कोक-पेप्सीको कालो पक्ष, आजैबाट छोडौँ ! (भिडियो)

साझा कथा विशेष तपाईलाई थाहा छ, तपाईले पिउने कोका कोला र पेप्सीका उत्पादनमा के मिसाइएको हुन्छ ? धेरैलाई थाहा नहुन सक्छ, कोक पेप्सी मन्द विष हुन् । यिनले तपाईलाई दिनप्रतिदिन मर्नका लागि उत्साह भरिरहेका छन् । गर्मी मौसम सकिने बेला चिसो पेय पदार्थको कुरा किन गरेको होला भन्ने लाग्न सक्छ । त्यस्तो नसोँच्नुस् किनकी गर्मी […]

आजदेखि दसैँका लागि नयाँ नोट साट‍्न पाइने

साझा कथा । नेपाल राष्ट्र बैंकले दशैं तथा तिहारलाई लक्षित गरी आजबाट सर्वसाधारणलाई नयाँ नोट दिन सुरु गरेको छ । दसैँ सुरु भएसँगै राष्ट्र बैंकले सोमबारदेखि केन्द्रीय कार्यालय बालुवाटारबाट नयाँ नोट सटही सुविधा दिन सुरु गरेको हो । प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँका दरले नयाँ नोट साट्न पाइने राष्ट्र बैंकले जनाएको छ। सर्वसाधारणले दसैँका […]

“केपी ओली बोलिसकेपछि उनले के बोले भनेर सोध्ने सांसद पनि छन्”

साझा कथा । राष्ट्रिय स्वतन्त्र पार्टीका शतप्रतिशत सांसद संसदमा नयाँ हुन् । राजनीतिमा शुद्धिकरण गर्दै मुलुकमा सुशासन कायम गर्ने उद्देश्यका साथ उदाएको स्वतन्त्र पार्टीका सबै सांसद संसदमा प्रभावशाली छैनन् । तर कतिपय सांसद भने कोर्स करेक्सनका लागि आफू सक्षम छु भनेर पुष्टि गर्न भगिरथ प्रयत्न गरिरहेका छन् । स्वतन्त्र पार्टीका केहि यस्ता सांसद छन् जो […]

कात्तिक ८ सम्म नारायणगढ – काठमाडौं रुटमा ट्रक, ट्रेलर नचल्ने

साझा कथा । हिन्दुहरुको महान् चाडपर्व सुरु भएसँगै सडकमा सवारीको चाप बढ्न थालेको छ । सरकारले दशैँमा घर जाने-आउने यात्रुहरुको सुविधालाई मध्यनजर गर्दै यातायातमा ‘क्यु फ्रि’ बनाएको छ । धेरै सवारी साधनको चाप हुने भएपछि नारायणघाट–काठमाडौँ सडकमा ट्रक, ट्रेलर लगायतका ठूला मालवाहक गाडी चलाउन रोक लगाइएको छ । असोज २८ गतेदेखि कात्तिक ८ गतेसम्म यातायात […]

इजरायल र प्यालेष्टाइन युद्धको नालीबेली – के हो गाजा र हमास ? (भिडियो)

शनिबार अप्रत्यासित रुपमा आतंकवादी संगठनको नामले परिचित हमासले इजरायलमाथि आक्रमण गर्यो । आइतबार विहानसम्म इजरायलमा २५० जनाको मृत्यु भएको छ भने इजरायलको जवाफी कारबाहिमा गाजामा उत्तिकै संख्यामा मृत्यु भइसकेको छ । हमासको आक्रमणको विश्वव्यापी आलोचना भएको छ । तर इरानले आक्रमणलाई गौरवपूर्ण अभियान भनेको छ । यसको सोझो अर्थ हो, इरानले हमासलाई सघाइरहेको छ । […]

बहराइनमाथि नेपालको सहज जित – सेमिफाइनल पुग्न साउदीलाई हराउनुपर्ने

साझा कथा । नेपालले जारी एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ । आइतबार भएको खेलमा नेपालले बहराइनलाई ७ विकेटले हराएको हो । ७८ रनको सामान्य लक्ष्य पछ्याएको नेपाले ११.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । नेपालले १० रनमै तीन विकेट गुमाएपछि क्रिज आएका देव खनाल र अर्जुन कुमालले […]

