सौर्य दुर्घटनाः दोलखा भीमसेनमा पसिना आएपछिको अनिष्ट हो ? (भिडियो)

साझा कथा । सौर्य एयरलाइन्सको प्राविधिक टोली चढेकै विमान अकस्मात दुर्घटनामा परेपछि यसलाई दोलखा भीमसेनमा पसिना आएपछि भएको अनिष्टको रुपमा समेत व्याख्या विश्लेषण गर्न थालिएको छ । गत साउन ५ गते अर्थात शनिवार दोलखास्थित विश्वप्रसिद्ध भीमेश्वर मन्दिरको शीलामा पसिना आएको थियो । भीमेश्वरको शीलामा पसिना आउनुलाई देशमा अनिष्ट हुने संकेतको रुपमा लिइदै आएको छ । […]

चार कीर्तिमान रच्दै नेपालले जित्यो एसिया कपको पहिलो खेल

साझा कथा । एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले चार कीर्तिमान बनाउँदै विजयी सुरुवात गरेको छ। शुक्रबार भएको खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको हो । युएईले दिएको ११६ रनको लक्ष्य नेपालले १६ दशमलव १ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । नेपालको जितमा ओपनर सम्झना खड्काले अर्धशतक प्रहार गर्दै खेलको प्लेयर अफ् […]

‘क्यान्सर जितेकी अम्बिका निमोनियासँग हारिन्’ (भिडियो)

साझा कथा । चार वर्ष अघि मात्रै क्यान्सर जस्तो प्राणघातक रोग जितेकी द्वारिकाज होटलकी सञ्चालिका अम्बिका श्रेष्ठको निधन भएको छ । सफल महिला उद्यमीको रुपमा परिचित उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनी ९१ वर्षकी थिइन् । दुई महिनायता उपचाररत उनको आज निधन भएको हो । उनी निमोनियबाट पीडित थिइन् । […]

नेपालका वरिष्ठ पत्रकार भैरव रिसाल (भिडियो)

साझा कथा अनलाइन पोर्टलमार्फत कार्यक्रम ‘अभिलेख’को भाग – ११ मा नेपालका वरिष्ठ पत्रकार भैरव रिसालसँग ‘साझा कथा’ले गरेको पछिल्लो विशेष कुराकानी प्रस्तुत गरेका छौं । ‘अभिलेख’ एक संवादमूलक टेलिभिजन कार्यक्रम हो । समाजका विभिन्न क्षेत्रमा योगदान दिनुभएका फरक व्यक्तित्वहरूको अनुभवको अभिलेखीकरण गर्नु नै यस कार्यक्रमको मूल उद्देश्य हो । कार्यक्रमले विगतको खोज, अनुसन्धान र अनुभवलाई […]

विनोद चौधरीको बौद्विक यात्रा (भिडियो)

फोर्ब्स अर्बपति, राजनीतिज्ञ तथा समाजसेवीको सामूहिक परिचय बनाएका विनोद चौधरी, चौधरी ग्रुपका अध्यक्ष तथा कार्यकारी प्रमुखसमेत हुन् । नेपालको औधोगिक घराना चौधरी ग्रुप अहिले बैंक, बीमा, फाइनान्स र हाउजिङदेखि सफ्ट पेय पदार्थ तथा बियर, चुरोट, खाद्यवस्तु अनि इलेक्ट्रोनिक सामग्री उत्पादनसम्म फैलिएको छ । अहिले एकल तथा अन्तरराष्ट्रिय साझेदारीमा संसारभर उत्पादनमूलक क्षेत्रमा उनको घरानाको लगानी छ […]

विश्वले गर्व गर्ने धनको ‘कफी कला’ (भिडियो कथा)

