संसदमा एमालेको रमिता (भिडियो)

संसदलाई प्रतिपक्षको थलो मानिन्छ । सत्ता नशा हो, सत्तामा जानेहरुमा नशा चढेर उन्माद नहोस्, उन्मादमा जनहित विपरित कार्य नहोऊन् भनेर प्रतिपक्ष चनाखो भइरहनुपर्छ । सत्तापक्षलाई निरंकुश हुनबाट रोक्न र जनताका काममा सरकारलाई हिँडाइराख्न ‘वाच डग’ चाहिन्थ्यो । यहि अवधारणामा प्रतिपक्ष दलको व्यवस्था गरिएको हो । प्रतिपक्ष दलको नेतालाई सरकारी सेवा सुविधा समेत हुन्छ । प्रतिपक्ष […]

माओवादीमा हुन थाल्यो प्रचण्डको आलोचना

प्रमुख सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्यहरूले पार्टीमा अराजकता बढ्दै गएको भन्दै नेतृत्व हस्तान्तरण हुनुपर्नेमा जोड दिएका छन् । बुधबारबाट जारी केन्द्रीय समिति बैठकको दोस्रो दिन धारणा राख्नेक्रममा अधिकांश केन्द्रीय सदस्यहरूले नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाए । उनीहरूले पार्टी बनाउन सबै सच्चिनुको विकल्प नभएको बताएका छन् । केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पार्टीको विचार र व्यवहार […]

कोशी प्रदेश असफलताको कथा – ६ बर्षमा ६ वटा सरकार, टोलटोलमा मन्त्री, मध्यावधिमा जाने सम्भावना

साझा कथा । संघीयताका सम्बन्धमा असफलताको कथा बन्यो कोशी प्रदेश । ५ बर्षसम्म आफ्नो नामाकरण समेत गर्न नसकेको कोशी प्रदेशले जब आफ्नो न्वारान गर्यो, विवादले उग्र रुप लियो, एकजनाको मृत्यु भयो, सयौँ घाइते भए । अहिले पनि कोशी प्रदेश अशान्त छ । सरकार गठनको छिनाझप्टीका कारण कोशी प्रदेश बदनाम मात्रै भएको छैन, टोलटोलमा मन्त्री र […]

भेटिरहने सहमतिका साथ क्यानडाका प्रधानमन्त्री ट्रुडो दम्पत्तिको डिभोर्स

साझा कथा । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नी श्रीमतीसँगको सम्बन्ध टुंग्याएका छन् । ५१ बर्षीय प्रधानमन्त्री ट्रुडोले श्रीमति (मोडेल तथा टेलिभिजन प्रस्तोता) सोफी ग्रेगोरीसँग सम्बन्ध विच्छेद गरेका हुन् । वैवाहिक जीवनको १८ वर्षपछि आफ्नी श्रीमतीसँग छुट्टिदा क्यानडाका प्रधानमन्त्री ट्रुडोले भनेका छन्, ‘धेरै अर्थपूर्ण तर जटिल छलफलबाट हामी यो निर्णयमा पुगेका छौँ ।’ तर उनीहरुबीच आउँदा […]

सुन तस्करी प्रकरणमा माओवादी – छानविन समितिबारे दुई धार, आफ्ना नेता पक्राउ गर्ने मुडमा प्रधानमन्त्री

साझा कथा । सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका केहि नेता सुन तस्करी प्रकरणमा जोडिएको आशंका गरिएपछि १ क्विन्टल सुन काण्डको छानविन अलमलमा परेको देखिएको छ । खासगरी नेकपा एमालेले माओवादीका केहि नेता र गृहमन्त्री नारायणकाजी श्रेष्ठ नै सुन तस्करीमा संलग्न रहेको आरोप लगाएपछि अनुसन्धान समेत प्रभावित भएको छ । हुन त यो प्रकरणमा अनुसन्धान […]

अधिवक्ता भगवती पाण्डे पक्राउ, के भनेकी थिइन् उनले ?

