफूलाई हत्या पनि हुन सक्छ भनेर धम्की दिएको बताएका हुन् । ‘हिजो हामी रेशम […]

आयरल्याण्ड ‘ए’माथि नेपाल ‘ए’को शानदार जित

साझा कथा । घरेलु मैदानमा भएको अन्तिम(तेस्रो)अभ्यास खेलमा नेपाल ‘ए’ले आयरल्याण्ड ‘ए’ लाई ३ रनले हराएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २१४ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको आयरल्याण्ड ‘ए’ ले सबै ओभर खेल्दै ७ विकेटको क्षतीमा २१० रन मात्र जोड्न सफल भयो । नेपालका […]

नेपाल घुम्ने विदेशी पर्यटक २८ दशमलव ९ प्रतिशतले बढे

साझा कथा । यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटक २८ दशमलव ९ प्रतिशतले बढेका छन् । नेपाल पर्यटक बोर्डका अनुसार गत वर्षको मार्च महिनाको तुलनामा यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटकको सङ्ख्या २८ हजार सात सय ४१ ले वृद्धि भएको हो । गत वर्षको मार्चमा कुल ९९ हजा्र चार सय २६ विदेशी पर्यटक […]

पढाइ छाडेको ३३ वर्षपछि एसईई परीक्षा दिँदै खगिसरा भुसाल

साझा कथा । पढ्नका लागि उमेरले छेक्दो रहेनछ भन्ने उदाहरण पर्वतकी एक महिला नेतृले देखाएकी छन् । दक्षिणी पर्वतको बिहादी गाउँपालिका–४ वहाकीकी ५० वर्षीया खगिसरा भुसालले एसइई परीक्षामा सहभागी भएर उक्त उदाहरण प्रमाणित गरेर देखाएकी हुन् । उनले दुई छोरा र एक छोरी जन्माएर, हुर्काएर विवाहसमेत गराइसकेकी छन् । बूढेसकालमा सुख सयलका साथ जीवन बिताउने […]

पेट्रोल लिटरमै ४ रुपैयाँ बढ्यो: यस्तो छ नयाँ मूल्य सूची

साझा कथा । पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले वृद्धि भएको छ । नेपाल आयल निगमले गएरातिदेखी पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँले बढाएको हो । आजदेखि वृद्धि हुने मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य एक सय ७५ पुगेको हो । नेपाल आयाल निगम लिमिटेडको सञ्चालक समितिको आजको निर्णयअनुसार सोमबारदेखि नयाँ मूल्य लागू हुनेछ । निगमले नयाँ खरिद मूल्यअनुसार […]

“नयाँ समीकरणपछि अर्थतन्त्रमा उत्साह देखिएको छ”

साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता समीकरणमा परिवर्तन भएसँगै अर्थतन्त्रमा उत्साह पैदा भएको बताएका छन् । पार्टीका मधेस प्रदेशका केन्द्रीय सदस्य एवं वैकल्पिक केन्द्रीय सदस्य र सल्लाहकारहरूको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय अर्थतन्त्रले सकारात्मक लय लिएको बताए । “पछिल्लो समय अर्थतन्त्रले सकारात्मक लय लिएको छ, उद्योगी व्यवसायीहरू सकारात्मक भएका छन्”, […]

हाड-जोर्नी दुख्ने समस्याबाट बच्नका लागि अपनाउनुस् यी उपाय

साझा कथा । धेरै मानिसमा हाड–जोर्नी समस्य देखिन्रछ । हाड–जोर्नी बिग्रिने, खिइने समस्याबाट बच्नका लागि खानपान एवं जीवनशैलीमा सुधार गर्नु सबैभन्दा महत्वपूर्ण हुन्छ । शरीर मोटो होइन बलियो बनाउनुपर्छ, अर्थात् मांसपेशी, हड्डी बलियो बनाउने तर बोसोयुक्त फोक्से मासु बढ्न नदिने । खेत जोत्नेले जस्तो खाने अनि गाडीमा हिँड्ने, टेबल वर्क गर्ने, व्यायाम नगर्ने गर्दा मोटोपन […]