दसैँका बेला निजी स्रोतका शिक्षकलाई प्रधानाध्यापकले बाँडिदिए आफ्नो तलब

साझा कथा । नेपालीहरुको महान पर्व बिजया दशमी नजिकिदै छ, सो अवसरमा अधिकांस बिद्यालयरु दसैं, तिहार र छठ पर्व सम्मका लागि बिदा भइसकेका छन् । यो बिचमा अध्यापन गराइरहेका धेरै निजिस्रोतका शिक्षकहरुले पाउनुपर्ने तलब नपाएर निराश बनेका छन् । शुक्लाफाँटा नगरपालिकाको आन्तरिक खिचलोका कारण निजी स्रोतका शिक्षकको तलब रोकिएको छ । दसैँका बेला तलब थाप्न […]

आजदेखि बडादसैँ सुरु, हनुमानढोकास्थित दसैँ घरमा जमरा राखियो

साझा कथा । हिन्दूहरूको महान् पर्व बिजया दशमीको पहिलो दिन घटस्थापना तथा नवरात्रीको आरम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । घटस्थापनाको दिन […]

“इजरायलमा फेरि ठूलो नोक्सान हुदैँछ, प्रतिक्षा गरे हुन्छ” – गाजाको स्वास्थ्य प्रणाली ध्वस्त, लाखौँ विस्थापित

प्यालेस्टाइनी अतिवादी समूह हमासले आफ्नो भूमिको रक्षाका लागि इजरायलमाथि फेरि आक्रमण गर्ने चेतावनी दिएको छ । दुई पक्षबीचको जारी युद्धका कारण हजारौँको मृत्यु तथा लाखौं मानिस घरवारविहीन भएका बेला हमासले यस्तो धम्कि दिएको हो । हमासको सैन्य शाखाले गाजामा इजरायल आक्रमणसँग लड्न सक्षम रहेको बताएको छ । हमासका ब्रिगेड प्रवक्ता अबु ओबैदाले भनेका छन, ‘हामी […]

इजरायलबाट बाँकी नेपाली कहिले आउँछन् ? शव ल्याउन धेरै कठिन

साझा कथा । शुक्रबार विहान इजरायलमा अलपत्र परेका २५३ जना नेपाली नागरिकहरु स्वदेश फर्किएका छन् । यसमा सरकारले गरेको पहलको सर्वत्र प्रशंसा भइरहेको छ । नेपाली नागरिकलाई उद्धार गर्ने कार्यमा समन्वय गर्न परराष्ट्रमन्त्री एनपी साउद आफैँ इजरायल पुगेका थिए । इजरायलमा अहिले ४५ सय बढी नेपालीहरु कामदारको रुपमा र कैयौँ विद्यार्थीको रुपमा पुगेका छन् । […]

कोशीमा काँग्रेसको भंगालो फाट्यो, माओवादीले खायो धोका, एमालेलाई फाइदै फाइदा

साझा कथा । कोशी प्रदेशको राजनैतिक घटनाक्रममा नाटकीय परिवर्तनहरु देखिन थालेको छ । राप्रपाको समर्थनमा मुख्यमन्त्री पाउने आश गरेको माओवादी केन्द्रले त्यहाँ धोका पाएको छ भने नेपाली काँग्रेसको भँगालो फाटेको छ । नेकपा एमाले भने तत्कालका लागि गठबन्धन फुटाउन सफल भएकोमा खुशी देखिएको छ । शुक्रबार मात्रै राप्रपाले आफूहरु कोशी प्रदेशमा तठस्थ बस्ने निर्णय गरेको […]

कोशी प्रदेशमा माओवादीको मुख्यमन्त्री, राप्रपाको सभामुख – अब टिक्ला त सरकार ?

