अर्कैतिर गोली चल्दा किन यता घाइते हुन्छ एमाले ?

साझा कथा टिप्पणी । संसदलाई प्रतिपक्षको थलो मानिन्छ । सत्ता नशा हो, सत्तामा जानेहरुमा नशा चढेर उन्माद नहोस्, उन्मादमा जनहित विपरित कार्य नहोऊन् भनेर प्रतिपक्ष चनाखो भइरहनुपर्छ । सत्तापक्षलाई निरंकुश हुनबाट रोक्न र जनताका काममा सरकारलाई हिँडाइराख्न ‘वाच डग’ चाहिन्थ्यो । यहि अवधारणामा प्रतिपक्ष दलको व्यवस्था गरिएको हो । प्रतिपक्ष दलको नेतालाई सरकारी सेवा सुविधा […]

हराउँदै लाइन बस्ने ‘असल संस्कार’ (भिडियो कथा)

साझा कथा । गाडी चढ्नु अघि लाइन बस्ने ‘असल संस्कार’ जस्ले हेरेक यात्रुलाई सहज बनाउँछ । सपनाको सहर काठमाडौंमा केहि समय पहिला सुरु गरिएको लाईनमा बसी पालो अनुसार गाडी चढ्ने सिस्टम बर्तमान समयमा भने हराउँदै गएको छ । यस्तो राम्रो कामलाई फेरी निरन्तरता दिने कि ? साझा कथामा शिव श्रेष्ठले ‘सानो कुरा’ भनेका छन् । […]

चितवन, दाङ, पाल्पा र कैलालीमा हुँदैछ मंगलबार भारी बर्षा

साझा कथा । अहिले काठमाडौं उपत्यकासहित देशभर विभिन्न स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको अनुुसार यतिबेला कोशी, मधेश र कर्णाली प्रदेशका एकरदुई स्थानमा र बाँकी प्रदेशमा केही स्थानमा वर्षा भइरहेको हो । पछिल्लो ३ घण्टामा चितवन आसपास, पाल्पा आसपास, दाङ आसपास र कैलाली टीकापुरमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । […]

हरेक ‘काण्ड’मा किन रिसाउँछन् ओली ? गृहमन्त्रीतर्फ सोझियो उनको तीर

साझा कथा । आर्थिक अनियमितता, भ्रष्टाचार र मानव वेचविखन जस्ता कार्यहरु गर्नेहरु उपर सरकारले चालेको कदमको प्रशंसा भइरहँदा ती काण्डहरु विभिन्न पार्टीका नेताहरुतर्फ सोझिएपछि भने झमेला सिर्जना गर्ने गरिएको छ । सरकारले फाइल खोलेका विभिन्न काण्डमा काँग्रेस र एमालेका नेताहरु बढी संलग्न भएको देखिएको छ भने पछिल्लो सुन काण्डमा माओवादीका नेताहरुसमेतको नाम मुछिएको छ । […]

गर्मी भन्दा जाडोको लागि ठिक आइसक्रिम

साझा कथा । गर्मीमा तपाई आइसक्रिमको पारखी पक्कै हुनुहुन्छ होला । केहि व्यक्तिहरुले जाडोमा पनि आइसक्रिम खाइरहेको देख्दा तपाई जिब्रो टोक्नुहुन्छ होला । हो पनि, गर्मीमा शीतलताको अनुभूति गर्न मानिसहरु आइसक्रिम खाने गर्छन् । आइसक्रिम खाँदा शरिरको गर्मी हट्छ भन्ने उनीहरुलाई लाग्छ । त्यसैले जाडोमा कसैले खाएको देख्दा अचम्म मान्नु स्वभाविकै हो । तर कैयौं […]

खाँणको बचाउमा उत्रियो काँग्रेस, निलम्बन नहुने सम्भावना

साझा कथा । नेपाली काँग्रेसका प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण अहिले पुर्पक्षका लागि जेलमा छन् । गत बैशाख २७ गते पक्राउ परेका उनलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर गर्दै असार १ गते मात्रै पुर्पक्षका लागि जेल चलान गरिएको हो । बैशाखमा पक्राउ पर्ने वित्तिकै नेपाली काँग्रेसले खाँणलाई निलम्बन गर्नुपर्ने आवाज नउठेको होइन […]

