आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषण (प्रत्यक्ष प्रसारण)
नेपाली चलचित्रले जगाएको आशा

साझा कथा । नेपाली चलचित्रको बजार बढिरहेको छ । नेपालसँगै नेपाली बसोबास गरिरहेका अन्य देशमा समेत विस्तार भइरहेको बजारले यसलाई उद्योगको रूपमा बलियो बनाउने विश्वास पनि बढ्दै छ । विशेषतः डिजिटल प्रविधिमा चलचित्र निर्माण तथा प्रदर्शन हुन थालेपछि चलचित्रको बजार विस्तार हुन थालेको हो । पहिले सेल्युलाइड प्रविधिमा रिलमार्फत चलचित्र प्रदर्शन गरिँदा उपत्यका बाहिर वा […]

गणतन्त्र विशेषः अनुभव र अनुभूतिमा गणतन्त्र नेपाल

रामचन्द्र पोखरेल  ।  विसं २०७२ असोज ३ गते नेपालको इतिहासमा जनताको विजय प्रमाणित भएको दिन हो । यसैदिन प्रथम राष्ट्रपति डा. रामवरण यादव जननिर्वाचित संविधानसभाद्वारा पारित नेपालको संविधान संविधानसभाकै ऐतिहासक सदनमा घोषणा गरेका थिए । गणतन्त्र घोषणा भएको १७ वर्ष भइसकेको छ । गणतन्त्रलाई संविधानसभाद्वारा लालमोहर लागेको पनि झण्डै एक दशक हुन लागेको छ । […]

साझा मुक्का – भाग ४ (पूरा भिडियो)

सुवोध गौतम, अहिले अधिकाँश नेपालीले चिन्ने नाम । ‘भद्रगोल’ टेलिशृंखलामार्फत युवापुस्तामाझ ‘एकदुमे’ नामले परिचित गौतम हाँस्यव्यंग्य विधामा पछिल्लो समय प्रभाव जमाउँदै गएका कलाकार हुन् । ‘क्यारिकेचर किङ’को उपमासमेत उनलाई प्राप्त छ । केहि बर्षयता गाईजात्रामा प्रभावकारी प्रस्तुति दिने गरेका कलाकार सुवोध गौतम अब साझा कथा मार्फत ‘साझा मुक्का’ लिएर आएका हुन् । बैशाख २४ गते […]

आज १५ औँ गणतन्त्र दिवस, राजसंस्थाले टाउको उठाउँदै

साझा कथा । आज सोमबार देशभर गणतन्त्र दिवस मनाइँदैछ । २०६५ जेठ १५ गते संविधानसभाले राजतन्त्र अन्त्य गरी नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । गणतन्त्र नेपाली जनताले प्राप्त गरेको विशिष्ट राजनीतिक उपलब्धि हो । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन । जननिर्वाचित पहिलो […]

४४ मध्ये २५ सार्वजनिक संस्थान नाफामा, दुईवटाको कारोबार शून्य

साझा कथा । सरकारको लगानी रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २५ वटा नाफामा, १७ वटा घाटामा र दुईवटाको कारोबार शून्य देखिएको छ सरकारले आइतबार सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८०’ अनुसार आर्थिक वर्ष २०७८÷७९ मा अस्तित्वमा रहेकामध्ये २५ वटा संस्थान नाफा आर्जन गर्न सफल भएका छन् भने १७ वटा संस्थानले घाटा व्यहोरेका छन् […]

आममाफीपछि रेशम चौधरी ‘हत्यारा’ हुँदैनन् ? के हुन्छ भविष्य ?

