भुटानी शरणार्थी प्रकरणमा ३२ जना संलग्न रहेको प्रहरी निश्कर्ष, साढे २७ करोड बराबरको बिगो कायम गर्न सिफारिस

साझा कथा । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले प्रारम्भिक अनुसन्धान सकेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले झण्डै दुई महिना लामो अनुसन्धानपछि सोमबार प्रतिवेदन बुझाएको हो । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असुली गर्ने प्रयासमा कम्तिमा ३२ जना संलग्न रहेको निष्कर्ष निकालेको र रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको […]

संसदमा योगेश भट्टराई र देवेन्द्र पौडेलबीच जुहारी, “काँग्रेसको लागि इतिहासको अन्त्य”

साझा कथा । सरकारको नीति तथा कार्यक्रमका विषयमा धारणा राख्ने, सुझाव दिने र त्रुटीहरु सच्याउने लगायतका छलफल गर्नुपर्ने संसदको बैठकमा व्यक्तिगत आलोचना, पार्टीगत छेडखानीहरु चलिरहेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो १ घण्टा ४० मिनेट भाषणमा अधिक समय विपक्षीको आलोचनामा खर्चिए भने एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले ओलीको आलोचना गरे । यस्तै […]

एमालेका शीर्ष नेताहरुविरुद्ध भ्रष्टाचार अभियोगको उजुरी ‘कर्नर’मा (उजुरीपत्रसहित)

साझा कथा । झण्डै डेढ बर्षअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित एमालेका शीर्ष नेताहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपनि त्यससम्बन्धमा कुनै कारबाहि अघि बढेको छैन । नेकपा एकीकृत समाजवादी पार्टी निकट अनेरास्ववियूको बागमती प्रदेश कमिटी संयोजक दिपक बुढाथोकीले हालेको उजुरी अहिले त्यत्तिकै थन्क्याइएको पाइएको छ । उक्त उजुरीपत्रलाई […]

केपी ओलीलाई माधव नेपालको जवाफः आफू हावादारी कार्यक्रम ल्याउने अनि अरुलाई कागजको खोस्टो भन्ने ?

साझा कथा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा धेरै विषय समेटिएर आएको बताएका छन् । प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नीति कार्यक्रममा केही नभएको र कागजको खोस्टा मात्र रहेकोले फिर्ता लिनुपर्ने वताईरहँदा सोमबारको संसद बैठकमा सम्बोधन गदै नेपालले नीति कार्यक्रम अघिल्ला सरकारको […]

३१ मुलुकसँग नेपालको व्यापार नाफा, कुन कुन मुलुक हुन् ती ?

साझा कथा । नेपालको वैदेशिक व्यापार घाटामा गइरहेको विषय नौलो होइन । हरेक बर्ष निर्यातभन्दा आयात बढी गर्ने नेपालले अर्बौ रुपैयाँको व्यापार घाटा व्यहोर्दै आइरहेको छ । नेपाली जनता उपभोक्तमुखी बढी भएको हुनाले पनि आयात बढी हुने गरेको छ । देशभित्र हुनुपर्ने उत्पादनको अभावमा नेपाली अर्थतन्त्र धरासायी बन्दै गइरहेको छ। नेपालले अहिले १६७ वटा देशसँग […]

साझा मुक्का – भाग ३ (पूरा भिडियो)

सुवोध गौतम, अहिले अधिकाँश नेपालीले चिन्ने नाम । ‘भद्रगोल’ टेलिशृंखलामार्फत युवापुस्तामाझ ‘एकदुमे’ नामले परिचित गौतम हाँस्यव्यंग्य विधामा पछिल्लो समय प्रभाव जमाउँदै गएका कलाकार हुन् । ‘क्यारिकेचर किङ’को उपमासमेत उनलाई प्राप्त छ । केहि बर्षयता गाईजात्रामा प्रभावकारी प्रस्तुति दिने गरेका कलाकार सुवोध गौतम अब साझा कथा मार्फत ‘साझा मुक्का’ लिएर आएका हुन् । बैशाख २४ गते […]

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रशारण)
नेप्से परिसूचक उकालो यात्रामा

साझा कथा । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै छ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलब ८८ अङ्कले उकालो लागेर एक हजार आठ सय ८३ दशमलव २० मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव १४ अङ्कले उकालो […]

पाँच रुपैयाँमा बन्दागोभी !

