निष्पक्षताको कसीमा अब्बल लोक सेवा आयोग

महेन्द्रप्रसाद गुरागाईँ । नेपालमा नेपाल सरकार अन्तरिम शासन विधान, २००७ ले सरकारको भर्ना निकाय र निजामती कर्मचारीहरूलाई विभागीय कारबाहीको लागि परामर्श उपलब्ध गराउने निकायको रूपमा लोक सेवा आयोगको व्यवस्था गरेबमोजिम २००८ असार १ गते आयोगको स्थापना भएको हो । नेपालमा त्यसपछि जारी भएका सबै संविधानहरूले आयोगको व्यवस्थालाई निरन्तरता दिएका छन् । यद्यपि, आयोगको भूमिकामा भने […]

नक्कली भुटानी शरणार्थी प्रकरणः पक्राउ परेका १८ मध्ये १६ जना थुनामा

साझा कथा । जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका दुई जनाबाहेक सबै अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । प्रहरीले मुद्दा चलाएका दुई जनाबाहेक सबै अभियुक्तलाई थुनामा पठाउने आदेश भएको हो । अदालतले हरिभक्त मर्हजनलाई ५ लाख र टंक कुमार गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश […]

बालेन शाहलाई हुन सक्छ ५० हजार जरिवाना (स्पष्टीकरण पत्रसहित)

साझा कथा । विना सूचना तार काटेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगरका मेयर बालेन शाहलाई स्पष्टीकरण सोधेको छ । सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पूर्वजानकारी र सूचना नदिई फेन्सिङ तार काटेको विषयमा मेयर बालेन सहित तीन जनालाई प्राधिकरणले स्पष्टीकरण सोधेको हो । महानगरको ९ नम्बर वडामा पर्ने प्राधिकरणको विमानस्थल क्षेत्रसँग सम्बन्धित क्षेत्रमा बिहीबार […]

चालु आर्थिक बर्षको बजेटः आम्दानी र खर्च दुबै न्यून

साझा कथा । चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा सरकारको आय ६० प्रतिशत र व्यय ६५ प्रतिशत बराबर मात्रै देखिएको छ । सुरुआती विनियोजित लक्ष्यको तुलनामा जेठ मसान्तसम्मको सरकारी आम्दानी र खर्च निकै न्यून हो । महालेखा नियन्त्रक कार्यालयको जेठ मसान्तसम्मको तथ्याङ्क अनुसार यो अवधिसम्ममा बजेट खर्च ११ खर्ब ७६ अर्ब छ करोड ५७ […]

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
प्रधान न्यायाधीशमा कार्कीको नाम अनुमोदन

साझा कथा । साउन १९ गतेबाट अनिवार्यमा अवकाशमा जान लागेका कायम मुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्कीको नाम अन्ततः प्रधान न्यायाधीशको लागि अनुमोदन भएको छ । उनी विरुद्ध परेका २९ वटा उजुरीउपर छानविन गरेर संसदीय सुनुवाई भएकोमा शुक्रबार कार्कीलाई प्रधान न्यायाधीशको रुपमा अनुमोदन गरिएको हो । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका कार्कीको नाम भावी […]

राजधानीमा बसपार्क बाहिरका टिकट काउण्टर हटाइए

साझा कथा । काठमाडौँ भित्रबाट उपत्यका बाहिरका विभिन्न जिल्लामा सञ्चालन हुने सार्वजनिक जीप तथा माइक्रोबस आजदेखि नयाँ बसपार्कबाट सञ्चालन भएका छन् । काठमाडौँ महानगरपालिकाले उपत्यकाको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका गत जेठ १९ गते एक सूचना जारी गरी असार १ गतेदेखि नयाँ बसपार्कभित्रबाट लामो, मध्यम तथा छोटो दूरीका सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको थियो […]

समाजवादी मोर्चाको कसरत, कलहको विउ कि बार्गेनिङ शक्तिको बढोत्तरी ?