साझा कथा । मुस्लिम, मगर, तामाङलगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार बिहान उनलाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनले मगर र तामाङ समुदायप्रति लक्षित गरी विवाहबारे अभिव्यक्ति दिएकी थिइन् । केही दिनअघि टेलिभिजन अन्तर्वार्ताका क्रममा मुस्लिम, […]

फेरि १७३ पुग्यो पेट्रोलको भाउ, ग्यासमा राहत

साझा कथा । भारतीय आयल कर्पोरेशनले मूल्य बढाएपछि नेपाल आयल निगमले पनि पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमले मंगलबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य स्वचालित प्रणालीअनुसार बढाएको हो । नाफामा जान थालेपछि स्वचालित प्रणाली लागु गरेको निगमले अब भारतीय मूल्य अनुसार नेपालमा घटबढ गर्नेछ । नयाँ मुल्यवृद्धिसँगै पेट्रोल प्रतिलिटर […]

सुन तस्करी प्रकरण – गिजोलिन थाल्यो अनुसन्धान, विज्ञहरु भन्छन्, ‘संसदीय समितिको काम छैन’

साझा कथा । एक क्विन्टल सुन प्रकरणले तातेको राजनीति र समाज अझै सेलाइसकेको छैन । सुन तस्करी प्रकरणमा सरकारले एक ढंगबाट अनुसन्धान जारी राखेको जनाएको छ । राजश्व अनुसन्धान विभागले अप्रेशनहरु चलाइरहेको छ । सुन ल्याउने कम्पनी सिल गर्नेदेखि भरिया र एजेन्टहरु समात्न सकेको विभागले सुन पगाल्ने कारखाना पनि फेला पारेर सिल गरिसकेको छ । […]

मिटरव्याज कानुन – पीडितका पक्षमा पनि, पीडकका पक्षमा पनि

राजेश विद्रोही कानुनी रूपमै तर कानुनलाई दुरुपयोग गरेर अभरमा परेका निमुखाबाट सक्दो असुलीको प्रपञ्च हो, मिटरब्याज । यो आर्थिक अपराधको चरम रूपमध्येकै एक अपराध हो । यसमा आसामी आफूले मिटरब्याजीबाट लिएको ऋणको कैयौँ गुणा तिरेर सर्वस्व गुमाउँदासमेत ऋणमुक्त हुँदैन । विपन्नता र कुरीतिको पासोमा गाँजिएका नागरिकको चरम दोहनको एउटा उपकरण बनेको छ, मिटरब्याज । सुदखोरीको यो चरम विकृत रूप […]

डेढ महिनामा बाढी, पहिरो र चट्याङले लियो ५० को ज्यान, नौ अर्ब बढीको क्षति

नेपालमा मनसुन भित्रिएको डेढ महिना पुगेको छ । जेठ ३१ गते भित्रिएको मनसुनले नेपालमा जनधनको क्षति गरेको छ । मनसुनजन्य बाढी, पहिरो तथा चट्याङबाट अहिलेसम्म ५० जनाको मृत्यु भएको छ । यो अवधिमा २५ जना बेपत्ता भएका छन् । मनसुनका कारण साढे नौ अर्बभन्दा बढीको क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन […]

अन्यौलका बीच कोशीमा पुनः उद्धव थापा मुख्यमन्त्री

साझा कथा । अन्यौलका बीच कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा पुनः नियुक्त भएका छन् । थापालाई प्रदेश प्रमुख परशुराम खापङले मंगलबार साँझ मुख्यमन्त्री नियुक्त गरेका हुन् । कोशी प्रदेशका सभामुख बाबुराम गौतमलाई राजीनामा गर्न लगाएर बहुमत सदस्यको समर्थनसहित गठबन्धनका तर्फबाट कांग्रेसका थापाले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री दाबी पेश गरेका थिए । […]

कोशीमा सरकार निर्माणको सकस, एमाले र माओवादीको सरकार बनाउन गोप्य कसरत

साझा कथा । कोशी प्रदेशमा नयाँ सरकारको गठन सकसपूर्ण बनेको छ । कुन पार्टीको नेतृत्व र कुन गठबन्धन भन्ने अझै प्रष्ट चित्र आउन सकेको छैन । नयाँ सरकार गठनका लागि आज अपराह्न ५ बजेभित्र बहुमतसहित दाबी पेस गर्न समयसिमा तोकिएको छ । तर अझै पनि अहिले निर्माण भएका दुई अलग गठबन्धन कसैको पनि प्रष्ट बहुमत […]