लचिलो आयो मौद्रिक नीति, बैँकिङ क्षेत्र र शेयर बजारमा खुशीयाली

साझा कथा । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०–८१ को मौद्रिक नीति जारी गरेको छ । अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार र तरलता सहज भएपछि केन्द्रीय बैंकले तुलनात्मकरुपमा लचिलो मौद्रिक नीति सार्वजनिक गरेको छ । प्रमुख चासोका रुपमा हेरिएका सेयर बजार, घर जग्गा र हायर पर्चेज क्षेत्रमा राहत हुने गरी मौद्रिक नीति ल्याइएपछि सो क्षेत्रमा […]

एक मात्र बच्चामा सिमित हुँदै दम्पत्तीहरु, आखिर किन ? यी हुन् पाँच कारण

साझा कथा । मान्यजनहरुबाट दशैँको टिका थाप्दा पाउने आशिर्वादमध्ये एउटा थियो, ‘सन्तानले डाँडाकाँडा ढाकून्’, ‘परिवार दुबो झै मौलाइरहोस्’ । तर यो आशिर्वाद आजभोली लोप हुँदै गएको छ । हजुरबुबाको पुस्ताले पनि यो आशिर्वाद दिन छाडिसके र आशिर्वाद लिनेलाई यो कुराले कटक्क मन खान्छ । सन्तानले डाँडाकाँडा कसरी ढाकून् ? मानिसहरु चार आनामा सिमित हुन थालेका […]

काठमाडौं महानगर र नुवाकोटबासीबीच पुनः सहमति, ३ दिनभित्र उठिसक्नेछ काठमाडौंको फोहोर

साझा कथा । ७ दिनदेखि नुवाकोटबासी आन्दोलित भएपछि रोकिएको काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन आइतबारदेखि पुनः सुरु गरिएको छ । फोहोर व्यवस्थापन स्थलका स्थानीयले विभिन्न माग राख्दै काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन रोकेका थिए । शुक्रबार काठमाडौं महानगरले बल प्रयोग गरेर केही ट्रक फोहोर ल्याण्डफिल साइटमा पुर्याएको पनि थियो । तर शनिबार आन्दोलनरत पक्ष र काठमाडौं महानगरपछि […]

बिपी कोइरालाको ४१ औँ स्मृति दिवसः काँग्रेसको वर्तमान गञ्जागोल र बिपी

मदनराज उपाध्याय नेपालको राजनीतिमा पछिल्लो समय विभिन्न ढङ्गबाट राजनीतिक छाल तरङ्गित भइरहेका छन्। फेद र टुप्पोबिनै जनतामा भ्रम छर्ने गलत राजनीतिक अभ्यास गर्ने क्रम पनि बढ्दो छ। पुराना राजनीतिक शक्तिलाई गाली गरेर कुनै ठोस योजना र लक्ष्यबिनाका युवा र नयाँ तथा वैकल्पिक शक्तिको नाममा उदाएका केही व्यक्तिको उग्रता पनि अशोभनीय छ। राजनीति सबै नीतिको मूल […]

सुस्त मनसुन – ३७ प्रतिशत बर्षा, ६८ प्रतिशत रोपाईँ

साझा कथा । मुलुकमा जारी मनसुनी वर्षा केही सुस्त देखिएको छ । यस वर्षको वर्षा याममा कम पानी परेका कारण धान रोप्न किसानलाई समस्या भएको छ । पछिल्लो एक सातादेखि मनसुनी वर्षा पर्याप्त मात्रामा भएको छैन । भेगीय हिसाबले केही स्थानमा भारी वर्षा भए पनि देशभर निरन्तर वर्षा नहुँदा धान रोपाइँ प्रभावकारीरुपमा भएको छैन । […]

कृष्ण राउतलाई रिहा गर्न र मिनबहादुर गुरुङलाई थुनामै राख्न सर्वोच्चको आदेश

साझा कथा । सर्वोच्च अदालतले ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरुङसहित तीन जनालाई थुनामुक्त गर्न अस्वीकार गर्दा सोही प्रकरणमा पक्राउ परेका बहालवाला सचिव कृष्णबहादुर राउतलाई भने थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले सुधीरकुमार शाह, मीनबहादुर गुरुङ र धर्मप्रसाद गौतमको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको हो । […]