साझा कथा । विश्व बजारमा पुगेका नेपालीहरुले आफ्नो नाम र देशको पहिचान फरकफरक ढंगले चिनाएका छन् । केहीले नमूनाका होटल तथा रेष्टुरेष्ट, केहीले व्यापार/व्यवसाय, केहीले आफ्नो बौद्धिकता त केहीले कला प्रस्तुत गरेर नेपाललाई विश्वमाझ परिचित गराएका छन् । यस्तै, आफ्नो छवि र देशको नाम विश्वभर चिनाएका एक व्यक्ति हुन् – धन तामाङ । विश्व बजारमा […]

पदको मृत्यु रोजेर महामन्त्रीले सार्वजनिक गरेको प्रतिवेदन (पूर्णपाठ)

साझा कथा । राष्ट्रिय स्वतन्त्र पार्टीका तत्कालिन महामन्त्री मुकुल ढकालले तयार पारेको समीक्षा प्रतिवेदन अहिले चर्चामा छ । प्रतिवेदनकै कारण महामन्त्री ढकाल पार्टीबाट निलम्बित भएका छन् । निलम्बित महामन्त्री मुकुल ढकालले तयार पारेको ३२ पृष्ठको समीक्षा प्रतिवेदन प्रश्नैप्रश्नको भण्डारको ?पमा आएको छ । पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले साझा कथालाई उपलब्ध गराएको प्रतिवेदनमा विशेषतः पार्टीभित्र […]

प्रत्यक्ष प्रशारण गर्न नपाएको झोंक मुकुलले पोखे मिडियामा

साझा कथा । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज (बुधबार) वनस्थलीस्थित पार्टी कार्यालयमा बसेको थियो । सो बैठकमा पार्टीका महामन्त्री मुकुल ढकालले समीक्षा प्रतिवेदन पेश गर्ने कार्यतालिका तय भएको थियो । आफूले तयार गरेको प्रतिवेदन पेश गर्ने बैठकको प्रत्यक्ष प्रशारण गर्न उनले माग गरेका थिए । तर, अधिकांश केन्द्रिय सदस्यहरुले प्रत्यक्ष प्रशारण गर्न उपयुक्त […]

उकालो चढ्दै सुनको भाउ

साझा कथा । सुनको भाउ केही दिनदेखि लगातार बढिरहेको छ । सोही क्रममा आज सुनको भाउ तोलामा १ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ रहेकोमा मंगलबार १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । यसअघि जेठ २५ गते […]

टी-२० विश्वकपमा दक्षिण अफ्रिकाको पहिलो फाइनल यात्रा

साझा कथा । टी-२० विश्वकपको इतिहासमा दक्षिण अफ्रिकाले पहिलो पटक फाइनलको यात्रा तय गरेको छ । आज अफगानिस्तानलाई ९ विकेटले हराउँदै जारी आईसीसी टी-२० विश्वकप २०२४ मा दक्षिण अफ्रिकाले पहिलो पटक फाइनल यात्रा तय गरेको हो । एकदिवसीयमा ५ पटक र टी-२० मा दुई पटक सेमिफाइनलबाट घर फर्केको दक्षिण अफ्रिका यस पटक भने सेमिफाइनलमा ऐतिहासि […]

नेपालको राष्ट्रिय झन्डाको स्वरुप तयार पार्ने रिमाल (भिडियो)

साझा कथा । तपाईंलाई थाहा छ – विश्वमा अनुपम नमूनाको रुपमा चिनिएको नेपालको राष्ट्रिय झन्डाको स्वरुप तयार पार्ने व्यक्ति वरिष्ठ इन्जिनियर तथा वास्तुविद् शंकरनाथ रिमाल हुन् । उनले नै नेपाली झण्डाको मानकीकरण गरेका थिए । यसका साथै, उनले सहिदगेट, प्रज्ञा प्रतिष्ठान भवन, नारायणहिटी जस्ता प्रसिद्ध भवन र स्मारकहरूको डिजाइन समेत गरेका थिए । उनै कलाका […]

नेपालमा सौर्य ऊर्जाको सम्भावना (भिडियो)

