नेपाली क्रिकेट टोली श्रीलंका पुग्दा..(तस्बिरहरु सहित)

साझा कथा । नमीठो हारको चोट बोकेर नेपाली क्रिकेट टोली पाकिस्तानबाट श्रीलंका पुगेको छ । पाकिस्तानविरुद्ध खेल्दै नेपालले एसिया कपमा डेब्यु गरेको थियो । तर‚ नेपालको पहिलो खेल भने सोचेजस्तो हुन सकेन । एसिया कपको आफ्नो दोस्रो खेलका लागि नेपाली टिम  पाकिस्तानबाट श्रीलंका गएको हो । नेपाली टोलीलाई कोलम्बो विमानस्थलमा भव्य स्वागत गरिएको थियो । […]

जनैपूर्णिमा किन मनाइन्छ ? कसरी सुरु भयो गाईजात्रा ?

साझा कथा । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व विहीबार देशभर रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त […]

महराका छोरा राहुल पक्राउ परेको हो कि आत्मसमर्पण ?

साझा कथा । विद्युतीय चुरोट भेपमा सुन लुकाएर ल्याइएको प्रकरणमा मुछिएका माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरा अहिले सीआईबीको नियन्त्रणमा छन् । बुधबार दिउँसो सीआईबीले उनलाई पक्राउ गरेको समाचारहरु आएपनि उनी आफैँले आत्मसमर्पण गरेको देखिएको छ । पक्राउ गर्नु अघि नै उनले फेसबुकमा स्टाटस लेख्दै आफू सीआईबीलाई सहयोग गर्न जान लागेको बताएका थिए […]

सुशासनमा नमूना बन्यो एनओसी (भिडियो कथा)

साझा कथा । प्रविधिको बिकास बढे सँगै अहिले अधिकाँस कार्यालयहरुले अनलाईन मार्फत काम गर्ने गरेका छन् । यस्तै काम गरिरहेको छ, वैदेशिक अध्ययन अनुमति शाखा भक्तपुरले जहाँबाट विदेश पढ्न जाने विद्यार्थीले नो अब्जेक्शन सर्टिफिकेट अर्थात (एनओसी) लिने गर्छन् । यस्तै सानासाना कुरा परिवर्तन गरेर चामत्कारिक रुपमा काम गरेको यो सरकारी कार्यालयका बारेमा साझा कथामा शिव […]

एसिया कप – पाकिस्तान भन्छ, ‘नेपाली टोलीलाई कमजोर आँकेका छैनौँ’

साझा कथा । एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाएको नेपालले बुधबार विश्व च्याम्पियन पाकिस्तानसँग प्रतिष्पर्धा गर्दै छ । एसियाको सबैभन्दा ठुलो एकदिवशीय अन्तर्राष्ट्रिय प्रतियोगिता एसिया कप खेल्नका लागि नेपाली टोली पाकिस्तान पुगेको छ । नेपालले पाकिस्तानसँग र एसिया कप दुवै पहिलो पटक खेल्न लागेको हो । औपचारिक रुपमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि […]

पाकिस्तानमा इमरान खान विरुद्धको फैसला उल्टियो, तर खान जेलभित्रै

साझा कथा । इस्लामाबाद उच्च अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं तेहरिक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रमुख इमरान खानविरुद्ध सुनाइएको सजायमाथि रोक लगाएको छ । तोशाखाना भ्रष्टाचार मुद्दामा इस्लामाबाद उच्च अदालतले खानमाथि लगाइएको सजायमा रोक लगाएको हो । मुख्य न्यायाधीश आमेर फारूक र न्यायाधीश तारिक मेहमुदको संयुक्त इजलासले राजकीय उपहारको व्यक्तिगत रूपमा प्रयोग गरेको अभियोगमा यसअघि इस्लामावादको ट्रायल कोर्टले […]

रास्वपाले ‘मधेसीको सम्मान’ गरेपछि सबै समितिमा सभापतिहरु निर्विरोध

साझा कथा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि प्रतिनिधि सभाअन्तर्गतका १० वटै समितिमा सभापति निर्विरोध निर्वाचित भएका छन् । प्रतिनिधि सभाअन्तर्गतका समितिको सभापतिका लागि आइतबार उम्मेदवारी दर्ता भएका थिए । नौ वटा विषयगत समितिमा एकल उम्मेदवारी र एउटा समितिको सभापतिमा दुईजनाको उम्मेदवारी प्रस्ताव दर्ता भएको थियो । उद्योग तथा वाणिज्य र श्रम […]

भारतको चन्द्र यात्रा – आफ्नै खिसिटिउरी गरेर बस्ने कि ज्ञान लिने ?