साझा कथा । ७ जना प्रहरी र एक नाबालकको क्रूर ढंगले हत्या भएको टिकापुर घटनामा दोषी ठहर हुँदै जेल जीवन विताइरहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक तथा संरक्षक रेशम चौधरीलाई आम माफी दिन सरकारले राष्ट्रपतिलाई सिफारिस गरेको छ । गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपतिले चौधरीलाई आममाफी दिने सम्भावना प्रबल छ । आममाफीपछि के हुन्छ रेशम चौधरीको […]

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
विराटनगर केहिदिन यता तनावग्रस्त, आज पनि २३ जना पक्राउ

साझा कथा । कोशी प्रदेशको नामाकरण विरुद्ध १ महिनादेखि पूर्वमा आन्दोलन चलिरहेको छ । पहिचान पक्षधर जातजाति, राई, लिम्बु, किराँत लगायतका समुदायले कोशीको ठाउँमा किराँत प्रदेश नामाकरण गर्नुपर्ने माग सहित आन्दोलन गर्दा पूर्वको विराटनगर लगायतका स्थान तनावग्रस्त हुने गरेका छन् । आइतबार पनि कोशी प्रदेश सभाको बैठक अवरुद्ध गर्न सक्रिय २३ जनालाई प्रहरीले पक्राउ गरेपछि […]

असफल भैरहवा र पोखरा विमानस्थलको कथा

यो कथाको अन्त्य चाँडै भइदियोस् र नयाँ कथा लेख्न पाइयोस् । आशा गरौँ नयाँ कथा उत्साह र उमंगले भरिएको हुनेछ । अहिलेलाई भने भैरहवास्थित गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको असफलताको कथामा जाऔँ । काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले राष्ट्रिय अन्तर्राष्ट्रिय विमानहरुको चाप धान्न गाह्रो मान्न थालेको धेरै भयो । यो विमानस्थलको विकल्पको रुपमा […]

श्रीच्छा प्रधानले जितिन् मिस नेपालको उपाधी, अरूले के के जिते ?

साझा कथा । केहि समय पहिले विरोधका बीच हुने मिस नेपाल कार्यक्रम पछिल्ला बर्ष निर्वाध रूपमा सम्पन्न हुन थालेको छ । यस बर्षको मिस नेपाल वर्ल्ड २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । मिस नेपाल विजेता प्रधान काठमाडौंकी स्थायी बासिन्दा तथा वातावरण विज्ञानमा स्नातक अध्ययनरत हुन् । उनी आफूलाई वातावरण अभियन्ताको रुपमा चिनाउँछिन् । […]

टिकटक त बन्यो तर तालको विजोग हुँदैछ..

साझा कथा । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका ताल तलैयामा यतिबेला जलकुम्भी फुलेर ढकमक्क छ । यही फुलेका जलकुम्भीका कारण यतिबेला यहाँ फोटो खिच्न र टिकटक बनाउन आउने आन्तरिक पर्यटकको भिड देखिन्छ । पहिले फाट्टफुट्ट आउने आन्तरिक पर्यटक अहिले दिनमै सयौँको सङ्ख्यामा आउन थालेका छन् । जलकुम्भीले आन्तरिक पर्यटकको चहलपहल त बढाएको छ तर संरक्षणकर्मीलाई […]

प्रधानमन्त्रीको हैसियतमा प्रचण्डको चौथो भारत भ्रमणः के होला उपलब्धी ? भारतीय मिडियाको चासो तीव्र

साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको हैसियतमा चौथो पटक भारत भ्रमण गर्दैछन् । जेठ १७ गतेदेखि ४ दिनसम्म हुने प्रचण्डको भारत भ्रमणको क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तय भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी प्रधानमन्त्री बनेपछि पहिलो विदेश भ्रमण स्वरुप भारत जान लागेका हुन्। उनी जेठ २० […]

पशुपतिको जलहरी – सुन कि पित्तल भन्ने विषयले संसद र बाहिर हंगामा, सभामुखमाथि पनि प्रश्न

साझा कथा । प्रतिनिधिसभाको बैठक सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल गर्न केहिदिन यता चलिरहेको थियो । तर शुक्रबार एकाएक बैठक अवरुद्ध भयो र स्थगीत समेत भयो । सत्तापक्षीय एक जना सांसदले बोलेको विषयलाई लिएर नेकपा एमालेले संसद अवरुद्ध गरेको हो । संसद बैठकमा केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा पशुपतिमा राखिएको सुनको जलहरी राख्ने […]