साझा कथा । दाङको घोराही उपमहानगरपालिका–१७ कर्जाहीका किसान बाबुराम चौधरीले एक विघा जमिनमा लगाएको बन्दागोभी बिक्री नहुँदा मारमा परेका छन् । तरकारी खेती गर्ने र त्यहीँबाट आएको रकमले घरव्यवहार चलाउने उद्देश्यले व्यावसायिक खेती गर्दै आएका उनको तयारी अवस्थामा रहेको बन्दागोभी हालसम्म बिक्री हुन सकेको छैन । चौधरीले घोराही–६ गुरुवागाउँमा लगाएको सबै बन्दागोभी अहिले बारीमै सुक्न […]

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
यसो भन्न मिल्ला ? जी शाहको मौनता !

बाँच नेपाली भै, बाँच्न नै छ यदि भने बाँच नेपाली भै । बोल्न नै छ यदि भने, बोल नेपाल नै । आमाको नै गर यदि गर्ने भए याद भएकोमा नेपाली नै बाँच गर्वसाथ हाथ जोड्ने भए, जोड नेपाललाई आमालाई रोज, पाउने भए इश्वरलाई हीरा यहिँ खोज, नगरेर बेर जी शाह अर्थात ज्ञानेन्द्र शाहका शब्दहरु हुन् […]

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पुर्णपाठ सहित)

साझा कथा । सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रमको पूर्णपाठ पढ्न यहाँ थिच्नुहोस्ः नीति-तथा-कार्यक्रम-२०८०-फाइनल.pdf – Google Drive

तस्बिरमा घुम्नुहोस् स्याङ्जाका पुरातात्विक र सांस्कृतिक सम्पदा (फोटो कथा)

साझा कथा । नेपाल एकीकरणअघि बाइसे राज्यमध्येको एउटा राज्य थियो स्याङ्जा र त्यसको मुकाम थियो स्याङ्जा-नुवाकोट । त्यहाँ दरबार, गढी, चौतारा र टुँडीखेल समेत थिए । अहिले फेदिखोला गाउँपालिका र पुतलीबजार नगरपालिकाको वडा नं ५ को सिमानामा पर्ने ऐतिहासिक, धार्मिक तथा पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण रहेको नुवाकोटका सम्पदाहरुको संरक्षणको प्रयास पनि गरिएको छ । नुवाकोटका अलावा […]

सबै क्षेत्रमा सकारात्मक नतिजा देखिएका छन्ः राष्ट्रपति

साझा कथा । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले लिएका नीतिगत तथा अन्य सुधारात्मक उपायको परिणामस्वरुप सबै क्षेत्रमा सकारात्मक नतिजा देखिन थालेको बताएका छन् । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उनले सरकारले कार्यभार सम्हालेको छोटो अवधिमा प्राप्त उपलब्धि उत्साहजनक रहेको बताए । राष्ट्रपति पौडेलले भने, “अर्थतन्त्रका सूचक सकारात्मक हुँदै गएका छन् । अर्थतन्त्र […]

राष्ट्रपतिद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत (प्रत्यक्ष प्रसारण)
अर्थतन्त्रमा निजी क्षेत्र: ३२ गुणाले बढे व्यवसाय

साझा कथा । नेपालको कुल गार्हस्थ्य (जीडीपी) उत्पादनमा निजी क्षेत्रको हिस्सा ८१ दशमलव ५५ प्रतिशत रहेको एक अध्ययनले देखाएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)को सहायतामा तयार पारेको अध्ययन प्रतिवेदन बिहीबार साँझ एक कार्यक्रमका बीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले सार्वजनिक गरे । मन्त्री रिजालले औपचारिक रुपमा पहिलो पटक […]