साझा कथा । भदौ ६ गते भारतले चन्द्रमा चुम्यो । चन्द्रयान – ३ नामाकरण गरिएको भारतको उक्त अन्तरिक्षयानले चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेसँगै भारतले ऐतिहासिक सफलता प्राप्त गरेको छ । साथै अहिलेसम्म कुनै पनि देश पुग्न नसकेको चन्द्रमाको दक्षिणी ध्रुवमा पुगेका कारण पनि भारत उत्साहित भएको छ । भारतले चन्द्रमा चुमेपछि नेपालमा भने खिसिटिउरीको सृङ्खला […]

सत्ता साझेदारी गर्दै राप्रपा – संसदीय समितिको सभापति पाउने, कोशीमा थापालाई सघाउने

साझा कथा । संसदमा १४ सिट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सत्तारुढ हुने सम्भावना बढेको छ । १ महिनाअघिदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राप्रपाका नेताहरुबीच सरकारमा सहभागिताका विषयमा छलफल चलिरहेको छ । खासगरी जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले सरकार छाड्ने घुर्की लगाउन थालेपछि राप्रपासँग प्रचण्डको खासखुस सुरु भएको हो । २८ जना माओवादी कार्यकर्ताको […]

सीआईबीको सिफारिसमा सरकारी वकिलको कैँची, कसरी दायर भयो मुद्दा ?

साझा कथा । बालुवाटारस्थित प्रधानमन्त्री निवास वरपरको सरकारी जग्गा (ललिता निवास) को हिनामिना प्रकरणमा अनुसन्धान सकेर प्रतिवेदन बुझाएको सीआईबीको प्रतिवेदन र सिफारिसमा सरकारी वकिलको कार्यालयले कैँची चलाएको छ । २८६ जनालाई प्रतिवादी बनाउनुपर्ने सीआईबीको सिफारिस रहेकोमा कागजात किर्तेगरी व्यक्तिको नाममा गरेको भन्दै वकिल कार्यालयले चार पूर्व मन्त्रीसहित २९० जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । […]

सुदूरपश्चिमको शानः टुँडिखेलमा गौरा पर्व (फोटो कथा)

साझा कथा । काठमाडौंको मुटु टुँडिखेल गौरा पर्वमय बन्दैछ । विशेषगरी सुदूर पश्चिममा लोकप्रिय रहेको गौरा पर्व हिन्दु महिलाहरुले शिव/पार्वतीको पुजा आराधना गरि हरेक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन मनाउने गर्छन् । यस वर्ष टुँडिखेलमा यो पर्व तीन दिन (विहीबारदेखि शनिवारसम्म) मनाइँदै छ ।  घामको सेकाई र पानीको रुझाईमा देउडाको रन्कोमा रमाइरहेका दर्शकहरुलाई साझा कथामा […]

‘आइफोन’ उपहार पाउने लोभमा: महिलाहरूको आधा करोड रकम ठगी

साझा कथा । ‘आइफोन’ उपहार पाउने झुटा आश्वासनको लोभमा परि महिलाहरू झन्डै आधा करोड रकम ठगीमा परेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार शुरूमा गिरोहले सामाजिक सञ्जाल टिकटक, फेसबुक, वाट्सएपलगायतमार्फत् पीडितसँग सम्पर्क गरी विश्वास दिलाएर आइफोन उपहार परेको र त्यसका लागि ‘कष्टम क्लियरेन्स’ गर्न पैसा चाहिने भनेर रकम माग गरे । उक्त जानकारीपछि आइफोन […]