साझा कथा । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्व नेकपाबीच मोर्चाबन्दी गर्न अन्तिम कसरत भइरहेको छ । छलफलका दौरान टुंगिन बाँकी रहेका विषय टुंगिए र बामदेव गौतम तथा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग सहमति भयो भनेशनिबारसम्म समाजवादी मोर्चाको घोषणा हुन सक्छ । यो मोर्चा बनाउन प्रधानमन्त्री तथा नेकपा माओवादी […]

असार १ गतेदेखि ३ महिना सडक खन्न रोक

साझा कथा । यसअघि आर्थिक बर्ष सकिनै लाग्दा धमाधम सडक खन्ने र बजेट सक्ने प्रयास हुन्थ्यो । तर यस बर्ष भोली असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले रोक लगाएको छ । वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिन […]

‘सट्टेबाज’ कलाकारहरु पक्राउ

साझा कथा । वान एक्स बेटमा विज्ञापन र सट्टेबाजी गर्ने गरेको आरोपमा ख्यातिप्राप्त कलाकारहरुसहित ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’, राजु मास्टर, म्याकुरी लगायत कलाकार र युट्युबर छन् । पक्राउ पर्नेमा गोरखा घर भई बनस्थली बस्ने ३५ वर्षीय हास्यकलाकार बल्छी ध्रुवे नामले चिनिएका मरिचमान श्रेष्ठ, धनकुटा घर […]

कामचोर कर्मचारीहरुमाथि निगरानी

साझा कथा । मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा कार्यरत निजामती कर्मचारीहरूमाथि निगरानी बढाइएको छ । कर्मचारीहरु बिहान हाजिर गर्ने र दिनभरि हराउन थालेपछि सिंहदरबारका सबै गेटहरुमा अनुगमन गर्न थालिएको हो । कार्यालय समयमा कर्मचारी आफ्नो कार्यकक्षमा नभेटिने तर बिहान बेलुकै हाजिरको रेकर्ड देखिएपछि अनुगमन गर्न थालिएको हो । राष्ट्रिय सतर्कता केन्द्रको निर्देशनमा अनुगमन गर्न थालिएको बताइएको […]

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
नेपालमा पहिलो पटक राष्ट्रिय सुरक्षा सल्लाहकार, सेवा सुविधा मन्त्री बराबर

साझा कथा । निवर्तमान मुख्यसचिव शंकरदास वैरागीलाई सरकारले राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गरेको छ । यो पद नेपालमा पहिलो हो । अन्य देशहरुमा राष्ट्रिय सुरक्षा सल्लाहकार रहने भएपनि नेपालमा भने पहिलोपटक नियुक्त गरिएको छ । विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले वर्तमान मुख्यसचिव वैरागीको ठाउँमा डा. बैकुण्ठ अर्याललाई ल्याउने निर्णय गरेको छ । नवनियुक्त मुख्यसचिव अर्याल केही […]

शेयर कारोबार ५ अर्ब माथि हुन थाल्यो

साझा कथा । जेठ महिनामै शेयर मार्केटमा तीव्र गिरावट आउँदा कुनै दिन ८० करोडसम्म मात्रैको कारोबार भएको थियो । तर अहिले बजारमा ५ अर्ब माथिको कारोबार हुन थालेको छ । बुधबार सेयर बजारको परिसूचक नेप्से १६.४ अंक बढेर २०३७.०६ अंकमा पुगेको छ । पहिले बजारमा सामान्य उतारचढाव भइरहेको हुनथ्यो भने आज बजारमा तीव्र रुपमा माथि […]

एक दिन ढिला गरी भित्रियो मनसुन, पश्चिममा केहि दिनपछि मात्रै पर्नेछ पानी

साझा कथा । चर्को गर्मी र तराई लु चल्न थालेपछि आक्रान्त भएको नेपाली जनजीवनमा शितलता छाउन थालेको छ । किनकी यस वर्षको मनसुन नेपाल भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यस वर्ष सरदर मितिभन्दा एक दिन ढिला गरी मनसुन भित्रिएको हो । कोशी प्रदेश, मधेश प्रदेशको पूर्वी भूभाग, बागमती […]

हट्दैछन् काठमाडौंका अव्यवस्थित तार, तर बटुवा लड्ने डर

साझा कथा । काठमाडौँ महानगरपालिकाभित्र अव्यवस्थितरूपमा राखिएका टेलिफोन, इन्टरनेटलगायतका तार व्यवस्थापनको काम धमाधमरूपमा भइरहेको छ । महानगरपालिकाको ताकेतापछि सेवा प्रदायक कम्पनीले टेलिफोन, इन्टरनेट, केवललगायतका तार व्यवस्थित गर्ने उद्देश्यले तार काट्ने र हटाउने काम भइरहेको हो । तर काटिएका तार सडकपेटीमा अलपत्र छोडिँदा पैदलयात्रुलाई समस्या हुनुका साथै त्यसले दुर्घटनाको जोखिम बढाएको छ । बानेश्वर, थापागाउँलगायत क्षेत्रमा […]