त्रिकोणात्मक फ्रेन्डसिप कपः आज नेपाल गुजरातसँग खेल्दै

साझा कथा । भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले फ्रेन्डसिप कपअन्तर्गत आफ्नो पहिलो खेलमा आज गुजरातविरुद्ध पहिलो खेल खेल्दै छ । टी–२० फर्म्याटमा हुने यो खेल नेपाली समय अनुसार २ः ४५ बजेदेखि शुरु हुदै छ । भारतको गुजरात र बरोडासँग भारतको गुजरातको भापीमा टी–२० फ्रेन्डसिप कप खेल्दै छ । मार्च ३१ देखि अप्रिल ७ […]

‘रङ्गेली’ हिन्दी भाषामा पनि रिलिज हुने

साझा कथा । प्रदर्शनरत चलचित्र ‘रङ्गेली’ भारतमा हिन्दी भाषामा पनि प्रदर्शन हुने भएको छ  । युसुफ शेखले नेतृत्व गरेको भारतको वितरण कम्पनी एन मुभिज र जनता सिनेमाले फिल्मलाई भारतमा प्रदर्शन गर्न लागेको हो । यसका लागि हिन्दी अनुवादको काम भैरहेको कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले जानकारी गराए । चलचित्र भारतका करिब एक सयभन्दा बढी सिनेमा हलमा  […]

झापामा भेटियो २२ सय बर्ष पुरानो पाँचवटा भवनका संरचना

साझा कथा । भद्रपुर नगरपालिका–३ पृथ्वीनगरस्थित महाभारतकालीन कीचकवधमा दुई हजार दुई सय वर्ष पुराना पाँचवटा भवनका संरचना भएको पुष्टि भएको छ । उक्त स्थानमा पुरातत्व विभागको उत्खननपछि त्यसको पुष्टि भएको हो । पुरातत्वविद् उद्धव आचार्यले उत्खननबाट उत्तरपूर्वमा एउटा बहुतले ठूलो भवन, ठूलो भवनकै केही दक्षिणमा अर्को भवन, सोही भवनकै उत्तरपश्चिम छेउमा सेन्ट्री बस्नेसहितको अर्को भवन, […]

नेपालमा अन्तर्राष्ट्रिय स्तरको पारा थ्रो बल प्रतियोगिता सम्पन्न

साझा कथा । नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको पारा थ्रो बल प्रतियोगिता सम्पन्न भएको छ । पारा थ्रो बल समाज नेपालले आयोजना गरेको एक दिवसीय प्रतियोगितामा नेपाल र भारतका खेलाडीहरु बीच प्रतिस्पर्धा भएको थियो । काठमाडौंस्थित कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. ७ मा रहेको कभर्ड हलमा सञ्चालित प्रतियोगितामा पुरुष र महिला गरि जम्मा ६ टिमको सहभागिता […]

होलीमा हाइकिङको मज्जा ! (फोटो कथा)

साझा कथा । देशभर पानी र रङसँग होली पर्व मनाइरहँदा चन्द्रागिरिका युवायुवती भने हाइकिङमा रमाउँदै थिए । गत शनिवार चन्द्रागिरि नगरपालिकाको सकृयतामा चन्द्रागिरी हाइकर्स कम्यूनिटी (सीएचसी)ले स्वस्थ्यका लागि पैदल यात्रा भन्ने नाराका हाइकिङ कार्यक्रमको आयोजना गरेको थियो । थाहा नगरपालिकास्थित प्रसिद्ध धार्मिक तीर्थस्थल ऋषेश्वर महादेव मन्दिरको प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ सो कार्यक्रमको आयोजना गरिएको […]

‘नेपालमा पढाइन्छ, जापानमा सिकाइन्छ’ (तस्विरसहित)

साझा कथा । हामी जापानको राजधानी टोकियोको मध्यसहरमा अवस्थित एभरेष्ट इन्टरनेसनल विद्यालयमा पुग्दा प्राङ्गणमा सूर्यचन्द्र अङ्कित नेपाली झण्डा फहराइरहेको थियो । विद्यार्थीहरु ‘माथिमाथि शैलुङ्गेमा चौरी डुलाउनेलाई‘’ बोलको नेपाली मौलिक गीतमा नृत्यको अभ्यास गर्दै थिए । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)का अध्यक्षसहितको टोली विद्यालय परिसर पुग्दा दैनिक कक्षा प्रारम्भ भइसकेको थियो । विद्यालयमा नेपालीसहित जापानी र […]