मजदुरको नाममा कम्पनी खडा गरेर सुन तस्करी – तस्कर फरार, मजदुर हिरासतमा

साझा कथा । तस्कर र माफियाहरुले कुन हदसम्म अपराध गरेका छन् भन्ने बुझ्न पछिल्लो सुन काण्ड नै काफी छ । उनीहरुकै कारण एकजना मजदुर हिरासतमा बसिरहेका छन् । साउन ३ गते हङकङबाट त्रिभुवन विमानस्थल भित्रिएको करिब १ क्विन्टल सुन राजस्व अनुसन्धान विभागले बरामद गर्‍यो । सो सुन मोटरसाइकल र स्कुटरमा लाग्ने ‘ब्रेक शु’ भित्र लुकाएर […]

३ बर्षमा लाग्ने ‘पुरुषोत्तम मेला’ (फोटो कथा)

साझा कथा । अतिरिक्त महिना मलमासमा विशेष मेला लाग्दै आएको काठमाडौं चन्द्रागिरीको मच्छेगाउँको मत्स्यनारायण मन्दिरमा ‘पुरुषोत्तम मेला’ चलिरहेको छ । साउन २ गतेबाट सुरु भएको मेला अवलोकन गर्न र मन्दिर दर्शन गर्न दैनिक हजारौँ भक्तजनहरु जाने गरेका छन् । काठमाडौँको मध्यभागबाट आठ किलोमिटर दक्षिण पश्चिममा रहेको चन्द्रागिरि नगरपालिका–९ स्थित मत्स्यनारायण मन्दिरमा मलमासको समयमा भगवान् विष्णुको […]

गुमराहमा रहेनछन् गृहमन्त्री – “खुमलटार, बालकोट र माओवादीकै भएपनि छोड्दिन”

साझा कथा । बुधबार त्रिभुवन विमानस्थलबाहिर झण्डै १ क्विन्टल सुन बरामद भएपछि गृहमन्त्रीलाई गुमराहमा राखेको भन्दै केहि व्यक्तिहरुबाट टिप्पणी गरिएको थियो । खासगरी प्रधानमन्त्री कार्यालय मातहतको राजश्व अनुसन्धान विभागको नेतृत्वमा सुन तस्करहरुलाई समाउन गरिएको अप्रेशनले गृहप्रशासनलाई वेवास्ता गरेको आशयसहितका टिप्पणी उठेका थिए । यो प्रकरणमा प्रहरीको संलग्नता नरहेपछि गृहमन्त्री र प्रहरी प्रशासन सन्तुष्ट नरहेको अड्कलबाजी […]

सुनको विषयमा राष्ट्रिय सभामा छलफल, एअरपोर्टको डिटेक्टर किन कराएन ?

साझा कथा । राष्ट्रिय सभा बैठकमा एक सय किलो सुन नेपाल अवैध रुपमा भित्रिएको विषयमा छलफल भएको छ । राष्ट्रिय सभा सदस्यहरुले १०० किलो सुन छिर्दा एयरपोर्टको डिटेक्टर किन कराएन भन्दै प्रश्न गरेका छन् । एयरपोर्टको सुरक्षा जाँचका सम्बन्धमा प्रश्न उठाउँदै सांसदहरुले त्यसको छानविन हुनुपर्ने माग गरे । नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता […]

१ क्विन्टल सुनकाण्ड – यसकारण भयो प्रहरी बेखबर

साझा कथा । झण्डै १ क्विन्टल सुन समातिएपछि विभिन्न अड्कलबाजीसँगै केहि रहस्यहरु उदघाटन भइरहेका छन् । भन्सार विभागको सक्रियतामा यति ठूलो मात्रामा सुन बरामद भएपनि समाचार पढ्नेहरुले बुझेका छन्, प्रहरी प्रशासनले सुन समात्यो । तर यसमा प्रहरी प्रशासन कतै संलग्न छैन । यतिसम्मकी सुन समातिएको कुरा प्रहरी अधिकारीहरुले समाचार हेरेर मात्रै थाहा पाएका छन् । […]

सुनको मूल्यमा नयाँ रेकर्ड, चाँदी पनि बढ्दै

साझा कथा । सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । विहीबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च अर्थात् प्रतितोला एक लाख १३ हजार छ सय रुपियाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबारको लुतनामा बिहीबार सुनको मूल्य प्रतितोला पाँच सय रुपियाँले बढेको जनाएको छ । योसँगै बिहीबार सुनको मूल्यले डेढ महिनाअघिको उच्च […]

कसको हो १ अर्ब बराबरको १ सय किलो सुन ? कसरी पास भयो विमानस्थल भन्सार ?

