परम्परागत राडीपाखी बुन्ने पेशा लोप हुँदा: बिक्री हुन छाड्यो ऊन

साझा कथा । व्यावसायिक भेडापालनमा लागेका भोजपुरका किसान ऊन बिक्री नभएपछि चिन्तित बनेका छन् । किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ऊन बिक्री नभएपछि उनीहरू चिन्तिमा बनेका हुन् । गाउँघरमा परम्परागत रूपमा गरिँदै आएको राडीपाखी बुन्ने पेशा लोप हुन थालेपछि उत्पादन भएको ऊन बिक्री हुन छाडेको टेम्केमैयुङ–२ का भेडापालक किसान गोविन्द कठेतले जानकारी दिए । […]

युवा नेता सुदेश पराजुली पोलिटब्यूरो सदस्यमा निर्वाचित

साझा कथा । एकीकृत समाजवादीको ८४ सदस्यीय पोलिटव्युरो कमिटी निर्वाचित भएको छ । एकीकृत समाजवादीले बिहीबार बिहान पोलिटब्युरो सदस्यहरुको निर्वाचन परिणाम पनि सार्वजनिक भएको हो । जसमा नेकपा (एकीकृत समाजवादी)का विद्यार्थी नेता सुदेश पराजुली पार्टीको पोलिटब्यूरो सदस्यमा लोकप्रिय मतसहित विजयी भएका छन् । पार्टीको पोलिटब्युरो सदस्यको लागि भएको मतदानमा नेता पराजुली १५४ मतसहित निर्वाचित भएका […]

पत्रकारिताका जन्मदाता मोतीराम भट्ट जन्मजयन्ती

साझा कथा । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९औँ जन्मजयन्ती आज विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन हुनुभएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्‍याएका थिए । नेपाली साहित्यको शृङ्गार रसलाई […]

पहिले गाउँका सोझा महिला बेचिन्थे, अहिले सहरका टाठाबाठा नै बेचिन थाले

साझा कथा । चितवनकी विपना गोले (नाम परिवर्तन)को घरमा साँझ बिहान दुई छाक खान धौधौ थियो । श्रीमानले ज्याला मजदुरी गरेर दुई चार पैसा कमाउँथे । तर, कमाएको पैसाले दिनहुँ रक्सी खाएर घरमा झैझगडा गर्थे । विपनालाई चार छोराछोरीको पालनपोषण गर्न कठिन थियो । कसरी बालबच्चालाई पेटभरी ख्वाउने भन्ने चिन्ताले विपनालाई सधैँभरि सताइरहन्थ्यो । यत्तिकैमा […]

सूर्यज्योति लाइफको ‘एजेन्सी अवार्ड नाइट-२०८१’ सम्पन्न (फोटोसहित)

साझा कथा । सूर्यज्योति लाइफ इन्स्यारेन्सको ‘एजेन्सी अवार्ड नाइट-२०८१’ शुक्रबार सम्पन्न भएको छ । उक्त अवार्ड समारोहमा देशभरबाट छानिएका करिव १५० जना एजेन्सी म्यानेजर तथा अभिकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रमा उपस्थित महानुभावहरुलाई बाग्मती प्रदेश प्रमुख ,चरण दास तिमल्सेनाले स्वागत मन्तव्यका साथ अभिनन्दन गरेका थिए । उक्त अवसरमा देशभरबाट आर्थिक वर्ष २०८०/०८१ मा उत्कृष्ट व्यवसाय […]

स्वामी आनन्द अरुणको आध्यात्मिक जीवनको अनुभव (भिडियो)

साझा कथा । स्वामी आनन्द अरुण ओशो तोपबन नेपालका प्रमुख हुन । जनकपुरको लोहनामा जन्मेका उनी सानै देखि साधना र आध्यात्मिकको खोजमा विभिन्न गुरु र आश्रमहरूमा बस्दै अहिले नेपालका एक आध्यात्मिक व्यक्तित्त्व बनेका छन् । अहिले ओशो तपोवन नार्गाजुनमा बस्दै आएका उनी सन् १९७४ मा ओशोबाट दीक्षित भएका थिए । हाल उनी विश्वमा ओशोको माध्यमबाट […]

