भिरमा मह काढेको खिच्न नेशनल जियोग्राफिक टोली म्याग्दीमा

साझा कथा । भिर महको निकालेको दृश्य छायाङ्कन गर्न नेशनल जियोग्राफीको टोलीसहित स्पेन र जर्मनीका नागरिक गरी १६ जना विदेशी पर्यटक म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङको खबाङ भिर पुगेका छन् । देख्दा आङ नै सिरिङ्ग हुने कहालीलाग्दो पहरामा भिर मह निकालिरहेको दृश्यको छायाङ्कनसँगै नेपालीको सौर्य प्रचारप्रसार गर्ने उद्देश्यका साथ विदेशीको टोली आएको धवलागिरि गाउँपालिका–२ का वडाध्यक्ष […]

सदरमुकाममै छैन पक्की पुल

साझा कथा । विकट जिल्ला मनाङको सदरमुकाम चामेमा पक्की पुल नहुँदा आवागमनका लागि काठको पुल निर्माण गरिएको छ । जिल्लाको मुटु मानिएको चामेमा आवतजावत सहज बनाउने उद्देश्यले चामे गाउँपालिका र स्थानीय युवाको सहयोगमा काठेपुल निर्माण गरिएको हो । सडक विस्तारको काम भइरहेको अवस्थामा चामेका चार ठाउँमा काठेपुल निर्माण गरी सञ्चालन भइरहेका छन् । दीर्घकालीन हुनेगरी […]

सरकारद्वारा ‘राष्ट्रिय साइबर सुरक्षा केन्द्र’ स्थापना

साझा कथा । ‘डिजिटल नेपाल फ्रेमवर्क २०७६’ को आकाङ्क्षा पूरा गर्ने उद्देश्यअनुरुप सरकारले ‘राष्ट्रिय साइबर सुरक्षा केन्द्र’ स्थापना गरेको छ । सिंहदरबारस्थित पुरानो गृह मन्त्रालयमा कार्यालय रहेको केन्द्रले आफ्नो काम सुरु गरेको मन्त्रालयका उपसचिव तथा साइबर सुरक्षा शाखा प्रमुख राजकुमार महर्जनले जानकारी दिए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत साइबर सुरक्षाको विषयमा अनुसन्धान तथा विकास, […]

फुञ्जोको नयाँ कीर्तिमान बनिन् १४ घन्टामै सगरमाथा आरोहण गर्ने पहिलो महिला

साझा कथा । यसअघिका सबै रेडर्क तोड्दै गोरखाकी फुञ्जो झाङ्मु लामाले सगरमाथा आरोहणको नयाँ रेकर्ड कायम गरेकी छिन् । ८,८४८.८६ मिटर अग्लो सगरमाथा १४ घण्टा १५ मिनेटमा पार गर्दै उनले सबैभन्दा छिटो आरोहण गर्ने महिला बन्न सफल बनेकी हुन् । यसअघि सन् २०२१ मा हङकङकी स्याङ यिन हङ(आडा)ले २५ घण्टा ५० मिनेटमा आरोहण गरेर सबैभन्दा […]

ढोरपाटनमा दोस्रो याममा दश नाउर र सात झारलको सिकार

साझा कथा । वैधानिक रुपमा सिकार खेल्न पाइने नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा दोस्रो याममा १० नाउर र सात झारलको सिकार भएको छ । दोस्रो सिकार याममा ढोरपाटन आरक्षले सिकार ब्लकमा वन्यजन्तु विभागको अनुमतिमा ११ नाउर, सात झारल र चार बनेलको सिकार गर्न अनुमति दिएको थियो । अनुमति पाएका तीन बनेलको सिकार […]

२५६८औं बुद्ध जयन्ती ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’

साझा कथा । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८औं जयन्ती आज भगवान् विष्णुको नवौं अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, […]

‘अभिलेख’को चौंथो शृङ्खलामा न्यायाधीश टोपबहादुर सिंहसँग गरिएको विशेष कुराकानी (भिडियो)

साझा कथा अनलाइन पोर्टलमार्फत कार्यक्रम ‘अभिलेख’को चौंथो शृङ्खलामा न्यायाधीश टोपबहादुर सिंहसँग साझा कथाले गरेको पछिल्लो विशेष कुराकानी प्रस्तुत गरेका छौं । ‘अभिलेख’ एक संवादमूलक टेलिभिजन कार्यक्रम हो । समाजका विभिन्न क्षेत्रमा योगदान दिनुभएका फरक व्यक्तित्वहरूको अनुभवको अभिलेखीकरण गर्नु नै यस कार्यक्रमको मूल उद्देश्य हो । कार्यक्रमले विगतको खोज, अनुसन्धान र अनुभवलाई अभिलेखीकरण गर्दै नयाँ पुस्तामा […]

