मनै फुरुङ्ग हुने बाग्लुङको बराह ताल, जहाँबाट देखिन्छ २२ हिमाल

साझा कथा । वरपर जङ्गल र बस्ती । बीचमा छ बराह ताल । शान्त वातावरण, स्वच्छ हावापानी र चिरबिर चराचुरुङ्गीको आवाजले धेरैको मन फुरुङ्ग हुन्छ । बागलुङ नगरपालिका–१० भकुन्डेमा पर्ने बराह ताल प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । एक हजार तीन सय २६ मिटरको उचाइमा रहेको बराह ताल जिल्ला सदरमुकाम बागलुङ बजारबाट सबैभन्दा नजिकको ताल हो […]

रेशम चौधरी छुट्ने सम्भावना, कानुन संशोधन हुँदै

साझा कथा । जेलमा रहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी छुट्ने सम्भावना बढेको छ । कैलालीको टिकापुर घटनामा दोषी ठहर भई काठमाडौं डिल्लीबजार कारागारमा रहेका चौधरीको मुद्दा फिर्ता लिई उनलाई छोड्ने गरी सरकारले नयाँ विधेयक ल्याएको छ । विधेयक संघीय संसदको कानुन शाखामा दर्ता गरिएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले केही […]

न्यायमा सहज पहुँच छैन पीडितलाई, शुल्क मनोमानी – न रसिद, न कर

साझा कथा । हामी कस्तो न्याय प्रणालीबाट गुज्रिरहेका छौँ ? न्याय प्रणालीको सम्पादन कसरी हुन्छ ? त्यसका लागि अपनाउनुपर्ने प्रक्रिया के हो भन्ने कुरा धेरै नेपालीले बुझेका छैनन् । जो घर, समाज, छिमेक र समुदायबाट विभिन्न पीडा खेपेर न्याय प्राप्तिका निम्ति कानुनी निकाय ढकढक्याउन मुद्दा प्रक्रियामा जान्छन्, अनि पहिलो खुट्किलादेखि नै उनीहरुलाई पीडा सुरु हुन्छ […]

नेप्सेमा सामान्य अङ्कको गिरावट

साझा कथा । नयाँ बर्ष लागेसँगै निरन्तर ओरालो यात्रामा रहेको नेप्से परिसूचक विहीबार पनि खस्कियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलव ३४ अङ्कले ओरालो लागेर एक हजार आठ सय ३८ दशमलब ५९ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब ७१ अङ्कले ओरालो लागेर तीन सय […]

पल शाहले बनाए आफ्नै कथामा आधारित म्युजिक भिडियो

साझा कथा । अभिनेता पल शाहको कथा/निर्देशनमा ‘तिमिलाई हेर्ने बानी पर्यो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । अभिनेता पल शाहको करिब ११ महिनाको कारागार बसाई पछिको यो पहिलो म्युजिक भिडियो हो । पुष्पन प्रधानको शब्द संगीतमा १ बर्षअघि सार्वजनिक गरिएको गीतलाई अभिनेता शाहको वास्तविक जीवनकथासँग मेल खाने गरी फिमेल भर्सन निकालिएको हो । अन्नु […]

tHE bRAVO dELTA sHOW_भुटानी शरणार्थी प्रकरणबारे अधिवक्ता सुवास आचार्यसँगको कुराकानी

भुटानी शरणार्थी प्रकरणसँग जोडिएको संगठित अपराधबारे फौजदारी कानुनका विज्ञ सुवास आचार्यसँगको कुराकानी

सुशासनमा सघाउँदै पत्रकारिता

विपुल पोख्रेल निकै सकसपूर्ण तरिकाबाट वर्तमान सरकार गठन भएको थियो । चुनावमा एउटा गठबन्धन थियो, चुनावलगत्तैको सरकार निर्माणका क्रममा फेरि अर्को गठबन्धन बनिदियो । त्यो गठबन्धन पनि निरन्तर रहन सकेन । राष्ट्रपतिको निर्वाचनसम्म आइपुग्दा फेरि चुनाव अगाडिको गठबन्धन ब्युँझियो । छोटो समयमा सत्ता समीकरणका खेल तीव्ररुपमा खेलिइरहँदा सरकारले आफूलाई कसरी जोगाउने भन्ने भन्दाबाहेक केही पनि […]

को हुन् भुटानी शरणार्थी ? कसरी आए नेपाल ? के हो पछिल्लो काण्ड ?