न्यौपानेको अध्यक्षतामा टिबानमा नयाँ कार्यसमितिः पर्यटक बसपार्क पहिलो प्राथमिकता

साझा कथा । टुरिष्ट बस एसोसिएसन अफ् नेपाल (टिबान)को १३ औं वार्षिक साधारणसभा तथा ७ औं अधिवेशनले भिष्मप्रसाद न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सर्वसम्मत निर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा दीपक भट्टराई , द्वितीय उपाध्यक्षमा अशोक अर्याल, महासचिवमा प्रकाश चन्द्र अधिकारी र कोषाध्यक्षमा चिरञ्जीवी गिरी रहेका छन् । त्यस्तै , कार्यसमिति सदस्यमा रमेश पौडेल […]

“आरक्षण व्यवस्थामा सुधार आवश्यक छ” (भिडियो)

साझा कथा अनलाइन पोर्टलमार्फत कार्यक्रम ‘अभिलेख’को भाग- १८ मा राष्ट्रिय समावेशी आयोगका निवर्तमान अध्यक्ष डा. राम कृष्ण तिमल्सेनासँग ‘साझा कथा’मा सञ्चारकर्मी दीपकबाबु अर्यालले गरेको पछिल्लो विशेष कुराकानी प्रस्तुत गरेका छौं । ‘अभिलेख’ एक संवादमूलक टेलिभिजन कार्यक्रम हो । समाजका विभिन्न क्षेत्रमा योगदान दिनुभएका फरक व्यक्तित्वहरूको अनुभवको अभिलेखीकरण गर्नु नै यस कार्यक्रमको मूल उद्देश्य हो । […]

युरोपमा नेपाली भट्टी पसल (भिडियो)
रामप्रसाद सापकोटाको ‘आधा शताब्दी’ लोकार्पणः पुस्तकले बोल्यो पर्यटनको यथार्थ

साझा कथा । पर्यटन व्यवसायी रामप्रसाद सापकोटाद्वारा लिखित संस्मरणात्मक कृति ‘आधा शताब्दी’ एक विशेष समारोहकाबीच लोकार्पण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे र कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले सामुहिक रुपमा पुस्तकको थ्रीडी डमी अनावरण गरि कृतिको लोकार्पण गरेका हुन् । कृति लोकार्पण समारोहमा पर्यटन मन्त्री पाण्डेले एक सामान्य […]

आज श्रीकृष्ण जन्माष्टमी, यस्तो छ कृष्णको लिला

साझा कथा । भाद्र कृष्ण अष्टमीका दिनमा प्रत्येक वर्ष मनाइने ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । कंशको अत्याचारबाट मानव जातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौँ […]

जीवा लामिछानेको व्यवसायिक यात्रा (भिडियो)

व्यवसायको माध्यमबाट आफ्नो छवि र देशको नाम विश्वभर चिनाएका व्यक्ति हुन् – जीवा लामिछाने जीवा लामिछाने को हुन् चिनाइरहनु पर्दैन । उनी सन् १९८६ मा अध्ययनको लागि युरोप छिरेका थिए । झण्डै चालीस बर्षअघि इन्जिनियरिङ्ग अध्ययनका लागि तत्कालीन सोभियत संघ आउँदा युरोपमै व्यवसाय गर्नेबारे उनले सायदै सोचेका थिए। तर, आज उनी संसारभरका नेपालीमाझ सफल ब्यवसायी […]

इन्टर कलेज इनडोर क्रिकेट प्रतियोगिताको उपाधि पिनाकल कलेजलाई

साझा कथा ।  एईसीसी प्रथम इन्टर कलेज इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि पिनाकल एकेडेमीले जितेको छ । हाइप यति इभेन्ट्सको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनलमा पिनाकलले हिमालयन व्हाइट हाउसलाई ४ रनले पराजित गर्यो । चुनिखेल स्थित रोयल स्पोर्ट्स पार्कमा सम्पन्न खेलमा पिनाकलले दिएको ९९ रनको लक्ष्य पछ्याएको हिमालयन व्हाइट हाउस कलेजले पूरा १० ओभर ब्याटिंग गर्दै ६ […]