श्रम मन्त्रालयको ‘श्रमाधान रोजगार मेला’ (भिडियो)

साझा कथा । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्ने भएको छ । बुधबार अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मन्त्रालयले योजना घोषणा गरेको हो । मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रममन्त्री डोलप्रसाद अर्यालले ‘श्रमाधान’ मार्फत श्रमिक समस्या र यससँग सम्बन्धित अन्य विभिन्न विषय यसैबाट अघि बढ्ने बताए । श्रम मन्त्रालय र मातहतका […]

गर्मीले तराईका जिल्लाको जनजीवन कष्टकर

साझा कथा । पछिल्ला केही दिनदेखि बढेको गर्मीले कैलालीसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ । गर्मीका कारण दैनिक काम गर्न र हिँडडुल गर्न कठिन भएको छ । धनगढीको अधिकतम तापक्रम ४२ डिग्रिसेल्सियस पुगेको छ । गर्मीले मजदुर वर्ग, वृद्धवृद्धा र स्कुले बालबालिका बढी प्रभावित भएका छन् । गर्मी बढेसँगै बजार क्षेत्र दिउँसो सुनसान हुन थालेको […]

तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात

साझा कथा । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख बराबर व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वैशाख मसान्तसम्ममा १३ खर्ब तीन अर्ब ३५ करोड ७० लाख बराबरको वस्तु आयात भएको थियो भने १ खर्ब २६ अर्ब १७ करोड ३५ लाख बराबरको […]

जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने

साझा कथा । संयुक्त अधिराज्यका प्रधानमन्त्री ऋषि सुनकले जलवायु परिवर्तनका क्षेत्रमा नेपाललाई सघाउने बताएका छन् । नेपाल र संयुक्त अधिराज्यबीच मैत्रीसन्धिमा हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री सुनकको कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा उनले उक्त कुरा बताएको लण्डनस्थित नेपाली राजदूतावासले जनाएको छ । त्यस अवसरमा प्रधानमन्त्री सुनकले आगामी दिनमा बेलायत र नेपालबीच […]

म्यानचेस्टर सीटीले लगातार चौथो पटक जित्यो इंग्लिस प्रिमियर लिग

साझा कथा । म्यानचेस्टर सिटीले लगातार चौथो पटक इंग्लिश प्रिमियर लिगको उपाधि जितेको छ । आइतबार भएको लिगको अन्तिम खेलमा वेस्ट ह्याम माथि ३/१ को जित निकाल्दै आर्सनललाई २ अंकले पछि पार्दै सिटीले कीर्तिमानी लिग उपाधि जितेको हो । इंग्लिश फुटबल इतिहासमा कुनै पनि टिमले लगातार चार पटक प्रिमियर लिग उपाधि जितेको यो पहिलो पटक […]

the bRAVO dELTA show Season 2

चर्चित टेलिभिजनकर्मी भुषण दाहालद्वारा सञ्चालित कार्यक्रम ‘द ब्राभो डेल्टा शो’को दोस्रो सिजन आजबाट सुरु भएको छ । यो कार्यक्रम हिमालय टेलिभिजनमा प्रत्येक सोमबार राति ८ बजे प्रसारण हुनेछ । कार्यक्रम ‘साझा कथा’ युट्युब च्यानलबाट समेत हेर्न सकिनेछ ।  कार्यक्रमको औपचारिक आरम्भका दिन A CURTAIN RAISER का रुपमा प्रस्तोता भुषण दाहालले ‘द ब्राभो डेल्टा शो’ सिजन […]

भूषण दाहालको ‘द ब्राभो डेल्टा शो’ आजबाट

साझा कथा । चर्चित टेलिभिजनकर्मी भुषण दाहालद्वारा सञ्चालित ‘द ब्राभो डेल्टा शो’को दोस्रो सिजन सोमबारदेखि प्रसारण हुने भएको छ । कार्यक्रम  हिमालय टेलिभिजनमा सोमबार राति ८ बजे प्रसारण हुनेछ भने  ‘साझा कथा’ युट्युब च्यानलबाट राति ९ बजे प्रशारण गरिने छ । यो टेलिभिजन कार्यक्रमको उत्पादन अल थ्री मिडिया प्रालिले गर्दैछ । १ सय २४ भाग […]