साझा कथा । नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला ठूला नेतादेखि सुरक्षा संयन्त्र संचालन गर्ने निकायकै व्यक्तिहरु संलग्न रहेको पाइएपछि अहिले हंगामा मच्चिरहेको छ । यस प्रकरणमा पूर्वमन्त्रीहरु, शीर्ष नेताहरुका पत्नी वा छोराहरु, उच्च प्रशासकहरु र केहि एजेन्टहरु मुछिएका छन् र धमाधम पक्राउ परिरहेका छन् । यसको पटाक्षेप कसरी र कहाँ पुगेर हुने हो, अहिल्यै भन्न […]

यसबर्ष पानी किन कम पर्दैछ ? गर्मी भने बढ्दै

साझा कथा । पृथ्वीको तापमान हरेक बर्ष बढिरहेको छ । जलवायु परिवर्तन र बढ्दो तापमानका कारण विश्वका अधिकाँश मुलुकले अनेकन समस्या झेल्दै आइरहेका छन् । नेपालमा पनि जलवायु परिवर्तनको असर देखिरहेकै छ । हरेक बर्ष गर्मी बढ्दै छ भने पानी पर्ने मात्रा कम हुँदै गएको छ । यस बर्षको बर्षायाममा पनि देशका अधिकांश स्थानमा सरदरभन्दा […]

‘ज्यूँदो शहीद’ मुकेश कायस्थको निधन

साझा कथा । जनआन्दोलन २०६२–०६३ मा घाइते भएका तथा ‘ज्यूँदो शहीद’ भनेर चिनिएका बनेपाका मुकेश कायस्थको निधन भएको छ । उनको उपचारको क्रममा बनेपास्थित शीर मेमोरियल अस्पतालमा बुधवार साँझ निधन भएको हो । १८ वर्ष अघि अर्थात् वि सं २०६२ चैत २७ गते बनेपाको तीन दोबाटोमा प्रहरीले चलाएको गोली लागेर बनेपा नगरपालिका–८ का १४ वर्षीय […]

एक दिवसीय विश्वकप क्रिकेट छनोटमा नेपाली टोलीले पनि खेल्ने

साझा कथा । आगामी जुन १८ देखि जुलाई ९ तारिखसम्म जिम्बावेमा आयोजना हुने आइसिसी एक दिवसीय विश्वकप छनोट क्रिकेटमा सहभागी हुने १० टोलीको टुङ्गो लागेको छ । आयरल्यान्डले सोझै विश्वकप खेल्ने अवसर गुमाएसँगै छनोट खेल्ने सबै टोलीको टुङ्गो लागेको हो । आयरल्यान्डले विश्वकप सुपरलिगको शीर्ष आठमा रहँदै सोझै छनोटले मौका गुमाएको हो । आयरल्यान्ड र […]

बालेन शाहले बदलेको न्यूरोडको स्वरुप (भिडियो)

न्यूरोड पुग्नेहरुले कत्तिको याद गर्नु भा’छ कुन्नि ! हिजोआज न्यूरोडको स्वरुप बदलिएको छ । क्या व्युटिफल देखिएको छ – न्यूरोड । नाम न्यूरोड तर यो काठमाडौंकै पुरानो वस्ती मध्येको एक हो । जुन वस्तीको सम्बन्ध सम्पदासँग छ । त्यसैले होला काठमाडौं महानगरपालिकाले न्यूरोड गेटबाट भित्र छिरेदेखि नै सडकका दायाँ र बायाँ राखेका रेलिङबारहरुमा सम्पदा झल्कन्छ […]

एमालेले कारबाहि गरेपछि टोपबहादुरले भने, ‘विरामी छु’

