सन्दीप लामिछानेविरुद्धको मुद्धाको सुनुवाइ ‘हेर्दाहेर्दै’मा

साझा कथा । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्धाको सुनुवाइ ‘हेर्दाहेर्दै’मा राखिएको छ । आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुरु भएको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको हो । २०७९ कात्तिक १४ गते क्रिकेटर लामिछानेविरुद्ध मुद्दा दायर भएको थियो । वारदात भएको भनिएको मिति २०७९ भदौ ५ गते पीडित भनिएकी किशोरीको उमेर १८ वर्षभन्दा कम […]

बागलुङका पदमले फलाए नौ किलोको एउटै काउली

साझा कथा । बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका पदम खत्रीको खत्री एग्रो फार्ममा नौ किलोको एउटै काउली फलेको छ । विसं २०६६ मा एउटा प्लाष्टिक टनेलबाट तरकारी खेती थालेका बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका खत्री यतिबेला यस क्षेत्रकै सफल कृषकमा गनिन्छन् । विसं २०६६ सालअघि ज्यालामजदुरी गर्दै आएका खत्रीको कृषि क्षेत्रको लगाव, मेहनत र निरन्तरताका कारण अहिले […]

गैँडा संरक्षणका लागि ‘राइनो गोल्डकप’ हुने

साझा कथा । दुर्लभ एकसिङ्गे गैँडा संरक्षणका लागि भन्दै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दुमा मोफसलकै सर्वाधिक पुरस्कार राशिको राइनो गोल्डकप आगामी माघमा हुने भएको छ । खेलकुदका माध्यमबाट युवामा वन, वन्यजन्तु एवं वातावरण संरक्षणका लागि चेतनाको विकास र विस्तार गर्ने, खेलकुद तथा पर्या–पर्यटनको वृद्धि गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्नेलगायतका उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो […]

घले समूहले १३८ किलो सुन तस्करी गरेको छानबिन समितिको निष्कर्ष

साझा कथा । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको छानबिन समितिले मीनबहादुर घले र उनको समूहले १३८ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ । गत मंसिर २१ गते राति १४ किलो सुनसहित पक्राउ परेका गोरखा घर भएका मीनबहादुर घलेको समूहले १३८ किलो सुन तस्करी गरेको देखिएको समितिको निष्कर्ष छ। समितिले अवैध सुन ल्याउने व्यक्तिहरूको ट्राभल हिस्ट्री […]

बालुवाटारमा शीर्ष नेताहरू प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबिच छलफल

साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा सङ्क्रमणकालीन न्याय (टीआरसी)को विषयमा छलफल केन्द्रित रहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार छलफलमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि सहभागी थिए ।

सन्दीपविरुद्धको बलात्कार मुद्दामा आज होला त अन्तिम फैसला ?

साझा कथा । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौै जिल्ला अदालतमा दायर बलात्कार मुद्दाको फैसला गर्न आजका लागि पेसी तोकिएको छ । आज अन्तिम सुनुवाइ भए सन्दीपले कि सफाइ पाउँछन् कि जेल सजाय भन्ने टुंगो लाग्नेछ । नाबालिगमाथि जबरजस्ती करणी गरेको अभियोगको मुद्धाको सुनुवाइ आज न्यायाधीश ढकालको इजलासमा हुन लागेको हो । यसअघि पनि फैसलाका लागि भनेर […]

नेपालमा जेटा फार्मः कृषकलाई मालिक बनाउँदै, घाटा भने व्यहोर्न नपर्ने (भिडियो)

साझा कथा । बाँझो खेतलाई उर्वर भूमिमा रुपान्तरण गर्ने र कृषकलाई मालिक बनाउने अभियानका साथ नेपालमा पहिलो पटक जेटा फार्म सञ्चालनमा आउँदैछ । कृषियोग्य भूमिहरुमा खेति नभइरहेको र कृषिप्रधान देश भनेर चिनिए पनि अधिकांश नेपालीहरु कृषि पेशाबाट पलाएन भइरहेको अवस्थामा नेपाली भूमिलाई पुनः कृषिमैत्री बनाउनको लागि जेटा फार्म परियोजनाको सुरुवात गर्न लागिएको हो । जेटा […]

२८ दिनभित्र रोकिएको मेलम्चीको पानी काठमाडौं ल्याउने सपना साकार बन्ला ?

