सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल ! आइतबारसम्म ३ लाख ६३ हजार १६४ जनाले छाडे काठमाडौं

साझा कथा । बडादसैँ मनाउन घर जान काठमाडौं उपत्यका छाड्नेको सङ्ख्या दिनहुँ बढ्दै गइरहेका छन् । अहिले लामो दूरीका सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल हुन थालेको छ । दसैँ मनाउन यही असोज १४ गतेदेखि २० गते आइतबारसम्म तीन लाख ६३ हजार १६४ जनाले काठमाडौँ उपत्यका छाडेका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं […]

दिपेन्द्र विश्वकै दोस्रो उत्कृष्ट अलराउन्डर बने

साझा कथा । नेपाली राष्ट्रिय क्रिकेटका अलराउन्डर दीपेन्द्रसिंह ऐरी टि-ट्वान्टी अलराउन्डर विश्व वरियतामा ऐतिहासिक छलाङ मार्न सफल भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद९आइसिसी०ले बुधवार जारी गरेको नयाँ वरियतामा दीपेन्द्रले ऐतिहासिक छलाङ मारेका हुन् । विश्व वरियतामा ४ स्थान सुधार गर्दै दीपेन्द्र दोस्रो स्थानमा उक्लेका हुन् । इङ्ग्ल्यान्डका क्रिकेटर लियाम लिभिङस्टोन शीर्षस्थानमा छन् भने उनीपछि दिपेन्द्र […]

बाढी-पहिरोले सडक अवरूद्ध भएपछि खाद्यान्न पठाउन ड्रोनको प्रयोग

साझा कथा । गत साताको अविरल वर्षाका कारण ग्रामीण सडकसमेत अवरुद्ध भएपछि स्थानीयलाई खाद्यान्नलगायत सामग्री पठाउन काभ्रेको पनौती नगरपालिकाको १२ नम्बर वडास्थित एक गाउँमा ड्रोनको प्रयोग गरिएको छ । आइतबारदेखि हामी टिम नेपाल नामक संस्थाले एयरलिफ्ट टेक्नोलोजीको सहकार्यमा उक्त मगरगाउँमा चामललगायत खाद्यान्न सामग्री पठाउन थालेको हो । आइतबारदेखि पहिला परीक्षण गरी मगरगाउँमा केही मात्रामा चामल […]

सनातन धर्म संस्कृतिलाई गिद्धे नजरले हेर्न बन्द गरौं (भिडियो)

तत्त्व चिन्तनः एक आध्यात्मिक कार्यक्रम हो । नेपाल आध्यात्मिक धरा हो । हामीसँग भएका हिमशृङ्खला, मन्दिर, दर्शन र विभिन्न धर्महरु हाम्रा गौरव हुन् । यिनै हाम्रा गौरवपूर्ण धरालाई विश्वमाझ दर्शाउन र आध्यात्मिक जागरण ल्याउनका लागि साझा कथाले ‘तत्त्व चिन्तन’ कार्यक्रम ल्याएको हो । नेपालको प्राचीनतालाई पुस्तक र दस्तावेजमा मात्र सिमित नराखि नेपालको सभ्यता , वेद […]

वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठसँग प्रकृतिका कुरा (भिडियो)

साझा कथा अनलाइन पोर्टलमार्फत कार्यक्रम ‘अभिलेख’को भाग- २३ मा  वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठसँग ‘साझा कथा’मा सञ्चारकर्मी दीपकबाबु अर्यालले गरेको पछिल्लो विशेष कुराकानी प्रस्तुत गरेका छौं । ‘अभिलेख’ एक संवादमूलक टेलिभिजन कार्यक्रम हो । समाजका विभिन्न क्षेत्रमा योगदान दिनुभएका फरक व्यक्तित्वहरूको अनुभवको अभिलेखीकरण गर्नु नै यस कार्यक्रमको मूल उद्देश्य हो । कार्यक्रमले विगतको खोज, अनुसन्धान र […]