किसानलाई सधैँ सिँचाइकै पिरलो

साझा कथा । समथर भू–भागदेखि उच्च पहाडसम्म फैलिएको बागलुङका धेरै ठाउँमा सहज सिँचाइको पहुँच छैन । सिँचाइको व्यवस्था नहुँदा खेतीयोग्य जमिन वनमाराले ढाकिएका छन् । तल्लो भेगमा सिँचाइको थोरै मात्रामा सुविधा भए पनि जिल्लाको माथिल्लो क्षेत्रमा भने आकाशे पानीकै भरमा खेतीपाती गर्नुपर्ने अवस्था छ । उच्च क्षेत्र उर्वर भए पनि सुक्खा हुँदा कम मात्रामा मात्रै […]

गाउँघरमा मिल भित्रिए सङ्गै – इतिहास बन्दै परम्परागत ढिकी जाँतो

साझा कथा । गाउँघरमा कुटनी पिसनीका लागि कुनै बेला अनिवार्य बनेका ढिकी र जाँतो लोप हुँदै गएका छन् । पेट्रोल, डिजेल र विद्युत्बाट चल्ने आधुनिक मिलहरु भित्रन थालेपछि ढिकी, जाँतो गाउँघरबाट लोपोन्मुख भएका हुन् । तराईबाट तयार गरिएका चामल, दाल, पीठोलगायत अन्न सहजै गाउँघरमा उपलब्ध हुन थालेपछि समेत ढिकी कुट्ने र जाँतो पिस्ने परम्परा लोप […]

दुई नेपाली चलचित्र एकसाथ प्रदर्शनमा

साझा कथा । शुक्रबार नयाँ चलचित्रको प्रदर्शनलाई निरन्तरता दिँदै आजदेखि दुई नेपाली चलचित्र ‘डाकिनी’ र ‘ए साथी सुन’ प्रदर्शनमा आएका छन् । फरक विधाका दुई चलचित्रले नेपाली दर्शकलाई आकर्षित गर्ने विश्वास निर्माण समूहको छ । निर्देशक रामराघव आचार्यले निर्देशन गरेको चलचित्र ‘ए साथी सुन’ प्रेमकथामा आधारित छ । “यसलाई हामीले नेपाली दर्शक सुहाउँदो शैलीमा तयार […]

के थिए मदन भण्डारीका कमजोरी (भिडियो)

नेकपा एमालेले भगवान नै मान्दै आएका तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको निधन दुर्घटनाको उपज हो या हत्या हो भन्ने विषयमा अहिले पनि विवाद छ । २०५० साल जेठ ३ गते मदन भण्डारी र एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रित सवार गाडी चितवनको दासढुंगामा दुर्घटनाग्रस्त भएपछि दुबैको निधन भयो तर चालक अमर लामा भने […]

सुदूरपश्चिम प्रदेश सरकारले आज मन्त्रीमण्डल विस्तार गर्दै

साझा कथा । मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारको १०० दिन पुगेको अवसरमा आज मन्त्रीमण्डल विस्तार गर्ने आयोजनाको कार्यक्रम रहेको कुरा जानकारी दिएका हुन । नवनियुक्त हुने मन्त्रीहरूको आज साँझसम्म पद तथा गोपनीयताको शपथग्रहण हुने मुख्यमन्त्री शाहले बताए । मन्त्री सात र राज्यमन्त्री तीन गरेर १० जनालाई मन्त्री बनाउन सक्ने संवैधानिक व्यवस्था भए पनि अहिले मुख्यमन्त्री र […]

सङ्घीय संसदको संयुक्त बैठकलाई आज राष्ट्रपतिले सम्बोधन गर्ने

साझा कथा । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सङ्घीय संसद् भवन नयाँबानेश्वरमा अपराह्न ४ बजे बस्ने संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि […]