१ मिनेटमा १३६ पटक जम्पिङ ज्याक, विनोदले राखे अर्को विश्व रेकर्ड

साझा कथा । नेपाली तेक्वान्दो खेलाडी विनोद थापाले पुनः अर्को विश्व कीर्तिमान् राखेका छन् । उनले १ मिनेटमा १३६ पटक जम्पिङ ज्याक (खुट्टा फट्याउँदै हात माथि लगेर गरिने शारीरिक अभ्यास) गरेर सर्वाधिक जम्पिङ ज्याकमा विश्व रेकर्ड राखेका हुन् । यसअघि सो कीर्तिमान् इजिप्टका खेलाडी मोहम्मद फेरिस सबनको नाममा रहेको थियो । उनले १ मिनेटमा १३२ […]

‘दुधको पायस’ अर्थात खीर, यस्ता छन् फाइदा र महत्व

साझा कथा । आज नेपाली समाजमा खीर खाएर साउन १५ मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने […]

डेढ महिना भयो मनसुन भित्रिएको तर खण्डीकृत भयो बर्षा

साझा कथा । केहिदिन अघि धनुषामा पानी नपरेको भन्दै सामूहिक पुजा आयोजना गरिएको थियो । पानी माग्दै कैयौँ लिटर दुध धर्तीलाई चढाइयो पनि । पश्चिम तराईका केहि जिल्लामा अहिले पनि रोपाईँ भएको छैन । रोपाईँ भएको ठाउँमा पानी नपुगेर धानको विरुवा पहेँलो हुन थालेको छ । पूर्वी भूभाग र मध्ये नेपालका केहि जिल्लामा ठूलो जनधनको […]

साझा मुक्का – भाग १० (पूरा भिडियो)

सुवोध गौतम, अहिले अधिकाँश नेपालीले चिन्ने नाम । ‘भद्रगोल’ टेलिशृंखलामार्फत युवापुस्तामाझ ‘एकदुमे’ नामले परिचित गौतम हाँस्यव्यंग्य विधामा पछिल्लो समय प्रभाव जमाउँदै गएका कलाकार हुन् । ‘क्यारिकेचर किङ’को उपमासमेत उनलाई प्राप्त छ । केहि बर्षयता गाईजात्रामा प्रभावकारी प्रस्तुति दिने गरेका कलाकार सुवोध गौतम अब साझा कथा मार्फत ‘साझा मुक्का’ लिएर आएका हुन् । बैशाख २४ गते […]

वारेन बफेटका ४ टिप्स, शेयर बजारबाट कसरी नाफा कमाउने ?

साझा कथा । वारेन बफेट, विश्व अर्थबजारमा सबैले चिनेको नाम । पछिल्लो समय शेयर बजारमा प्रवेश गर्नेहरुको संख्या बढ्दै जाँदा बफेटको नाम नेपालमा पनि चर्चा भइरहने नाम हो । शेयर बजारमा बादशाह नै मानिन्छन् उनी । शेयर बजारबारे उनका भनाई र लगानीकर्ताहरुलाई उनले दिने टिप्स विश्वभरका लगानीकर्तामाझ प्रसिद्ध छन् । शेयर बजारबाट मुनाफा लिन कुन […]

रातभर राजश्वको अप्रेशन, सुन पगाल्ने कारखाना सिल, ठमेलबाट एक जना पक्राउ

एक क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको राजश्व अनुसन्धान विभागको टोलीले शनिबार रातभर ठमेल र टोखा क्षेत्रमा अप्रेसन चलाएको छ । ठमेलको भियना होटल र टोखाको एक फ्याक्ट्रीमा विभागनको टोलीले छापा मारेको छ । विभाग स्रोतका अनुसार टोखाको फ्याक्टीमा सुन गाल्ने र रिफ्रेम गरेर अर्कै स्वरुपमा परिणत गर्ने मेसिन नै फेला परेको छ । फ्याक्ट्री […]

खाद्य संकट गहिरिने संकेत, के हुँदा राहत मिल्ला ?