काठमाडौंमा गायन तथा अष्टिम्की चित्रकला कार्यशाला हुँदै

साझा कथा । काठमाडौंको टुषालमा एकदिने थारू लोक चित्रकलामा आधारित अष्टिम्की चित्र कार्यशाला एवं सामूहिक गायन हुने भएको छ । कार्यक्रम भदौ ८ गते भोली (शनिवार) बिहान ११ बजेबाट काठमाडौंको टुषालमा अवस्थित बरघर रेष्टुरेन्टमा हुने भएको हो । संरक्षण ओ उत्थानकलाग नाराका साथ ख्याल बगालको आयोजनामा हुन लागेको कार्यक्रममा थारु समुदायको लोक चित्रकलामा आधारित कृष्णजन्माष्टमीका […]

मुरलीधर एक अब्बल कलाकार तथा संगीतज्ञ (भिडियो)

साझा कथा अनलाइन पोर्टलमार्फत कार्यक्रम ‘अभिलेख’को भाग- १७ मा कलाकार तथा संगीतज्ञ मुरलीधरसँग ‘साझा कथा’ले गरेको पछिल्लो विशेष कुराकानी प्रस्तुत गरेका छौं । ‘अभिलेख’ एक संवादमूलक टेलिभिजन कार्यक्रम हो । समाजका विभिन्न क्षेत्रमा योगदान दिनुभएका फरक व्यक्तित्वहरूको अनुभवको अभिलेखीकरण गर्नु नै यस कार्यक्रमको मूल उद्देश्य हो । कार्यक्रमले विगतको खोज, अनुसन्धान र अनुभवलाई अभिलेखीकरण गर्दै […]

इन्टर कलेज इन्डोर क्रिकेट प्रतियोगिता सुरु (तस्बिरसहित)

साझा कथा । हाइप यति इभेन्टको आयोजनामा प्रथम इन्टर कलेज इनडोर क्रिकेट प्रतियोगिता आजबाट काठमाडौंको चुनिखेलमा अवस्थित रोयल स्पोर्ट्स पार्कमा सुरु भएको छ ।  उद्घाटन कार्यक्रममा नेपाली क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, नेपाली क्रिकेट टोलीका बायाँ हाते तीव्र गतिका बलर प्रतिश जिसी, ‘मिस्टर नेपाल २०१९’का विजेता डा. सन्तोष उपाध्याय र ‘मिस्टर सुप्रा नेसनल २०२४’ का […]

गाईजात्राको इतिहास के छ ? (भिडियो)
३२ कलेजको सहभागितामा ‘इन्टर कलेज इनडोर क्रिकेट प्रतियोगिता’

साझा कथा । प्रथम उपत्यकाव्यापी अन्तर इन्टर कलेज इनडोर क्रिकेट प्रतियोगिता भदौ ५ गतेदेखि  ८ गतेसम्म काठमाडौंको चुनिखेलमा हुने भएको छ । बुढानीलकण्ठ नगरपालिका – १३ चुनिखेलमा अवस्थित रोयल स्पोर्ट्स पार्क खेल मैदानमा बुधवारदेखि प्रतियोगिता शुरु हुन लागेको हो । हाइपिटि इभेन्टले पहिलो पटक आयोजना गरेको खेल तीन दिनसम्म चल्नेछ । हाइपिटि इभेन्टले एक पत्रकार […]

नारी शक्तिको गीत ‘बालिका’ सार्वजनिक (भिडियो)

साझा कथा । कैलाश घिमिरेको ‘बालीका’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा कैलाश घिमिरे र सज्जा चौलागाईको स्वर, श्रीकान्त सोनावानसँगै कैलाश घिमिरेकै संगीत, शब्द छ । अनुप चपागाईको निर्देशन रहेको गीतमा मोना घिमिरेको अभिनय रहेको छ । परी आउदा नारीले  आफ्नो रक्षाका निम्ति आफैँ लड्न सक्छ भन्ने भाब गीतको भिडियोले दर्शाएको छ […]

भवानी राणासँग अन्तरङ्ग कुराकानी (भिडियो)

