किन भइरहेको छ बौद्धिक पलायन ?

नारायण सिटौला । बाह्र कक्षा पास गर्न नपाउदै विदेश पलायनको सोँच बनाइहाल्ने प्रवृत्ति नेपालमा अहिले ब्यापक रुपमा बढ्दो छ । नेपालमा बसेर भविष्य बनाउन नसकिने भएकाले विदेश नै पलाएन हुनुपर्छ भन्ने सोँच नै अहिलेको समयमा ब्यापक रुपमा हामीले देख्दै र सुन्दै आएका छौँ । सक्ने र हुनेले यो सोँच बनाउनु स्वभाविक नै हो तर आर्थिक […]

कप्तान थापासहित ३ जना भलिबल खेलाडीमाथि कारबाही

साझा कथा । नेपाल भलिबल संघले राष्ट्रिय टिमको कप्तान हरिहजुर थापालाई पदबाट बर्खास्त गरेको छ । गत सोमबार सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगको खेलमा क्रममा दशरथ रंगशालास्थित कभर्ड हलमा गण्डकी विरुद्ध आर्मीबाट खेलेका उनले कप्तानको भूमिका राम्रोसँग निर्वाह नगरेको र उनी कर्तव्यबाट विमुख भएको भन्दै भलिबल संघले कप्तान पदबाट हटाएको […]

बर्खामा सामान ढुवानी गर्न घोडा, खच्चडको प्रयोग, खच्चड व्यवसायी खुसी

साझा कथा । हरेक बर्ष वर्खायाम सुरु भए लगतै बाढी पहिरोका कारण गाडी गुड्ने सडकमा ठूला–ठूला ढुङ्गा मुठासहितले बाटो नै अबरुद्ध हुदै आएको छ । पहिरोकै कारण सडक छेकिँदा पैदलयात्रीलाई समेत पनि हिडडुल गर्न असहज हुन्छ । बागलुङको बजार क्षेत्रमा बर्खामा पनि सडक सञ्चालन भए पनि ग्रामीण सडक भने पूर्णरूपमा अवरुद्ध छन्। सडक अवरुद्ध हुँदा […]

आइतबार मध्यम, सोमबारदेखि भारी बर्षा

साझा कथा । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । यसको साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रही, कोशी, बागमती र लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले उल्लेख गरेको […]

सबैभन्दा धनी एमालेको आम्दानी २६ करोड, माओवादी केन्द्रभन्दा राप्रपा धनी

साझा कथा । केहि दिन अघि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले आफ्नो पार्टी ‘जमिन्दार पार्टी’ भएको बताएपछि विभिन्न टिकाटिप्पणी भएको थियो । हुन पनि हो, विप्लव नेतृत्वको पार्टीसँग सयौँ विगाहा जमिन रहेको छ । अन्य राजनैतिक दलहरुको सम्पत्ती भने कति होला ? निर्वाचन आयोगलाई आर्थिक बर्ष २०७९/८० को बार्षिक आयव्यय बुझाएका राजनैतिक […]

पहिलो पटक नेपालबाट चीनतर्फ घाँस निर्यात, अब जानेछ दैनिक २० कन्टेनर

साझा कथा । साना साना उपभोग्य बस्तु समेत निर्यात गरिरहेको नेपालले पहिलो पटक पशुआहार (हाइलेज) चीन निर्यात गरेको छ । चितवनको भरतपुरमा रहेको होराइजन इन्टरनेसनल प्रालिले उत्पादन गरेको पशुआहार आज एक कार्यक्रमबीच चीन निर्यात गरिएको हो । कम्पनीले तयार गरेको १० कन्टेनर पशुआहार पहिलो दिन चीन पठाइएको हो । कम्पनीका अनुसार अब क्रमशः दैनिक २० […]