“भ्रष्टाचारीहरुसँग सम्झौता गर्दिन, बरु सरकार छोडिदिन्छु”

साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार जोगाउन भ्रष्टाचारीहरूसँग कुनै सम्झौता नगर्ने प्रष्ट पारेका छन् । पार्टी निकट पत्रकार संगठन प्रेस सेन्टर नेपालका पदाधिकारीसहितको टोलीले बुधवार बिहान बालुवाटारमा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा उनले बरु आफू सरकार छाड्न तयार रहेको बताए । नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्ता स्वार्थकै लागि कसैलाई उन्मुक्ति दिने हो कि भन्ने […]

१५ दिनका लागि किन बनाइँदैछ हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश ?

साझा कथा । नेपालमा अवकाश प्राप्त प्रधानन्यायाधीशलाई एउटा करोड मूल्य बराबरको गाडी, मासिक १५० लिटर इन्धन, त्रैमासिक रूपमा मोविल, सवारी चालक, कार्यालय सहयोगी, भान्से, गाडी मर्मत खर्च, सुरक्षाकर्मी लगायत आजिवन सुविधा दिनुपर्ने हुन्छ । यो सुविधा प्राप्त गर्ने लाइनमा छन् कायम मुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्की । कार्कीलाई नियुक्ति दिँदा राज्यकोषको चरम दुरुपयोग हुने देखिन्छ […]

राष्ट्रपति पौडेल फेरि विरामी, हृदय केन्द्रमा उपचार हुँदै

साझा कथा । केहि समयअघि भारतमा उपचार गराएर फर्किएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा फेरि समस्या देखा परेको छ । मुटुमा समस्या देखिएपछि उनलाई बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरेर उपचार सुरु गरिएको छ । स्रोतका अनुसार उनलाई मंगलबार बिहान ११ बजे भर्ना गरिएको हो । अहिले उनलाई अस्पतालको भीआईपीतर्फ ६ नम्बर क्याबिनको २५४ […]

बालबिबाहको अभियोगमा दुलाहा-दुलही र दुलाहाका बुबा पक्राउ

साझा कथा । धनकुटामा बालबिबाह गरेको अभियोगमा प्रहरीले एक जोडीलाई विवाह मण्डपबाटै नियन्त्रणमा लिएको छ । धनकुटा नगरपालिका–४ देब्रेबासस्थित बेहुलाका घरबाट १९ वर्षीय बेहुला नरेश मङराती र १५ वर्षीया बेहुली सफला खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो । त्यस्तै, पक्राउ पर्नेमा बेहुलाका बाबु कृष्ण पनि रहेको प्रहरीले जनाएको छ । गत वैशाख १ गते नरेश र सफताले […]

कोकाहाको पानी धरान ल्याएपछि रोए हर्क साम्पाङ

साझा कथा । फेसबुकमा अलि कठोर, असहिष्णु र अराजक देखिने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कोमल हृदय र भावुकता बेला बेला पोखिने गर्छ । महिनौँसम्मको मेहनत र जनश्रमदानबाट धरानमा कोकाहा खोलाको पानी ल्याउन सफल भएपछि उनको भावुक हृदय फेरि एकपटक प्रस्फुटित भयो । सोमबारको मध्यराती कोकाहाको पानी धरान २० स्थित पकुवा खोलामा झरेको हो । […]

भैरहवा विमानस्थलमा नेपाल एअरलाइन्सको पहिलो अन्तर्राष्ट्रिय अवतरण, विमानले पालना गर्नुपर्नेछ यी नियम

साझा कथा । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली ध्वजावहाक नेपाल एअरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय अवतरण गरेको छ । मलेसियाको क्वालालम्पुरबाट नेपाल एअरलाइन्सले भैरहवा विमानस्थलमा पहिलो पटक उडान गरेको हो । विमानस्थल संचालनमा आएको एक वर्षपछि आज मंगलबारबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको अन्तरष्ट्रिय नियमित उडान सुरु गरेको हो । मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा मलेसियाको क्वालालम्पुरबाट आएको […]

सरकार छोड्लान् माधव नेपालले ? (भिडियो)