३२ दशमलव ३० अङ्कले वृद्धि भएर बन्द भयो नेप्से

साझा कथा । यो साता नेप्से अलिक बढेको छ ।  साताको अन्तिम कारोबार दिन ३२ दशमलव ३० अङ्कले बढेर नेप्से बन्द भएको छ ।  नेप्से परिसूचक एक हजार आठ सय ७७ दशमलब ३२ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव २३ अङ्कले उकालो लागेर तीन सय ५८ दशमलब […]

अमेरिकाको मोन्टानोमा टिकटक बन्द, टिकटकले मुद्दा हाल्ने सम्भावना

साझा कथा । पछिल्लो समय टिकटकलाई लिएर धेरै देशहरुमा विवाद र टिकाटिप्पणी भइरहेको छ । यसैबीच अमेरिकाको मोन्टाना राज्य सामाजिक सञ्जाल एप्लिकेशन टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउने पहिलो अमेरिकी राज्य बनेको छ । सुरक्षा चिन्ता र चासोलाई सम्बोधन गर्न राज्य सरकारले टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाइएको घोषणा गरेको हो । मोन्टानाका गभर्नर ग्रेग जियानफोर्टले मोन्टाना राज्यका बासिन्दाका […]

“दरबार हत्याकाण्ड र दासढुंगा काण्ड नयाँ शिराबाट छानविन हुनुपर्छ, नागरिकता विधेयक एक महिनामा पास हुन्छ”

साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डसहितका विगतका भयानक र विभत्स हत्याकाण्डकहरुको पुनः नयाँ शिराबाट छानबिन हुनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा विभिन्न सांसदले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले विभिन्न कालखण्डमा भएका हत्याकाण्डको छानविन नयाँ ढंगले गर्नुपर्ने बताएका हुन् । ‘विगतका सबै विभत्स र भयानक हत्याकाण्डहरुको नयाँ शिराबाट छानबिन हुनुपर्छ । […]

लडाकु शिविर काण्डमा दोषी देखिएँ भने जेल जान तयार छुः प्रचण्ड

साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लडाकू शिविरमा भ्रष्टाचार भएको भन्ने आरोप कपोलकल्पित रहेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा बिहीबार सांसद ज्ञानेन्द्र शाहीको प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले यो विषय पुष्टि भए आफू जेल जान तयार रहेको बताए । ‘क्यान्टोनमेन्टको कुरा कपोलकल्पित र पूर्वाग्रही छ भन्ने मेरो दृढ विश्वास छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘फेरि पनि […]

भारतको सहयोगमा स्वास्थ्य तथा शैक्षिक परियोजना निर्माण हुने

साझा कथा । भारत सरकारको अनुदान सहयोगमा दुई परियोजना निर्माण हुने भएको छ । स्वास्थ्य र शैक्षिक क्षेत्रका दुईवटा सामुदायिक विकास परियोजनाको निर्माणका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र काठमाडौँ स्थित भारतीय राजदूतावासबीच सम्झौता भएको हो । रामेछापको मालागिरी शान्ति योगाश्रम र डोटीको केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस निर्माणका लागि सम्झौता भएको हो । […]

प्रतिनिधि सभा बैठक – सांसद र प्रधानमन्त्रीबीच प्रश्नोत्तर
नक्कली भुटानी शरणार्थी प्रकरणः हज कमिटिका अध्यक्ष पनि पक्राउ

साझा कथा । नक्कली भुटानी शरणार्थी प्रकरण नेपाल हज कमिटिसँगको कनेक्सनमा पुगेको छ । विहीबार नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा समितिको गाडी प्रयोग भएको खुलासा भएपछि उनलाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको हो ।उनले प्रयोग गर्ने गरेको गाडी रकम लेनदेनका लागि गिरोहहरुले प्रयोग गरेको र त्यही […]