साझा कथा । एक–एक महिनामा सरकार बदली भइरहेको कोशी प्रदेशमा अब केहि समयका लागि टिक्ने सरकार बन्ने भएको छ । विहीबार बसेको सत्ता गठबन्धनको बैठकले कोशी प्रदेशमा माओवादी केन्द्रलाई मुख्यमन्त्री दिने र मुख्यमन्त्री बनाउन सहयोग गरे राप्रपालाई सभामुख दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सभामुख दिएर राप्रपाको समर्थन लिने सहमति भएको […]

नेपाली भूमि हुँदै कैलाश दर्शनमा मोदी – क्रुद्ध भए रवि (तस्बिरहरु सहित)

साझा कथा ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा आम चुनाव नजिकिँदै गर्दा धार्मिक यात्रा बाक्लो बनाएका छन् । उनको सबैभन्दा ठूलो हतियार नै हिन्दु धर्म बनेको छ । यसकै मनोविज्ञानले अघिल्लो पटक चुनाव जितेका मोदी यसपाली पनि उही रुपमा प्रस्तुत हुन थालेका छन् । सन् २०२४ को अप्रिल र मे मा भारतमा आम चुनाव हुँदैछ […]

इजरायलबाट २५० नेपाली आउँदै, शव ल्याउन केही ढिलाइ हुने

साझा कथा । शसस्त्र समूह हमासले गत शनिबार इजरायलमा गरेको आक्रमणपछि त्यहाँ अलपत्र परेका केहि नेपाली विहीबार नेपाल आइपुग्दै छन् । उनीहरुलाई लिन विहान इजरायल गएको नेपाल एयरलाइन्सको विमान आजै राति ९ बजे फर्किनेछ । कूटनीतिक समन्वयका लागि नेपाल एयरलाइन्सको विमानमा परराष्ट्रमन्त्री एनपी साउद समेत इजरायल गएका छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार […]

एमालेको झुट – फोटो छ्याप्छ्याप्ती तर नेता भन्छन्, ‘हामी विमानसम्म गएकै छैनौँ’

साझा कथा । नेपालका हरेक पार्टी झुटका पुलिन्दाका पर्याय बनेका छन् । २०४७ देखि खुल्ला राजनीति थालेको नेकपा एमालेले हरेक राजनैतिक परिस्थितिलाई आफू अनूकुल व्याख्या विश्लेषण गर्दै आएको छिपेको छैन । हुन त यसमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपा पनि अछुतो होइनन् । तर एमालेका नेताहरु कतिसम्म झुट बोल्छन् भन्ने कुरा जनकपुरमा बुधबार […]

स्वस्तिमाको बोल्ने कुरा नै सकियो !

नायिका स्वस्तिमा खड्का भाद्र महिनाबाट निरन्तर मिडियामा छिन् । भाद्र महिनामा रिलिज भएको फिल्म ‘एैँचो पैँचो’का कारण उनी प्रमोशनमा निकै व्यस्त भइन् । यो फिल्मको प्रमोशनमा स्वस्तिमा काठमाडौं र काठमाडौं बाहिर कुदिन् । मिडियामा खुबै देखिइन् । फिल्मको प्रमोशन सामाग्री रिलिज कार्यक्रममा भेटिइन् । यो फिल्म रिलिज सकिने वित्तिकै उनलाई फेरि फिल्म ‘पशुपति प्रसाद २ः […]

यस्तो संसद र सांसदबाट के आश ?

अनुसा थापा जनताले तिरेको करबाट अर्बौँ रुपैयाँ खर्च गरेर निर्वाचन आयोगले चुनाव गराउँछ । जनता पनि घामपानी नभनीकन दिनभर लाइनमा उभिएर मतदान गर्छन् । २०७९ मङ्सिर ४ गते प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन भयो । संघीय संसदमा २७५ जना सांसद चुनिएर आए । आयोगले सांसद भएको प्रमाणपत्र दिने बित्तिकै उनीहरूले आफूले पाउनुपर्ने सबै सेवा सुविधा […]

मंगलबार नेप्सेमा १९ अंकको गिरावट

साझा कथा । सेयर बजार ओरालो लाग्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ । सूचकसँगै कारोबार रकम पनि सुस्त बनिरहेको छ । यस दिन नेप्से सूचक १९.०६ विन्दुले घटेर १८८९.५९ अंकमा आएको छ । सबै समूहका सूचक घट्दा १ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । बजार निरन्तरजसो घट्दै पुनः १८ सयकै […]

बजार अनुगमनः सुुध्रिएन बजार, ११३७ मा फोन गरौँ !

