सम्पादकहरुसँग प्रधानमन्त्रीले गरे ३ महत्वपूर्ण कुरा

साझा कथा । विभिन्न प्रकरणलाई लिएर सरकारमाथि पनि प्रश्न उठ्न थालेपछि चिन्तित देखिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार विभिन्न संचारमाध्यमका सम्पादकलाई बोलाएर संवाद गरेका छन् । विभिन्न पत्रिकाका सम्पादकहरुले पनि सुशासन दिन्छु भन्ने प्रधानमन्त्रीले आफ्ना पार्टीका नेता जोगाउन लागेको भन्दै टिप्पणी गरिरहेको सन्दर्भमा प्रचण्डले उनीहरुसँग सम्बन्ध सुधारको प्रयास गरेका हुन् । उनले सम्पादकहरुसँग ३ वटा […]

कहाँ गयो ‘ब्रेक शु’ मा लुकाइएको ४० किलो सुन ? पगाल्दा जम्मा ६ तोला घट्यो

साझा कथा । सामाजिक सञ्जालमा अहिले प्रश्न उठिरहेको छ, ब्रेक शु भित्र लुकाएर ल्याएको १ क्विन्टल भनिएको सुन किन ६० किलो मात्रै भयो ? मंगलबार मात्रै नेपाल राष्ट्र बैँकको टक्सार महाशाखाले ब्रेक शु बाट सुन छुट्याएर पगालेको थियो । पगालेर तौल लिँदा सुनको तौल जम्मा ६० किलो ६१६ ग्राम भएको छ । अहिले सुन गालेर […]

कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिने छ नतिजा

साझा कथा । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज (मंगलबार) साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा आज सार्वजनिक गर्ने गरी अन्तिम तयारी गरिरहेको बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । उक्त कार्यालयका अनुसार आज साँझसम्म नतिजा […]

मेलम्ची खानेपानी मुहान जाने सडक बाढीले अवरुद्ध, बस्ती उच्च जोखिममा

साझा कथा । मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथान जाने बाटो बाढी गर्दा अवरुद्ध भएको छ। लगातार आएको वर्षाले हेलम्बु राजमार्गका विभिन्न स्थानमा सडकमा क्षति पुर्‍याएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । मेलम्ची खोलामा आएको बाढीका कारण हेलम्बु गाउँपालिकाको ढुङ्गेबजारबाटै सडक सञ्जाल टुटेको र कतिपय बस्ती, सार्वजानिक संरचना, खेतीयोग्य जमिनसमेत उच्च जोखिम भएको […]

भारतको हिमाचलमा बाढी पहिरो: मृत्यु हुनेको संख्या ५० पुग्यो

साझा कथा । नेपालको छिमेकी देश भारतको उत्तरी पहाडी राज्य हिमाचल प्रदेशमा भारी वर्षाका कारण आएको बाढीपहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ । राज्यका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले जनाएअनुसार वर्षा प्रभावित क्षेत्रमा अझै कैयौँ व्यक्ति फसेको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने देखिन्छ । राज्यका विभिन्न भागमा अविरल वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानका […]

एसिया कपको तयारीमा नेपाल – १७ सदस्यीय टिम घोषणा, भदौ ५ मा पाकिस्तान पुग्ने

साझा कथा । नेपाल क्रिकेट संघ (क्यान) ले एसिया कप २०२३ का लागि नेपाली राष्ट्रिय टिम घोषणा गरेको छ । एसिया कपमा लागि क्यानले रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टिम घोषणा गरेको हो । एकदिवसीय फर्म्याटमा हुने एसिया कपमा नेपाल रहेको समूह ‘ए’ मा पाकिस्तान र भारत पनि छन् । १७ सदस्यीय टोलीमा रोहित पौडेल […]

चिसै पानीले नुहायो सिके राउतको पार्टीले – प्रचण्डलाई खतरा कायमै (भिडियो सहित)