साझा कथा । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी एमालेबाट निलम्बित भएका छन् । एमालेका महासचिव शंकर पोख्रेलले एक विज्ञप्ति जारी गर्दै रायमाझीलाई पार्टी सचिवबाट निलम्बन गरिएको जानकारी दिएका हुन् । राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई […]

यौन दुर्व्यवहार मुद्दामा अ‍मेरिकी पूर्वराष्ट्रपति ट्रम्प दोषी ठहर, पाँच मिलियन डलर तिर्नुपर्ने

साझा कथा । एकजना लेखिकामाथि यौन दुर्व्यवहार गरेको आरोप खेपिरहेका अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प सो मुद्दामा दोषी ठहर भएका छन् । न्युयोर्कको सिभिल कोर्टले ट्रम्पलाई यौन दुर्व्यवहारमा दोषी ठहर गरेको हो । म्यागेजिनकी लेखिका केरलले सन् १९९० मा ट्रम्पले आफूलाई यौन दुर्व्यवहार र आफ्नो मानहानी गरेको आरोप ट्रम्पमाथि लगाएकी थिइन् । सोही मुद्दामा अदालतले […]

बालकृष्ण खाँणलाई पक्राउ गरेर सरकारले दिएका दुई सन्देश, गृहमन्त्रीको वाहवाही

साझा कथा । नक्कली भुटानी शरणार्थी प्रकरणमा एकपछि अर्को भीआइपीहरुलाई प्रहरीले पक्राउ गर्न थालेको छ । बहालवाला गृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, उनका छोरा, नेकपा एमालेका सचिव टोबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी लगायतलाई पक्राउ गरिसकेको प्रहरीले आज अर्का भीआइपी पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गरेको छ । यसअघि पक्राउ […]

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ, उनीविरूद्ध ८५ मुद्दा

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् । पूर्वप्रधानमन्त्री खानलाई इस्लामावाद उच्च अदालतबाट मंगलबार पक्राउ गरिएको हो । पाकिस्तान तहरिक-इ-इन्साफ (पिटिआई)का नेता फवाद चौधरीले मंगलबार ट्विट गर्दै खानलाई पक्राउ गरेको जानकारी दिएका हुन् । पिटिआईले राखेको भिडिओमा उनलाई ठूलो सुरक्षाकर्मीको समूहले घेरेर गाडी भित्र हालेको देखिन्छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनलाई पाकिस्तानी रेन्जर्सले पक्राउ गरेको हो […]

शरणार्थी प्रकरणले ओली र देउवाको ओठमुख सुकाउँदै, लडाकु शिविर काण्डको फाइल कहिले खोल्ने ?

साझा कथा टिप्पणी नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग ४ पटक भेटे । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कहिले फोन र कहिले प्रत्यक्ष भेटघाट गरिरहेका छन् । बैशाख २६ गते मंगलबार ति तीन नेताबीच झण्डै २ घण्टा संयुक्त छलफल भयो । छलफलको विषय गोप्य राखेका उनीहरुले पछिल्लो समय […]

नयाँ बर्ष फापेन शेयर बजारलाई, सन् २०१८ तिरै फर्कियो कारोबार

साझा कथा । कुनै समय थियो, नेप्से परिसूचक ३२०० अंक पुगेको, कारोबार रकम पनि २२ अर्बसम्म पुगेको । तर अहिले कथा बदलिएको छ । नेप्से १८०० अंकको दौडमा छ, कारोबार रकम खुम्चिएर साँघुरो भएको छ । नयाँ वर्ष २०८० लागे यता कारोबार रकम एक अर्ब पनि नाघेको छैन । दैनिक रुपमा घटिरहेको कारोबारले लगानीकर्तालाई थप […]

लहरो तान्दा पहरो गर्जिएको भुटानी शरणार्थी प्रकरणः (भिडियो)