साझा कथा । एक समय थियो, जुन समय १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो । १८ घण्टासम्मको लोडसेडिङ भोग्नु परेका हामीलाई हिजोआज आक्कलझुक्कल हुने लोडसेडिङले कुनै पीडाबोध गराउँदैन । लोडसेडिङले त्राहिमाम् भएको बेला जेनेरेटरको चर्को शुल्क भोगेर उज्यालो बालेका हाम्रा लागि केही महंगो पर्ने बिजुलीको बिल पनि सामान्य नै लाग्न सक्छ । तर, जलविद्युत र सौर्य ऊर्जालगायत […]

टी-२० विश्वकपः सुपर ८ मा पुगेका ८ देश

साझा कथा । अमेरिका र वेष्टइन्डिजमा सञ्चालित आईसीसी टी २० विश्वकप २०२४ को सुपर-८ मा पुग्ने ८ देशको नाम टुंगिएको छ । समूह चरणको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने भारत, अष्ट्रेलिया, अफगानिस्तान, बंगलादेश, अमेरिका, इंग्ल्यान्ड, वेष्टइण्डिज र दक्षिण अफ्रिका सुपर-८ मा पुगेको हो । समूह ‘ए’ बाट भारत ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा रह्यो […]

एक हप्ता दैनिक चार घण्टा विजुली अवरूद्ध हुने

साझा कथा । निश्चित ठाउँमा आइतबारबाट सुरु भएको दैनिक चार घण्टाको लोडसेडिङ (विजुली अवरुद्ध) एक सातासम्म हुने भएको छ । विद्युत् प्राधिकरण अन्तर्गतको काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजनाले सार्वजनिक गरेको सूचना अनुसार काठमाडौंका विभिन्न वितरण केन्द्र अन्तर्गतका विभिन्न स्थानहरूमा दैनिक चार घण्टा बिजुली अवरूद्ध हुने भएको हो । आयोजनाले विद्युतीय लाइन भूमिगत गर्ने […]

भुइँ मान्छेको कथा (भिडियो)

साझा कथा । बाजे बराजुदेखि बुबाआमा र आफू समेत मालिकको घरमा बँधुवा श्रमिकको रुपमा बसेर काम गर्नु परेको पीडा उनीहरुलाई नै महशुस हुन्छ, जसले पुस्तौंपुस्ताको जिन्दगी यसैगरी बिताए । यस पटक विशेषतः मधेश प्रदेशका केही जिल्लामा रहेका मुक्त हरवाचरवाहरुको यस्तै पीडादायी कथा ‘भुइँ मान्छेको कथा’का रुपमा ‘ब्राभो डेल्टा शो’मा पस्केका छौं ।

संकट टार्ने संकटा ! (फोटो कथा)

साझा कथा । सुखको समय वा खुशीको बेला कमैले भगवान सम्झन्छन् । बढी जसो भगवान सम्झने दुःखकै बेला हो । मानवलाई पर्ने दुःख पनि फरकफरक हुन्छन् । फरकफरक दुःख बुझ्ने भगवान पनि फरकफरक छन् । यी सबै आस्था, विश्वास र आत्म सन्तुष्टि हुन् । यस्तै एक देवी, जो संकट टार्नका लागि प्रख्यात छिन् – संकटा […]

यौन हिंसा विरुद्ध तीजकी ‘देवी’

साझा कथा । महिलामाथि हुने यौनहिंसा विरुद्धको कथावस्तुमा निर्माण भएको चलचित्र ‘देवी’ नारीहरुको महान् पर्व हरितालिका तीजमा रिलिज हुने भएको छ । चलचित्रको मुख्य पात्र शिल्पा मास्केको क्यारेक्टर लुक्स प्रस्तुत गरिएको पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले भदौ २१ गते तीजको दिन चलचित्र प्रदर्शनीको मिति तय भएको पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । सञ्जोग राई […]