कांग्रेसको वेल घेराउका बिच प्रधानमन्त्रीलाई चौथोपटक विश्वासको मत प्राप्त

साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रचण्डले यो पटकसमेत चौथो पटक विश्वासको मत पाएका हुन् । संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अबरोधका बिच प्रधानमन्त्रीले आज विश्वासको मत लिएका हुन । आजको मतदान कांग्रेसका सांसदहरुको नाराबाजीकाबिच भएको थियो । प्रतिनिधिसभामा सोमबार भएको मतदानका क्रममा प्रधानमन्त्रीको पक्षमा […]

कांग्रेसको नाराबाजीबीच विश्वासको मत लिँदै प्रधानमन्त्री ‘प्रचण्ड’

साझा कथा । प्रधानमन्त्री पुष्पकमल प्रचण्डले नेपाली कांग्रेसको नाराबाजीबीच विश्वासको मत मागेका छन् । कांग्रेस सांसदहरूको अवरोधबीच प्रचण्ड रोष्ट्रममा निस्किएका थिए । विपक्षी दलहरूले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै बैठक अवरोध गरेका हुन् । यद्यपि अवरोधका बीच सभामुखले संसदको कारबाही जारी राखेका छन् । साथै प्रधानमन्त्री पुष्पकमल दाहाल […]

नेपाल डढेलो घटना: दश महिनामा पाँच हजारभन्दा बढी

साझा कथा । देशभर करिब दश महिनाको अवधिमा ५ हजार १ सय ३० वटा डढेलोसम्बन्धी घटना भएको छ । गत वैशाख महिनामा मात्र तीन हजार २ सय ७० वटा डढेलोको घटना भएको वन तथा भू–संरक्षण विभागको तथ्याङ्काले देखाएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को साउनयताको तथ्याङ्क विश्लेषण गर्दा सबैभन्दा बढी यस वर्ष वैशाखमा डढेलोको […]

सामूहिक कृषिले महिला समूहमा मिलेको खुसी

साझा कथा । पोखरा महानगरपालिका- १६ अर्मलाका महिलाहरू यतीबेला सामूहिक कृषितर्फ आकर्षित भएका छन् । प्रगति कृषि समूह गठन गरी जग्गा भाडामा लिएर महिलाहरू सामूहिक कृषिखेतीमा लागेका हुन । समूहकी अध्यक्ष चिनमाया सुवेदी श्रेष्ठले दुई रोपनी जग्गामा मौसमअनुसार आलु, मुला, केराउ, काँक्रो लगायतका नगदेबाली गर्दै आएका र वर्षाको समयमा सोही जग्गामा परीक्षणकारूपमा विभिन्न छ जातका […]

विकराल समस्या बन्दै खडेरी: वन्यजन्तु समस्यामा

साझा कथा । खडेरीका कारण चितवन राष्ट्रिय निकुञ्जमा पानीका स्रोत सुक्दै थालेपछि वन्यजन्तु समस्यामा परेका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले निकुञ्ज र मध्यवर्ती क्षेत्रमा रहेका साना ठूला एक सय ३४ वटा तालतलैयामा पानीको सतह घट्दै गएपछि वन्यजन्तुलाई समस्या भएको बताए । उनले प्राकृतिक र निकुञ्जले बनाएका कृत्रिम तालसहित सिमसार क्षेत्र, नदी, खोलामा गत […]

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

साझा कथा । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार त्यहाँ भएको हिंसात्मक आक्रमणको सन्दर्भमा सरकारले त्यस्तो आग्रह गरेको हो । पाकिस्तानस्थित नेपाली राजदूतावासका अनुसार त्यहाँ रहेका सबै नेपाली सकुशल छन् । उक्त राजदूतावासले शनिबार एक सूचना जारी गरी “किर्गीस्तानको बिस्केकमा पछिल्ला केही दिनमा […]

“उद्यम र उद्यमशीलताको प्रवर्द्धन गर्न सके देश समृद्ध बन्छ”

साझा कथा । उद्यमशील कांग्रेसले ‘उद्यशीलता,उद्यमी र बजेट’ शिर्षकमा नयां बजेट सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरेको छ । शनिबार भएको सो अन्तरक्रियामा शिथिल अवस्थामा रहेको अर्थतन्त्रलाई नीतिगत सुधारका लागि युवा उद्यमीहरुले चाल्नुपर्ने कदमवारे वृहत छलफलका लागि कार्यक्रमको आयोजना गरिएको थियो । उद्यमशीलता, उद्यमी र बजेट शीर्षकको छलफलमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मिनेन्द्र रिजालले उद्यम […]