रसियाले ब्ल्याक सी ग्रेन इनिसिएटिभ (बीएसजीआई) सम्झौताबाट आफूलाई अलग गरेको घोषणा गरेको छ । जुन सम्झौताले युक्रेनमा उत्पादित खाद्यान्न ब्ल्याक सी हुँदै विश्व बजारहरूमा सुरक्षित पहुँच गर्न अनुमति दिएको थियो । रुसको यो निर्णयपछि विश्वभर खाद्यान्नको मूल्य बढ्ने र खाद्य संकट अझ गहिरिने सम्भावना बढेको छ । तत्कालिन समय सम्झौता गराउनका निम्ति भूमिका खेलेका टर्कीका […]

“बाढी कुन बेला पस्छ पत्तो छैन, सामान पोको पारेर रातभर कुर्नुपरेको छ”

साझा कथा । वर्षातको पानीले किसानलाई राहत हुन्छ । तर बर्षा कसैका लागि अभिषाप हुन्छ । वर्षाले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरका स्थानीयको भोक, निद्रा उडाउँछ । महाकाली र जोगबुढा नदीमा आउने बाढीका कारण हरेक वर्ष सास्ती भोग्ने उनीहरु पानी परेको रात जागराम बस्छन्, खोलातिर हेर्दै । “बर्खा लागेपछि यहाँ बस्न गाह्रो हुन्छ, रातभर जागराम […]

एक क्विन्टल सुन काण्डमा मुछिएका राकेश अडुकिया को हुन् ?

पछिल्लो समय त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार पास भएर सिनामंगलमा समातिएको सुन प्रकणमा राकेशकुमार अडुकिया चर्चामा रहेका छन् । एक क्विन्टल सुन तस्करी प्रकरणमा व्यापारी अडुकियाको घरमा बुधबार राजस्व अनुसन्धान विभागको टोलीले छापा मारेपछि एकाएक उनी चर्चामा आएका हुन् । तस्करीमा संलग्न भएको आरोपमा कमलपोखरीस्थित अडुकियाको घरमा छापा मार्दा भने उनले नेपाल छाडिसकेका थिए । त्रिभुवन […]

ललिता निवास प्रकरण – ६ जना व्यापारी भागे, भारतबाट कसले भगायो दुबई ?

साझा कथा । सरकारले विभिन्न काण्डहरुको फाइल खोलेपछि विभिन्न व्यक्तिहरु पक्राउ पर्ने क्रम चलिरहेको छ । पछिल्लो साता चर्चामा रहेको सुन काण्डमा १७ जना पक्राउ परिसकेका छन् भने यसअघि चर्चामा आइसकेका तर अनुसन्धान नसकिएका काण्डहरुमा मुछिएकाहरु पनि पक्राउ पर्ने क्रम जारी छ । ललिता निवास जग्गा प्रकरणमा सिआइबीले अनुसन्धान कसिलो बनाउन थालेपछि नेपालका प्रख्यात व्यापारीहरु […]

एसियन गेम्सका लागि नेपाली क्रिकेट टिम घोषणा, ज्ञानेन्द्र, आरिफ र भीम सार्की आउट

साझा कथा । चीनको हाङ्झाउमा हुने १९ औँ एसियन गेम्सका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । रोहित कुमार पौडेलको कप्तानीमा हुने एशियाड खेल्ने टोलीमा तीव्र गतिका बलर अभिनाश बोहरा, विकेटकिपर विनोद भण्डारी र अलराउन्डर विवेक यादवले लामो समयपछि पुनरागमन गरेका छन् । टी–२० फर्म्याटमा हुने खेलमा आरिफ शेख, ज्ञानेन्द्र मल्ल र भीम सार्की […]

दहचोकको सेरोफेरो (फोटो कथा)

साझा कथा । काठमाडौंको कलंकीबाट ६ किलोमिटर टाढा उत्तरपश्चिममा रहेको दहचोक प्राकृतिक सौन्दर्यका हिसाबले सुन्दर र आकर्षक ठाउँ हो । चन्द्रागिरि नगरपालिका – १ मा पर्ने दहचोकबाट काठमाडौं उपत्यकाको मनोरम दृश्यसँगै धादिङतर्फका डाँडापाखा र खोल्साखोल्सी हेर्दा मन आनन्दित हुन्छ । यो ठाउँ प्राकृतिक दृष्टिले मात्रै महत्वपूर्ण छैन, पौराणिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिले पनि यसको महिमा […]

इटलीमा रहँदा के के गरे प्रधानमन्त्री प्रचण्डले ?