हुँदैछ सुशासनको प्रत्याभूति

नन्दलाल खरेल सरकार सुशासन कायम गराउन दृढतापूर्वक लागेको नेपाली जनताले महसुस गर्न थालेका छन् । एकपछि अर्को क्रमशः भ्रष्टाचारका फाइल खोल्न थालिएको छ । भ्रष्टाचार निवारण र सुशासनको पक्षमा कोही कसैसँग सम्झौता नगर्ने र विगतका सबै काण्डमाथि छानबिन गर्ने हो भने आगामी दिनमा भ्रष्टाचार गर्नेहरू निरुत्साहित हुने छन् । सरकार प्रमुखको रूपमा रहेका प्रधानमन्त्री पुष्पकमल […]

पुरानो धरोहर, मत्स्यनारायण मन्दिर (फोटो कथा)

साझा कथा । नेपालको राजधानी काठमाडौंको दक्षिण–पश्चिम भागमा रहेको मत्स्यनारायण मन्दिर मत्स्यधाम, मिनकुण्ड, पर्यटन तथा धार्मिक पुरानो धरोहरको रूपमा रहेको छ । चन्द्रागिरि नगरपालिका वडा ९ मच्छेगाउँमा रहेको यस मन्दिरको धार्मिक र पुरातात्विक महत्व उत्तिकै छ । मच्छेगाउँमा हरेक तीन वर्षमा एक महिना सम्म मलमास नामको मेला लाग्ने गर्छ । यो महिनामा देशैभर भगवान विष्णुको […]

इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित

साझा कथा । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’सँग ४ विकेटले पराजित भएको छ । नेपालले दिएको १८० रनको लक्ष्य पाकिस्तान ‘ए’ले ३२.५ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । नेपालका लागि ललितनारायण राजवंशीले ३, पवन सर्राफले २ र कुशल मल्लले एक विकेट लिए । टस जितेर पहिला […]

इमर्जिङ एसिया कप – नेपालले पाकिस्तानलाई दियो १८० रनको लक्ष्य, बलर सोमपालले बनाए ७५ रन

साझा कथा । एसीसी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान ‘ए’लाई नेपालले १८० रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको नेपाल ३७ ओभरमा १७९ रन बनाएर अलआउट भयो । नेपालका लागि बलर सोमपाल कामीले अर्धशतक बनाए । कामीले १०० बलमा ७५ रन बनाए । कामीले ७५ रन बनाउँदा नेपालका व्याट्सम्यानहरु सस्तैमा पभेलियन फर्किए । […]

सरकार भन्छ मल पर्याप्त छ, गाउँमा भाग लगाएर बाँडिदैछ

साझा कथा । अहिलेसम्म देशभर जम्मा २७ प्रतिशत धान रोपाईँ सकिएको छ । कतै रोपाईँ चलिरहेको छ, कतै तयारी गरिएको छ । कति ठाउँमा भने पर्याप्त पानी नपर्दा विउ गोड्न सकिएको छैन । धानखेतीका लागि चाहिने रासायनिक मलले हरेक बर्ष तनाव दिने गर्छ । पर्याप्त मात्रामा मल नपाएपछि किसानहरुले यो बर्ष पनि भाग लगाएर मल […]

यस्तो अवस्थामा डेंगुले लिन सक्छ ज्यान..

डा अरुण कुमार सिंह बदलिँदो मोसमसँगै तराईको धरैजसो ठाउँ विशेषगरी जनकपुर,सिरहा ,राजविराज,बिरगञ्ज, भरतपुर, बिराटनगर, धरान, दमक आदि ठाउँमा लामखुटेको प्रभाव बढ्दै गइरहेको छ। मलेरिया, डेंगु, चिकेनगोनिया बालबालिकामा पनि देखिने गरेको छ । आज भोलि ज्वरोका साथ आउने धेरै जसो बालबालिकामा डेंगु जाँच गर्दा पोजेटीभ देखिन्छ । के हो डेंगु ? भाइरसद्धारा संक्रमित भएको एडिस एजिप्टाई […]