साझा कथा । नेपालमा बेला बेला अवैध सुन भित्रिएको घटनाले बजार तताउने गर्छ । ३३ किलो सुनसम्म पक्रिएका घटनाको पटाक्षेप हुन बाँकी रहँदै फेरि झण्डै १ क्विन्टल सुन समातिएको छ । नेपालमा सुन बरामद परिमाण यो नै अहिलेसम्मकै ठूलो हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पास भएर आएको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर […]

रमाउने उमेरमा कमाउँदै ‘कुशल’ (भिडियो कथा)

साझा कथा । कुशल १० वर्षका भए । उनी बिहान/बेलुका सडक छेऊमा बसेर तरकारीको व्यापार गर्छन् । उनको बोल्ने कला छ – जसले गर्दा तरकारी धेरै बिकाउन सक्छन् । उनको बोली सुनेरै धेरैले तरकारी किनेको अनुभव हामीसँग साटे । न्यून आए भएका कारण उनले तरकारी बेचेर कमाएको पैसाले नै विद्यालय पढ्दैछन् । उनी ढुंगेधारास्थित विभूति […]

लगातार ४ दिन बढ्यो नेप्से, बैँकहरुमा किन वृद्धि ?

साझा कथा । अंकमा सामान्य सुधार गर्दै अगाडि बढिरहेको नेप्से परिसूचक गत आइतवारयता लगातार चार दिन वृद्धि भइरहेको छ । चार कारोबार दिनमा परिसूचक ३ दशलमव ८ प्रतिशतले वृद्धि भएको हो । बजार बढ्दा लगानीकर्ताको आकर्षण बैकिङ्ग समूहमा परेको छ । अरु कपितय समूहरुमा करेक्सन भइरहँदा बैंकिङले बजारलाई बढ्न टेवा पुर्‍याएको हो । अधिकांश बैंकहरूको […]

इमर्जिङ टिम्स एसिया कपको अन्तिम खेलमा नेपाल यूएईमाथि हावी, कुशल भुर्तेलको उत्कृष्ट प्रदर्शन

साझा कथा ।  श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गतको अन्तिम खेलमा नेपालले युएईलाई ३ विकेटले पराजित गरेको छ । युएईले दिएको १ सय ५८ रनको लक्ष्य नेपालले २३ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो । नेपालका लागि कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गरे । यूएईको ६ महत्वपूर्ण विकेट लिन सफल भुर्तेलले जवाफी व्याटिङमा पनि […]

डेंगु नियन्त्रणको लागि पहिलोपटक बार्षिक कार्ययोजना

साझा कथा । डेंगु देखापरेको १९ वर्षपछि नेपालले पहिलोपटक वार्षिक कार्ययोजना बनाई लागू गरेको छ । सरकारले अहिलेसम्म डेंगु नियन्त्रण कार्यक्रम गर्दै आए पनि स्पष्ट वार्षिक कार्ययोजना बनाई लागू गरेको यो पहिलो पटक हो । यसअघि सरकारले डेंगु रोकथामका लागि वार्षिक कार्यक्रम गर्दै आएको थियो ।यस पटक डेंगु नियन्त्रणका लागि स्पष्ट वार्षिक कार्ययोजना बनाई ७७ […]

..जहाँ निजी विद्यालय नै छैनन्, विद्यालय खोल्ने क्रम रोकिँदै

साझा कथा । सामुदायिक विद्यालयहरुको गुणस्तर खस्किँदा नेपालमा निजी विद्यालयहरुको बाढी आयो । निजी विद्यालयको बोलवाला पछि सामुदायिक विद्यालयको स्तर झन् खस्कियो । खासगरी विद्यार्थीकै अभाव र सरकारी वेवास्ताका कारण सामुदायिक विद्यालय शिक्षकहरुको लागि जागीर खाने थलो मात्रै बन्यो । अहिले पनि देशैभर हजारौँ निजी स्कुल छन्, जसले अत्याधिक महंगोमा विद्यार्थीहरु पढाइरहेका छन् । सँगै […]