नारी उद्यमशीलताकी अग्रणी भवानी राणा नेपाल उद्योग वाणिज्य महासङ्घकी १८औँ अध्यक्ष हुन् । नेपाल उद्योग वाणिज्य महासङ्घको इतिहासमा नै पहिलो महिला अध्यक्षसमेत बनेकी उनको जन्म वि.सं. २०२६ सालमा मनमोहन मिश्र तथा शोभा मिश्रकी कान्छी छोरीको रूपमा भएको हो । सेन्ट मेरिज स्कूल ललितपुरबाट माध्यमिक तहको पढाइ सम्पन्न गरेकी उनले भारतको लखनउबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी छन् […]

युरोपमा ५० होटल चलाएका नेपालीको कथा (भिडियो)

विश्व मानचित्रमा ठूलो र सम्पन्न मुलुक जर्मनी । नेपाल र जर्मनीविच मित्रवत सम्बन्धको लामो इतिहास छ । अध्ययन तथा अन्य अवसरका लागि यहाँ आइपुग्ने नेपालीको संख्या पनि ठूलै छ । जसमध्ये केही नेपालीहरुले आ–आफ्नो क्षेत्रमा उल्लेख्य सफलता हासिल गरिरहेका छन् । यस्तै, आफ्नो छवि र देशको नाम विश्वभर चिनाएका व्यक्ति हुन् – कुमार पन्त दुई […]

जीवनका लागि समय, बुद्दि र शक्तिको उपयोग (भिडियो)

साझा कथा अनलाइन पोर्टलमार्फत कार्यक्रम ‘अभिलेख’को भाग- १६ मा इन्जिनीयर रामहरि रिमालसँग ‘साझा कथा’ले गरेको पछिल्लो विशेष कुराकानी प्रस्तुत गरेका छौं । ‘अभिलेख’ एक संवादमूलक टेलिभिजन कार्यक्रम हो । समाजका विभिन्न क्षेत्रमा योगदान दिनुभएका फरक व्यक्तित्वहरूको अनुभवको अभिलेखीकरण गर्नु नै यस कार्यक्रमको मूल उद्देश्य हो । कार्यक्रमले विगतको खोज, अनुसन्धान र अनुभवलाई अभिलेखीकरण गर्दै नयाँ […]

जर्मनीलाई नेपालको भिसा दिने नेपालीको कथाः (भिडियो)

५० बर्षदेखि जर्मनीमा वस्दै आएका रामप्रताप थापा । उनको नाम नेपाल र जर्मनी दुवै देशले पत्याएको नेपाली मध्ये सवै भन्दा अग्रस्थानमा आउँछ । थापाको इमान्दारिता र विज्ञताकों आधारमा सन् २००३ मा नेपाल सरकारले उनलाई जर्मनीका लागि अवैतनिक महावाणिज्यदूत बनायो । दुई दशक भन्दा लामो समय अनवरत रुपमा उनी यो जिम्मेवारी सम्हालीरहेका छन् । निश्चित उद्देश्य […]

“हिमालयन वाइल्ड याक’ले विश्व चिनिएका दीपको कथा: भाग- २ (भिडियो)

काभ्रेको खार्ता गाउँमा जन्मेका दीप जर्गा मगर जो एस.एल.सी. सकेपछि काम र दामको अपेक्षामा काठमाडौं आए र त्यहाँ एक रेष्टुरेण्टमा भाडा माझ्ने काम गर्न थाले काम गरेको पैसा समेत नपाएका उनले पछि त्यो काम छोडे र अर्को रेष्टुरेण्टमा टेबल सफा गर्ने काम पनि गरे काम गर्दै जादा दीपले दुबई या कतार जाने सोच बनाइसकेका थिए […]

काठमाडौं प्लाजा नजिकको सडक भासियो

साझा कथा । काठमाडौं महानगरपालिकाको नजिक प्लाजादेखि उत्तरतर्फको सडक भासिएको छ । महानगरपालिका कार्यालय नजिकै रहेको सडकमा भ्वाङ परेपछि रातिदेखि सडक अवरुद्ध भएको हो । दरबारमार्ग र न्युप्लाजा जोड्ने सडक भासिएको हो । टुकुचा खोलामाथि रहेको यो सडक राति नै भासिएको महानगर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सडक भासिँदा बिहीबार रातिदेखि नै उक्त बाटो […]

