इमरान खानको उदय र पतनः नेपालको लागि सिकाइ (भिडियो)

इमरान खान, पाकिस्तानी क्रिकेट टोलीका पूर्व कप्तान तथा पाकिस्तानको राजनीतिमा कुनै समयका करिस्मेटिक नेता । सन् २००२ देखि राष्ट्रिय राजनीतिमा पाइला चालेका इमरान खानले छोटो समयमै ठूलो उपलब्धी हासिल गरे र छोटै समयमा पतनको बाटोमा गए । क्रिकेटमा ठूलो सफलता दिलाएजस्तै दशकौँदेखि आधिपत्य जमाइरहेका दुई ठूला पार्टीलाई पन्छाएर इमरान प्रधानमन्त्री भए । ठूलो अपेक्षा र […]

रवि लामिछानेको उम्मेदवारी रद्द गर्न माग गर्दै उजुरी

साझा कथा । चितवन २ को उपनिर्वाचनको लागि रवि लामिछानेले दिएको उम्मेदवारी विरुद्ध उजुरी परेको छ । लामिछानेको उम्मेदवारी बदर गरी अयोग्य घोषणा गर्न माग गर्दै युवराज सफलले उजुरी दिएका हुन् । सफलले सोमबार मात्रै रवि लामिछानेको राहदानीको सम्बन्धमा महान्यायाधिवक्ताले मुद्दा नचलाउने भनी गरेको निर्णय विरुद्ध रिट समेत हालेका थिए । सफलले चितवन क्षेत्र नम्बर […]

मन्त्रीहरुलाई प्रधानमन्त्रीको २० बुँदे निर्देशनः ‘खादा मालामा नभुल्नू, दोहोरी नखेल्नू, हरेक दिन एउटा महत्वपूर्ण निर्णय गर्नू’

साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सरकारका मन्त्रीहरुलाई २० बुँदे निर्देशन दिएका छन् । जनमानसमा नेपालमा केहि कुरा पनि “सम्भव छैन” भन्ने निराशावादी निष्क्रियता रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले त्यस्ता कुरालाई सरकारमा कुनै ठाउँ नहोस् भन्दै मन्त्रीहरुलाई काम गरेर देखाउन निर्देशन दिएका हुन् । बधाईका नाममा अहिले खादामाला लगाएर भुल्ने समय नभएको बताउँदै प्रचण्डले […]

पोखराको पर्यटन व्यवसाय धरापमा, व्यवसायीहरु विकल्पको खोजीमा

साझा कथा । कुनै समय पर्यटकहरुको आवागमनले खचाखच भरिने पोखरामा यदाकदा पर्यटक भेटिन्छन् । पोखराका पर्यटन व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर पर्यटन क्षेत्रमा निकै लगानी गरिरहेका समयमा विश्वव्यापी कोरोना देखिएपछि पर्यटन क्षेत्र ठप्प भयो । कोरोनापछिको पर्यटन चलायमान हुन्छ र लयमा फर्किन्छ भन्ने आश गरिरहेका पर्यटन व्यवसायी सन् २०२३ सम्म आइपुग्दा पनि कोरोनाको […]

गिद्ध संरक्षण गर्न बनेको रेष्टुरेन्ट अध्ययन केन्द्र बन्दै

साझा कथा । लोपोन्मुख गिद्ध संरक्षण गर्न १७ वर्ष अगाडि पूर्वी नवलपरासीको कावासोती–१३ मा स्थापना गरिएको जटायु रेष्टुरेन्ट पर्यापर्यटनको गन्तव्य र जैविक विविधता अध्ययन गर्नेहरूको केन्द्रका रूपमा विकास हुँदै गएको छ । यस ठाउँमा जैविक विविधता, पर्यापर्यटन एवं वन तथा वातावरण अध्ययन गर्ने विद्यार्थी तथा सोधकर्ताहरू गिद्ध, तिनका प्रजाति, जीवनशैली तथा गिद्धको बासस्थानका विषयमा अध्ययन […]

बढ्दै छ कोरोना संक्रमण, २२७ सक्रिय संक्रमित

साझा कथा । नेपालमा केहि समय शून्य रहेको कोरोना संक्रमण फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा नेपालमा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११५१ जनामा परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि भएको हो । ४९ जनामा पीसीआर र २७ जनामा एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो […]

उपनिर्वाचन हुने तीन क्षेत्रमा मनोनयन दर्ता, एकअर्काप्रति कटाक्ष गर्दै बोले नेताहरु