डिजिटल माध्यमबाट ठगी बढ्दो, कोठा खोजिदिने ग्रुपले पनि छोडेन

साझा कथा । चोरी र ठगीका घटनाहरु संसारभर हुन्छ । यसबाट नेपाल कसरी अछुतो रहन्थ्यो र ? तपाई नेपालका प्रमुख शहरहरुमा बसोबास गदै आउनुभएको छ भने तपाईले चोरी र ठगीका अनेक घटनाहरु देख्दै र सुन्दै पक्कै आउनुभएको होला । सुनचाँदी पसल तोडफोडदेखि विभिन्न मन्दिरबाट मुर्तिसमेत चोरी भएका समाचार त सामान्य भइसके । विज्ञानले नयाँ नयाँ […]

नेपालबाट भारततिर भइरहेको छ गोलभेँडा, बन्दा र काँक्रो तस्करी

भारतबाट नेपालमा कृषिउपजहरु तस्करी हुने वा कालोबजारीहरुले चलखेल गर्ने अनौठो होइन । तर नेपालबाट भारतर्फ गोलभेँडा तस्करी हुनु भने आश्चर्यजनक छ । भारतमा गोलभेँडाको मूल्य अकासिएपछि उत्तर प्रदेशसँग जोडिएको नेपाल–भारत सीमामा यसको तस्करी बढेको छ । भारतमा गोलभेँडाको मूल्य ग्रामीण क्षेत्रमा प्रतिकिलो १५० भारतीय रुपैयाँ र सहरी क्षेत्रमा २०० भारतीय रुपैयाँ पुगेको छ । यसले […]

लम्पी स्किनको देशैभर प्रभाव – भइसक्यो ३९ अर्बको क्षति, भयावह हुँदैछ समस्या

साझा कथा । पशुमा लाग्ने रोक लम्पी स्किनको प्रभाव नपरेको जिल्ला कुनै पनि छैन । नेपालमा तीन बर्षअघि देखापरेको लम्पी स्किनले महामारीको रुप लिइसकेको छ तर रोकथामको लागि प्रभावकारी पहल हुन सकेको छैन । पहिलो पटक २०७७ असारमा मोरङको सुन्दरहरैँचाका देखिएको लम्पी स्किन २०७७ अन्त्यसम्म आठ जिल्लामा फैलिएको थियो तर क्षति दर धेरै थिएन । […]

पार्टीका बैठक लाइभः दलहरु पारदर्शी भएको कि मिडियालाई काउन्टर दिएको ?

साझा कथा । कुनै अमुक राजनैतिक पार्टीको विभिन्न तहका बैठक बस्छन् । बैठकमा भएका छलफल र नेताहरुले व्यक्त गरेका कुराहरु बाहिर आउँदा कति भ्रम छर्ने गरी आउँछन्, कति तथ्यपरक आउँछन्, कतिपय अवस्थामा संचारमाध्यमहरुले आफ्नो मिसन अनुसार तथ्यलाई बंग्याएर शब्दमा खेल्छन् र समाचार पस्किन्छन् । यसले बैठकमा भएका वास्तविक कुरा भन्दा तोडमरोड गरिएका कुरा मात्रै जनताले […]

चन्द्रागिरिको भालेश्वरमा आरती (फोटो कथा)

साझा कथा । ऐतिहासिक र सांस्कृतिक महत्वको चन्द्रागिरिस्थित भालेश्वर मन्दिर आफैँमा सुन्दर छ । त्यो सुन्दरतामा सुगन्ध थपियो सोमबारको आरतीले । साउन महिनाको पहिलो सोमबार साँझ प्रस्तुत गरिएको आरती हेर्न कैयौँ व्यक्तिहरु साँझैसम्म भालेश्वर मन्दिर परिसरमा थिए । साउन महिनाभर हरेक सोमबार आरती प्रस्तुत गरिने मन्दिर व्यवस्थापनले जनाएको छ । साउने सोमबारको पहिलो आरतीका दृश्यहरु […]

भारतलाई नेपालले दियो १६८ रनको लक्ष्य, रोहितको सन्तोषजनक ब्याटिङ

साझा कथा । श्रीलंकाको कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारतलाई १६८ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको नेपालले भारतलाई ३९ ओभर खेल्दै १६८ रनको लक्ष्य दिएको हो । खेलमा नेपालका कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरेका छन् । उनले ६४ बलमा ६ वटा चौकासहित अर्धशतक […]