साझा कथा । गत असार ८ गते देखि मेलम्चीको पानि उपत्यकामा आउन छोडेको थियो, जसकारण यहाँका बासीन्दा केहि महिना देखि मेलम्चीको पानी पाउनबाट बन्चित भएका छन् । यसै बिच बाढी पहिरोले क्षतिग्रस्त भएको मेलम्चीको पानी २८ दिनमा काठमाडौँमा ल्याउने समझदारी भएको छ । मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माणका लागि खानेपानी मन्त्रालय र चिनियाँ निर्माण कम्पनी सिनोहाईडाङबिच […]

उखुको खरिद मूल्य निर्धारण, अब कति पाउछन किसानले ?

साझा कथा । सरकारले उखुको खरिद मूल्य तोकेको छ । किसानले उखुको मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ पाउने भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उखुको मूल्य निर्धारण गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् । त्यसमा उखु किसानलाई सरकारले ७० रुपैयाँ प्रतिक्विन्टल अनुदान दिने निर्णय भएको प्रवक्ता शर्माले बताइन् । उनका अनुसार मन्त्रिपरिषदको नियमित बैठक भोलि […]

आईपीएल इतिहासकै सबैभन्दा महँगा खेलाडी बने अष्ट्रेलियाका मिचेल स्टार्क

साझा कथा । अष्ट्रेलियन क्रिकेटर मिचेल स्टार्क इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको इतिहासका सबैभन्दा महँगा खेलाडी बनेका छन्। ३३ वर्षका बायाँ हाते पेसर मिचेलका लागि कोलकता नाइट राइडर्सले २४ करोड ७५ लाख भारतीय रुपैयाँको बोली लगाएको हो । प्रारम्भिक मुल्य २ करोड तोकिएका उनका लागि सुरुमा दिल्ली क्यापिटल्सले बोली लगाएको थियो । त्यसपछि मुम्बई इण्डियन्सले […]

डा. केसीको आन्दोलनप्रति किन रुष्ट छन् नागरिक ? (भिडियो)

एक समय थियो जतिबेला डा. गोविन्द केसीले अनसन बस्ने भनेपछि सरकार हल्लन्थ्यो । भएभरका अस्पतालका डाक्टर र सोसँग सम्बन्धित चिकित्सालयका विद्यार्थी अनि भ्रातृ संगठनहरुको समेत समर्थन हुन्थ्यो । कालो पट्टी बाँधेर नाराजुलुससहित सडकमा आउने उनका समर्थक शुभेच्छुकको त कुरै नगरौं । अहिले गोविन्द केसी २१ औं पटक अनसनमा छन् । तर, दुःखका साथ भन्नुपर्छ – […]

शिक्षणबाट अवकाशपछि सुन्तला खेतीमा रमाएका अनन्तबहादुर

साझा कथा । जागिरमा जीवनको उर्वर समय खर्च गरेका धेरै मानिस अवकाशपछि आराम गर्छन् । तर बागलुङ नगरपालिका–८ सिगानाका अनन्तबहादुर खड्का ३७ वर्षको शिक्षण पेशाबाट अवकाश पाएपछि पनि सक्रिय छन् । शिक्षक, प्रधानाध्यापक हुँदै स्रोत व्यक्तिबाट अवकाश प्राप्त गरेका उनी अहिले पनि मासिक ३५ हजार पेन्सन बुझ्छन् । तर ७१ वर्षको उमेरमा उत्तिकै जोश जाँगरका […]

एनसेल प्रकरणमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

साझा कथा । एनसेलको शेयर खरिदबिक्री भएको विषयमा दायर भएको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । प्रतिनिधि सभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले गत मङ्सिर २२ गते शुक्रबार दायर गरेको उक्त रिटमा मङ्गलबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतले सो आदेश दिएका हुन् । सांसद सिंहले एनसेल शेयर खरिदबिक्रीको कारोबारलाई मान्यता […]