कमल गाउँलेको २४औं गाईजात्रे कोसेली ‘भिषण ८४’ सार्बजनिक

साझा कथा । चर्चित हास्य कलाकार कमल गाउँलेले यस वर्षको गाईजात्राको अवसरमा २४औं गाईजात्रे कोसेली ‘ भिषण ८४’ सार्बजनिक गरेका छन्। गत वर्ष उनले ‘काण्डै काण्डको देश’ मार्फत राजनीतिक तथा सामाजिक विकृतिमा व्यंग्य प्रहार गरेका थिए । यस वर्ष पनि उनले राजनीतिलाई केन्द्रमा राखेर व्यंग्य प्रहार गरेका छन् भने नेपाली खेल क्षेत्र र चलचित्र क्षेत्रको […]

नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको रोल (भिडियो)

साझा कथा अनलाइन पोर्टलमार्फत कार्यक्रम ‘अभिलेख’को भाग- १५ मा वरिष्ठ इतिहासविद् डा. दिनेशराज पन्तसँग ‘साझा कथा’ले गरेको पछिल्लो विशेष कुराकानी प्रस्तुत गरेका छौं । ‘अभिलेख’ एक संवादमूलक टेलिभिजन कार्यक्रम हो । समाजका विभिन्न क्षेत्रमा योगदान दिनुभएका फरक व्यक्तित्वहरूको अनुभवको अभिलेखीकरण गर्नु नै यस कार्यक्रमको मूल उद्देश्य हो । कार्यक्रमले विगतको खोज, अनुसन्धान र अनुभवलाई अभिलेखीकरण […]

“हिमालयन वाइल्ड याक”ले विश्व चिनिएका दीपको कथा: भाग- १ (भिडियो)

काभ्रेको खार्ता गाउँमा जन्मेका दीप जर्गा मगर जो एस.एल.सी. सकेपछि काम र दामको अपेक्षामा काठमाडौं आए र त्यहाँ एक रेष्टुरेण्टमा भाडा माझ्ने काम गर्न थाले काम गरेको पैसा समेत नपाएका उनले पछि त्यो काम छोडे र अर्को रेष्टुरेण्टमा टेबल सफा गर्ने काम पनि गरे काम गर्दै जादा दीपले दुबई या कतार जाने सोच बनाइसकेका थिए […]

भोटो जात्राको अनौठो कथा (भिडियो)

काठमाडौँ उपत्यकामा रहेको टौदहमा एक जोडी नाग दम्पती बस्थ्यो । त्यो नागहरुका राजा कर्कोटक नागको जोडी थियो । एकपटक नागिनीको आँखा बिरामी भयो । राजाले नागिनीको आँखा उपचार गराउने वैद्य खोज्ने क्रममा भक्तपुरमा एक जना जान्ने ज्यापू वैद्य रहेको थाहा पाए । कर्कोटक नाग ज्यापू वैद्यलाई खोज्न गए । नागले ज्यापूलाई नागिनीको आँखा दुखेको बिन्ती […]

भोटो देखाउने जात्रा (फोटो कथा)

साझा कथा । वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन ललितपुरको जाउलाखेलमा भोटो देखाइएको छ  । हरेक वर्ष रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रामा गुठी संस्थानका हाकिमले “यो भोटो कसको हो” भनी देखाउने गर्छन् । कसैले सप्रमाण आएमा भोटो दिनुपर्छ भन्ने दाबी पनि गरिदै आएको छ । राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्रीलगायत अन्य सरकारी […]

नेपाली साहित्यका धरोहर अभि सुवेदीसँग अन्तरङ्ग संवाद (भिडियो)