फाष्ट ट्रयाकको सुस्त गति, भारतलाई बुझाउने मेसोमेलो

साझा कथा विशेष । राष्ट्रिय गौरवको आयोजना काठमाडौं तराई फाष्ट ट्रयाक । नामले तीव्र गतिको बाटो भन्ने अर्थ बोकेको छ तर यसको निर्माणको गति भने धेरै सुस्त छ । २०६५ सालमा योजना बनाइएको र ०७४ पछि अलिकति गति लिएको यो परियोजना निर्माणको जिम्मा लिएको नेपाली सेनालाई ०८३ सालसम्म सम्पन्न गर्न अख्तियारी दिइएको छ । तर […]

वाग्नर लडाकुका प्रमुख मारिने गरी विमान दुर्घटना

साझा कथा । रुस युक्रेन युद्धमा सघाइरहेको वाग्नर लडाकु समूहको विमान दुर्घटनाग्रस्त भएको छ । सो दुर्घटनामा वाग्नर लडाकु समूहका प्रमुख येभ्गेनी प्रिगोजिन पनि रहेको र उनको मृत्यु भएको बताइएको छ । उक्त विमान मस्कोको उत्तर पश्चिमी क्षेत्रमा दुर्घटना हुँदा सबै यात्रुहरू मारिएको उड्डयन अधिकारीहरुले बताएका छन् । उनीहरूको मृत्यु भएको बारे क्रेम्लिन वा सुरक्षा […]

फेरि चिसै पानीले नुहायो एमालेले, सर्वदलीय बैठकमा ओली र नेम्वाङबीचको विवाद छताछुल्ल

साझा कथा । विपक्षी बेञ्चमा पुगेपछि संसद अवरोध गर्ने बानीको विकास गरिरहेको नेकपा एमाले पछिल्लो समय संसदीय अभ्यासमा कमजोर साबित हुँदै गएको छ । प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएपछि लगातार संसद अवरोध गर्दै आइरहेको एमालेले अगाडी सार्ने कुनै पनि माग पुरा भने हुने गरेका छैनन् । फेस सेभिङका लागि कुनै एउटा सहमतिमा आफ्ना मागलाई विसर्जन गर्दै […]

अझै तीन दिन पर्नेछ पानी, केहि स्थानमा मात्रै भारी बर्षा

साझा कथा । काठमाडौं उपत्यकामा पछिल्लो ३ दिनयता पानी परिरहेको छ । सिमसिमे पानी परिरहेपछि राजधानीको जनजीवन प्रभावित पनि भएको छ । यस्तै देशका अधिकाँश भागमा बदलीसँगै केहि स्थानमा पानी परिरहेको छ । किनकी मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ जुन नेपालमा पर्छ । साथै नेपालमा हाल भारतको केन्द्रीय मध्यप्रदेश र आसपासमा रहेको […]

एसिया कप क्रिकेटका लागि नेपाली टोली पाकिस्तान प्रस्थान

साझा कथा । एसिया कप खेल्नका लागि नेपाली टोली मंगलबार राती पाकिस्तान प्रस्थान गरेको छ । पाकिस्तान र श्रीलंकामा भदौ १३ देखि ३१ गतेसम्म हुने प्रतियोगितामा भाग लिन नेपाली टोली गएराति पाकिस्तान प्रस्थान गरेको हो। पाकिस्तानमै अभ्यास सकेर नेपाल घरेलु टोली पाकिस्तानसँग एसिया कपमा भदौ १४ (अगस्ट ३०) मा आफ्नो पहिलो खेल खेलेर भदौ १८ […]

त्रिशूली नदीमा बस खस्योः ८ जनाको मृत्यु

साझा कथा । काठमाडौ बाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–१ छहराबाट बुधबार बिहान त्रिशूलीमा खसेको छ । दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङ जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार १५ जनाभन्दा बढी घाइतेको उद्धार […]

जाेखिम निम्त्याउँदै फुटपाथका रूख (भिडियो कथा)

सडकपेटीमा बोटविरुवा रोप्ने काम आफैमा प्रशंसनीय काम हो । तर, बटुवालाई हिड्नै गारो हुने गरि साँगुरो सडकपेटीमा चाहिँ नरोपेको भए हुने थियो कि ? आज हरियाली बनाउने नाममा भटाभट विरुवा रोप्ने, भोली फेरी बटुवालाई गाह्रो भयो भनेर भकाभक रुख काट्नुपर्ने अवस्था आए के गर्ने ? साझा कथामा शिव श्रेष्ठले ‘सानो कुरा’ मार्फत जिज्ञासा प्रस्तुत गरेका […]