भारत दिल्लीका मुख्यमन्त्री केजरीवाल रक्सी घोटालामा पक्राउ

साझा कथा । नयाँदिल्लीका मुख्यमन्त्री तथा आमपार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवाललाई अन्तःशुल्क नीति मामिलामा प्रवर्तन निर्देशनालय (इडी) ले गिरफ्तार गरेको स्रोतहरूले बताएका छन् । उनलाई मुख्यमन्त्री निवासबाट  पक्राउ गरिएको हो । पक्राउ परेका केजरीवाल थप चार दिन ईडीको हिरासतमा रहनेछन् । दिल्ली अदालतले केजरीवाललाई १ अप्रिलसम्म हिरासत राखेर अनुसन्धान गर्न अनुमती दिएको हो । मार्च […]

पश्चिमी वायुको प्रभावः देशभर बदलीसँगै केही दिन वर्षा जारी

साझा कथा । पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ । देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । विभागका मौसमविद् गोविन्दकुमार झाका अनुसार पश्चिमी वायु, स्थानीय वायु र अरब सागरबाट आएको जलवास्पयुुक्त हावाको प्रभावले नेपालको मौसममा प्रभाव देखिएको हो […]

अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूल खेतीतिर

साझा कथा । अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दीका किसानले व्यावसायिक फलफूलखेती शुरु गरेका छन् । साथै उनीहरूले सागसब्जीलगायत तरकारी खेती पनि गर्न थालेका छन् । बेनी नगरपालिका–२ का किसान क्षेत्रबहादुर कटुवालले परम्परागत स्थानीय जातको धान र गहुँखेतीबाट अपेक्षित उत्पादन नभएपछि सागसब्जी र फलफूलखेती प्रारम्भ गरेका छन् । खिमबहादुर कार्की र दुर्गाबहादुर थापाले धान […]

सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले बढेयो

साझा कथा । बिहिवार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार १ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घ जनाएको छ । महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख २७ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख २७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला […]

चैते धानखेतीतर्फ किसानको आकर्षण

साझा कथा । धानको मूल्यमा वृद्धि भएसँगै चैते धानखेतीस्तर्फ किसानहरु आकर्षित भएका छन् । विगतको तुलनामा यो वर्ष धानको मूल्यमा प्रतिक्विन्टलएक हजारले वृद्धि भएपछि झापाका किसान चैते धानखेतीतर्फ आकर्षित भएका हुन् । जिल्लामा विगतमा तीन हजार २५० प्रतिक्विन्टल मूल्य कायम भएको धान हाल चार हजार २५० रुपैयाँ प्रतिक्विन्टल रहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज […]

एसईई परीक्षाः तीन घण्टामा भविष्य कोर्दै पाँच लाख विद्यार्थी

साझा कथा । आजबाट देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । यस वर्षको परीक्षामा ५ लाख बढी परीक्षार्थी सहभागी छन्। आजदेखि सुरु भएको (एसईईं) परीक्षा चैत २७ गतेसम्म सञ्चालन हुने बोर्डको तालिका छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सुरु हुनेछ । र, पहिलो दिन अर्थात आज अनिवार्य अंग्रेजी विषयको परीक्षा हुदै […]

सहकारी ठगी प्रकरण: लामिछानेविरुद्ध प्रमाण भेटिएन- रवि भन्छन् सहकारी प्रकरणमा मेरो नाम मात्र उल्लेख छ, अन्य संलग्नता छैन

साझा कथा । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा आफ्नो नाम बाहेक केहि नभएको बताएका छन् । बुधवार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले सहकारीमा आफ्नो नाम मात्र उल्लेख रहेको तर त्यसबाहेक केही नभएको बताएका हुन् । समितिमा लामिछानेले भने सहकारीमा जहाँ मेरो नाम भनिएको छ । त्यहाँ नाम बाहेक केही […]