साझा कथा । बैशाख १० गतेका लागि तोकिएको उपनिर्वाचनको लागि बारा २, चितवन २ र तनहुँ १ मा उम्मेदवारी दर्ता भएको छ । मनोनयन दर्ता गर्ने नेताहरुले आफूले सो क्षेत्रमा सहजै जीत हासिल गर्ने दाबी गरेका छन् । बारा २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीको तर्फबाट शिवचन्द्रप्रसाद कुशवाहा, एमालेका उम्मेदवार पुरुषोत्तम […]

दुई दिनमा ३७ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्दै

साझा कथा । यो साता कारोबारको लगातार दोस्रो दिन पनि पुँजीबजारमा गिरावट देखिएको छ । आइतबार २० अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार १६ दशमलव ६७ अङ्कले घटेको छ । नेप्सेकाअनुसार सोमबार दुई सय ६० कम्पनीका २८ लाख २९ हजार चार सय २६ कित्ता शेयर रू ९२ करोड दुई लाख ४९ हजारमा कारोबार […]

दिल्लीको रेल्वे स्टेशनबाट सात जना बालबालिको उद्दार

साझा कथा । भारतको राजधानी नयाँ दिल्लीस्थित रेल्वे स्टेसनबाट सात जना नेपाली बालबालिकाहरूको उद्धार गरिएको छ । एक हप्ते लामो विशेष उद्धार अभियानबाट सात नेपाली बालबालिकाको उद्धार गरिएको हो । बाल कल्याण समितिसहित सलाम बालक, प्रयास संस्था, साथी संस्था, चाइल्ड लाइन १०९८, रेल्वे अथोरिटी, आरपीएफ र जीआरपीको संयुक्त पहलमा गत २७ मार्चदेखि अप्रिल २ सम्म […]

रवि लामिछाने विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता, अब के हो प्रक्रिया ?

साझा कथा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी विवादमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय विरुद्ध युवराज सफलले रिट हालेका हुन् । आइतबार नै रिट दर्ताका लागि पुगेका सफलले रिट सच्याउनुपर्ने भएकाले आज लगिएको थियो । महान्यायाधिवक्ता दिनमणि पोखरेलले यसअघि राहदानी दुरुपयोगका सम्बन्धमा […]

सिक्टा सिँचाइमा अर्को ब्रेक-थ्रू, पूर्वी बाँकेमा बर्षैभरी पानी

साझा कथा । निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजनामा अर्को ब्रेकथ्रू भएको छ । बाँके जिल्लामा रहेको उक्त सिँचाइ आयोजनाको पूर्वी नहरको ३७ किलोमिटर नहर निर्माण कार्य सम्पन्न भएको छ । र नहरबाट पानी समेत छोडिएको छ । यसअघि सो आयोजनाको ४२.२५ किलोमिटरको पश्चिमी मूल नहरबाट पानी छोडिसकिएको थियो । अगैयामा रहेको आयोजनाको मुख्य […]

विज्ञानको चमत्कारः विरुवा रोएको आवाज रेकर्ड भयो

साझा कथा । हामी पीडा हुँदा, दुःख हुँदा रुन्छौँ कराउँछौँ । जनावरहरु पनि दुःख पर्दा र असह्य पीडा हुँदा आवाज निकालेर रुन्छन् । यो सामान्य प्रक्रिया हो । तर विरुवाहरु समेत दुःख र पीडा हुँदा रुन्छन् भन्ने पत्ता लागेको छ । जुन आफैँमा आश्चर्यजनक छ । हो, हालैमात्र वैज्ञानिकहरुले विरुवा रोएको आवाज रेकर्ड गरेका छन् […]

ना.सु घिमिरेको स्रोत नखुलेको सम्पत्ति साढे २ करोड

साझा कथा । भन्सार विभाग काठमाडौंका तत्कालीन नायब सुब्बा रघुनाथ घिमिरेविरुद्ध दुई करोड १४ लाख ४६ हजार ६५७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले आइतबार विज्ञप्ति जारी गर्दै घिमिरेविरुद्ध मुद्दा दायर भएको जानकारी दिएका हुन् । अवकाश प्राप्त आरोपित घिमिरेविरुद्ध एयरपोर्ट भन्सार, विभिन्न भन्सार कार्यालय र राजश्व […]

उपचुनाव बन्दैछ महासंग्राम, काँग्रेसले किन गर्यो उपेन्द्र यादवलाई समर्थन ?