विकासमा बेथितिः निर्माणको १२ वर्ष बित्यो, पुल भने अधुरै

साझा कथा । कोशी प्रदेशको तेह्रथुम र पाँचथर जिल्लालाई जोड्न लुबुघाटस्थित तमोर नदीमा निर्माण थालिएको पक्की पुल १२ वर्षदेखि अधुरै छ । २०६८ सालमा शुरु भएको पुल निर्माणको काम आधा पनि पूरा भएको छैन । २०६८ असारमा स्वच्छन्द निर्माण सेवा कम्पनीसँग १३ करोड रुपैयाँमा पुल निर्माणको सम्झौता भएको थियो । पुल २०७२ असारसम्ममा निर्माण सम्पन्न […]

नारायणगढ–मुग्लिन सडक दिनमा चार घण्टा बन्द हुने

साझा कथा । नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक चार घण्टा सवारी बन्द हुने भएको छ । सो सडकखण्डको तुइनखोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएकाले यही पुस ७ देखि सवारी बन्द गर्न लागिएको हो । बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गर्न लागिएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी ई कृष्ण आचार्यले […]

मनै लोभ्याउने वशिष्ठ गुफा

साझा कथा । कालीगण्डकी नदीको किनारमा अवस्थित वशिष्ठ गुफा जुन हेर्दा आकर्षक र रमाइलो छ । यस क्षेत्रलाई अब आकर्षक पर्यटकीयहबको रुपमा विकसित गरिने भएको छ । यसका लागि विभिन्न संरचना बनाएर व्यवस्थित गरिन लागिएको छ । पाल्पाको रामपुर नगरपालिका–४ स्थित भुलादीखोलाको भुद्रङ्गघाटमा रहेको गुफालाई स्थानीय सरकारले व्यवस्थित गर्न पछिल्लो समय विभिन्न पूर्वाधार निर्माणमा जोड […]

आज रामजानकी विवाह मुख्य दिन: मधेशमा सार्वजनिक बिदा

साझा कथा । जनकपुरधाममा जारी सप्ताहव्यापी श्री सीताराम विवाह पञ्चमी महामहोत्सवको मुख्य दिन आज सीतारामको विवाह हुँदैछ । गत मङ्सिर २६ गतेदेखि सुरु भएको महामहोत्सवको मुख्य दिन आज हजारौँ श्रद्धालुहरूको उपस्थितिमा रङ्गभूमि मैदान बाह्रबिघामा सीताराम विवाह हुने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैणवले जानकारी दिए । आश्विन पूर्णिमाका दिन अयोध्याका राजा दशरथ पुत्र रामचन्द्रले तत्कालीन […]

पल शाह विरुद्धको मुद्दा दोहोर्‍याएर हेर्न सर्वोच्चको अनुमति

साझा कथा । नाबालिग बलात्कारको अभियोगमा अभिनेता पल शाहलाई सफाइ दिने उच्च अदालत पोखराको फैसला सर्वोच्च अदालतले दोहोर्‍याएर हेर्ने भएको छ। सर्वोच्च अदालतले शाह विरुद्धको नाबालिग बलात्कारको मुद्दामा न्यायाधीशद्वय सुष्मालता माथेमा र हरिप्रसाद फुयालको यही मङ्सिर २२ गतेको इजलासले शाहविरुद्धको मुद्दालाई दोहोर्‍याएर हेर्ने अनुमति प्रदान गरेको हो । तनहुँ र नवलपुर जिल्ला अदालतले बकपत्र गर्दा […]