गएको १ बर्ष – पर्यटकबाट ६१ अर्ब आम्दानी, नेपालीले घुम्नका लागि खर्च गरे ४४ अर्ब

साझा कथा । सन् २०१९ मा फैलिएको कोभिड महामारीले विश्वभरि पारेको असर र त्यसपछि रुस–युक्रेन युद्धको अवस्थाले थपेको जटिलताका कारण नेपालको अर्थतन्त्रमा लगातार असर परिरहेको छ । आर्थिक बर्ष २०७९–८० अर्थतन्त्रका हिसाब निराशाजनक नै रह्यो । यो वर्ष विदेशी मुद्राको सञ्चिति, शोधनान्तरजस्ता बाह्य क्षेत्रमा उल्लेख्य सुधार भयो भने आन्तरिक अर्थतन्त्र अझै चलायमान हुन नसकेको देखिएको […]

के तपाईंले च्याउ खाने गर्नुभएको छ ? यदि छैन भने, यसको फाइदाहरू जान्नुहोस्

साझा कथा । च्याउ हाम्रो स्वास्थ्यका लागि निकै उपयोगी र राम्रो मानिन्छ, यसले हाम्रो खानामा प्रसस्त मात्रामा भिटामिन र खनिज पदार्थ प्रदान गर्छ । खानपानले विभिन्न रोगहरु लाग्न नदिन र निराकरणमा मद्दत गर्ने त सबैलाई थाहै छ । त्यस्तै, च्याउको सेवनले पनि विभिन्न रोग लाग्नबाट बच्न सकिन्छ । थोरै क्यालोरी र थोरै चिल्लो पदार्थका साथै […]

लठ्ठीको सहारामा किताब च्यापेर पढ्न जान्छन् ९० वर्षीया डाँगी

साझा कथा । उमेरले ९० बर्ष पुगेका तुलसीपुर–१ भमके निवासी प्रेमबहादुर डाँगीको स्कुल जाने रहर अहिले पूरा भएको छ । त्यसो त उनले आफ्नो पढ्ने रहर पूरा गर्ने प्रयत्न नगरेका भने होइनन् । उनलाई सानै उमेरदेखि पढ्ने इच्छा हुँदाहुँदै पनि जिन्दगीका बाध्यता सधैँ बार बनिरहे । ९० वर्षको यो प्रयासमा भने बल्ल उनी विद्यालय भर्ना […]

साथीको मृत्युपछि २ सय बढी नाबालक बन्दी फरार

साझा कथा । भक्तपुरको सानोठिमीस्थित युसेफको बालसुधार गृहको ढोका फोडेर सोमबार दिउँसै अपराधमा मुछिएका २ सय बढी बालबालिका तथा किशोरहरू फरार भएका छन् । सुधार गृहमा २९६ जना नाबालक बन्दी रहेकामा अहिले प्रहरीको नियन्त्रणमै ४२ जना बालिका र ३३ जना बालक रहेका छन् । अन्य १२ जनाको अस्पतालमा उपचार भइरहेको छ । बाँकी फरारहरुको खोजतलास […]

बागेश्वर बाबा अर्थात अर्को ‘रङ नम्बर’

रामकृष्ण शर्मा भारतमा निकै चर्चा कमाइरहेका विवादास्पद धर्मभीरु ‘बागेश्वर धाम सरकार/बाबा’ अर्थात धिरेन्द्रकृष्ण शास्त्री शनिबार नेपाल आए । त्यहि दिन शास्त्रीको देश भारतमा शिक्षकले पिउने पानी पिएको भन्दै निर्घात कुटिएका एक जना दलित विद्यार्थीको ज्यान गयो । राजस्थानको जालोरमा भएको घटना थियो त्यो । कुटपिटबाट आँखा र कानमा गम्भीर चोट लागेका ९ बर्षीय बालकको ज्यान […]