साझा कथा । आगामी बैशाख १० गते तीन वटा क्षेत्रमा उपनिर्वाचन हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यसअघि निर्वाचित भएका क्षेत्रमा उपचुनाव हुन लागेको हो । उपनिर्वाचन भएपनि यसको चर्चा निक्कै बढेको छ, यो आमनिर्वाचन जत्तिकै महासंग्राम बन्दैछ । यसको कारण तीन वटै क्षेत्रमा हेभिवेट उमेदवारहरु […]

मार्चमा मात्रै करिब एक लाख पर्यटक नेपाल भित्रिए

साझा कथा । गत मार्च महिनामा करिब एक लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यस अवधिमा ९९ हजार ४२६ जना विदेशी पर्यटक नेपाल आएका छन् । सो अवधिमा सार्क राष्ट्रबाट ३३ हजार ४५४, अन्य एशियाली राष्ट्रबाट १५ हजार ६४३, यूरोपबाट २३ हजार २६५, ओसियन राष्ट्रबाट तीन हजार ९५८ जना पर्यटक […]

मिटरव्याजको जालो !

मिटरव्याजी पीडितहरुले संघर्ष गर्न थालेको ५ बर्ष वितिसकेको छ । कहिले पश्चिमका नवलपरासी, दाङ लगायत जिल्लाबाट, कहिले मध्ये तराईका जिल्लाहरुबाट मिटरब्याजी पीडितहरु राजधानी आएर आन्दोलन गरिरहेका छन् । मिटरब्याजका कारण उठिबास लागेका गरिब किसानहरु आफ्नो घरमा आनन्दसँग बस्न पाउँ भन्दै सरकारसँग हारगुहार गरिरहेका छन् । तर समस्या ज्यूँ का त्यू छ । आखिर के हो […]

प्रतिनिधि सभाको बैठक (प्रत्यक्ष प्रसारण)

   

सुर्यज्योतिको एमडीआरटी मिट २०२३ सम्पन्न, घिमिरेलाई रोयल इन्फिल्ड मोटरसाईकल

साझा कथा । सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा आयाजित एमडीआरटी मिट २०२३ धुलिखेलमा सम्पन्न भएको छ । कार्यक्रममा मनोनित सम्पुर्ण एमडीआरटीलाई सम्मान गरिएको थियो । साथै सीओटी हुन सफल गौरवकुमार शाही र टीओटी हुन सफल कमलप्रसाद घिमिरेलाई सम्मान गरिएको थियो । घिमिरेले रोयल इन्फिल्ड मोटरसाईकल समेत पुरस्कार पाएका छन् । उनलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम […]

सन्तानेश्वरमा सन्तानहरु (फोटो कथा)

सन्तानेश्वर मन्दिरमा पुजा आराधना सहितको रुद्राभिषेक गर्नाले निःसन्तान दम्पतीहरुलाई सन्तान प्राप्त हुने धार्मिक विश्वास छ । जुन मन्दिर ललितपुर जिल्ला गोदावरी नगरपालिकास्थित झरुवारासी कैलास पर्वतमा अवस्थित छ । सातदोबाटोबाट केवल ६ किलोमिटर मात्र टाढा रहेको यस मन्दिरमा पुग्नका लागि चापागाउँ, ठैब, बाडेगाउँ र धापाखेलबाट सडक संजाल जोडिएको छ । मन्दिरबाट देखिने आकर्षक दृष्य र सहज […]

‘तरकारी काका’को सफलताको कथा

साझा कथा । सेताम्य दारी–जुँगा र कपाल फुलेको छ । उमेर हेर्दा नातिनातिनासँग खेल्ने समय हो । उमेर बढेपनि शरीर तन्दुरुस्त छ । बागलुङ नगरपालिका–४ कुँडुलेका टिकाराम सापकोटा बिहान उठेदेखि राति नसुतुन्जेलसम्म बारीमा भेटिन्छन् । कहिले आफ्नै त कहिले अरुका तरकारी फार्ममा देखिने सापकोटा उमेरले ६७ वर्ष नाघिसके । उमेरले सात दशक लाग्दा पनि उनमा […]

tHE bRAVO dELTA sHOW मा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठ

tHE bRAVO dELTA sHOW मा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठ सँगको कुराकानी

दुई दिनमै बनेको पार्क – गरे के नै हुँदैन र ! (भिडियो)