४ अर्ब ३५ करोड घोटाला भएको वाइडबडी काण्ड नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवातर्फ सोझिएपछि ढिसमिस भएजस्तै नक्कली भुटानी शरणार्थी प्रकरण पनि ढिसमिस हुने संकेत देखा पर्न थालेको छ । वाइड बडी विमान खरिदमा भएको भ्रष्टाचार काण्डमा मुछिएकी देउवा पत्नी आरजू राणा नक्कली शरणार्थी प्रकरणमा पनि जोडिएकी छन् । ठूला भ्रष्टाचारका काण्डमा देउवा पत्नी आरजू राणा […]

कक्षा १२ को परीक्षा वैशाख २६ देखि (तालिकासहित)

साझा कथा । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को वार्षिक परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । भोली वैशाख २६ गते मंगलबारदेखि सञ्चालन हुन लागेको उक्त परीक्षाका लागि कूल चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले फाराम भरेको बोर्डले जनाएको छ । यस वर्षको कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र […]

गाउँको विकास – घरघरमा धारा पुगेपछि गाउँले दंग

साझा कथा । “गाउँमा खानेपानीको हाहाकार हुन्थ्यो, सबैभन्दा बढी समस्या त चैतदेखि असारसम्म हुथ्यो, अहिले घरकै आँगनको धारोमा पानी आउँछ, घरमै पानी आउन थालेपछि हाम्रो दैनिकी नै फेरिएको छ ।” बाग्लुङको तमानखोला गाउँपालिका–२ खोलेस्बाङकी श्यामकुमारी रसाइलीलाई एक गाग्री पानी भर्न डेढ घण्टासम्म लाइनमा बस्नुपथ्र्यो । पानी भर्ने पालो कुर्दाकुर्दै अन्य घर धन्दा गर्न गाह्रो हुन्थ्यो […]

तयार हुँदैछन् आठ सवस्टेशन, काठमाडौंमा विद्युत आपुर्ति भरपर्दो हुँदै

साझा कथा । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि उच्च क्षमताका आठ सवस्टेसन निर्माण गरिरहेको छ । काठमाडौं उपत्यकामा चार सयदेखि एक सय ३२ केभी क्षमताका सवस्टेसन निर्माणाधीन रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । भविष्यमा वृद्धि हुनसक्ने विद्युत्को सम्भावित मागलाई सम्बोधन गर्न प्राधिकरणले सन् २०५० को समयसीमा निर्धारण […]

सांसद अमरेश कुमार सिंहको हर्कत, संसदमै अर्धनग्न ! (फोटोसहित)

साझा कथा । केहि समय पहिले नेपाली काँग्रेसबाट लगातार टिकट पाउँदै र अस्वभाविक रुपमा जित्दै आएका सांसद अमरेश कुमार सिंह अहिले स्वतन्त्र रुपमा जितेर संसद आएका हुन् । लामो समय भारत लबीका नेता भनेर चिनिएका उनी शीर्ष नेताहरुको बैठकमा समेत अस्वभाविक रुपमा बस्थे । उनले शीर्ष तहको बैठकमा प्रवेश पाउनु र विभिन्न दलका मुख्य नेतृत्वसँग […]

कस्तो आउला यो बर्षको बजेट ?

साझा कथा । जेठ १५ नजिकिँदै गर्दा १० दल सम्मिलित सरकारले कस्तो बजेट ल्याउला भन्ने सर्वत्र चासो छ । अर्थतन्त्र धरासायी भएर कर्मचारी, शिक्षकलाई तलब खुवाउन तथा पेन्सनपट्टामा पैसा जम्मा गर्न समेत मुस्किल भइरहेको सन्दर्भमा आउने बजेटप्रति आमचासो छ । जेठ १५ गते आर्थिक बर्ष २०८०–०८१ को बजेट प्रस्तुत हुनेछ । सरकारले भने मुलुकको आर्थिक […]