कमल गाउँलेको २३ औँ गाईजात्रे कोसेली ‘काण्डै काण्डको देश’ सार्बजनिक

साझा कथा । चर्चित हास्य कलाकार कमल गाउँलेले यस वर्षको गाईजात्राको अवसरमा २३ औँ गाईजात्रे कोसेली ‘काण्डै काण्डको देश’ सार्बजनिक गरेका छन्। गत वर्ष उनले ‘जन्ता हान्न चाहान्छन’ मार्फत राजनीतिक तथा सामाजिक विकृतिमा व्यंग्य प्रहार गरेका थिए । यस वर्ष पनि उनले राजनीतिलाई केन्द्रमा राखेर व्यंग्य प्रहार गरेका छन् । उनले यो वर्षको ‘काण्डै काण्डको […]

कम चर्चा पाएको महिला विश्वकप – स्पेन बन्यो च्याम्पियन (तस्बिरहरु सहित)

साझा कथा । फिफा विश्वकप (पुरुष) हुँदो हो त अहिले अवस्था अर्कै हुने थियो । घरघरमा चर्चा हुन्थ्यो । केटाकेटीदेखि वयस्कसम्मको अधिकाँश कुरा विश्वकपमा केन्द्रित हुन्थ्यो । फाइनल खेलपछि टोलटोलमा विजय जुलुस निस्कन्थ्यो । तर आइतबार सम्पन्न भएको महिला विश्वकपमा धेरैको रुची भएन । पुरुष फुटबलजस्तो यो खेलले न संचारमाध्यममा चर्चा पायो, न त टोलटोलमा […]

‘घण्टी र लौरोले लखेट्ने दिन टाढा छैन’

दिनेश रायमाझी एकीकृत समाजवादीमा मात्रै होइन अहिले एमाले र माओवादी केन्द्रमा पनि त्यस पार्टीको पार्टी सदस्य बनेर काम गर्न धेरै कठिन छ । आर्थिक अवस्था कमजोर हुनेहरुले अब आमनिर्वाचनमा उम्मेदवार बन्न होइन कि पार्टीभित्रै र विभिन्न भातृ तथा जनवर्गीय संगठनहरुभित्र उम्मेदवार बन्न करिब–करिब नसकिने अवस्था छ । धनराशी खर्च नगरी न त संसदीय न पार्टीको […]

पूर्वको आकर्षण अकबरे खुर्सानीबाट मनग्य आम्दानी

यस पटक अकबरेको फल नै बिक्री गर्नेकि बियाँ बिक्री गर्ने, सूर्योदय नगरपालिका –१२ का किसान मदन राई दोधारमा छन् । राईले उत्पादन गरेको अकबरे फल र र बियाँ दुवैको माग उत्तिकै छ । गतवर्ष ४३ किलो अकबरेको बियाँ बीउका लागि तयार गरी बिक्री गरेका राईसँग यो वर्ष ८० किलो बियाँ बीउको माग आएको छ । […]

नेपालको बजेट बराबरको विप्रेषण, श्रम स्वीकृति लिनेहरु ३ प्रतिशतले बढे

गत आर्थिक वर्ष २०७९–८० मा विप्रेषण आप्रवाह १२ खर्ब २० अर्ब ५६ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको गत आवको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आवमा विप्रेषण आप्रवाह २१ दशमलव दुई प्रतिशतले बढेको हो । अघिल्लो वर्ष विप्रेषण आप्रवाह चार दशमलव आठ प्रतिशतले बढेको थियो […]

राप्रपाभित्र संकट – राजेन्द्र लिङ्देनको पद खोसेर सरकारमा जाने तयारी

साझा कथा । गत साउन २७ गते नेता रविन्द्र मिश्रको संयोजनमा राप्रपाका संस्थापक अध्यक्ष लोकेन्द्र बहादुर चन्दको निवासमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केहि नेताहरुको बैठक बस्यो । यस्तै बैठक असार २९ गते पनि बसेको थियो तर अर्का नेता पशुपति शमशेर जबराको घरमा । यी बैठकहरु अध्यक्ष राजेन्द्र लिङ्देनलाई खबर नै नगरी बसेका थिए । पछिल्लो समय […]