पर्यटकले नदेखेको मुगुको भिईं गाउँ (फोटो कथा)

कर्णाली प्रदेशको मुटु हो मुगु जिल्ला । रारा ताल र सेरोफेरोको पर्यटकीय गन्तव्यका कारण मुगु अलि बढी चर्चामा छ । तर, रारा देखेका पर्यटकहरुले देख्न नसकेको यसै जिल्लाको सोरु गाउँपालिकामा पर्ने भिईं गाउँको जीवनशैली र रहनसहनलाई यस पटक फोटो कथाको रुपमा प्रस्तुत गरेका छौं । फोटोः शिव श्रेष्ठ/साझा कथा 

राष्ट्रिय गौरवको आयोजना प्रगतिः गैडाकोट र स्याङ्जा जोड्ने सडक निर्माण सकिँदै

साझा कथा । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरअन्तर्गत गैँडाकोट–राम्दी खण्ड निर्माणको काम ९० प्रतिशत पूरा भएको छ । यस खण्डका केही स्थानमा कालोपत्र र ‘रोड मार्किङ’को काममात्र बाँकी रहेको जनाइएको छ । कालीगण्डकी करिडोर, गैँडाकोट–राम्दी–मालढुङ्गा सडक योजनाका प्रमुख शङ्कर पौडेलले गैँडाकोट–राम्दी खण्डमा १६ किलोमिटर खण्डमात्र कालोपत्र गर्न बाँकी रहेको जानकारी दिए । “एक्जिम […]

के भनेका थिए सांसद लेखनाथ दाहालले ? जसको कारण एमालेले संसद अवरुद्ध गर्यो

साझा कथा । सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफल सकिएसँगै आज शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले उठेका जिज्ञासामा जवाफ दिने र नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची थियो । तर बैठक सुरु हुनासाथ नेकपा एमालेले विरोध जनायो । एमाले सांसद पदम गिरिले जेठ १० गते संसद बैठकमा नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले उठाएको प्रश्नलाई लिएर […]

प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
भुटानी शरणार्थी प्रकरणका अभियुक्तसँग अदालतमा बयान लिइँदै, अब के हुन्छ प्रक्रिया ?

साझा कथा । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूले आज अदालतमा बयान दिँदै छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सो बयान हुँदै छ । शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले ३० जनाविरुद्ध पाँच अभियोगमा बुधबार अदालतमा मुद्दा दर्ता गरेको थियो । तीमध्ये प्रहरीले १६ जनालाई पक्राउ गरेको छ । १४ जना फरार […]

संसदभित्रको तमासा, यहि हो त सांसदको काम ? (भिडियो)

छेडखानीको थलो हो संसद ? हरेक दिन गइरहेको छ १० लाख खेर १२ बर्ष ढुंग्रोमा राख्दा कुकुरको पुच्छर बरु सिधा होला तर हाम्रा राजनैतिक दलका नेता सांसदहरुको मति भने कति बर्षमा सुध्रिएला ? हरेक बर्ष हामी देख्छौँ, संसदमा छलफल गर्नुपर्ने एउटा विषयसूची हुन्छ, सांसदहरु कहिले आफू बसेकै ठाउँबाट वा कहिले रोष्ट्रमै पुगेर बोल्न थाल्छन् तर […]

रेशम चौधरीलाई राष्ट्रपतिबाट आममाफी दिलाइँदै

साझा कथा । कैलालीको टिकापुरमा भएको ७ जना सुरक्षाकर्मी र १ नाबालकको हत्या भएको घटनामा दोषी करार भई जेल सजाय भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलाई सरकारले आममाफी दिने तयारी गरेको छ । २०७४ साल फागुन १५ देखि कारागारमा रहेका चौधरीलाई जन्मकैदको फैसला सुनाइएको थियो । उनको बाँकी जन्मकैदको सजाय माफी गर्न निवेदन गृह […]