पद्यकन्या क्याम्पसमा ‘विन्टर कार्निभल’ हुँदै

साझा कथा । पद्यकन्या क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले ‘विन्टर कार्निभल २०२३’ को आयोजना गरेका छन् । व्यवस्थापन संकाय अन्तर्गत बीबीए सातौं सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो व्यक्तित्व विकास गर्ने मुख्य उद्देश्यका साथ सो कार्यक्रमको आयोजना गरेका हुन् । उनीहरुले मंसिर ३० गते क्याम्पसकै प्राङ्गणमा सो कार्यक्रम गर्दैछन् । “यो जाडोमा नयाँ केहि गरौँ, न्यानोपन र साथले सबको […]

हिमालय एअरलाइन्सको काठमाडौँ– चीन– काठमाडौँ उडान सेवा सुचारु

साझा कथा । नेपाल र चीनको संयुक्त लगानी भएको हिमालय एअरलाइन्सले काठमाडौँ–छोङछिङ–काठमाडौँ उडान सेवा पुनः सुचारु भएको छ । यो सेवा बिस्तारलाई एअरलाइन्सले नेपाल र चीनबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवद्र्घन गर्ने प्रतिबद्धताका रुपमा लिएको जनाएको चिनीया एक अनलाइनले लेखेको छ । यस काठमाडौँ–छोङछिङ–काठमाडौँ रुटले यात्रुहरूलाई नेपालको राजधानी र चीनको व्यस्त सहरको बीचमा सहज […]

यस्तो बन्यो मेनुकाले गाएको हिन्दी फिल्म ‘सलार’को गीत

साझा कथा । भारतीय गायन रियालिटी शो ‘इण्डियन आइडल’मा प्रतिस्पर्धा गरिरहेकी नेपालकी छोरी मेनुका पौडेलले हिन्दी फिल्म ‘सलार’ मा गाएको गीत सार्बजनिक भएको छ । हम्बेल पिक्चर्स युट्युव च्यानलमार्फत ‘सलार’ मा समावेश ‘ सुरज ही छावं बनके’ बोलको हिन्दी गीत सार्वजनिक गरिएको हो । यो गीत गाएसँगै मेनुकाले भारतको पार्श्वगायनमा डेब्यू गरेकी छिन्। रिया मुखर्जीको […]

दोदा पुलः सम्झैताको आठ वर्षमा तीन पिलर मात्रै ठडिए

साझा कथा । कञ्चनपुरको लालझाडी गाउँपालिका–४ दोदा नदीमा आठ वर्ष अघि पक्की पुल निर्माणको काम थालिएको थियो । तर अहिले सम्ममा उक्त पुलको निमार्णकार्यको प्रगती भने जम्मा तीन पिलर मात्रै ठडिएका छन् । लुम्बिनी राजेन्द्र कुमार श्रेष्ठ जेभी कम्पनीले निर्माणको जिम्मा लिएको पुलको काम २०७२ पुस २६ गते तीन वर्षभित्र सक्ने गरी २४ करोड ५२ […]

जनकपुरधाम मिथिलामा विवाहपञ्चमी उत्सवको रौनक

साझा कथा । मिथिलिमा एक सातासम्म चल्ने भगवान् राम र माता सीताको विवाह पञ्चमी उत्सवको रौनक मिथिला क्षेत्रमा देखिएको छ । महोत्तरीको मटिहानीबाट राजा जनकको राजधानी धनुषाको जनकपुरधामसम्म प्रत्येक वर्ष एक सातासम्म विभिन्न कार्यक्रम गरी मनाइने विवाह पञ्चमी उत्सवको रौनक नेपाल र भारतका सम्पूर्ण मिथिला क्षेत्रमा देखिएको हो । त्रेता युगमा अयोध्याका राजा दशरथका छोरा […]

साताको चौथोदिन झिनो अंकले बढ्यो सेयर बजार

साझा कथा । आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बढेको छ। आज नेप्से परिसूचक आज २.६० अंकले बढेर १९८८.०४ को विन्दुमा उक्लिएको हो। बुधबार नेप्से उपसमूहमा रहेका ९ वटा समूह उकालो लाग्यो भने ४ वटा ओरालो लागेका छन्। सामान्य बढेको बजारमा आज १३४ कम्पीको शेयरभाउ उकालो लागेको छ भने १०० वटाको घटेको छ। […]