साझा कथा । मधेसमा जबर्जस्त उपस्थिति देखाइरहेको जनमत पार्टी र त्यसका अध्यक्ष सिके राउतले सरकारमा सहभागिताका विषयमा चिसै पानीले नुहाएका छन् । उद्योग, वाणिज्य मन्त्रालय वा सोहि अनुसारको मालदार मन्त्रालय नपाएर सरकारबाट बाहिरिएको जनमत पार्टीले अन्ततः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा चित्त बुझाएको छ । यसअघि सरकारमा सहभागि जनमत पार्टीले आफूले चाहे अनुसारको मन्त्रालय […]

परिवर्तनका वाहक बालेन (भिडियो कथा)

बालेनले गरिरहेको कामलाई लिएर अहिले चौतर्फी रुपमा उनले धैरैको हाइहाई पाइरहेका छन् । यसै बिच उनले भर्खरै काठमाडौंको सामाखुशी खोला मिचेर बनाइएका घरहरुमा डोजर चलाएका छन् । त्यो ठाउँमा डोजर लगाइसकेपछि सामाजिक सञ्जालका केही प्रयोगकर्ताहरुले सामाखुशी खोला आसपासका बजारलाई इटलीको भेनिस सीटीसँग तुलना गर्न थालिएका छन् । खोला माथि बनेका घर र खोला माथिका स्ल्याबलाई […]

५४ वर्षीया मेहनती ‘तरकारी आमा’

साझा कथा । आफ्नै बारीमा फलाएको ताजा तरकारी आफैले डोकोमा बोकेर हरेक दिन दुई किलोमिटरको दुरी पार गर्दै म्याग्दीको बेनी नगरपालिका–२ खबराकी ५४ वर्षीया पवित्रा कार्की बजारमा पुग्ने गर्छिन् । बजार पुगेपछि उनी लगेको तरकारी  बेनी बजारमा बेच्ने गर्छिन । प्रत्येक साँझ बारीमा फलेको तरकारी टिपेर घरको छानामाथि शीतमा राख्ने र भोलिपल्ट बिहानै ती तरकारीलाई […]

सर्बसाधारणका लागि मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आइपीओ खुल्ला

साझा कथा । मनकामना इन्जिनियरिङ हाइड्रोपावरले आज साउन २८ गते आइतबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुल्ला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि कुल २२ लाख ७६ हजार ६२० कित्ता शेयर निष्काशन गर्न लागेको हो। स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिएको शेयरमा पूर्ण आवेदन नपरेका कारण बाँकी रहेको ६ लाख १६ हजार ६२० कित्ता सहित गरी कुल […]

देशैभर भारी बर्षा – कर्णालीमा बढी जोखिम, ४ ठाउँमा सेनाको हेलिकोप्टर तैनाथ

साझा कथा । देशका विभिन्न स्थानमा भइरहेको अविरल वर्षाका कारण बाढीपहिरो र डुबानका घटना सुरु भएकाले सरकारका सबै निकायलाई सतर्क बनाइएको छ । गृह मन्त्रालय, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत अन्य सरोकारवाला निकाय उच्च सावधानीमा छन् । पछिल्लो अवस्था अनुसार कर्णालीमा बढी जोखिम छ । बर्षाको प्रकृति र मापन हेर्दा कर्णाली नदीको वहाव […]

अन्तर्राष्ट्रिय युवा दिवस – नेपालमा सधैँ उस्तै विषय, उस्तै कुरा

साझा कथा । आज (शनिबार) अगस्ट १२ तारिख, अन्तर्राष्ट्रिय युवा दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको छ । सरकारले बर्षेनि विभिन्न कार्यक्रम गरी युवा दिवस मनाउने गरे पनि युवाका मुद्दा कार्यान्वयनमा भने जहिल्यै समस्या देखिने गरेको जानकारहरु बताउँछन् । युवा लक्षित गरी ल्याइएका विभिन्न […]

५२ लाख ७५ हजार नक्कली नोट बरामद, ९ जना पक्राउ

साझा कथा । काठमाडौं र भक्तपुरबाट ५२ लाख ७५ हजार नक्कली नोटसहित ९ जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरले आज (शुक्रबार) पत्रकार सम्मेलन नक्कली नोट कारोबारीलाई सार्बजनिक गरेको छ । साउन २५ गते बिहीबार लु १ प ५ नम्बरको पर्यटक बसलाई नागढुङ्गा चेकपोष्टमा चेकजाँच गर्ने क्रममा डिक्कीमा चाउचाउको कार्टुनमा प्याक गरी राखिएकोे अवस्थामा […]