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०८०/८१ को चाडपर्वलक्षित बजार अनुगमनमा केहीबाहेक सबैमा केही न केही कैफियत भेटिएको छ । विभागको नेतृत्वमा गएको असोज १ देखि सुरु भएको चाडपर्वलक्षित संयुक्त बजार अनुगमनका क्रममा अधिकांशमा कैफियत भेटिएको हो । विभागका अनुसार गएको असोज १ देखि २२ सम्म ५९७ वटा व्यावसायिक फर्मको अनुगमन भएकामा ११ […]

मंगलबार विदा होइन राष्ट्रिय शोक हो, सरकारका ११ निर्णय (पूर्ण पाठ)

साझा कथा । इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएकाहरुको सम्मान र सम्झनामा सरकारले मङ्गलबार राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ । सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले इजरायलमा मृत्यु भएका नेपालीको शोकमा मङ्गलबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०–१० […]

एनआरएनको ‘समग्र हित’को लागि अब्दुल बासिद

साझा कथा । गैर आवासीय नेपाली संघ (एनआरएनए) मा युवाहरुको वृहत सहभागिताको कुरा उठिरहेको छ । यहि कुरा सार्थक बनाउन एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी २०२३–०२५ कार्यकालका लागि वर्तमान युवा संयोजक अब्दुल बासिदले युवा उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बासिदले चाहेका छन् – संस्थाको दीगो सफलता, श्रमको सम्मानसहित विदेशको सीप, पुँजी र ज्ञान […]

१९औँ एसियाली खेलकुदः खेलभन्दा भाग्य बलियो हुँदा नेपालको हातमा कास्य पदक

साझा कथा । चीनको हाङझाउमा १९ औँ एसियाली खेलकुद चलिरहेको छ । असोज ६ गतेदेखि सञ्चालन भएको खेलकुद मेला सकिन अब १ दिन र ७८ खेल मात्र बाँकी छ । एशियाली खेलकुद अन्तर्गतका ४ सय ८१ खेलमा नेपालले २९ खेलमा सहभागिता जनाएको थियो । जसमा १२७ जना महिला र १२६ जना पुरुष गरी २५३ जना […]

मुस्कुराउन नसक्नेलाई पनि छन् विकल्प – मुस्काउँदा यी छन् फाइदा

साझा कथा । हरेक बर्ष अक्टोबर ६ तारिखका दिन मनाइने विश्व मुस्कान दिवस शुक्रबार विश्वरभर मनाइँदै छ । मानिसमा आपसी दया, सद्भाव र खुसी फैलाउन प्रोत्साहित गर्न सन् १९९९ देखि यो दिवस मनाउन सुरुआत गरिएको हो । “सुन्दर र आकर्षक देखिन कसलाई मन हुँदैन ?” विश्व मुस्कान दिवसका सन्दर्भमा मनोविद विजया बिजुक्छे भन्छिन्, “उसो भए […]

मिथिलामा आज जितीया व्रत

साझा कथा । मिथिलाका महिलाले शुक्रबार जितिया पर्वको निराहार व्रत शुरु गरेका छन् । असोज कृष्णपक्ष (पितृपक्ष)को अष्टमी तिथिका दिन गरिने यो एक अहोरात्रको व्रत आज मध्यरात बितेसँगै मिथिलानीले सुरु गरेका हुन् । मध्यरातअघि ‘ओगटन’ (दर) खाएर व्रत शुरु गरेका मिथिलानीले अब शनिबार नवमी तिथि लागेपछि सो एक घडी कटाएर व्रत समापन गर्नेछन् । आश्विन […]