जमुनीपुरका तीन किशोरी तीनदिनदेखि वेपत्ता, मोबाइल पनि स्वीच अफ

साझा कथा । कैलालीको एकै गाउँका तीन किशोरी बेपत्ता भएका छन् । कैलारी गाउँपालिका–९ जमुनीपुरका तीन किशोरी तीनदेखि बेपत्ता रहेका हुन् । उनीहरू शनिवार साँझबाट सम्पर्कविहीन रहेको परिवारले जनाएका छन् । किशोरीहरू सम्पर्कविहीन भएपछि खोजबिनका लागि उनीहरूले इलाका प्रहरी कार्यालय हसुलियालाई आग्रह गरेका छन् । जमुनीपुरका १४ वर्षीया अविक्षा चौधरी, १७ वर्षीया सुविक्षा चौधरी र […]

साझा मुक्का – भाग १ (पूरा भिडियो)

सुवोध गौतम, अहिले अधिकाँश नेपालीले चिन्ने नाम । ‘भद्रगोल’ टेलिशृंखलामार्फत युवापुस्तामाझ ‘एकदुमे’ नामले परिचित गौतम हाँस्यव्यंग्य विधामा पछिल्लो समय प्रभाव जमाउँदै गएका कलाकार हुन् । ‘क्यारिकेचर किङ’को उपमासमेत उनलाई प्राप्त छ । केहि बर्षयता गाईजात्रामा प्रभावकारी प्रस्तुति दिने गरेका कलाकार सुवोध गौतम अब साझा कथा मार्फत ‘साझा मुक्का’ लिएर आएका हुन् । बैशाख २४ गते […]

काठमाडौंका अव्यवस्थित तार हटाइँदै, माइतीघर र न्यूरोडबाट सुरु गरिने

काठमाडौं महानगरपालिका भित्रका अव्यवस्थित तार सोमबारदेखि हटाउन सुरु गरिने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीहरु राजी भएपछि तारहरु हटाइने भएको हो । नेपाल दूरसञ्चार प्राधिकरण, नेट सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरु र महानगरपालिका बीच आइतबार भएको छलफलमा सोमबारदेखि महानगर क्षेत्रका अव्यवस्थित तार हटाउन प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीहरु तयार भएको […]

भुटानी शरणार्थी प्रकरणः आरजु राणा र मञ्जु खाँड पनि तानिए, ‘पक्राउ पुर्जी किन जारी नगरेको ?’

साझा कथा । टिकटकमा अहिले एउटा अडियो भाइरल भइरहेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी तथा सांसद आरजु राणा र पूर्वगृहमन्त्री तथा काँग्रेस नेता बालकृष्ण खाँडकी पत्नी मञ्जु खाँडको भनिएको अडियोमा भुटानी शरणार्थी प्रकरणमा रकम लिएको कुराकानी छ । सार्वजनिक भएको एक मिनेट तीन सेकेन्डको अडिओमा पीडित र नक्कली शरणार्थी खडा गर्ने गिरोहका […]

भुटानी शरणार्थी प्रकरणः माछो-माछो भ्यागुतो ?

४ अर्ब ३५ करोड घोटाला भएको वाइडबडी काण्ड नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवातर्फ सोझिएपछि ढिसमिस भएजस्तै नक्कली भुटानी शरणार्थी प्रकरण पनि ढिसमिस हुने संकेत देखा पर्न थालेको छ । वाइड बडी विमान खरिदमा भएको भ्रष्टाचार काण्डमा मुछिएकी देउवा पत्नी आरजू राणा नक्कली शरणार्थी प्रकरणमा पनि जोडिएकी छन् । ठूला भ्रष्टाचारका काण्डमा देउवा पत्नी आरजू राणा […]

नेपाली नागरिकता लिने भारतीय कति होलान् ?

साझा कथा । झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले दश भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको टोलीले उनीहरुलाई उपत्यकाकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो । विभिन्न समयमा नक्कली कागजात तथा ठेगाना विवरण पेश गरी तराईका जिल्लाबाट नेपाली नागरिकता लिएको प्रारम्भिक अनुसन्धानका आधारमा उनीहरुलाई पक्राउ गरिएको […]

यसरी बनेको थियो सिंगापुर, नेपाल कहिले बन्छ ?