‘जोगिन्दर’ को गाईजात्रे कोसेली ‘लुछाचुँडी’ सार्बजनिक

साझा कथा । ‘जोगिन्दर’ उपनामले परिचित चर्चित हास्य कलाकार शिवशङ्कर रिजालले यस वर्षको गाईजात्राको अवसरमा २१ औँ गाईजात्रे कोसेली ‘लुछाचुँडी’ सार्बजनिक गरेका छन्। हरेक वर्ष झै यो बर्ष पनि निरन्तर रूपमा दर्शक तथा श्रोतालाई हास्यव्यङ्ग्यको माध्यमबाट मनोरञ्जन दिने उद्देश्यले उनले गाईजात्रे प्रस्तुति ‘लुछाचुँडी’ बजारमा ल्याएका छन् । ‘लुछाचुँडी’ गाईजात्रे कोसेली कलाकार शिवशङ्कर रिजालले ओ एस […]

गाउँगाउँमा भयावह बन्दै बाँझोपन

विविध कारणले ग्रामीण तहमा बाँझोपनको समस्या बढ्दै गएको छ । गाउँगाउँमा बाँझोपनले भयावह रुप लिन थालेपछि चिकित्सकहरूको चिन्ता व्यक्त गरेका छन् । चिकित्सकहरूले पछिल्लो केही वर्षयता युवाहरू विदेश जाने क्रम बढेको र उमेर पुगेर पनि विवाह नगर्दा बाँझोपनको समस्या बढ्दै गएको बताएका हुन् । बाँझोपनको समस्या समाधानका लागि परामर्श दिन आवश्यक भइसकेको सरोकारवालाहरुको भनाई छ […]

सरकारको दबाब नभएपछि हौसियो सीआईबी, दुई दिनमा १० जना पक्राउ

साझा कथा । हरेक दिन कुनै न कुनै काण्डमा प्रहरीले ‘अप्रेशन’ चलाइरहेको छ । सरकारको दबाब नभएपछि हौसिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने ८ जनालाई पक्राउ गरेको छ । विहीबार मात्रै सीआईबीले नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्मासहित पाँच जना पक्राउ गरेको थियो । शुक्रबार थप ३ जनालाई पक्राउ गरेको छ […]

पक्राउ पर्ने बहालवाला दोस्रो सांसद, डा. सुनिल शर्मा, के हो कसुर ?

साझा कथा । एक क्विन्टल सुन तस्करी प्रकरणलाई लिएर उग्र भाषण गर्दै आइरहेका सांसद डा. सुनिल शर्मा पक्राउ परेका छन् । उनलाई गोल्फूटारस्थित उनकै निवासबाट सीआइबीको टोलीले पक्राउ गरेको हो । उनले सुन तस्करी प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीकै राजीनामा मागेका थिए । हुन त ललिता निवास प्रकरणको बेला पनि उनले सरकारको कडा आलोचना गरेका थिए […]

देशमा कहिलेसम्म दुईवटा शिक्षा प्रणाली ? निजी स्कुलका मालिकहरु यसकारण छन् आक्रोशित

साझा कथा । अहिले देशभर ८ हजारको हाराहारी निजी विद्यालयहरु छन् । कुनै आवासीय छन्, कुनै आवासीय छैनन् । ती ८ हजार स्कुलमा पढ्छन् ३० लाख विद्यार्थीहरु । यस्तै देशमा छन् २६ हजार सामुदायिक विद्यालयहरु जहाँ छन् ५० लाख विद्यार्थी । यी दुई किसिमका विद्यालयहरूका कारण देशमा दुई किसिमका शिक्षा प्रणाली विकास भइरहेको छ । […]

गौर हत्याकाण्डको फाइल खोल्दै सरकार, उपेन्द्र यादवले सरकार छोड्लान् ?