नयाँ आर्थिक वर्ष लागेसँगै सेयर बजारमा हरियाली

साझा कथा । नयाँ आर्थिक वर्ष २०८०–८१ को पहिलो दिन सोमबार सेयर बजारमा हरियाली छाएको छ । सोमबार नेप्से परिसूचक ४७.०७ अंकले बढेर २१४४.१६ विन्दुमा पुगेको छ। सूचकमा आकर्षक वृद्धिपछि नेप्सेले सजिलै २१ सय विन्दुलाई पार गर्न सफल भएको हो । आइतवार २ अर्ब ३७ करोड बराबरको शेयर कारोबार भएकोमा सोमवार २ अर्ब ५६ करोड […]

साउने व्रतको महिमा र सोमबारे औँसीको किस्सा

साझा कथा । साउने सोमबारलाई हिन्दुहरुले ठूलो महत्वका साथ हेर्छन् । यस बर्ष साउनको पहिलो दिन नै सोमबार परेको छ । त्यसैमाथि औँसी । यो गज्जबको संयोग विरलै हुन्छ । साउनको पहिलो सोमबार बिहानैदेखि विभिन्न मन्दिरहरुमा भक्तजनको ठूलोे भिड लागेको छ । साउनको सोमबार व्रत बस्नाले भगवान शिवको प्रिय हुने विश्वास रहदै आएको छ । […]

पुस्तकपछि रासायनिक मलको हैरानी अन्त्य, पहिलोपटक संसदमा उठेन कुरा

साझा कथा । श्रावण महिना सुरु हुँदा देशभर आधाभन्दा बढी रोपाईँ सकिएको छ । खण्डवृष्टि र अल्पवृष्टिका कारण रोपाईँ गर्न नसकेका किसानले यो बर्ष मलका कारण हैरानी भने भोग्नुपरेन । कृषिप्रधान देशको किसानले नै रासायनिक मल (युरिया, डिएपी र पोटास) प्राप्त गर्न भोग्नुपरेका सङ्घर्षका कथा आफैँमा अत्यन्त्य पीडादायी थिए अघिल्ला बर्षहरुमा । ‘मानो रोपेर मुरी […]

फेरि रोकियो काठमाडौंको फोहोर, कहिले पहिरिएलान् बालेनले खादामाला ?

साझा कथा । विभिन्न माग राखी बर्षौदेखि काठमाडौंको फोहोर विसर्जनमा अवरोध गर्दै आइरहेका नुवाकोटको सिस्डोल र बन्चरेडाँडाका स्थानीयले काठमाडौं उपत्यकाको फोहोर फ्याँक्न फेरि प्रतिबन्ध लगाएका छन् । ककनी गाउँपालिका, धुनिबेँसी नगरपालिकाका जनप्रतिनिधि र स्थानीयले काठमाडौंबाट फोहोर बोकेर गएका टिपरलाई सोमबारबाट बाटोमै रोकेका हुन् । डम्पिङ साइट आसपासका ढुंगाना गाउँ, पहिरे र सुडीनीलगायतका ठाउँमा फोहोरले बस्न […]

आज नेपालले भारतको सामना गर्दै, खेल्ने छैनन् करण, सन्दीप, ज्ञानेन्द्र र ऐरी

साझा कथा । जित्नैपर्ने दवावका साथ नेपाली क्रिकेट टिमले आज भारतको सामना गर्दै छ । श्रीलंकामा जारी एसीसी इमर्जिङ नेसन्स टिम्स कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज भारत ए टिमको सामना गर्ने भएको हो । खेल नेपाली समय अनुसार दिउँसो सवा दुई बजेदेखि शुरु हुँदैछ । प्रतियोगिताको अघिल्लो चरणमा प्रवेश गर्न आज […]

‘कर्णाली पारीको भिनाजु’ सार्वजनिक

साझा कथा । गायिका अनिता चलाउनेको ‘कर्णाली पारीको भिनाजु’ देउडा बोलको गीत अनिता अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ । सार्वजनिक गितमा नेपाल आईडल सिजन- २ का विजेता रवि ओड र गायिका चलाउने स्वर रहेको छ । गीतको शब्द डिबी खड्काले लेखेका हुन् , भने गीतको संगीत संयोजन विनोद बाजुराली गरेका  छन् । ‘कर्णाली पारी […]