प्रेमको प्रतिक रानी महल (भिडियो)

पाल्पा जिल्लामा अवस्थित कालीगण्डकी नदीको चट्टानमाथि बनेको रानी महल दरबारलाई नेपालकै ताजमहलका नामले चिनिन्छ । तत्कालिन जनरल खड्ग शमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा कालीगण्डकीको तटमै जग हालेर रानीमहल दरबार बनाएको इतिहाँस छ । सोहि अनुरुप यो दरबार रानीमहल दरबारको नामले परिचित रहेको छ । दरबारको एकातर्फ बुर्जाको जग कालीगण्डकी नदीमा नै रहेको र महलभित्र पानीपोखरी, […]

आयरल्याण्डमाथि नेपालको दोस्रो शानदार जित

साझा कथा । घरेलु मैदानमा भएको दोस्रो अभ्यास खेलमा नेपालले आयरल्यान्ड ‘ए’लाई ७१ रनको फराकिलो अन्तरले हराएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर आयरल्यान्ड ‘ए’लाई बलिङको निम्तो दिएको नेपालले सबै ओभर खेलेर ७ विकेट गुमाएर १ सय ९८ रनको लक्ष्य दिएको थियो । जसमा आयरल्यान्ड ‘ए’ले १८ दशमलव ३ ओभरमा १ सय […]

धार्मिक पर्यटनको अर्को गन्तव्य ‘बेथानचोक नारायणस्थान’

साझा कथा । बूढापाकाहरू भन्ने गर्छन् ‘नमरी स्वर्ग देखिँदैन ।’ जुन ठाउँको वर्णन गरिएको छ त्यो ठाउँमा नगइकन त्यहाँको वातावरण, दृश्य, दुःख, सुख बुझ्न सकिँदैन । स्वर्गीय आनन्द लिने त ज्यूँदै छँदा हो, साँच्ची नै नारायणस्थान डाँडामा पुग्ने जो कोहीले पनि प्रकृतिको स्वर्गीय आनन्द भने अवश्य लिने छन् । यहाँ घुम्न आउने पर्यटकका लागि प्राकृतिक […]

नौमती बाजा संरक्षणमा सक्रिय आमाहरू

साझा कथा । नौमती बाजाका लागि चर्चित बागलुङका थुप्रै गाउँहरु छन् त्यस मध्ये सिगानाको लामिचौर पनि एक हो । बागलुङमा युवा पुस्ताको बेवास्ताका कारण नौमती बाजा विस्तारै लोप हुने अवस्थामा छ । संस्कृति र परम्परासँग जोडिएको नौमती बाजाप्रति युवा पुस्ताको चासो नहुँदा मौलिक नौमती बाजा हराउने अवस्थामा पुगेको अवस्थामा बागलुङ नगरपालिका–८ सिगाना लामिचौरको आमा समूह […]

नेपालले आज आयरल्याण्ड ‘ए’ सँग दोस्रो अभ्यास खेल खेल्दै

साझा कथा । नेपालले आज टी–२० अभ्यास खेलअन्तर्गत आयरल्यान्ड ‘ए’सँग दोस्रो अर्थात् अन्तिम खेल खेल्ने भएको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ । दुई खेलको सिरिजमा नेपाल १–० ले अगाडि छ । सोमबार भएको पहिलो खेलमा नेपालले आयरल्याण्ड एलाई पराजित गरेको हो । आयरल्याण्ड वोल्भ्सले दिएको १२२ रनको […]

तीन दिनमा ‘महाजात्रा’को कमाई ४ करोड २६ लाख

साझा कथा । गत शुक्रबारबाट नेपालसहित विश्वभर एकसाथ प्रदर्शनमा आएको फिल्म ‘महाजात्रा’ले तीनमा चार करोड २६ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ । निर्माण कम्पनी षट्कोण आर्टस्का अनुसार फिल्मले आइतबारसम्ममा ४ करोड २६ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको बताइएको छ । निर्माण पक्षले पहिलो दिन १ करोड २३ लाख, दोस्रो दिन एक करोड ८२ लाख […]