पाकिस्तानी ४ सन्तानकी आमा र भारतीय युवक सचिनको अनौठो प्रेम कहानी

पाकिस्तानी युवती सीमा गुलाम हैदर र भारतीय युवक सचिन मीणाबीचको प्रेम सम्बन्ध छिमेकी भारतमा चर्चित बनेको छ । आफूहरूबीच इन्टरनेटमा पब्जी खेल्दाखेल्दै प्रेम सम्बन्ध गाँसिएको उनीहरूले बताएका छन् । उनीहरूबीच पहिलो भेट भने नेपालमा भएको थियो । त्यसैले भारत र पाकिस्तानमा चर्चामा रहेको ती दुई बीचको प्रेम प्रसङ्गमा नेपाल पनि जोडिन पुगेको हो। नेपाली अधिकारीहरूले […]

मिस नेपाल शृंखला खतिवडालाई लक्षित गर्दै सिसनले भने, ‘मेरो एक्सलाई केहि नभन्नू’

साझा कथा । पछिल्लो समय सामाजिक सञ्जालमा हुने कटाक्ष, आलोचना र ट्रोलको सिकार भइरहेका नेपालका रंगकर्मीहरु र सेलिब्रेटीहरु । अहिले भने भ्लगर सिसन बानियाँ ट्रोल बनिरहेका छन् । पूर्वमिस नेपाल श्रृंखला खतिवडासँग नाम जोडिका बानियाँ पछिल्लो अत्यधिक ‘ट्रोल’ बनिरहेका हुन् । श्रृंखला मिस नेपालपछि मिस वर्ल्डमा भाग लिने क्रममा सिसनले धेरै सहयोग गरेपछि अफेयर रहेको […]

किन आउँदैछन् अमेरिकी मन्त्री नेपाल ?

साझा कथा । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु एक दिवसीय भ्रमणका आज आज नेपाल आउँदैछन् । नेपालस्थित अमेरिकी दूतावासका अनुसार नेपाल भ्रमणका क्रममा मन्त्री डोनाल्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । प्रधानमन्त्री दाहाल र परराष्ट्रमन्त्री साउदसँगको शिष्टाचार […]

२१० औँ भानु जयन्ती – घर खण्डहर, पनातिहरुको छुट्टै गुनासो

तनहुँ । मेरा इनार, न त सत्तल पाटी केही छन् जे चिज र धनहरू छन् घरभित्र नै छन् त्यस घाँसीले कसरी आज दियेछ अर्ति धिक्कार हो मकन बस्नु नराखी कीर्ति । (भानुभक्त आचार्य) दुई सय दशौँ भानु जयन्तीका अवसरमा आज देशैभर विभिन्न कार्यक्रम कार्यक्रम हुँदैछ । विभिन्न निकायहरुले विभिन्न कार्यक्रम गरी भानुभक्तको स्मरण र महिना […]

प्रचण्डका औपचारिक कार्यक्रम असार ३० सम्मका लागि स्थगित

साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ४ दिनसम्मका लागि आफ्ना राजनीतिक कार्यक्रम स्थगित गरेका छन् । प्रधानमन्त्री प्रचण्डले सरकारी, राजनीतिक तथा कुटनीतिक छलफल र भेटघाटलाई आउँदो ३० गतेसम्म स्थगित गरेका हुन् । पत्नी सीता दाहालको निधनका कारण शोकमा रहेका प्रधानमन्त्री प्रचण्डले श्रद्धाञ्जली र समवेदना दिन बालुवाटार आउनेहरुसँग भेटघाट र कुराकानी गर्ने बाहेक अरु कार्यक्रम […]

भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ

साझा कथा । बरिष्ठ व्यक्तिहरु पक्राउ परिसकेको नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका केशव तुलाधरलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सानोभर्‍याङबाट काठमाडौं महानगरपालिका ३० घर भई नयाँबजार खुशिबु बस्ने ५९ वर्षीय केशव तुलाधर पक्राउ परेका हुन् । प्रहरीका अनुसार भुटानी शरणार्थी प्रकरणमा उनको बैंक खाता प्रयोग भएको थियो । उनीसहित […]