साझा कथा । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि कृषि कार्यक्रममा सहभागी भई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्केका छन् । ६ दिने भ्रमण सकेर उनी बिहीबार बिहान नेपाल फर्किएका हुन् । संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी यही साउन […]

जनशक्ति अभावमा स्टोरमै थन्कियो ‘लम्पी स्किन’को खोप

साझा कथा । विश्व पशु स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार एकै पटक लाखौँ पशुलाई कुनै खालको सङ्क्रमण देखिए भने त्यसलाई नियन्त्रण गर्न कम्तीमा ८० प्रतिशत पशुहरुमा खोप लगाउनुपर्ने हुन्छ । तर नेपालमा तीन महिनायता गाईभैँसीमा देखिएको ‘लम्पी स्किन’ रोग विरुद्धको खोप भने ३ प्रतिशतमा पनि लगाइएको छैन । सो रोग नियन्त्रणको भरपर्दो उपाय पनि खोप नै […]

सामाजिक सञ्जालको लत – ८ महिनाको छोरो बेचेर ‘आइफोन’, ७ बर्षीय छोरी बेच्ने योजना असफल

साझा कथा । सूचना प्रविधिको विकास र सामाजिक सञ्जालको बढ्दो क्रेजले अनेकथरी घटना निम्त्याइरहेका छन् । सामाजिक सञ्जालको लत लागेर मानिसहरु आफ्नो सिर्जनशिलता मासिरहेका छन् भने सञ्जालमा आउने लाइक, कमेन्ट र भाइरल हुने अभिलाषामा धेरै मानिसहरुको महत्वपूर्ण समय खेर गइरहेको छ । सामाजिक सञ्जाल मानवीय जीवनको अभिन्न अंग भएको सत्य हो । तर आफ्नो परिवारको […]

निमावि शिक्षक लाइसेन्सका लागि दरखास्त खुल्ला (सूचना सहित)

साझा कथा । कक्षा १२ उत्तिर्ण गरेका नेपाली नागरिकले दरखास्त दिन मिल्ने गरी शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खुलाएको छ। शिक्षक सेवा आयोगको साउन १० को निर्णय अनुसार (आज) साउन ११ गते देखि  भदौ ८ गते सम्ममा तोकिएको दस्तुर तिरेर दरखास्त दिन सकिने छ भने दोब्बर दस्तुर तिरेर […]

लामो समयको अन्तरालपछि तीज गीतमा देखिँदै महानायक

साझा कथा । नेपाली रजतपटका महानायक राजेश हमालको नयाँ तीज गीतको म्युजिक भिडियो आउने भएको छ । पछिल्लो केहि समय फिल्मको क्षेत्रबाट ब्रेक लिएका महानायक राजेश हमाल बेलाबेलामा म्युजिक भिडियोमा नदेखिएका भने होइनन् । कुनै बेला म्युजिक भिडियोमा समेत बाक्लै रुपमा देखिदै आएका थिए । पछिल्लो समय म्युजिक भिडियोमा कमै देखिएका महानायकलाई यसपटक भने उनका […]

उपत्यकामा सार्वजनिक यातायातको भाडा घट्यो

साझा कथा । नेपाल आयल निगमले साउन १ गतेबाट इन्धनको मुल्य घटाएसँगै बागमती प्रदेशले आज (बिहीबार) देखि सार्वजनिक यातायातको भाडा घटाउने निर्णय गरेको छ । गत जेठ ११ मा भाडा समायोजन गरेको प्रदेशले पुनः भाडादर घटाउन लागेको हो । नेपाल आयल निगमले साउन १ गतेबाट इन्धनको मुल्य स्वचालित प्रणालीमा गएसँगै प्रदेश सरकारले भाडा घटाउन लागेको […]

‘रेडि ट्रेड’ दिपक मलहोत्राको कम्पनी ? २ महिनायता ल्याएका सबै ‘ब्रेक शु’मा सुन रहेको पुष्टि