चार्टर्ड विमानमा ७ सय बङ्गलादेशी नेपाल आउँदै

साझा कथा । बङ्गलादेशबाट ७ सय बङ्गलादेशी नेपाल घुम्न आउने भएका छन् । उनीहरु जहाज चार्टर्ड गरेर नेपाल आउन लागेका हुन् । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार आज र भोलि जहाज चार्टर्ड गरी बङ्गलादेशी पर्यटक नेपाल आउन लागेका हुन् । यसरी जहाज चार्टर्ड गरेर नेपाल आउने बङ्गलादेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत […]

भाइले मुद्दा जित्दा दाइको परिवार बहिष्कृत, वडाध्यक्षलाई भोटको चिन्ता

साझा कथा । संवैधानिक रुपमा सबैखाले विभेदहरु अन्त्य भएको घोषणा गरिएपनि व्यवहारिक रुपमा त्यो कार्यान्वयन भएको पाइदैन । नेपाली समाजले कस्ता कस्ता विषयमा विभेद गर्छ र गरिब गुरुवामाथि थिचोमिचो गर्छ भन्ने अर्को उदाहरण बनेको छ रुपन्देहीको देवदहस्थित ढोलबजवा । देवदह नगरपालिका–१२ ढोलबजवामा बस्छन् शिव बिन्दु भुज । उमेरले करिब ६० काटिसकेका भुजको परिवार अहिले सामाजिक […]

वन कार्यालयको लापरवाहीले निर्दोष हात्तीको मृत्यु (तस्बिरसहित)

साझा कथा । एउटा सामुदायिक वन कार्यालयको लापरवाहीले कञ्चनपुरमा हात्तीको मृत्यु भएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वन कार्यालयको परिसरमा रहेको शौचालयको सेफ्टी ट्याङ्कीमा खसेर गएराति जंगली हात्तीको मृत्यु भएको हो । “राति १२ बजेपछि जङ्गली हात्ती आएर सेफ्टी ट्याङ्कीमा पछाडिको खुट्टा परेर मृत्यु भएको देखिएको छ,” शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका […]

कक्षा १२ को रिजल्टको एउटा पाटो – अंग्रेजीमा किन कमजोर ?

साझा कथा । श्रावण ३० गते साँझ कक्षा १२ को परीक्षाफल प्रकाशित भयो । सामाजिक सञ्जालभर बुबा आमा र आफन्तहरुले छोरा, छोरी, भतिजा, भतिजी, भान्जा भान्जी लगायत १२ कक्षा पास गरेका युवा युवतिहरुहरुको तस्बिर राख्दै बधाई दिए र खुशी साटासाट गरे । सामाजिक सञ्जालमा हेर्दा परीक्षा दिएका सबै विद्यार्थीले ‘ए प्लस’ नै ल्याएको जस्तो गरी […]

सनीको गदर-२ र अक्षयको ओएमजी-२ फिल्मको भिडन्त, कस्को कमाई कति ?

साझा कथा । मंगलबार भारतको ७७ औं स्वतन्त्र दिवसको अवसरमा सनी देवलको फिल्म ‘गदर-२’ ले भारतीय बक्स-अफिसमा धमका मच्चाएको छ भने अक्षय कुमारको ‘ओएमजी-२’ ले पनि सन्तोष जनक कमाइ गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ । सनी देवलको फिल्म ‘गदर-२’ ले रिलिज भएको आफ्नो पाँचौ दिन मंगरबारसम्ममा २ सय ५० करोडको नजिकमा कमाई गरेको छ । […]

कक्षा १२ मा ४९ प्रतिशत विद्यार्थी फेल

साझा कथा । भर्खरै मात्र कक्षा १२ को परिक्षा नतिजा सार्बजनिक भएको छ । सार्वजनिक गरेको नतिजाअनुसार कक्षा १२ को परिक्षामा ४९.०९ प्रतिशत विद्यार्थी फेल भएका छन् । सबैभन्दा बढी अङग्रेजी बिषयमा फेल भएका छन् । बोर्डका अनुसार नियमिततर्फ कुल तीन लाख ७२ हजार ६३७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । ५१ जनाको परीक्षा रद्द […]