आजदेखि बडादसैँ सुरु, हनुमानढोकास्थित दसैँ घरमा जमरा राखियो

साझा कथा । हिन्दूहरूको महान् पर्व बिजया दशमीको पहिलो दिन घटस्थापना तथा नवरात्रीको आरम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ९ बजेर १६ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । गाईको गोबरले […]

जापानमा जमेका प्रदिप थापाको संघर्षको यात्रा (भिडियो)

प्रदिप थापा जापानमा जमेका एक नेपाली तरकारी व्यवसायी हुन् । करिब २८ बर्षदेखि जापानको टोकियोमा बस्दै आएका उनी त्याहा को एक तरकारी व्यवुसायीका मालिक बनेका छन् । उनै प्रदिप थापाको संघर्षको यात्रा “दि ब्राबो डेल्टा शो” मा पस्केका छौं । थप कथा भिडियो मार्फत –भिडियो हेर्नका लागि LINK: https://www.youtube.com/watch?v=56hqEeOp3qM

महाकाव्यका आधुनिक सूत्राधार डा. नवराज लम्साल (भिडियो)

डा. नवराज लम्साल साहित्यकार तथा सञ्चारकर्मी हुन् । दुबै विद्यामा उत्तिकै उचाई हाँसिल गर्न सफल लम्साल अग्नी नामक महाकाव्यबाट मदन पुरस्कार प्राप्त साहित्यकार हुन् । उनको कर्ण र धरा दुई महाकाव्य उत्तिकै चर्चित छ । उनी महाकाव्यका आधुनिक सूत्राधारको रुपमा चिनिन्छ भने आधुनिक रेडियोका अग्रज प्रस्तोता समेत हुन । उनका पाइलैपिच्छे सगरमाथा, आगो छोपेर कतिन्जेल, […]

संगीतको डिग्री हासिल गर्ने पहिलो नेपाली: किशोर गुरुङ (भिडियो)

नबोलेको सत्य, शान्त मार्गदर्शन र साझा सपनाहरूको टेपेस्ट्री बुनाई तथा ‘साझा कथा’को नयाँ प्रस्तुतिः कार्यक्रम ‘अंश’ को पहिलो भाग(०१) मा नेपालका प्रख्यात गितारवादक तथा एथ्नोम्युजिकोलोजिष्ट किशोर गुरुङसँग गरिएको विशेष कुराकानी प्रस्तुत गरेका छौं । गुरुङ नेपालको राष्ट्रिय गान “सयौं थुँगा फूलका” का संगीतकार अम्बर गुरुङका छोरा समेत हुन् । उनले राष्ट्रिय गान निर्माणमा सहयोग गरेको […]

बिउदेखि बजारसम्म: सफल कृषि व्यवसायको कथा (भिडियो)

साझा कथाले कथा भन्छ । कथाकै शृंखलामा यस पटक हामी व्यवसाय र उद्यमशीलताको कथा भन्ने जमर्को गर्दैछौं । ‘दी ड्रिम’ एउटा खोजको कथा हो । जसले आत्मनिर्भरता र स्वरोजगारको बाटो रोज्यो, जसले कसैका लागि रोजगारी सिर्जना गर्यो, जसले केही नयाँ सोच्यो, समाज र राष्ट्रमा सानो योगदान दिने जमर्को गर्यो र उद्यम/व्यवसायमै जीवन बिताउने प्रण ग¥यो […]

नेपाली भाषाको वर्णविन्यासमा अनधिकृत हस्तक्षेप बिरुद्ध चूडामणि गौतम (भिडियो)

साझा कथा अनलाइन पोर्टलमार्फत कार्यक्रम ‘अभिलेख’को भाग- २२ मा  भाषाविद् चुडामणि गौतमसँग ‘साझा कथा’मा सञ्चारकर्मी दीपकबाबु अर्यालले गरेको पछिल्लो विशेष कुराकानी प्रस्तुत गरेका छौं । ‘अभिलेख’ एक संवादमूलक टेलिभिजन कार्यक्रम हो । समाजका विभिन्न क्षेत्रमा योगदान दिनुभएका फरक व्यक्तित्वहरूको अनुभवको अभिलेखीकरण गर्नु नै यस कार्यक्रमको मूल उद्देश्य हो । कार्यक्रमले विगतको खोज, अनुसन्धान र अनुभवलाई […]