साझा कथा । आजभन्दा १७ बर्षअघि नेपालमा भएको एउटा हत्याकाण्ड फेरि चर्चामा छ । रौतहटको गौरमा २०६३ साल चैत ७ गते उपेन्द्र यादव नेतृत्वको तात्कालिक मधेशी जनअधिकार फोरम र तात्कालिक नेकपा माओवादीका कार्यकर्ताबीचको विवादले झडपको रूप लियो र सो झडपमा परी २७ जनाले ज्यान गुमाए, त्यसमध्ये २४ जना माओवादी कार्यकर्ता थिए । घटनाबारे मृतकका परिवारले […]

कपाल र छालाको समस्या छ ? बजारमा छन् समाधान गर्ने तेलहरु

साझा कथा । के तपाईलाई टाउको दुख्ने, कपाल र छालाको समस्याले सताइरहेको छ ? बजारमा पाइने विभिन्न कस्मेटिक सामान किनेर प्रयोग गर्दा पनि उपलब्धी शून्य भएर हैरान हुनुभएको छ ? तपाईको लागि खुशीको खबर छ । नेपाली बजारमा कपाल झर्ने, चायाँ पर्ने, डन्डीफोर, छाला सम्बन्धि समस्याहरुलाई समाधान गर्ने सुगन्धित बोटविरुवाबाट निकालिएको तेलको विक्रि वितरण सुरु […]

केपी ओलीसँग चिढिन थाले एमालेका नेताहरु, विष्णु रिमालको भर पर्दा चिप्लिँदै छन् ओली

साझा कथा । नेतृत्वको मनोगत शैली र अहंकारयुक्त व्यवहारका कारण नेकपा एमालेमा झमेला सुरु भएको छ । एक दुई जना नेताहरुमै पूर्ण भर पर्न थालेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अरु नेताहरु चिढिन थालेको स्रोतले बताएको छ । केहि समयअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरदार प्रितम सिंहको कार्यक्रममा बोलेको एउटा कुरालाई लिएर केहि सोँचविचार नगरी […]

१३ दिनपछि खुलेको संसद – रविको आक्रोश, सत्तापक्ष र विपक्षीको दन्तबझान

साझा कथा । सुन तस्करी प्रकरणलाई लिएर उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरुद्ध गर्दै आएको संसद मंगलबारदेखि खुलेको छ । पछिल्लो पटक साउन १० मा सदन बसेको थियो । एक क्वीन्टल सुन तस्करी प्रकरणमा सरकारको तर्फबाट गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिने प्रतिबद्धतापछि एमाले तत्कालका लागि सदन खुलाउन तयार […]

स्तनपानबारे ७ भ्रम र यथार्थ

साझा कथा । अहिले स्तनपान सप्ताह चलिरहेको छ । स्तनधारी जीवका लागि स्तनपान अपरिहार्य छ । शिशु जन्मिनेबित्तिकै एक घन्टाभित्रमा र ६ महिनासम्म आमाको दूध मात्रै खुवाउनु, ६ महिनापछि दुई वर्षसम्म आमाको दूधको साथै केही अन्य खानेकुरा खुवाउनु नै सुरक्षित स्तनपान हो । शिशुलाई ६ महिनासम्म आमाको दूधबाहेक पानीसमेत दिनुपर्दैन । स्तनपान केवल स्वास्थ्यका दृष्टिकोणबाट […]

देशैभर बाढीपहिरो – कहाँ के भयो ? यस्तो छ क्षति (तस्बिरहरु सहित)

साझा कथा । सोमबार रातिदेखि परेको अविरल बर्षापछि देशैभर बाढीपहिरोले वितण्डा मच्चाएको छ । काठमाडौंमै पनि विभिन्न खोलाहरु बस्तीमा पसेका छन् भने देशका कैयौँ राजमार्ग अवरुद्ध भएका छन् । बाढी पहिरोमा परेर केहि व्यक्तिले ज्यान गुमाएका छन् भने जनजीवन प्रभावित भएको छ । काठमाडौंको नयाँ बसपार्क, सामाखुशी क्षेत्रमा विष्णुमति खोलाको बाढी पस्दा डुबान भएको छ […]