नेपाली र अङ्ग्रेजी भाषामा समानान्तर कलम चलाउने एक साहित्यकार हुन् अभि सुवेदी । उनी नेपाली समालोचक, भाषाविद्, नाटककार, अनुवादक तथा कविको रुपमा प्रसिद्ध छन् । साहित्यिक र प्राध्यापनको पाँच दशक यात्रा पार गरेका उनले करिब तीन दर्जन कृति पाठकमाझ पस्की सकेका छन् । नेपाली साहित्य जगतमा उनको छवी बाह्य जस्तै सर्वथा भिन्न, उच्च र गम्भीर […]

नेपाली चेली जसले पेन्टीको उत्पादन विश्वप्रख्यात बनाए (भिडियो)

विश्व बजारमा पुगेका नेपालीहरुले आफ्नो नाम र देशको पहिचान फरकफरक ढंगले चिनाएका छन् । केहीले नमूनाका होटल तथा रेष्टुरेष्ट, केहीले व्यापाररव्यवसाय, केहीले आफ्नो बौद्धिकता त केहीले कला प्रस्तुत गरेर नेपाललाई विश्वमाझ परिचित गराएका छन् । यस्तै, जुन कामबारे बेलायत र अन्य देशका नागरिकले सोच्नसम्म भ्याएका थिएनन्, त्यस्तो कामलाई सिर्जनशील र नवीन उद्यमको रुपमा स्थापित गर्ने […]

उषा ठाकुरलाई १ लाख राशिको युगकवि सिद्धिचरण पुरस्कार

साझा कथा । यस वर्षको युगकवि सिद्धिचरण पुरस्कार वरिष्ठ समालोचक एवम् अन्वेषक प्राडा उषा ठाकुरलाई प्रदान गरिएको छ । युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औं जन्मजयन्तीका अवसरमा युगकवि सिद्धिचरण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्राध्यापक ठाकुरलाई एक लाख राशिको पुरस्कारबाट सम्मान गरिएको हो । यस्तै, ४० हजार राशिको युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनका ओखलढुंगा संवाददाता नवराज […]

म्हाँजु भञ्ज्याङ पार्क केन्द्रित भिडियोलाई पाटा गोल्ड अवार्ड (भिडियो)

साझा कथा । प्यासिफिक एसिया ट्राभल एसोसिएशन (पाटा)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘पाटा गोल्ड अवार्ड’को उपाधि यस पटक सिरुबारी नजिकै निर्माण भएको म्हाँजु भञ्ज्याङ पार्क केन्द्रित भिडियोले जितेको छ । नेपाल पर्यटन बोर्ड र यूएनडीपीको सहलगानीमा सञ्चालित जीविकोपार्जन पुनर्उत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी)ले सो पार्क स्याङ्जा जिल्लास्थित आँधिखोला गाउँपालिका १ मा निर्माण गरेको […]

जलविद्युतमा भ्रमको खेती (भिडियो)

साझा कथा अनलाइन पोर्टलमार्फत कार्यक्रम ‘अभिलेख’को भाग – १४ मा वरिष्ठ चर्टटर एकाउन्टेट रत्नसंसार श्रेष्ठसँग ‘साझा कथा’ले गरेको पछिल्लो विशेष कुराकानी प्रस्तुत गरेका छौं । ‘अभिलेख’ एक संवादमूलक टेलिभिजन कार्यक्रम हो । समाजका विभिन्न क्षेत्रमा योगदान दिनुभएका फरक व्यक्तित्वहरूको अनुभवको अभिलेखीकरण गर्नु नै यस कार्यक्रमको मूल उद्देश्य हो । कार्यक्रमले विगतको खोज, अनुसन्धान र अनुभवलाई […]

काठमाडौंमा बाढी (भिडियो)

साझा कथा । मंगलबार रातिदेखि परेको वर्षाका कारण काठमाडौं उपत्यका नदीहरूमा बहाव बढेको छ । वाग्मती नदीमा बहाव बढ्दा किनारमा रहेका बस्ती तथा विभिन्न संरचनाहरू जलमग्न भएका छन् । काठमाडौं महानगरपालिको बल्खु क्षेत्र र  ललितपुर महानगरपालिका– २ सानेपा, वडा नम्बर ९ शंखमूल, वडा नम्बर १ कुपण्डोल, महालक्ष्मी नगरपालिका– ७ चाँगाथलीलगायत स्थानमा बाढी पसेको छ । […]