देशमा जनअसन्तुष्टि चुलिदै गर्दा अरुणकुमारले गरेको ‘राजनीतिक विश्लेषण’ (भिडियो)

टेलिभिजनकर्मी भूषण दाहालद्वारा सञ्चालित ‘द ब्राभो डेल्टा शो’को भाग – १४० मा राजनीतिक बिषयमा बिश्लेषण गर्ने विश्लेषक अरुणकुमार सुवेदीसँग गरिएको विशेष कुराकानी प्रस्तुत गरेका छौं । कार्यक्रम हेर्नका लागि LINK : https://www.youtube.com/watch?v=qQzA4CSIsxY

गर्भपतनका औषधि खुलमखुला बिक्री, नियन्त्रण गर्न समस्या

साझा कथा । पर्सा जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेका संख्यामा न्यून देखिएको छ । स्वास्थ्य कार्यालय पर्साका अनुसार जिल्लामा सूचीकृत र अनूमतिप्राप्त गरेका स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा लिनेको संख्यामा न्यून देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य अधिकृत मीना यादवले अनुमतिप्राप्त स्वास्थ्य सस्थामा सुरक्षित गर्भपतन सेवा लिनेको संख्या न्यून रहेको बताए । पर्सामा […]

इजरायलको आक्रमणमा लेबनानमा ४९२ जनाको मृत्यु

साझा कथा । लेबनानका स्वास्थ्य मन्त्री फिरास अबियादले सोमबार लेबनानमा इजरायली आक्रमणमा मर्नेहरुको सङ्ख्या चार सय ९२ जना पुगेको छ । बिबीसीका अनुसार मृतकमध्ये ३५ बालबालिका र ५८ महिला रहेको र १ हजार ६ सय ४५ अन्य घाइते भएको बताएको छ । यसले कति हताहत सर्वसाधारण वा लडाकुहरू थिए भन्ने यकिन भएको छैन । त्यहाँ […]

हराउन थाले भेडी गोठ

साझा कथा । मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचेको बतासे डाँडाको लेकमा दुई दशक अघिसम्म बर्खाको तीन महिना ४० देखि ५० भेडी गोठ हुन्थे । म्याग्दीको रघुगंगा, अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको चरनक्षेत्र बतासेमा यसपालि १५ वटा मात्र गोठ थिए । बतासेको खर्कबाट गत हप्ता थासाङ–३ लेतेमा भेडागोठ झारेका म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ भगवतीका नन्दबहादुर भण्डारीले बढ्दो विदेश […]

प्रधानमन्त्री ओली र मोदीबिच भेटवार्ता: मोदीले भने नेपाल-भारत मित्रता धेरै बलियो छ

साझा कथा । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच द्विपक्षीय भेटवार्ता भएको छ । उनीहरूबिच दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारीसहित टोते न्युयोर्क प्यालेस होटलमा भेटवार्ता भएको हो । भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले भेटवार्ता […]

‘सावर्णि’ एआई र रोबोटिक्स युगको परिकल्पना (भिडियोसहित)

बालरोग विशेषज्ञ डा. श्रीधर खनालको साइन्स फिक्सनमा आधारित एआई र रोबोटिक्स उपन्यास सावर्णि बजारमा आएको छ । प्राध्यापक अभि सुवेदी, लेखक डा. रवीन्द्र समीर, लेखक सगुना शाह र सावर्णिका लेखक स्वयम् डा. श्रीधर खनालले एक कार्यक्रमका बिच सामुहिक रुपमा पुस्तकको लोकार्पण गरेका हुन् । पुस्तक माथि बिबेचना गर्दै लेखक समीरले अबको युग ‘सावर्णि’ युग भएको […]