चाह्यो भने र गर्या भने के नै हुँदैन रहेछ र ! ललितपुरको लगनखेल बसपार्कबाट सातदोबाटोतिर जाँदा बीचतिर पुगेपछि बायाँ तर्फ हनुमानथानको मन्दिर छ । मन्दिरको पूर्वपट्टि एउटा पोडियम देखिन्छ, जुन पोडियम दुई दिनमा पार्कको रुपमा परिणात भयो । अव्यवस्थित पार्किङका कारण सधैं अस्तव्यस्त रहने यो ठाउँलाई व्यस्थित गर्न ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले दिएको एक […]

दश नयाँ मन्त्रीहरुले लिए सपथ, फेरि अर्को चरणमा मन्त्रीपरिषद् विस्तार गर्नुपर्ने

साझा कथा । १० जना नयाँ मन्त्रीहरुले सपथ लिएका छन् । नेपाली काँग्रेसका ४, एकीकृत समाजवादीका दुई, माओवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीबाट १–१ जना गरी १० जना मन्त्रीहरुले सपथ लिएका हुन् । उनीहरूले राष्ट्रपति भवन शितल निवासमा भएको एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलमार्फत शपथ लिएका हुन् […]

महान् आमा ! जसले तिलहरी धितो राखेर छोराको एसईई शुल्क तिरिन्..

साझा कथा । आमा, आफैँमा अतुलनीय गुरुत्व बोकेको शब्द । आमा, एउटा यस्तो शब्द जो उच्चारण गर्दा उच्च सम्मान र महसुस गर्दा न्यानोपनको आभाष हुन्छ । सन्तानले आफू धर्तीमा आइसकेपछि उच्चारण गर्ने पहिलो शब्द पनि आमा नै हो । आमाको गरिमा र महिमाबारे शास्त्रमा पनि धेरै शब्द खर्चिएको पाइन्छ । शास्त्रमा आमालाई पृथ्वी र धरातलसँग […]

चिनेजानेकै मान्छेबाट बढी ठगिन्छन् विदेश जाने युवा, ५५ करोड बढी ठगी

साझा कथा । वैदेशिक रोजगारीमा जाने अधिकांश युवा ठगिने गरेका छन्, यो क्रम बढ्दो छ । उनीहरुलाई ठग्ने व्यक्तिहरु भने चिनेजानेकै वा गाउँघरकै दलाल हुने गरेका छन् । सदरमुकाम र सहरका वैदेशिक रोजगार कम्पनी अनि विदेश पढ्न पठाउन भन्दै खोलिएको एजुकेसन कन्सल्टेन्सीबाट पनि युवाहरु ठगीमा पर्ने गरेका छन् । त्यस्ता ठगिने युवाहरु कति छन् भन्ने […]

कुन दलको भागमा कुन मन्त्रालय ? नयाँ मन्त्रीको सपथ शुक्रबार ३ बजे

साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वको सरकार आज (शुक्रबार) विस्तार हुँदैछ । ११ दलीय गठबन्धनबाट हाललाई ९ वटा दल सरकारमा सहभागी हुँदैछन् । माओवादीले यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहेका नारायणकाजी श्रेष्ठलाई गृहमन्त्री बनाउने तयारी गरेको छ । नेपाली काँग्रेसभित्रको विवादका कारण तत्काल ४ जना मन्त्री हुँदैछन् । शेखर कोइराला समूहलाई […]

एसईई परीक्षा सुरु (फोटो कथा)

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएको छ । । कक्षा नौबाट १० मा आउँदा ३२ हजार ३६४ विद्यार्थी घटेका छन् । यो वर्ष चार लाख ८४ हजार २२७ जना परीक्षार्थी सहभागि भएका छन् एसइई परीक्षाका लागि परीक्षा केन्द्रमा लाईनमा उभिएका परीक्षार्थी (तस्बिरमा) तस्बिरः प्रकाश गोपाली

आजदेखि एसईई परीक्षा सुरु, पाँच लाख परीक्षार्थी, ५० लाख प्रश्नपत्र सेट

साझा कथा । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट सुरु भएको छ । परीक्षा विहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुँदै छ ।एसइई परीक्षाका सहभागि हुन २०७८ मा कक्षा नौमा रजिस्ट्रेशन भर्ने विद्यार्थी पाँच लाख १६ हजार ५९१ जना रहे पनि कक्षा १० सम्म आइपुग्दा भने परीक्षाका लागि आवदेन दिनेमा कूल चार लाख ८४ […]