आयरल्यान्ड ‘ए’माथि नेपाल ६ विकेटले विजयी

साझा कथा । घरेलु मैदानमा भएको अभ्यास खेलमा आयरल्याण्ड ‘ए’माथि नेपालले ६ विकेटको जित हात पारेको छ । टस जितेर ब्याटिङ रोजेको आयरल्याण्डले २० ओभरमा सबै विकेट गुमाएर १२२ रनको लक्ष्य दिएको थियो । जसमा नेपालले १६ दशमलव १ ओभरमा ४ विकेट गुमाएर खेल जित्यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले नटआउट सर्वाधिक ३७ रन […]

आयरल्याण्ड ‘ए’ विरूद्ध‍क‍ो सिरिज: नेपालले पायो १२२ रनको लक्ष्य

साझा कथा । नेपालले आयरल्याण्ड ‘ए’सँगको अभ्यास खेलमा १२२ रनको लक्ष्य पाएको छ । टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२१ रन जोडेको हो । आयरल्यान्डका लागि ओपनिङ ब्याटर स्टेफिन डोहिनीले सार्बाधिक ४६ रन जोडे । उनीबाहेक आयरल्यान्डका शीर्ष आठ मध्ये ६ ब्याटरले दोहोरो अंकमा रन […]

“जर्मनी पुगेर साथीलाई होलीको बारेमा सुनाउँछु”

साझा कथा । जर्मनीबाट पोखरा आएकी लुका आज लेकसाइडमा होली खेल्न पाउँदा निकै खुसी थिइन् । उनको अनुहारभरि रङ्ग दलिएको थियो । सेतो पहिरनमा सजिएकी लुकाको कपडा पनि रङ्गले पोतिएको थियो । नेपालमा मनाइने रङ्गको पर्व निकै राम्रो लागेको उनको प्रतिक्रिया थियो । “कसैको अनुहार रङ्गविहीन देखेको छैन । यो निकै रमाइलो पल हो,” लुकाले […]

नेपालले आज आयरल्याण्ड ‘ए’ सँग अभ्यास खेल खेल्दै

साझा कथा । नेपालले आज आयरल्याण्ड ‘ए’सँग अभ्यास खेल खेल्दै छ । आइसिसी टी–२० विश्वकपको तयारीस्वरुप नेपालले आयरल्याण्ड ‘ए’सँग उक्त अभ्यास खेल खेल्न लागेको हो । कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो १ बजे नेपालको सिनियर टिमले आयरल्याण्ड ‘ए’(आयरल्याण्ड वुल्भ्स) सँग खेल्दैछ । नेपालको सिनियर टोलीले यही टिमसँग भोलि पनि त्रिवि मैदानमा टी–२० खेल खेल्नेछ । त्यसपछि […]

ध्यानीहरु पुग्नुपर्ने ठाउँ (भिडियो)

डहरे देउराली स्याङ्जा र पर्वत जिल्लाको सिमानामा पर्ने यो रमणीय देउराली पुग्न अर्जुन चौपारी गाउँपालिकाको आरुचौर हुँदै वा पर्वतको कार्कीनेटा बजार हुँदै पुग्न सकिन्छ । परापूर्वकालमा डहरा ऋषिले तपस्या गरेको हुनाले यो तपोभुमी डहरे देउरालीको नामले प्रसिद्ध भएको हो भन्ने जन विश्वास छ । बालानन्द ऋषिले लामो समय तपस्या गरेको, षडानन्द ऋषीले तपस्या गर्दागर्दै यसै […]

सञ्जालमा होलीको रौनक (फोटो कथा)

साझा कथा । रङको उत्सव ‘होली’ आज धुमधामका साथ मनाइयो । कसैले घरपरिवारमा, कसैले साथीभाइ भेटघाट गरेर, कसैले विशेष कार्यक्रमकै आयोजना गरेर, कसैले घुमघाम त कसैले मिठामिठा परिकार खाएर होली मनाए । यसरी दिनभर मनाइएको वा खेलिएको होली साँझपख सामाजिक सञ्जालमा फोटो तथा भिडियोहरु शेयर गरेर होलीलाई स्मरणीय बनाउनेहरु धेरै छन् । फेसबुक, ट्वीटर, इन्स्ट्रा […]