पछिल्लो सयम पत्रपत्रिका, रेडियो टेलिभिजन, अनलाइनहरुमा तपाईँले देखिरहनुभएको छ होला, सुनिरहनुभएको छ होला एमालेबाट छुट्टिएर एकीकृत समाजवादी पार्टी बनाएका माधव कुमार नेपाल प्रधानमन्त्री प्रचण्डसँग रिसाइरहेका छन् । तत्कालीन नेकपा अध्यक्ष केपी शर्मा ओलीबाट पीडित हुन थालेपछि प्रचण्ड र माधव नेपालबीच गज्जबको दोस्ती बनेको थियो । एमालेसँगको गठबन्धन भत्काएर काँग्रेससहितको गठबन्धन बनाउन प्रचण्डलाई मनाएका उनै माधव […]

प्रचण्ड पत्नी सीता दाहालको अवस्था गम्भीर, नर्भिकमा राखियो

साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल गम्भीर भएकी छन् । यसअघि मेडिसिटी अस्पतालमा राखेर उपचार गरिएकोमा उनलाई अहिले भने नर्भिक अस्पताल थापाथली ल्याइएको छ । सीता प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट ग्रसित हुँदै आएकी छन् । यो रोगबाट मानिसको शारीरिक र मानसिक अवस्था असन्तुलित हुने गर्दछ । रोग निको हुने अपेक्षामा […]

लम्पी स्किन संक्रमणबाट पशुचौपायाको मृत्यु क्रम बढ्दो, बिमा कम्पनीले भने – ‘पशुधनको बिमा गर्न सक्दैनौँ’

साझा कथा । चितवनमा लम्पी स्किन संक्रमणबाट पशुचौपायाको मृत्यु हुने क्रम बढेपछि बिमा कम्पनीले पशुधनको बिमा गर्न छाडिदिएका छन् । चितवनमा रहेका बिमा कम्पनीले पशुपालक कृषकको गाईभैँसीको बिमा नगदिएको भन्दै कृषकले आइतबार प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गरेका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले विगत एक महिनादेखि बिमा कम्पनीले गाईभैँसीको बिमा […]

लामो समयदेखि पानी नपरेपछि दुम्कौलीमा ‘इन्द्रपूजा’

साझा कथा । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) दुम्कौलीमा लामो समयदेखि पानी नपरेपछि ‘इन्द्रपूजा’ गरिएको छ। देवचुली नगरपालिका–१ स्थित दुम्कौलीको नारायणी नदी किनारस्थित दिव्यधाम मन्दिरमा स्थानीयले इन्द्रको पूजा गरेका हुन्। खेतबारीमा लगाइएको तरकारी तथा अन्नबालीका साथै फलफूल सुक्न थालेपछि स्थानीयले पानी पारिदिन आग्रह गर्दै वैदिक मन्त्रसहित इन्द्रको पूजा गरेका हुन् । मन्दिर व्यवस्थापन समिति अध्यक्ष तिलप्रसाद पाठकले मन्दिरमा […]

“अदालतमा त कसैले सत्य बोल्दो रहेनछ”

साझा कथा । प्रधानमन्त्रीको भारत भ्रमणका कारण ओझेलमा परेको छ, नक्कली भुटानी शरणार्थी प्रकरण । उक्त प्रकरणका अभियुक्तहरुको थुनछेक बहस भने चलिरहेको छ । गत बुधबारदेखि सुरु भएको बहस चौथो दिनसम्म आइपुग्दा केशव दुलाल, सानु भण्डारी, सागर राई, टंक गुरुङ, इन्द्रजित राई, सन्देश शर्मा, टोपबहादुर रायमाझी, सन्दीप रायमाझी र टेकनारायण पाण्डेको तर्फबाट कविलहरुले बहस गरिसकेका […]

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
निजामति कर्मचारीहरुले टिकटक बनाए कारवाही

साझा कथा । सरकारले निजामति कर्मचारीहरुलाई कार्यालय समयमा टिकटक बनाउन रोक लगाएको छ । कार्यालय समयमा कार्यालय पोशाक लगाएर टिकटक बनाउने बानी परेकाहरुलाई यो निर्णयले अप्ठ्यारो पर्ने भउको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तपाईको त्यस्तो बानी छ भने तत्काल नरोके कारवाही गर्ने गरि परिपत्र गरेको छ। कार्यालय समय वा पोसाक लगाएर र […]

माधव नेपाल किन निहुँ खोजिरहेका छन् प्रचण्डसँग ?