दशैंअगाडि नै काठमाडौंमा मेलम्चीको पानी

साझा कथा । दशैंको घटस्थापना अघि नै मेलम्चीको पानी काठमाडौं आउने भएको छ । काठमाडौंमा मेलम्चीको पानी पठाउनका लागि अहिले सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । दशैंअगाडि नै मेलम्चीको पानी उपलब्ध गराउन खानेपानीमन्त्री प्रदीप यादवले निर्देशन दिएका छन् । सोही अनुसार अहिले मेलम्ची खानेपानी विकास समितिले काम गरिरहेको छ । मेलम्ची खानेपानी विकास समितिका […]

ध्रुवहरिले भोगेको देखेको जीवनका कथाहरु (भिडियो)

साझा कथा अनलाइन पोर्टलमार्फत कार्यक्रम ‘अभिलेख’को भाग- २० मा  वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीसँग ‘साझा कथा’मा सञ्चारकर्मी दीपकबाबु अर्यालले गरेको पछिल्लो विशेष कुराकानी प्रस्तुत गरेका छौं । ‘अभिलेख’ एक संवादमूलक टेलिभिजन कार्यक्रम हो । समाजका विभिन्न क्षेत्रमा योगदान दिनुभएका फरक व्यक्तित्वहरूको अनुभवको अभिलेखीकरण गर्नु नै यस कार्यक्रमको मूल उद्देश्य हो । कार्यक्रमले विगतको खोज, अनुसन्धान र […]

आज संविधान दिवस: घरघरमा दिपावली मनाउन सरकारको आह्वान

साझा कथा । साझा कथा । आज ९औँ संविधान तथा राष्ट्रिय दिवस अर्थात् आजकै दिन नेपाली जनताको सातदशक लामो सङ्घर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट विस २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो । यसैबीच, संविधान दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष तथा विभिन्न पार्टीका शीर्ष […]

विकासको लयमा धनगढी उप-महानगर (भिडियो)
क्यानडासँग नेपालको लज्जासपद हारः खेलमा न ब्याट चल्यो, न त बलिङ

साझा कथा । कमजोर ब्याटिङ का कारण नेपालले क्यानडामा जारी आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको खेलमा खेल घरेलु टोली क्यानडासँग लज्जासपद हार बेहोरेको छ । जितमा लागि २५४ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा अलआउट हुदै १५० रनमा समेटियो । कमजोर ब्याटिङका कारण नेपाल घरेलु टोली क्यानडासँग १०३ रनले पराजित भयो । नेपालको […]

विश्वकप छनोट लिग-२: आज नेपाल र क्यानडा भिड्दै

साझा कथा । विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो खेल घरेलु टोलीसँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा हुनेछ । त्रिकोणात्मक सिरिजमा नेपाल र क्यानडाको साथै ओमानको पनि सहभागिता छ । त्रिकोणात्मक ओडिआई सिरिज भदौ ३१ देखि असोज […]

मोहन मैनालीसँग किताबी वार्ता (भिडियो)

खोजपत्रकारिता मार्फत आफ्नो पहिचान बनाएका मोहन मैनाली नेपाली लेखक, पत्रकार, सम्पादक एवं वृत्तचित्र निर्माता पनि हुन् । मैनालीसँग पत्रकारिता क्षेत्रमा करिब २० वर्षभन्दा बढी काम गरेको अनुभव छ । साथै उनका मुकाम रणमैदान, आकाशमुखी, उपल्लो थलो, मान्ठ डराएको जुग, देखेको देश आदि चर्चित पुस्तक पनी प्रकाशन भएका छ्न । उनै मैनालीसँग साझा कथाका लागि सञ्चारकर्मी […]

विश्व बजारमा TNN Leather को ब्रान्ड फैलाउँदै सन्दिप (भिडियो)

साझा कथाले कथा भन्छ । कथाकै शृंखलामा यस पटक हामी व्यवसाय र उद्यमशीलताको कथा भन्ने जमर्को गर्दैछौं । ‘दी ड्रिम’ एउटा खोजको कथा हो । जसले आत्मनिर्भरता र स्वरोजगारको बाटो रोज्यो, जसले कसैका लागि रोजगारीे सिर्जना गर्यो, जसले केही नयाँ सोच्यो, समाज र राष्ट्रमा सानो योगदान दिने जमर्को गर्यो र उद्यम/व्यवसायमै जीवन बिताउने प्रण ग¥यो […]