रिसाए रवि लामिछाने, ‘घण्टीले बजाउन नपरोस्’

साझा कथा । सर्वोच्च अदालतमा आफूविरुद्ध मुद्दा दर्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई इरिटेट गर्ने काम भइरहेको बताएका छन् । बुधवार लामिछानेविरुद्ध मुद्दा दर्ता भएपछि बिहीबार उनले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् । ‘मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ,’ उनले […]

सन्दर्भ गणतन्त्र दिवसः गणतन्त्रले ल्याएको सकरात्मक नतिजा

नेत्र सुवेदी । स्थानीय तहको गत वर्षको निर्वाचनबाट झण्डै ४१ प्रतिशत प्रतिनिधि महिला निर्वाचित भएका छन् । प्रशासनिक क्षेत्रमा अगुवा सेवाको रुपमा रहेको निजामती सेवामा गरिएको समावेशीकरणको कानुनी व्यवस्थाअनुरुप हालसम्मको पदपूर्तिसमेतका आधारमा जम्मा निजामती कर्मचारीमध्ये झण्डै २७ प्रतिशत महिला रहेको अभिलेखले देखाएको छ । जनजाति, दलित, मधेसी, अपाङ्गता भएका र पिछडिएको क्षेत्रका व्यक्ति प्रशासनमा प्रवेश […]

शुक्रबारबाट ‘टुल्की’ प्रदर्शनमा

साझा कथा । बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ भोली शुक्रबारदेखि देशभर प्रदर्शनमा आउने भएको छ ।  चलचित्र निर्माण गरेको ‘द पाल्म गुप्र प्रालि’ले आज पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । चलचित्रका निर्माता शेखर लामाले नेपालको हिमाली भेगको केही ठाउँमा चलिआएको बहुपति प्रथालाई चलचित्रमार्फत देखाइएको जानकारी दिए । “चलचित्र टुल्कीमा डोल्पा, हुम्ला, मुगुलगायतका हिमाली […]

tHE bRAVO dELTA sHOW मा रास्वपा सांसद सोबिता गौतमसँगको कुराकानी
सरकारलाई चन्द्र भण्डारीको सुझाव (भिडियो)
भुटानी शरणार्थी प्रकरणः केपी ओलीका स्वकीय सचिव र आइजीपी नै मुछिएपछि हंगामा

साझा कथा । नक्कली भुटानी शरणार्थी प्रकरणमा नयाँ नयाँ खुलासा हुँदै गइरहेको छ । यो प्रकरणमा थप उच्च पदस्थ अधिकारीहरू समातिने सम्भावना देखिएको छ । यस प्रकरणमा पक्राउ परेका विचौलियाहरुले बयानका क्रममा थप उच्च पदस्थ अधिकारीहरूलाई पनि पोलेका छन् । पक्राउ परेका १६ मध्ये केहि आरोपीले तत्कालिन प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीका स्वकिय […]

यस बर्ष पनि रासायनिक मलको अभाव झेल्दैछन् कृषकहरु

साझा कथा । हरेक बर्ष रासायनिक मलको तनावले कृषकहरु हैरान हुने गर्दछन् । सरकारले यो बर्ष समयमै पाठ्यपुस्तक पुर्याएझैँ रासायनिक मल पनि समयमै पुर्याउने र पुग्दो आपुर्ति गर्ने घोषणा गरेको छ । तर परिस्थितिले देखाइरहेको छ, यस पटक पनि कृषकहरुले रासायनिक मलको चरम अभाव झेल्नु पर्नेछ । खासगरी तनहुँ, लमजुङ र गोरखाका कृषकहरुले रासायनिक मलको […]

ओपीडी सेवा १२ घण्टा चलाइदिए हुँदैन ? (भिडियो)