चरम गरिबी, चरम वेरोजगारी, अपराधहरुको श्रृंखला, भूगोलका हिसाबले अत्याधिक जनसंख्या अनि अशिक्षा । ठ्याक्कै नेपालसँग मेल खाने अवस्था थियो सिंगापुरमा सन् १९६० को दशकमा । यस्तो अवस्थामा रहेको देशले १५ बर्षको अवधिमा चमत्कार गर्यो र अहिले एशियाको शीर्ष धनी राष्ट्रमा दरिएको छ । कसरी बन्यो होला सिंगापुर ? सिंगापुरबाट नेपालले के सिक्न सक्छ ? संस्कृत […]

मार्ने योजना बनाएपछि मुद्दा हालेँ, पल शाहको मायाले छुटाइदिएँ – समीक्षा अधिकारी

साझा कथा । अभिनेता पल शाहसँगको सम्बन्धमा उतारचढाव आएपछि सार्वजनिक कार्यक्रममा खुलेर नबोलेकी गायिका समीक्षा अधिकारीले आफ्नो जीवनको भोगाई बाँडेकी छन् । उनले पल शाहलाई जेलबाट छुटाउनुको कारणबारे पनि मुख खोलेकी छन् । सानै उमेरमा सांगीतिक क्षेत्रमा लोकप्रिय बनेकी उनको जीवनमा आइपरेको समस्या र उनले लडेको कानुनी लडाइँ समाजबाट लुकेको छैन । तर उनले थालेको […]

राष्ट्रिय पत्रकारिता दिवसः ‘सामाजिक सञ्जालले जित्दै गयो, पत्रकारलाई पेट पाल्नै गाह्रो’

साझा कथा । आज (आइतबार) ‘आठौँ राष्ट्रिय पत्रकारिता दिवस’ विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गतेको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरिएको थियो । सरकारले विसं २०७३ मा पत्रकारिता दिवस राष्ट्रियरूपमै मनाउन मान्यता दिएपछि यो दिवस मनाउन थालिएको हो । वरिष्ठ पत्रकारहरुले मुलुकको राजनीतिमा देखिएको […]

बजेट अधिवेशन प्रारम्भ

साझा कथा । सङ्घीय संसद्को दुवै सदनको वर्षे अधिवेशन आज आइतबारदेखि सुरु हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेशन आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन प्रारम्भ हुन लागेको हो । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलनमा आइतबार अपराह्न ४ बजेका लागि आह्वान भएको अधिवेशनमा उपस्थितिका लागि सबै सांसद सदस्यलाई सङ्घीय […]

बेलायती राजाले राजमुकुट पहिरिँदा हिन्दु प्रधानमन्त्रीले वाचन गरे बाइबलका श्लोक

साझा कथा । बेलायतका राजा चार्ल्स तृतीयले विशेष समारोहबीच राजमुकुट ग्रहण गरेका छन् । शनिबार बेलायती नरेश चार्ल्सको शिरमा धर्मगुरु आर्चबिसपले ३६० वर्ष पुरानो सेन्ट एडवार्डको मुकुट राखिदिए । राजा चार्ल्स तृतीय यो राजमुकुट पहिरिने सातौँ शासक हुन् । यसअघि चार्ल्स द्वितीय, जेम्स द्वितीय, विलियम तृतीय, जोर्ज पञ्चम, जोर्ज छैटौँ अनि एलिजाबेथ द्वितीयाले यो मुकुट […]

भुटानी शरणार्थी प्रकरणः “यो ट्रेलर मात्र हो, फिल्म बाँकी छ”

साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भुटानी शरणार्थी प्रकरणमा ट्रेलरमात्र देखिएको बताएका छन् । पुरा फिल्म आउन अझै बाँकी रहेको प्रचण्डको भनाई छ । शनिबार काठमाडौँमा नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले अब भ्रष्टाचारका ठूला फाइलहरू खुल्दै जाने दाबी गरे । प्रधानमन्त्री प्रचण्डले कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन नसकिने समेत […]