प्रभु महालक्ष्मी लाइफको ‘एचिभर्स अवार्ड सेरेमोनी’ भव्य रुपमा सम्पन्न

साझा कथा । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको राष्ट्रियस्तरको क्लब एचिभर्स अवार्ड सेरेमोनी २०८०/८१ सम्पन्न भएको छ । देशैभरिबाट उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरु र उच्च व्यवस्थापकहरुको उपस्थितीमा क्लब अचिभर्स अवार्ड सेरेमोनी २०८०/८१ भव्यताका साथ सम्पन्न गरेको हो । कार्यक्रम भाद्र २५ गतेबाट भाद्र २७ गतेसम्म ३ दिन चितवनमा सञ्चालन भएको हो । प्रभु महालक्ष्मी लाइफ […]

मेजर जनरलले भोगेको जिन्दगी (भिडियो)

साझा कथा अनलाइन पोर्टलमार्फत कार्यक्रम ‘अभिलेख’को भाग- २० मा नेपाली सेनाका रिटाएर्ड मेजर जनरल डा. रविन्द्र क्षत्रीसँग ‘साझा कथा’मा सञ्चारकर्मी दीपकबाबु अर्यालले गरेको पछिल्लो विशेष कुराकानी प्रस्तुत गरेका छौं । ‘अभिलेख’ एक संवादमूलक टेलिभिजन कार्यक्रम हो । समाजका विभिन्न क्षेत्रमा योगदान दिनुभएका फरक व्यक्तित्वहरूको अनुभवको अभिलेखीकरण गर्नु नै यस कार्यक्रमको मूल उद्देश्य हो । कार्यक्रमले […]

एआईमा आधारित पहिलो नेपाली उपन्यास ‘सावर्णि’ आउँदै

साझा कथा । नेपालमा पहिलो पटक आर्टिफिसिएल इन्टलिजेन्ट (एआई) र रोबोटिक्स विषयमा आधारित नेपाली उपन्यास बजारमा आउने भएको छ । डा. श्रीधर खनालको ‘सावर्णि’ नेपाली साहित्यमा पहिलो पटक (एआई)मा आधारित उपन्यास आउन लागेको हो । लेखक डा. खनाल बाल रोग विशेषज्ञ हुन् । उपन्यासमा अबका आउने दिनमा मानव भविष्यको कथा समेटिएको छ । पछिल्लो समयमा […]

नेपालगन्जमा मस्तिष्कलाई असर पार्ने ‘जापनिज इन्सेफ्लाइटिस’को बिरामी फेला

साझा कथा । बाँकेको नरैनापुर गाउँपालिकामा जापानिज इन्सेफ्लाइटिसको बिरामी फेलापरेको छ । नरैनापुर–१ मतहनियाका नौ वर्षीया बालिकालाई जापानिजइन्सेफ्लाइटिस पुष्टि भएको भेरी अस्पतालका बालरोग विशेषज्ञ डा. प्रतिमा खड्काले जानकारी दिए । उनले बिरामीको एक सातासम्म अस्पतालको ‘आइसीयू’मा उपचार भएको र अहिले ती बालिकाकाको अवस्था सामान्य भएको बताए । ‘प्रयोगशाला परीक्षणमा बालिकालाई जापानिजइन्सेफ्लाइटिसको भएको पुष्टि भयो,’ उनले […]

भेडा, च्याङ्ग्राको बथान हेर्ने हिमाली गोठाला

साझा कथा । सुन्तला रङको बाक्लो ज्याकेटमाथि मुस्किलले पानी छेक्ने पहेँलो प्लास्टिक ओढेका छन् । हातमा कहिल्यै नछुट्ने लठ्ठी र छेवैमा भोटे कुकुर छ । उनीभन्दा अलिक पल्तिर झण्डै पाँच सय च्याङ्ग्रा चरिरहेका छन् । धादिङका ६२ वर्षीय मेल्चा तामाङ च्याङ्गा र भेडाका बथान लिएर हिमालतिर उक्लेको गत जेठ अन्तिमतिर हो । भेडा र च्याङ्ग्रा […]

क्यानडा भ्रमणका लागि नेपाली टोली घोषणा, को को परे ?