‘मिटरव्याजीको पीडामा मलहम लगाउ सरकार’

साझा कथा । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले मिटरव्याजी पीडितहरु साहुको ऋणको भारका साथै शारीरिक र मानसिक रुपमा पीडित रहेको भन्दै उनीहरुको पीडालाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले पीडितहरुलाई चाँडो न्याय दिलाउन वार्तामार्फत समाधान खोज्न सरकार समक्ष आग्रह गराएका हुन् । सांसद जयन्तीदेवी राईले मिटरव्याजी पीडितको […]

नेपाली काँग्रेस ‘दाइ–भाउजुको अक्षम गिरोह’ नै हो त ? पहिरो जाने संकेत

साझा कथा । नेपाली काँग्रेसभित्र परिवारवाद र कोटरीवाद नयाँ प्रणाली होइन । न त पद र प्रतिष्ठाको लडाईँमा पार्टी नीति र निष्ठालाई दाउमा राख्नु नै नयाँ हो । कृष्णप्रसाद भट्टराईलाई गिरिजाप्रसाद कोइराला र उनका सहयात्रीहरुले वेइज्जतिपूर्ण तरिकाले प्रधानमन्त्रीबाट हटाएका कुरा हुन् या गणेशमान सिंहलाई काँग्रेसमा ठाउँ नदिएका कुरा हुन् । चाहे गिरिजाप्रसाद कोइरालाले शेरबहादुर देउवालाई […]

५० हजार घुस लिँदालिँदै वडा अध्यक्ष र प्रशासकीय अधिकृत पक्राउ

साझा कथा । रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ५० हजार घुस लिँदालिँदै पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनालाई घुस रकमसहित नियन्त्रणमा लिएको हो । आयोगका प्रवक्ता रामकृष्ण अधिकारीका अनुसार गाउँपालिका कार्यालयको चमेना गृहमा प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी […]

‘अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका विषयमा एक/दुई हप्तामै निर्णय हुन्छ’

साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको विषयमा एक–दुई हप्ताभित्रमा निर्णय हुने बताएका छन् । विहिबार विहान भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले एक–दुई हप्तामा निर्णय हुने बताए । उनले अलपत्र परेको क्रिकेट रंगशाला निर्माणको काम पनि छिट्टै सुरू गर्ने बताए । ‘क्रिकेट रंगशालाको विषयमा मलाई लाग्छ एक […]

स्वतन्त्र पार्टी कहिले जान्छ सरकारमा ?

साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विहिबार मन्त्रिपरिषद् विस्तार गर्ने योजना बनाएका छन् । त्यसका लागि नेपाली काँग्रेस बाहेक सबै दलबाट मन्त्री हुनेहरुको नाम प्रचण्डले पाइसकेका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विहिबार साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा शीर्ष नेताहरुबीच सहमति भएको थियो । भागबण्डा टुङ्ग्याउन विहिबार विहान पनि सत्तारुढ दलहरुबीच छलफल […]

वैशाख १ गते टुँडिखेलमा ओशो महोत्सव हुँदै

साझा कथा । ओशो तपोवनले आगामी वैशाख १ गते काठमाडौँको टुँडिखेलमा ओशो महोत्सव आयोजना गर्ने भएको छ। नयाँ वर्षको उत्साह र सकारात्मक सन्देश दिनका लागि महोत्सव हुन लागेको ओशो तपोवनले जनाएको छ । महोत्सव बिहान ९ देखि रात्रि ९ बजेसम्म चल्नेछ । महोत्सवमा सबै वर्ग, उमेर, समुदाय, जातजाति, धर्म र संस्कृतिका व्यक्तिलाई सुहाउने विविध प्रकारका […]

मिटरव्याज विरुद्ध संसदमा सांसदहरुको एकै स्वर

साझा कथा । प्रतिनिधिसभाको आजको बैठकमा उपस्थित अधिकांश सांसदहरुले मिटरव्याजबाट पीडित भएका नागरिकहरुको समस्या समाधान गर्नका लागि एकै स्वरमा आवाज उठाएका छन् । उनीहरुले मिटरव्याजबाट पीडितहरुको माग सम्बोधन गर्न तत्काल ठोस निर्णय गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षणसमेत गराएका छन् । बैठकको सुरुमा नै सभामुखसँग समय मागेर बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले एकजना मिटरव्याज पीडित […]

प्रतिनिधि सभाको बैठक (LIVE)