विद्यार्थीहरु बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण

साझा कथा । वरिपरि बोर्डिङ स्कूल नभएका होइनन् । देशकै पहिलो बोर्डिङ स्कूल मानिने त्रिभुवन आदर्श माध्यमिक विद्यालय पनि नजिकै छ तर भाषा पाठशालाका रूपमा फर्पिङमा एक सय चार वर्षअघि स्थापना भएको फर्पिङ माध्यमिक विद्यालयमा विद्यार्थी भरिभराउ छन् । विद्यार्थी नभएका अन्यत्रका सरकारी विद्यालयको तुलनामा यहाँ ठीक उल्टो छ । शिक्षाको महत्व बुझेका र हुनेखाने […]

दुई दशकदेखि बेपत्ता शमशेरबहादुर जब घर फर्किए…

साझा कथा । दुई दशकदेखि बेपत्ता मोरङको बेलबारी नगरपालिका–११ का शमशेरबहादुर कटुवाल घर फर्किएका छन् । स्थानीय तहको सक्रियतामा उनलाई घर फर्काइएको हो । शमशेरबहादुर फर्किएपछि कटुवाल परिवारमा खुसियाली छाएको छ । बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित वडा कार्यालयमा ६६ वर्षीय कटुवाललाई सोमबार स्थानीय तहका जनप्रतिनिधिले उनको परिवारको जिम्मा लगाएको छ । कटुवाल भोजपुरको जरायोटारबाट विसं २०६१ […]

प्रधानमन्त्री ‘प्रचण्ड’ ले जेठ ७ गते विश्वासको मत लिने

साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन् । यही जेठ ७ गते प्रधानमन्त्री ‘प्रचण्ड’ ले विश्वासको मत लिने विषयलाई संसद्को कार्यसूचीमा राख्न सङ्घीय संसद् सचिवालयलाई पत्र पठाइसकेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । सरकारमा सहभागी जनता समाजवादी पार्टी नेपालले गत वैशाख ३१ गते संविधानको धारा […]

चेपाङ बस्तीमा ‘एक घर, एक धारा’

साझा कथा । चितवनको इच्छाकामना गाउँपालिका–२ को छापडाँडामा ‘एक घर एक धारा’ अभियानअन्तर्गत सञ्चालित खानेपानी आयोजना सम्पन्न भएको छ । बुधबार एक कार्यक्रमका बीच सम्पन्न खानेपानी आयोजनाको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले उद्घाटन गरे । चेपाङ समुदायको बसोबास रहेको छापडाँडाका ५५ घरमा धारा गरिएका छन् । त्यस अवसरमा अध्यक्ष गुरुङले बाँकी रहेका चेपाङ बस्तीमा पनि चाँडै […]

नेपालले अमेरिका र क्यानडाविरुद्ध वार्म-अप खेल खेल्ने- यस्तो छ तालिका

साझा कथा । नेपालले दुई एसोसिएट राष्ट्र अमेरिका र क्यानडा विरुद्ध वार्म अप खेल खेल्दैछ । आईसिसी टि–२० विश्वकप अघि नेपालले खेल्ने आधिकारिक वार्मअप खेलको तालिका सार्वजनिक भएको छ । सार्वजनिक तालिका अनुसार नेपालले मे २७ मा क्यानडा विरुद्ध खेल्नेछ भने मे ३० मा अमेरिकाको सामना गर्नेछ । नेपालले दुवै खेल टेक्सासस्थित ग्रान्ड प्रेरी क्रिकेट […]

पेट्रोलियम पदार्थको मूल्य घट्यो

साझा कथा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु सात र डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु पाँच घटाएको हो । मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रटिलिटर एक सय ६८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि रु एक […]

स्मरणमा इतिहासकार ज्ञानमणि नेपाल ‘अभिलेख’को तेस्रो शृङ्खला (भिडियो)

साझा कथा अनलाइन पोर्टलमार्फत कार्यक्रम ‘अभिलेख’को तेस्रो शृङ्खलामा मंगलबार मात्र निधन हुनु भएका इतिहासकार ज्ञानमणि नेपालसँग साझा कथाले गरेको पछिल्लो विशेष कुराकानी प्रस्तुत गरेका छौं । ‘अभिलेख’ एक संवादमूलक टेलिभिजन कार्यक्रम हो । समाजका विभिन्न क्षेत्रमा योगदान दिनुभएका फरक व्यक्तित्वहरूको अनुभवको अभिलेखीकरण गर्नु नै यस कार्यक्रमको मूल उद्देश्य हो । कार्यक्रमले विगतको खोज, अनुसन्धान र […]