एक जना विरामीलाई बेड मिलाइदिन पर्यटन राज्यमन्त्री सुशीला श्रीपाली शिक्षण अस्पताल पुगेको दृष्य यो पापी आँखाले देख्नु पर्याे । शिक्षण अस्पतालको पीडा तपाईंलाई थाहै छ । आकस्मिक कक्षको वेडमा दुई जना विरामी सामान्य हो । उस्तै परे ३ जना राखिदिन्छन् । आकस्मिक कक्षबाट बेडमा सार्नको लागि सोर्सफोर्स र हारगुहार गर्नु पर्ने नियति पनि शिक्षण अस्पताल […]

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
शिक्षा क्षेत्रमा खर्च गर्न सरकारले स्वीकार्यो १२० मिलियन डलरको सहुलियत ऋण

साझा कथा । मन्त्रिपरिषद्को बैठकले विश्व बैंकबाट प्राप्त हुने १२० मिलियन डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले विद्यालय शिक्षा क्षेत्र आयोजनका लागि शिक्षाका लागि विश्वव्यापी साझेदारी कार्यक्रमबाट प्राप्त हुने १९ दशमलव ७० मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने समेत निर्णय लिएको हो । […]

पूर्व प्रहरी महानिरीक्षकको १ सय ३० रोपनी जग्गा सरकारको नाममा

साझा कथा । भक्तपुरको नगरकोटमा नेपाल प्रहरी पूर्वमहानिरीक्षक ओमविक्रम राणाको परिवारको नाममा रहेको १३० रोपनी जग्गा सरकारी कायम गरिने भएको छ । सोमबार पाटनको संयुक्त इजलासले साबिक नगरकोट गाविस वडा नम्बर ३ मा पर्ने १ सय ३१ रोपनी पाँच आना जग्गा पुनः सरकारको नाममा कायम गरेको हो । जिल्ला अदालत भक्तपुरले २१ फागुन ०७५ मा उक्त […]

बल्ल पूर्ण भयो प्रचण्डको क्याबिनेट, उपेन्द्र यादव किन भएनन् मन्त्री ?

साझा कथा । सरकार गठन भएको ६ महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार पूर्ण भएको छ । प्रचण्डले ११ औं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले २ जना मन्त्री थपेपछि क्याबिनेट पूर्ण बनेको छ । नवनियुक्त मन्त्रीहरुमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीका नेताहरु वीरेन्द्रप्रसाद महतो र प्रमिला कुमारी […]

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
२८ पटक सगरमाथा चढेर कामीरिताले गरे विश्व कीर्तिमान

साझा कथा । सोलुखुम्बुका कामीरिता शेर्पाले २८ औं पटक सगरमाथा आरोहण गरेका छन् । उनले मंगलबार बिहान २८ औँ पटक सगरमाथा आरोहण गरेका हुन् । यो सँगै उनले विश्वकै अग्लो हिमाल सगरमाथामा सबैभन्दा धेरैपटक पुग्ने कीर्तिमान कायम गरेका छन् । उनी आवद्ध सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिग्मा शेर्पाका अनुसार, कामीरिता मंगलबार बिहान १० बजेर […]

गिट्टी बालुवा बेच्ने विषयमा विपक्षीहरु किन मौन ? व्यापारीको स्वार्थका लागि राष्ट्रिय सहमति ?

साझा कथा । सरकारले ल्याउने बजेटको आधार मानिने नीति तथा कार्यक्रम बन्नुअघि नेपालका केहि व्यापारिक घरानाका व्यक्तिहरुको दौडधुप चलिरहेको थियो । पछिल्लो समय आफ्नो सम्पत्तिमा चमत्कारिक बढोत्तरी गरेका नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष तथा व्यवसायी चन्द्र ढकाल र नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले सरकारी अधिकारीहरु, प्रधानमन्त्री कार्यालयका पदाधिकारीहरु, मूख्यसचिव र राजनैतिक व्यक्तिहरुसँग छलफल गरिरहेका […]