मनाङमा भिरबाट खसेर अमेरिकन नागरिकको मृत्यु

साझा कथा । मनाङ आउने क्रममा भिरबाट लडेर एक अमेरिकी नागरिकको ज्यान गएको छ । अमेरिकी नागरिक ६९ वर्षीय चाल्स केथ डेभिजको भिरबाट लडेर ज्यान गएको हो । डेभिज बुधबार श्रीमती बेथ एन फोड्रियत, पथ प्रदर्शक, चालक र पोटरसहित बा६च ७५६ नम्बरको गाडीमा लमजुङबाट मनाङ सदरमुकाम चामे आउँदै थिए। बेँसीसहर–चामे सडकखण्डअन्तर्गत मनाङको नासों गाउँपालिका–३ खोत्रोडाँडाबाट […]

दसैंमा कालाबजारी मौलाउनुको मुख्य कारण (भिडियो कथा)

‘दसैं आयो, खाउँला पिउँला, कहाँ पाउँला, चोरी ल्याउँला, धत् पापी छुट्टै बसौंला’ भन्ने बाल गीत सायदः धेरैको मुखमा झुन्डिरहेको छ । दसैं आउने, चोरी ल्याउने र पापीसँग छुट्टै बस्ने सन्दर्भ आज उस्तै चरितार्थ छ । फरक यत्ति छ कि ऊ बेला चोरी हुन्थ्यो – आज कालाबजारी । थप कथा भिडियो मार्फतः

क्रिकेटर दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा

साझा कथा । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी नेपाल प्रहरीको सहायक हवल्दारमा बढुवा भएका छन् । टी–२० आई क्रिकेटमा ९ बलमा अर्धशतक बनाएर कीर्तिमान बनाएका अलराउन्डर दिपेन्द्र सिंह ऐरी सन् २०१६ देखि नेपाल प्रहरी जवानमा आवद्ध थिए । १९औं एसियाली खेलकुद अन्तर्गत मंगोलियाविरुद्धको खेलमा विश्व कीर्तिमान कायम गरेका ऐरीलाई प्रहरीले बिहीबार एक तह […]

अंग्रेजलाई परास्त गरेको सम्झनामा सिन्धुलीगढीमा पदयात्रा

साझा कथा । अंग्रेज फौजलाई परास्त गरेको दिनको सम्झनामा सोमबार सिन्धुलीगढीमा सम्पदा यात्रा गरिएको छ । ढुंग्रेभन्ज्याङबाट सुरु भएको यात्रा पौवा गढी हुदैँ सिन्धुलीगढी, टुडिखेल र रानी दरबारसम्म करिव ५ किलोमिटरको दुरी तय गरेको थियो । सम्पदा यात्राको नेतृव दिलिप थापाले गरेका थिए । विश्वमा साम्राज्य विस्तार गर्दै आएको अँग्रेज सेनाले त्यो समयमा आश्विन ९ […]

यौन पिपाशु एमाले जिल्ला उपाध्यक्ष – भतिजीलाई भने, ‘तिम्रो मिल्कको फोटो पठाउ’

साझा कथा । सुरत बहादुर शाही कर्णालीमा प्रख्यात नाम हो । नेकपा एमालेभित्र उनी केन्द्रसम्म नै परिचित छन् । उनी अहिले एमाले जुम्लाका उपाध्यक्ष हुन् । तर उनै शाहीबाट जुम्लाका चेलिबेटीहरु असुरक्षित छन् । केहि युवतिहरुलाई उनले बलात्कार गरिसके । केहिलाई यौन प्रस्ताव राख्दै हिँडेका छन् । आफ्नै नाता पर्ने छोरी बहिनीहरुमाथि यौनहिंसा र बलत्कार […]

नून – धेरै खायो मुटुमा समस्या, नखायो दिमागमा समस्या

नून हाम्रो जीवनको अत्यावश्यक बस्तु बनेको छ । कुनै पनि खानामा नून नहुँदाको अनुभव हामी सबैले गरेको हुनुपर्छ । एउटा चलनचल्तीको भनाई छ कान राम्रो सुनले, मान्छे राम्रो गुनले अनि माछा राम्रो नुनले । यसरी खानाको स्वाद बढाउन नुनको प्रयोग हुन्छ भन्ने आम धारणा रहेको पाइन्छ । नुन रासायनिक पदार्थ हो । यसको रासायनिक नाम […]

आममाफी पाएर छुटेका ‘रिगल’ काण्डको नालीबेली – अर्को विवाह गरेकी भारतीको मुद्दा के होला ?