माधव कुमार ‘नेपाल’ होइन माधव कुमार ‘विदेश’ (भिडियो सहित)

साझा कथा टिप्पणी । वि.सं २०७६ साल बैशाख १५ गते विहान तत्कालीन नेकपाका वरिष्ठ नेता र अहिले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल चीन भ्रमण सकेर नेपाल फर्किए । भोलीपल्ट १६ गते विहान तत्कालीन नेकपाको सचिवालय बैठक थियो । बैठकमा थिए माधव कुमार नेपाल । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुमै फ्याट्ट भनिहाले, माधवजीका लागि […]

परम्परा तोडेर मिनी संसदको भागबण्डा – सत्तारुढलाई ९, एमालेलाई ३, रास्वपा र राप्रपालाई शून्य

साझा कथा । चुनावपछि प्रतिनिधिसभा गठन भएको ८ महिना वितिसकेको छ तर मिनी संसद मानिने संसदीय समितिको नेतृत्व भने अहिलेसम्म चयन गरिएको छैन । भागबण्डामा प्रतिपक्षी दल एमालेले असहमति जनाएपछि रोकिएको नेतृत्व चयन प्रक्रिया अघि बढेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई सहमतिमा लिएर सत्ता गठबन्धनले समिति भागवन्डामा करिव सहमति जुटाएको छ । जसअनुसार […]

पक्राउ पुर्जी जारी गरिएका गच्छदार लगायतका नेता कहाँ छन् ?

साझा कथा । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा मुछिएका पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि पनि अनुसन्धान गर्न बाटो खोले लगत्तै नेपाली कांग्रेसका प्रभावशाली नेता विजय गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा काठमाडौँ जिल्ला अदालतले गच्छदार सहित चार जना पूर्वमन्त्रीविरुद्ध पुर्जी जारी गर्न प्रहरीलाई […]

शेयर बजारमा सुधारको संकेत, किन र कसरी ?

साझा कथा । २०७८ भदौ २ गते शेयरबजारको मापक नेप्से परिसूचक ३१९८ विन्दुमा पुगेको थियो । कोरोना कालमा ह्वात्तै बढेको शेयर बजार घट्टै घट्दै १८०० मा झर्यो । साउन २१ गतेको अवस्था हेर्ने हो भने नेप्से सूचकाङ्क २०५० को आसपास छ । झन्डै दुई वर्षदेखि कहिले ओरालो झर्दै, कहिले सुस्ताउँदै त कहिले धीमा गतिमा अघि […]

पुलिस रिपोर्टको हैरानी अन्त्य, अनलाइनबाटै तिर्न सकिन्छ पैसा

साझा कथा । विदेश पढ्न जाने र श्रम भिसामा जानेहरुले हैरानी व्यहोर्दै आएको एउटा पक्ष हो, प्रहरी चारित्रिक प्रमाणपत्रको प्रमाणीकरण । अब यसका सास्ती ब्यहोर्नु नपर्ने भएको छ । अब अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण हुनेछ । सरकारले आइतबारदेखि औपचारिक रुपमा अनलाइनमार्फत चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गर्ने भएको हो । परराष्ट्रमन्त्री एनपी साउदले अनलाइनमार्फत प्रहरी चारित्रिक […]

मनोरम मनाङ – दर्जन बढी हिमताल, छहरा र झरनाले लोभ्याउँछ मन

साझा कथा । अन्नपूर्ण पदमार्गको यात्रा गर्नुभएको छ भने यहाँले पक्कै देख्नुभएको छ होला । लम्जुङको बेशीसहरबाट पदमार्गको यात्रा हुँदै मनाङ पुग्नेहरु पुलकित हुन्छन्, त्यहाँका हिमशृङ्खला, तालतलैया, अग्ला तरेली परेका डाँडा, हिमालका मनोरम दृश्य देखेर । अझ विशेषगरी मनाङ पुग्दा हिमताल हेर्न त छुटाउनु भएको छैन होला । यदि हिमतालहरु हेर्न छुटेको छ भने अर्को […]