डा. तोसिमा कार्कीले के नराम्रो बोलेकी छन् र ? सतहमै बरालियो समाज

रामकृष्ण शर्मा  कुनै पनि विषयमा मिडियाका सामु बोल्ने व्यक्ति उक्त विषयमा धेरथोर ज्ञान राखेर बोल्नुपर्छ । ज्ञान विनाको भाषण र प्रवचन फगत गफ मात्रै हो । ज्ञान हुँदाहुँदै पनि, लयमा बोल्दा बोल्दै पनि मिडियाका चतुर सम्पादक र विवाद सिर्जना गर्ने युट्युबरका कारण धेरै व्यक्तिहरु चिप्लिएका छन् । अरुकै बदमासीका कारण चिप्लिएर फेरि पुरानै अवस्थामा आउँदा […]

सचिव कृष्ण राउत पक्राउपछि कर्मचारीतन्त्रमा खैलाबैला, सरकारलाई असहयोगको पीर

साझा कथा । बहुचर्चित बालुवाटारको जग्गा हिनामिना प्रकरण अर्थात ललिता निवास काण्डमा संचार मन्त्रालयका सचिव कृष्ण राउत पक्राउ परे । यो प्रकरण भन्दा अघिल्लो नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि बहालवाला सचिव टेकनारायण पाण्डे पक्राउ परेका थिए । त्यस प्रकरणमा पूर्व गृहमन्त्री र पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी जस्ता ठूला माछा समेत पक्राउ परिसकेका छन् । पाण्डे […]

सीता दाहालको अन्त्येष्टि: अस्पतालदेखि आर्यघाटसम्म (फोटो कथा)

साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको पार्थिव शरीरलाई पशुपती आर्यघाटमा अन्त्येष्टि गरिएको छ । आर्यघाटमा उनलाई अन्तिम श्रद्धाञ्जली अर्पणका लागि धैरै मानिसहरुको भीड लागेको थियो । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले उनको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेसँगै दाहालको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा राजकीय सम्मानकासाथ अन्त्येष्टि गरिएको हो । । आर्यघाटमा […]

प्रहरी कसको साथी ? खुकुरी प्रहार गर्नेलाई प्रहरीकै संरक्षण

खम्म ठकुल्ला । ‘प्रहरी मेरो साथी’ यो नारा निकै चर्चित छ । तर खास खास क्षणमा ‘प्रहरी मेरो साथी’ होइन, ‘मेरो दुश्मन’ भएको पुष्टि हुन्छ । अक्सर कुनै पनि अपराधिक घटना हुँदा होस् या कोही अप्ठ्यारोमा पर्दा होस्, सबै भन्दा पहिला सम्झिने ठाउँ प्रहरी नै हो । तर मंगलबार राती भएको एक घटनाले प्रहरी संगठनमाथि […]

प्राकृतिक सुन्दरताले भरिपूर्ण अर्मलाकोट गाउँ

साझा कथा । माथि हिमाल। तल पोखरा उपत्यका। थुम्कोमा अर्मलाकोट गाउँ। धेरै ढुंगाले बान्की मिलाएर छाएको छानो त केही जस्तापाताले छाएका घर। ढुंगाकै गारो, ढुंगाकै बाटोले गाउँको पहिचान दिलाउँछ। शान्त वातावरण, स्वच्छ हावापानीले धेरैको मन फुरुङ्ङ हुन्छ। पोखरा महानगरपालिका–१६ अर्मलाकोट प्राकृतिक सुन्दरताले भरिपूर्ण छ। पोखरा सहरबाट १२ किलोमिटर टाढा रहेको अर्मलाकोट पछिल्लो समय पर्यटक र […]

सबै स्थानीय सरकारले गर्न पर्याे यस्ताे काम (भिडियो)

२०/२५ रुपैयाँ पर्ने पानी ५ रुपैयाँमा पाइन्छ । बजारमा किन्नै नपाउने १ गिलास पानी आफैले धारामा थापेर १ रुपैयाँमा कलकल खान पाइन्छ । अनि, खुशी नहुने को होला ? अहिले धेरै ठाउँमा देखिने यो पानी खान पाइने मेसिनको नाम हो वाटर एटीएम । जहाँ एक रुपैयाँमा एक गिलास पानी खान पाइन्छ । हिड्दै गर्दा तीर्खा […]