साझा कथा । गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको १ क्विन्टल सुन भित्र्याएको रेडी ट्रेड प्रालिले २ महिनायता १२ सय किलो ‘ब्रेक शु’ भित्र्याएको देखिएको छ । विहीबार विहानै राजस्व अनुसन्धान विभागको टोलीले रेडी ट्रेडको गोदाममा छापा मारेको छ । काठमाडौँको सोह्रखुट्टेस्थित रेडी ट्रेडको गोदाममा छापा मार्दा थप ११ सय किलो बराबरको […]

नाइजरमा सेनाद्वारा सत्ता कब्जा, अमेरिका र संयुक्त राष्ट्र संघले राष्ट्रपतिलाई सघाउने

साझा कथा । पश्चिम अफ्रिकी मुलुक नाइजरमा सैनिकहरूले सत्ता कब्जा गरेका छन्। उनीहरुले राष्ट्रपतिलाई नियन्त्रणमा लिँदै सत्ता कब्जा गरेका हुन् । बीबीसीका अनुसार नाइजरका राष्ट्रपति मोहम्मद बाजुमलाई हिरासतमा लिई सैनिकहरूले संविधान विघटन भएको घोषणा गरेका हुन् । राष्ट्रिय टेलिभिजनमार्फत विद्रोहको घोषणा गरेका उनीहरूले देशको संविधान विघटनका साथै सबै सरकारी निकाय र देशका सबै सीमाना बन्द […]

डेंगु मलेरियाका बिरामी बढ्दै– बिरामीको संख्या ४ हजार नाघ्यो, सुनसरीमा मात्र २ हजार ५००

साझम कथा । बर्षायाम सुरु भएलगत्तै लामखुट्टेको बिगबिगीका कारण देशमा डेंगु मलेरियाका बिरामी बढ्न थालेका छन् । अहिले देशमा डेंगुका बिरामी चार हजार बढी नाघेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले लगातार परिरहेको पानीका कारण र सरसफाइमा ध्यान नदिँदा सङ्क्रमण दैनिक बढिरहेको बताए। उनका अनुसार चार हजार २८९ जनामा डेंगुका […]

गौरिकाको नयाँ राष्ट्रिय कीर्तिमान

साझा कथा । जापानको फुकुओकामा आयोजना भएको २०औं वर्ल्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा नेपाली पौडीबाज खेलाडी गौरिका सिंहले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् । १३औं सागकी ४ स्वर्ण पदकधारी गौरिकाले ५० मिटर ब्याक स्ट्रोकमा ३१.४४ सेकेन्ड समयमा दूरी पूरा गर्दै गौरिकाले आफ्नै नाममा रहेको पुरानो समयमा सुधार ल्याउँदै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् । यस […]

अझै तौलिएन बरामद भएको १ क्विन्टल सुन, राजश्वले पत्र नै पठाएको छैन राष्ट्र बैँकलाई

साझा कथा । पछिल्लो साता सनसनी मच्चाएको १ क्विन्टल सुन बरामद गरिएको काण्ड अझै सेलाइसकेको छैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यहि प्रकरणलाई जोडेर गृहमन्त्रीको राजीनामा माग गर्दै संसद अवरुद्ध सुरु गरेको छ । एमालेको अवरोधका कारण संसद बैठक साउन १५ सम्म स्थगित भएको छ । तर बरामद गरिएको भनिएको सुनको वास्तविक तौल अझै […]

प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारिताः लक्ष्यभन्दा धेरैलाई रोजगारी

आर्थिक वर्ष २०७९–८० मा प्रधानमन्त्री रोजगार कार्यक्रमले लिएको राष्ट्रिय लक्ष्यभन्दा धेरैले रोजगारी प्राप्त गरेको देखिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आव २०७९८० मा ८६ हजारलाई न्यूनतम एक सय दिनको रोजगारी दिने राष्ट्रिय लक्ष्य राखेकामा २०८० साउन ९ सम्म तथ्याङ्क अनुसार ८९ हजार ५१९ जनाले औसत ७९ दिनको रोजगारी प्राप्त गरेका हुुन् । […]