कश्मिरमा बन्धक बनाइएका ३६ नेपालीको सकुशल उद्धार

साझा कथा । भारतको कश्मिर पुर्‍याएर बन्धक बनाइएका ३६ जना नेपालीहरुको उद्धार गरिएको छ । सर्लाही, महोत्तरी र धनुषाका विभिन्न गाउँबाट मजदुरीका लागि कश्मिर पुगेका उनीहरुलाई उद्धार गरी स्वदेश ल्याउने काम भइरहेको छ । राम्रो पारिश्रमिक दिने प्रलोभनमा कश्मिर पुर्‍याएर बन्धक बनाइएका उनीहरुलाई उद्धार गरिएको हो । कश्मिर लगेपछि उनीहरुसँग भएको नगद, नागरिकता र मोबाइल […]

हरित रोजगारीका निम्ति कोरियाले नेपाललाई ९८ लाख डलर दिने

साझा कथा । कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति ९८ लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ । सहयोगसम्बन्धी समझदारीपत्रमा नेपालका लागि कोरियाका राजदूत तेयोङ पार्क र अर्थसचिव मधुकुमार मरासिनीले मङ्गलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गरे । कोरियाली अन्तर्राष्ट्रिय सहयोग निकाय ९कोइका०मार्फत उक्त रकम पोखरा महानगरपालिकालाई प्रदान गरिनेछ । महानगरपालिकासँगको सहकार्यमा फोहरमैला […]

आयआर्जनको माध्यम बन्दै ‘मह’सिकार

साझा कथा । देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा विकास हुन थालेको छ । धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले महसिकार अवलोकन गर्न पर्यटक आउने र मह खरिद गर्न उपभोक्ता जङ्गलमै पुग्न थालेपछि ग्रामीण क्षेत्रको आयआर्जनमा सहयोग पुगेको बताए । “अक्करे भिरमा जोखिम मोलेर गरिने महसिकार वसन्तयाममा धवलागिरि चक्रीय, गुर्जा र ढोरपाटन […]

आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम (पूर्ण पाठसहित)

साझा कथा । सरकारले आर्थिक वर्ष २०८१/८२ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । राष्ट्रपति पौडेलले सरकारले लिएका नीतिगत तथा अन्य सुधारात्मक उपायको परिणामस्वरुप सबै क्षेत्रमा सकारात्मक नतिजा देखिन थालेको […]

इतिहासकार ज्ञानमणि नेपालको निधन

साझा कथा । इतिहासकार ज्ञानमणि नेपालको ९२ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मुटुको रोगलगायत समस्या झेल्दै आएका नेपालको मनमोहन कार्डिओभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार चलिरहेको थियो । उपचारका क्रममा सो अस्पतालमा उनको आज मध्याह्न निधन भएको हो । नेपाललाई एक सिद्धहस्त, नेपालको सांस्कृतिक इतिहासका ज्ञाता र खोजकर्ताका रूपमा चिनिन्छ । उनले भोजपुरमा […]

मन्त्रिपरिषद्बारा नीति तथा कार्यक्रम पारित

साझा कथा । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । आज अपराह्न संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम […]

भारतको मुम्बईमा होर्डिङ बोर्ड ढल्दा १४ जनाको मृत्यु, ८० जना भन्दा बढी घाइते

साझा कथा । भारतको मुम्बईमा आएको आँधीका कारण होर्डिङ बोर्ड ढल्दा कम्तिमा १४ जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार दुर्घटनामा परी करिब ८४ जना घाइते भएका छन् । प्रहरीका अनुसार ७० मिटर लामो होर्डिङ बोर्ड सहरको घर र पेट्रोल स्टेसनमा खसेको थियो । यो होर्डिङ बोर्ड ७०–५० मिटर ठुलो थियो । अधिकारीहरूका […]

सन्दीपको मुद्धा उच्च अदालतमा फैसला हुँदै

साझा कथा । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दाको सुनुवाइ मङ्गलवार (आज) उच्च अदालत पाटनमा हुँदैछ । उच्च अदालतको सुनुवाइपछि केही दिनमै फैसला आउने अपेक्षा गरिएको छ । सुनुवाइपछि सन्दीपको पक्षमा फैसला आएको खण्डमा उनले विश्वकप खेल्ने बाटो खुल्नसक्ने बताइएको छ । वैशाख २३ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको संयुक्त […]