साझा मुक्का – भाग ९ (पूरा भिडियो)

सुवोध गौतम, अहिले अधिकाँश नेपालीले चिन्ने नाम । ‘भद्रगोल’ टेलिशृंखलामार्फत युवापुस्तामाझ ‘एकदुमे’ नामले परिचित गौतम हाँस्यव्यंग्य विधामा पछिल्लो समय प्रभाव जमाउँदै गएका कलाकार हुन् । ‘क्यारिकेचर किङ’को उपमासमेत उनलाई प्राप्त छ । केहि बर्षयता गाईजात्रामा प्रभावकारी प्रस्तुति दिने गरेका कलाकार सुवोध गौतम अब साझा कथा मार्फत ‘साझा मुक्का’ लिएर आएका हुन् । बैशाख २४ गते […]

पार्किन्सन पीडित सीता दाहाललाई भएको थियो हृदयघात, प्रधानमन्त्री पत्नीको निधन भएपछि सबै बैठकहरु स्थगित

साझा कथा । बुधबार विहान ८ः३३ मा निधन भएकी माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ । प्रधानमन्त्रीको सचिवालयले पशुपतिमा दिउँसो २ बजे अन्तिम संस्कार गर्ने जानकारी दिएको छ । त्यसअघि सिताको पार्थिव शरिर अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ११ बजेबाट माओवादीको केन्द्रीय कार्यालय […]

नेपालमा अस्तायो ५ सदस्यीय मेक्सिकन परिवार

साझा कथा । सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ को लामजुरा क्षेत्रमा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित ६ जनाको मृत्यु भएको छ । मंगलबार बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९ एन एएमभी कलसाइन रहेको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेन चेतबहादुर गुरुङ र ५ जना मेक्सिकन यात्रुको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ । […]

एमालेका संसद अवरोध शृंखला – फेरि पनि मच्चियो, मच्चियो, थच्चियो

साझा कथा । प्रतिपक्षी बेन्चमा पुग्नेवित्तिकै प्रतिनिधि सभा बैठकमा अवरोध गर्नु एमालेको बानी जस्तै भएको छ । इतिहास हेर्ने हो भने एमालेले ३ महिनासम्म लगातार संसद बैठक अवरोध गर्दै आइरहेको छ । २०५७ सालमा ५७ दिनसम्म संसद बैठक अवरोध गरेको रेकर्ड पनि एमालेसँगै छ । पछिल्लो समय एमालेले ७ दिन संसद बैठक अवरोध गर्यो । […]

“ब्रह्माण्ड अझै ठूलो र रित्तो हुँदै जाने छ”

वैज्ञानिकहरूले आदिम ब्रह्माण्डको गति ‘पाँचगुना कम’ भएको देखिएको बताएका छन् । अनुसन्धाताहरूले ब्रह्माण्डको उत्पत्ति हुँदाको समय मापन गर्न ‘क्वेजारहरू’बाट प्राप्त डेटा प्रयोग गरेका थिए । क्वेजारहरू आदिम तारापुञ्जको केन्द्रमा अवस्थित ‘अतिविशालकाय’ ब्ल्याक होल हुन् । नासाका अनुसार सूर्यको भन्दा तिनको द्रव्यमान अर्बौँ गुना बढी हुन्छ । क्वेजारहरू ब्रह्माण्डमा निकै टाढा छन् र ती सबैभन्दा चम्किला […]

मुर्रा भैँसीः कृषकको लागि वरदान, रोक्न सक्छ खाडी मुलुकको यात्रा

साझा कथा । सामान्य भैँसी भारु एक लाखमै पाउन सकिन्छ तर मुर्रा जातको भैँसीको मूल्य बिएमडब्लु कारको मूल्यभन्दा धेरै हुन्छ । अर्थात् पूर्ण नश्लको मुर्रा भैँसी किन्न भारु एक करोडभन्दा बढीसम्म तिर्नुपर्ने हुन्छ ।’ भारतीय अनलाइन ‘एबिपीलाइभ डटकम’ले सन् २०२२ डिसेम्बर १५ मा मुर्रा जातका भैँसीबारे यस्तै भावमा एक आलेख प्रकाशन गरेको थियो । अरु […]