साजन मगर बगेको खोला खोतल्दै महानगर (फोटो कथा)

साझा कथा । गत साउन ७ गते १३ वर्षीय बालक साजन मगर सामाखुशीको सानो खोलामा खसे र वेपत्ता भए । काठमाडौं महानगरपालिका वडा नं ३ भएर बग्ने सामाखुशी खोलाको अरू ठाउँमा स्ल्याब राखिएको भए पनि एक ठाउँमा खुला थियो र त्यहि खुला ठाउँबाट साजन खसे र वेपत्ता भए । वेपत्ता भएको १३ दिनपछि साजनलाई दक्षिणकाली […]

बेञ्चमै सिमित हुन थालेपछि ज्ञानेन्द्र मल्लले क्रिकेटबाट लिए सन्यास

साझा कथा । पछिल्ला खेलहरुमा सहभागिता न्यून हुन थालेपछि नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । प्रदर्शन फितलो हुन थालेपछि मल्ललाई नेपाली क्रिकेट टिमका कोचले लगातार जसो बेञ्चमै राखेका थिए । शुक्रबार पत्रकार सम्मेलन गर्दै पूर्व कप्तान मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । सन् २००५ […]

डेंगुका कारण सात जनाको ज्यान गयो, ७ हजार संक्रमित, सबैभन्दा बढी धरानमा

साझा कथा । नेपालमा डेंगु सङ्क्रमणबाट सात जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीका अनुसार डेंगु सङ्क्रमणबाट कैयौँ विरामी परेका छन् । पछिल्लो समय डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । डा. मरासिनीका अनुसार डेंगु सङ्क्रमण हालसम्म ७१ जिल्लाका सात हजार २५३ जनामा डेंगु पुष्टि […]

विदेशमा बस्नेहरुलाई पैसा पठाउन झन् सहज, ट्र्याङ्ग्लोसँग इसेवाको सहकार्य

साझा कथा । विदेशमा बस्ने नेपालीहरुलाई नेपालमा पैसा पठाउन अब झन् सजिलो हुने भएको छ । परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको इसेवा मनि ट्रान्स्फरको रेमिट्यान्स सेवा ट्र्याङ्ग्लोबाट पनि सुरु भएको छ । इसेवा मनि ट्रान्सफरको तर्फबाट […]

सर्वोच्चमा केपी ओली निकट अब एकजना न्यायाधीस मात्र बाँकी, को हुन् विश्वम्भर श्रेष्ठ ?

साझा कथा । सिफारिस हुनुपर्ने समय भन्दा झण्डै १ महिना ढिला गरी नेपालको प्रधानन्यायाधीसमा विश्वम्भर प्रसाद श्रेष्ठ सिफारिस भएका छन् । सत्तापक्ष र प्रमुख प्रतिपक्षीबीचका मतभेदले संसद्‌मा गतिरोध निम्त्याइरहेका बेला संवैधानिक परिषद्‌मा पनि त्यसको प्रभाव देखिएको थियो । त्यहि मतभेदले प्रधानन्यायाधीस को हुन्छ भन्ने अन्यौल थियो । तर परिषदका सदस्यहरु सर्वसम्मत ढंगले वरिष्ठतम न्यायाधीस विश्वम्भर […]

सबैको पहुँचमा व्यायामशाला (भिडियो कथा)

२०७४ सालमा स्थानीय सरकार आएपछि सुरुवात गरिएको केहि सिमित पार्कहरु व्यायामशाला हिजोआज भने धेरै ठाउँमा देखिदैछन् । काठमाडौं महानगरपालिकाले मात्रै ८६ स्थानका पार्कहरुमा यस्ता व्यायामशालाहरु राख्दैछन् – अधिकांश ठाउँमा राखिसके – केही बाँकी छन् । काठमाडौंमा मात्रै होइन, ललितपुर र भक्तपुरतिरका पार्कमा पनि निःशुल्क प्रयोग गर्न मिल्नेगरि व्यायामशालाहरु राखिएका छन् । सार्वजनिक पार्कमा राखिएका यि […]