साझा कथा टिप्पणी । पछिल्लो सयम पत्रपत्रिका, रेडियो टेलिभिजन, अनलाइनहरुमा तपाईँले देखिरहनुभएको छ होला, सुनिरहनुभएको छ होला एमालेबाट छुट्टिएर एकीकृत समाजवादी पार्टी बनाएका माधव कुमार नेपाल प्रधानमन्त्री प्रचण्डसँग रिसाइरहेका छन् । तत्कालीन नेकपा अध्यक्ष केपी शर्मा ओलीबाट पीडित हुन थालेपछि प्रचण्ड र माधव नेपालबीच गज्जबको दोस्ती बनेको थियो । एमालेसँगको गठबन्धन भत्काएर काँग्रेससहितको गठबन्धन बनाउन […]

साझा मुक्का – भाग ६ (पूरा भिडियो)

सुवोध गौतम, अहिले अधिकाँश नेपालीले चिन्ने नाम । ‘भद्रगोल’ टेलिशृंखलामार्फत युवापुस्तामाझ ‘एकदुमे’ नामले परिचित गौतम हाँस्यव्यंग्य विधामा पछिल्लो समय प्रभाव जमाउँदै गएका कलाकार हुन् । ‘क्यारिकेचर किङ’को उपमासमेत उनलाई प्राप्त छ । केहि बर्षयता गाईजात्रामा प्रभावकारी प्रस्तुति दिने गरेका कलाकार सुवोध गौतम अब साझा कथा मार्फत ‘साझा मुक्का’ लिएर आएका हुन् । बैशाख २४ गते […]

चम्किदैछ नेप्से, साताको पहिलो दिन ४० अंकले बढ्यो

साझा कथा । सरकारले ल्याएको आर्थिक बर्ष २०८०–८१ को बजेट अस्वीकार गर्दै निरन्तर ओरालो लाग्न थालेको शेयर बजार अर्थमन्त्रीसँग शेयर बजारका सरोकारवालाहरुले छलफल गरेपछि भने चम्किन थालेको छ । सेयर बजारमा विस्तारै सकारात्मक माहौल देखिएको छ । सूचकसँगै दैनिक खरिदबिक्री रकममा पनि बढोत्तरी भएपछि लगानीकर्ता उत्साहित भएको देखिएको छ । असार महिना पनि नजिकिएको छ […]

प्रचण्ड र डा. बाबुरामविरुद्ध अदालतमा मुद्दा दर्ता, पेसी मंगलबार

साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेता डा. बाबुराम भट्टराईलाई कारबाही गर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । सशस्त्र युद्धका बालसेना लेनिन विष्टले १० वर्षे सशस्त्र संघर्षमा बालबालिका प्रयोग गरेको आरोपमा प्रचण्ड र भट्टराईलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दिएका हुन् । मुद्दाको सर्वोच्च अदालतले पेसी मंगलबारका लागि तोकेको […]

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
भारत-पाकिस्तान सम्बन्धको कोपभाजनमा एसिया कप, नेपाल श्रीलंका जाने सम्भावना

साझा कथा । एसिया कपको नेपाल, भारत र पाकिस्तान रहेको समूहका खेल श्रीलंकामा हुने सम्भावना बढेको छ । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले प्रस्ताव गरेको नयाँ हाइब्रिड मोडेललाई एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले अनुमोदन गर्ने सम्भावना बढेपछि यो समूहका खेल श्रीलंकामा हुने सम्भावना बढेको हो । प्रस्तावअनुसार भारत, नेपाल र पाकिस्तान रहेको समूह ‘ए’ का […]

काम खोज्दै १७८ मुलुक पुगेका छन् नेपाली, जर्मनी र रोमानियासँग श्रम सम्झौता गर्ने तयारी

साझा कथा । रोजगारीको अभाव र भएको रोजगारीबाट पनि रोजिरोटी चलाउन मुस्किल हुने भएपछि आफ्नो श्रम बेच्नका लागि नेपालीहरु कैयौँ देश पुगेका छन् । श्रमकै लागि ६० को दशक अघि थोरै मात्र नेपाली थोरै मुलुकमा पुग्ने गरेका थिए । अध्ययनको लागि जाने विद्यार्थीहरुको संख्या पनि न्यून थियो । तर अहिले समय बदलिएको छ । लाखौँ […]