पक्राउ परेका कलाकारहरुविरुद्ध मुद्दा दर्ता, हुन सक्छ ३ देखि ११ बर्ष कैद सजाय

साझा कथा । अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’ प्रकरणमा पक्राउ परेका ११ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । उनीहरुविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले ३ देखि ११ वर्षसम्म कैद सजाय माग गर्दै मुद्दा दर्ता गरेको हो । प्रकरणका मुख्य योजनाकारका रुपमा रहेका कैलालीको लम्किचुहा नगरपालिका–१० घर भई हाल […]

रेमिट्यान्सले धानेको मुलुकः ११ महिनामा भित्रियो ११ खर्ब रुपैयाँ

साझा कथा । मुलुकका आर्थिक सूचकांकहरु कमजोर रहँदा विप्रेषणले भरथेग गरिरहेको छ । यसैबीच चालु आर्थिक वर्षको जेठ मसान्तसम्म कूल ११ खर्ब १२ अर्ब ५२ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा चालु आर्थिक वर्षको ११ महिनासम्म विप्रेषण आप्रवाहमा २२ दशमलब सात […]

ललिता निवास काण्ड – विमानस्थलबाट पक्राउ परे बहालवाला सचिव, पक्राउ पर्लान पूर्वमन्त्रीहरु ?

साझा कथा । बालुवाटारको जग्गा हिनामिना गरिएको प्रकरण अर्थात ललिता निवास काण्डमा संलग्न ३०० बढी व्यक्तिहरुलाई पक्राउ गर्न प्रहरीले सरकारसँग अनुमति लिएको खबर सार्वजनिक भएसँगै वरिष्ठ व्यक्तिहरु पक्राउ पर्न थालेका छन् । आइतबार बहालवाला सञ्चार सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् । ललिता निवास प्रकरणमा अनुसन्धानमा तानिएका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राउत त्रिभुवन […]

साताको पहिलो दिन नेप्सेमा २८ अंकको वृद्धि

साझा कथा । साताको पहिलो कारोबार दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से परिसूचक २८ दशमलव ३८ अङ्कले उकालो लागेर दुई हजार ७७ दशमलव ७६ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ३५ अङ्कले उकालो लागेर […]

मिटरब्याज पीडितहरु फेरि सडकमा, एमालेका कारण बल्झियो घाउ

साझा कथा । १२ दिन पैदलयात्रामार्फत काठमाडौं आएर पहिलो चरणको आन्दोलन गरेका मिटरब्याज पीडितहरुसँग सरकारले पाँच बुँदे सहमति गर्यो । त्यसपछि उनीहरु घर फर्किए । तर सहमति कार्यान्वयन नभएको भन्दै मिटरब्याजपीडित फेरि आन्दोलित भएका छन् । मिटरब्याजविरूद्धको कानून पारित गर्न माग गर्दै २०८० असार २४ गते आइतबार पीडितहरु प्रदर्शनीमा उत्रिएका हुन् । काठमाडौंको माइतीघर मण्डलादेखि […]

जीवन आचार्य – प्रचण्डको ज्वाईँ भएको १० बर्षमै २ पटक मन्त्री, मुख्यमन्त्री बन्न सक्ने अड्कल

साझा कथा । कोशी प्रदेशका नवनियुक्त आर्थिक मामिला मन्त्री जीवन आचार्य प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का कान्छा ज्वाईँ हुन् । प्रचण्डकी स्वकीय सचिव गंगा दाहालका श्रीमान् जीवन आचार्यको कोशी प्रदेश सरकारमा भएको ‘इन्ट्री’लाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेको छ । उनलाई ‘सदावहार मन्त्री’ भन्दै आलोचना गरिएको छ । खासगरी उनको व्यक्तित्व र क्षमतामाथि प्रश्न गर्नेहरु र माओवादीवृत्तकै […]