साझा कथा । आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्ने टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार रोहित पौडेलको कप्तानीनमा १६ सदस्य टोलीको घोषणा गरेको हो । टोलीमा विकेटकिपर ब्याट्सम्यान अर्जुन साउद र तिब्र गतिका बलर रिजन ढकालले पुनरागमन गरेका छन् । टोलीमा देव खनाललाई भने ट्राभल रिजर्भ खेलाडीका रुपमा राखिएको […]

पाहुना पर्खिरहेको मुस्ताङको स्याङ गाउँ

साझा कथा । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका परम्परागत घरहरू, बीचमा सडक, भित्तातर्फ सुक्खा, पहाडमाथि हरियाली वनजंगल । झुरुप्पको बाक्लो बस्तीभित्र ढुङ्गा बिछ्याएका सफासुग्घर गल्लीहरू। चिटिक्क परेका घरहरूमा बसोबास गर्ने नेपालका अल्पसंख्यक थकाली समुदायको भाषा, संस्कृति, रहनसहन र जीवनशैली । गाउँको डिलमा बगैँचासहितको उद्यानमा बसेर स्याउका दाना र […]

पर्यटनमा चर्चाः पर्यटन नीतिलाई खोट लगाएको ‘आधा शताब्दी’

‘अविश्रान्त भावले यात्रा गरिरहने व्यक्तिलाई नै सम्पत्ति प्राप्त हुन्छ । बसिरहने व्यक्तिको भाग्य पनि बसिदिन्छ । उठेका व्यक्तिको उठ्छ । सुतिरहने व्यक्तिको भाग्य सुतिदिन्छ र पर्यटनशील व्यक्तिको भाग्य पनि दिनप्रतिदिन बढ्दै जान्छ ।’ माथिको अनुच्छेद हिन्दूहरूको पवित्र धार्मिक ग्रन्थ ‘ऋग्वेदमा उल्लिखित छ । ‘आधा शताब्दी’ संस्मरण कृतिका लेखक रामप्रसाद सापकोटाको जीवनमा माथिका कुरा शतप्रतिशत मेल […]

बाटोको असुविधाका कारण ओझेलमा गलेखामकोट

साझा कथा । गलेखामकोट तनहुँ सदरमुकाम दमौलीबाट १५ किलोमिटरको दूरीमा अवस्थित छ । व्यास नगरपालिका-६ मा पर्ने गलेखामकोट समुद्री सतहबाट एक हजार तीन सय मिटर उचाइमा अवस्थित छ । यहाँबाट व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, लमजुङको मध्यनेपाल नगरपालिकालगायतका स्थान सहजै देख्न सकिन्छ । सदरमुकामबाट नजिकै रहेर पनि बाटोको असुविधाले गलेखामकोट ओझेलमा परेको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको […]

आज ऋषिपञ्चमी यस्तो छ धार्मिक महत्व

साझा कथा । आज ऋषिपञ्चमी पर्व नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिउनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् । […]

मानव अधिकारमा नेपाल (भिडियो)

साझा कथा अनलाइन पोर्टलमार्फत कार्यक्रम ‘अभिलेख’को भाग–१९ मा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सचिव विशाल खनालसँग ‘साझा कथा’मा सञ्चारकर्मी दीपकबाबु अर्यालले गरेको पछिल्लो विशेष कुराकानी प्रस्तुत गरेका छौं । ‘अभिलेख’ एक संवादमूलक टेलिभिजन कार्यक्रम हो । समाजका विभिन्न क्षेत्रमा योगदान दिनुभएका फरक व्यक्तित्वहरूको अनुभवको अभिलेखीकरण गर्नु नै यस कार्यक्रमको मूल उद्देश्य हो । कार्यक्रमले विगतको […]