पोर्चुगलमा राहदानी शिविरबाट मनग्य राजस्व सङ्कलन

साझा कथा । पोर्चुगलमा राहदानीलगायत विभिन्न समस्यामा रहेका नेपालीलाई लक्षित गरी सञ्चालन गरिएको राहदानी सेवा शिविरबाट ५ करोड २२ लाख राजस्व सङ्कलन भएको छ । राजधानी लिस्बनमा करिब एक महिनासम्म सञ्चालन भएको उक्त शिविरबाट सो राजस्व सङ्कलन भएको पोर्चुगलका लागि गैर आवासीय नेपाली राजदूत तथा फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले जानकारी दिए । शिविरबाट […]

विहीबारको मौसमः दिनभर पानी पर्न सक्ने, चट्याङको जोखिम

साझा कथा । विहानैदेखि काठमाडौं उपत्यकामा बदली भई केही स्थानमा पानी परिरहेको छ । अहिले मुलुकभर पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो मुलुकभर पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही […]

“३ दिनभित्र प्रतिवेदन सार्वजनिक गर, नत्र ५ दिन नेपाल बन्द हुन्छ”

साझा कथा । नागरिक उन्मुक्ति पार्टीले ३ दिनभित्र लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ । ‘हामी अदालतको फैसलालाई सम्मान गर्छौं, हाम्रो लडाइँ न्यायालयसँग होइन । सिंहदरबारसँग हो । प्रधानमन्त्रीसँग हो, न्यायालयले फैसला सुनाइसकेको छ । दोहोर्‍याएर फैसला हुँदैन,’ नेता लक्ष्मण चौधरीले भने । […]

रुसले माग्यो १३ प्रस्ताव, सडक बनाउनेदेखि हेलिकोप्टर बेच्नेसम्मका योजना

रुसले नेपालसँग विभिन्न १३ वटा परियोजनाका लागि विस्तृत परियोजना प्रस्ताव माग गरेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र रुसी समकक्षीबीच भएको भेटवार्तामा उठेका १३ वटा विभिन्न परियोजनामा चाँसो राख्दै रुसले नेपालसँग विस्तृत परियोजना प्रस्ताव माग गरेको हो । रुसले मागेको प्रस्तावमा विद्युतीय रेलवे, राजमार्ग, बालबालिका क्यान्सर अस्पताल निर्माणदेखि नेपाली विद्यार्थीलाई राजधानी मस्कोमा अध्ययनका लागि […]

अन्ततः राष्ट्रपतिले नै वाचन गर्ने भए नीति कार्यक्रम

साझा कथा । राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वाचन गर्ने भनिएको नीति तथा कार्यक्रम राष्ट्रपतिले नै पढ्ने भएका छन् । संसदमा राष्ट्राध्यक्षको हैसियतले राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम वाचन गर्ने प्रचलन रहेको थियो । यसअघि राष्ट्रपतिको स्वास्थ्यमा समस्या आएकाले प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम वाचन गर्ने सहमति भएको सार्वजनिक भएको […]

नेप्से दोहोरो अंकले बढ्यो

साझा कथा । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक २३ दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ४५ दशमलव ०१ को विन्दुमा पुगेको हो । आज दुई सय ६६ वटा कम्पनीको २५ लाख ७७ हजार दुई सय १० कित्ता शेयर २५ हजार छ सय ३५ पटक खरिदबिक्री […]

३१ औं मदन–आश्रित स्मृति दिवसः प्रचण्डलाई वाम एकताको चासो, ओलीलाई काँग्रेसको चिन्ता, पूर्वराष्ट्रपतिले रोपिन् स्वामीको विरुवा

साझा कथा । आज (बुधबार) ३१ औँ मदन–आश्रित दिवस । २०५० साल जेठ ३ गते नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दासढुंगामा भएको दुर्घटनामा परी निधन भएको सम्झनामा यो दिवस मनाइन्छ । यस अवसरमा देशका विभिन्न भागमा नेकपा एमाले, एकीकृत समाजवादी लगायतका पार्टीहरुले विभिन्न कार्यक्रम आयोजना गरी मदन र […]