काठमाडौं विश्वविद्यालयका एक हजार आठ सय ३८ विद्यार्थी दीक्षित

साझा कथा । काठमाडौं विश्वविद्यालयको २९ औं दीक्षान्त समारोहमा एक हजार ८ सय ३८ विद्यार्थी दीक्षित भएका छन् । आज दीक्षित हुनेमा विदेशी मुलुकका एक सय १३ विद्यार्थी रहेका छन् । प्रधानमन्त्री तथा उक्त विश्वविद्यालयका कुलपति पुष्प कमल दाहाल ‘प्रचण्ड’ले २९औँ दीक्षान्त समारोहमा ती विद्यार्थीलाई दीक्षित भएको प्रमाणपत्र प्रदान गरे । दीक्षित हुनेमा पीएचडी, डिएम […]

सुन तस्करीको ट्रान्जिट बन्दै नेपाल

साझा कथा । पछिल्लो समय नेपाल सुनतस्करीको ट्रान्जिट बन्दै गएको छ । पटक पटक नेपालको बाटो हुँदै सुन तस्करी भइ रहँदा नेपाल सुनतस्करीको ट्रान्जिट बन्दै गएको पुष्टि हुन्छ । पाँच मिहना अघि भरीयालाई अग्रस्थानमा राखी भएको सुन तस्करी होस या पछिल्लो समयमा त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट भएको सुन तस्करी होस । पछिल्लो समय शासक, तस्कर मोटाउने […]

ठगबाट सतर्क रहन वैदेशिक रोजगार विभागको अपिल

साझा कथा। वैदेशिक रोजगार विभागले इजरायलमा रोजगारीको प्रलोभन देखाउने विभिन्न व्यक्ति तथा समूह सक्रिय रहेको तिनिहरुबाट सचेत रहन अपिल गरेको छ । नेपाल सरकार र इजरायल सरकारबीचको श्रम सम्झौताबमोजिम मात्रै इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट सहायक कामदार पठाउने काम भइरहेको विभागका प्रवक्ता तथा सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिए । उनका अनुसार इजरायलको कृषि क्षेत्रमा […]

एसीसी यू–१९ एसिया कपः अपेक्षा विपरितको परिणाम (भिडियो)

यू–१९ एसिया कप क्रिकेटमा यसपटक नेपालले ठुलो अपेक्षा गरेको थियो । आजसम्मको इतिहासमा सेमिफाइनल यात्रासमेत तय गर्न नसकेको नेपालले यस पटक त्यो पूरा गर्नेछ भन्ने विश्वास धेरैको थियो र खेलाडीहरुले पनि यस्तै बताएका थिए । तर, भनेको जस्तो परिणाम ठ्याक्कै उल्टो आइदियो कि इतिहासमै न्यून स्कोर बनाएर यू–१९ एसिया कप क्रिकेटबाट नेपाल बिदा हुनु प¥यो […]

“नेताले बोलेको काम नगर्दा जनता दुःखी”

श्रीमन नारायण । संसदीय लोकतन्त्रलाई विश्वकै सर्बोत्तम शासन प्रणाली मानिन्छ । अहिलेसम्म विश्वको राजनीतिमा प्रयोजनमा आएका शासन ब्यवस्थाहरू मध्ये यसभन्दा राम्रो शासन प्रणाली अस्तित्वमा नै आएको छैन । राजा, सुल्तान, सैन्य बादशाह र सम्राटको शासनलाई पनि विश्वले अनुभव गरिसकेको छ । नेपालमा हालका केही दिनहरूमा देशको आर्थिक सामाजिक एंव राजनीतिक अवस्थाबाट चिन्तित नागरिकहरू आफ्नो असन्तुष्टि र […]