साझा कथा । २०७२ साल असार २८ गते नेपालगन्जको सुर्खेतरोडस्थित धम्बोझीचौकमा रहेको होटल स्वस्तिक नजिकै २९ वर्षिय चेतन मानन्धर एक्लै थिए । मानन्धर ठेक्कापट्टामा संलग्न व्यक्ति थिए । एक्कासी उनीमाथि खुँडा प्रहार भयो । उनी भाग्न खोजे । तर ४ जनाको समूहमा आएका व्यक्तिहरुले उनलाई लखेटीलखेटी खुँडा प्रहार गरिरहे । त्यसपछि उनको ज्यान गयो । […]

नेपालगन्जमा भएको के हो ? को हो प्रधान दोषी ? (तस्बिरसहित)

साझा कथा । बाँकेको नेपालगन्जमा कर्फ्यु लगाइएको छ । मंगलबार दिउँसोदेखि लगाइएको कर्फ्यु बुधबार पनि जारी छ । मंगलबारको तुलनामा आज नेपालगन्ज शान्त छ, त्यसैले होला जिल्ला प्रशासन कार्यालयको अग्रसरतामा बैठक राखेर कर्फ्यु लम्ब्याउने कि हटाउने विषयमा निर्णय हुँदैछ । सामाजिक सद्भाव खलबलिने आशंकामा स्थानीय प्रशासनले नेपालगन्जमा मंगलबार दिउँसो एक बजेदेखि अनिश्चितकालीन कर्फ्यू लगाएको थियो […]

बझाङमा दुई पटक भूकम्प – दर्जनौँ घर भत्किए, २ जना घाइते, राजमार्ग अवरुद्ध (तस्बिरहरु सहित)

साझा कथा । सुदुर पश्चिमको बझाङमा सोमबार दुई पटक भूकम्प गएको छ । दुई पटक गएकोमध्ये कुन मुख्य र कुन परकम्प हो भन्नेमा द्वीविधा सिर्जना भएको छ । २ बजेर ४० मिनेट र ३ बजेर ७ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको थियो । पहिलो पटक गएको भूकम्प ५.३ म्याग्नेच्युडको थियो भने दोस्रो भूकम्प ६.३ […]

एसियाड क्रिकेटः करण केसी व्याटिङमा चुक्दा नेपाल भारतसँग पराजित

साझा कथा । चीनमा जारी १९ औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा खेलिएको क्वार्टरफाइनलमा भारतले नेपाललाई २३ रनले हराएको हो । हारसँगै एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालको यात्रा समाप्त भएको छ । २०३ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७९ रन बनायो। नेपालका लागि दीपेन्द्रसिंह […]

आज बाहिरिने भनिएको मनसुन लम्बियो – “तत्काल धान नकाट्नु”

साझा कथा । जल तथा मौसम विज्ञान विभागले दुई वर्ष अघि मनसुन भित्रिने समय जुन १३ र बाहिरिने समय अक्टोबर २ लाई अनुमानित समय बनाएको थियो । त्यो भन्दा अघिल्ला बर्षहरुमा मनसुन भित्रिने समय जुन १० र बाहिरिने समय सेप्टेम्बर २३ थियो । हरेक १० वर्षको विश्लेषण गरेर यसरी मिति अनुमान गर्ने गरिन्छ । तर […]

चीनमा जारी एसियन गेम्सः क्रिकेट र कबड्डीबाट पदकको आश

साझा कथा । चीनमा १९ औं एसियन खेलकुद चलिरहेको छ । नेपालले अहिलेसम्म एउटा पनि पदक जित्न नसकेको एसियन गेम्सको क्रिकेट र कबड्डी पदक आश गरिएका खेल हुन् । समूह चरणमा दुई वटै खेल जितेर क्वार्टरफाइनल पुगेको नेपाली टोलीले भारतको सामना गर्ने भएको छ । टी-२० क्रिकेटको क्वार्टरफाइनलको लागि सोमबार भएको लक्की ड्रबाट नेपाल र […]