मनाङको तापक्रम माइनस १६ डिग्री, स्थानीय झर्न थाले बेँसी

साझा कथा । जाडो बढेसँगै हिमाली जिल्ला मनाङको तापक्रम दैनिक घट्दै गएको छ । मङ्सिरको अन्तिम साता आइपुग्दा यहाँको तापक्रम घटेर माइनस १६ डिग्री सेल्सियस पुगेको छ । बिहानीपखको तापक्रम माइनस आठदेखि १० को हाराहारीमा भए पनि रातिमा करिब माइनस १६ देखि १८ डिग्रीसम्म पुग्ने गरेको छ । प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार मनाङ […]

एसीसी यू-१९ः सेमिफाइनल पुग्ने नेपालको आशा अझै जीवित

साझा कथा । यूएईमा जारी एसीसी यू–१९ एसिया कपमा सुरुवाती दुई खेलमा नेपाल पाकिस्तान र अफगानिस्तानसँग पराजित भएको छ । पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो । दुबै खेलमा नेपालको तर्फबाट अपेक्षा अनुसारको ब्याटिङ चलेन जसकारण नेपालले दुबैखेलमा हार व्यहोर्नुपर्यो। सुरुवाती दुई हारले नेपालको सेमिफाइनल यात्रा कठिन […]

जोखिम मोलेर डुङ्गामा रमाउँछन् रारा पुगेका पर्यटक

साझा कथा । कर्णालीको उत्कृष्ट पर्यटकीय गन्तव्य मानिएको र नेपालको सबैभन्दा ठूलो र गहिरो ताल रारामा पर्यटक जोखिमपूर्ण डुङ्गा यात्रा गरी रमाउने गरेका छन् । मुगुको छायाँनाथ रारा नगरपालिका–९ मा अवस्थित रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले तालमा डुङ्गा चढेर वारपार गरी रमाउने गरेका छन् । पर्यटकले डुङ्गामा सवार गर्दा सुरक्षाका लागि प्रयोग गरिने […]

अफगानिस्तानले नेपाललाई दियो २६२ रनको लक्ष्य

साझा कथा । यू १९ एसिया कपको दोस्रो खेलमा नेपाललाई अफगानिस्तानले २६२ रनको लक्ष्य दिएको छ । दुबईको आईसीसी एकेडेमी ओभल–२ मा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अफगानिस्तानले ४९.३ ओभरमा सबै विकेट गुमाएर २६१ रन बनाएको हो । अफगानिस्तानका लागि जमशिद  जद्रानले सर्बाधिक १०६ रन बनाएका थिए । त्यस्तै नुमन शाहले ६०, रहिमुल्लाह […]

एसीसी यू–१९: नेपाल र अफगानिस्तान खेल्दै, सेमिफाइनल पुग्न जित्नुपर्ने दबाब

साझा कथा । एसीसी यू–१९ एसिया कप नेपालले आज अफ्गानिस्तानको सामना गर्दैछ । एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको दोस्रो खेलमा आज नेपालले अफ्गानिस्तानविरुद्ध पहिले फिल्डिङ गरेको छ । यूएईको आईसीसी एकेडेमी ओभल–२ मा नेपालले टस जितेर पहिले फिल्डिङ गरेको हो । समाचार तयार पार्दासम्म १० ओभरको खेल सकिँदा ३ विकेटको क्षतिमा आफ्गानिस्तानले […]

एनसेल प्रकरण अध्ययन गर्न पाँच सदस्यीय समिति गठन

साझा कथा । सरकारले एनसेलको ८० प्रतिशत हिस्सा ओगटेको कम्पनीको शेयर खरिदबिक्रीबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । आज (बिहीवार) बसेको मन्त्रीपरिषद्को बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । उनकाअनुसार सरकारले समितिको सस्यहरुमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव […]

राजधानीसहित देशका धेरै ठाउँको मौसम धुम्म, के भन्छन् मौसमविद्

साझा कथा । काठमाडौँ उपत्यका लगाएत देशका बिभिन्न ठाउँमा आज (बिहीबार) बिहानैदेखि मौसम धुम्म र आकास खुलेको छैन् । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भुभागमा आंशिक देखि सामान्य बदली रहेको छ भने देशको तराईका थोरै स्थानमा हुस्सु पनि लागेको छ । हाल नेपालमा पश्चिमी वायुको […]