अर्थराजनीति संवादः देश हिडेको विकासको बाटो (भिडियो)

साझा कथा । समग्र देशको विकासलाई डोर्याउने अर्थतन्त्र । अर्थतन्त्रको केन्द्रविन्दु अर्थमन्त्रालय र त्यसका लिडर मन्त्री वर्षमान पुन । ब्राभो डेल्टा शो को १ सय २६ औं भागमा सञ्चारकर्मी भूषण दाहालले यस पटक उनै अर्थमन्त्री वर्षमान पुनसँग देशको आर्थिक अवस्था, विकासका मोडल, भ्रष्टाचार, अनियमितता र त्यसलाई संरक्षण दिने राजनीतिसहितको अर्थराजनीतिका विषयमा कुराकानी गरेका छन् ।

बालेनले सिंहदरबारबाट उद्धार गरे ५ बालश्रमिक

साझा कथा । प्रधानमन्त्री र मन्त्रीहरुको कार्यालय रहेको सिंहदरबारबाट ५ जना बाल श्रमिकहरुको उद्धार गरेको छ । काठमाडौं महानगरपालिकाबाट खटिएको नगर प्रहरीले सिंहदरबारभित्र सञ्चालित विभिन्न खाजा घर (क्यान्टिन)बाट ती बालकहरुको उद्धार गरेको हो । केही दिनदेखि बालश्रमिक विरुद्ध अभियान चलाइरहेको महानगरले अनुगमनका क्रममा भेटेका ती बालश्रमिकहरुलाई बुधबार उद्धार गरेको हो । काठमाडौंका विभिन्न क्षेत्रमा बालबालिकामाथि […]

ललितपुरमा चल्दैछ रोजगारको मेला ‘श्रमाधान’

साझा कथा । रोजगारदाता र रोजगारीको खोजी गरिरहेका व्यक्ति लक्षित रोजगार मेला ‘श्रमाधान’ ललितपुरमा सुरु भएको छ । स्वदेशमै रोजगारी गर्न चाहने युवालाई आर्थिक र सामाजिक रुपमा स्थापित गराउन सहयोग पर्याउने मुख्य उद्देश्यका साथ ललितपुरस्थित पाटन बहुमुखी क्याम्पसमा मेला सुरु भएको हो । मंगलबारबाट सुरु भएको मेला दुई दिनसम्म चल्नेछ । मेलामा रोजगारीको खोजी गरिरहेका […]

नेपालमा अन्तर्राष्ट्रिय स्तरको पारा थ्रो बल प्रतियोगिता सम्पन्न

साझा कथा । नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको पारा थ्रो बल प्रतियोगिता सम्पन्न भएको छ । पारा थ्रो बल समाज नेपालले आयोजना गरेको एक दिवसीय प्रतियोगितामा नेपाल र भारतका खेलाडीहरु बीच प्रतिस्पर्धा भएको थियो । काठमाडौंस्थित कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. ७ मा रहेको कभर्ड हलमा सञ्चालित प्रतियोगितामा पुरुष र महिला गरि जम्मा ६ टिमको सहभागिता […]

सञ्जालमा होलीको रौनक (फोटो कथा)

साझा कथा । रङको उत्सव ‘होली’ आज धुमधामका साथ मनाइयो । कसैले घरपरिवारमा, कसैले साथीभाइ भेटघाट गरेर, कसैले विशेष कार्यक्रमकै आयोजना गरेर, कसैले घुमघाम त कसैले मिठामिठा परिकार खाएर होली मनाए । यसरी दिनभर मनाइएको वा खेलिएको होली साँझपख सामाजिक सञ्जालमा फोटो तथा भिडियोहरु शेयर गरेर होलीलाई स्मरणीय बनाउनेहरु धेरै छन् । फेसबुक, ट्वीटर, इन्स्ट्रा […]

पर्वको राजा महाशिवरात्रि, पशुपतिमा विशेष पुजा

साझा कथा । महाशिवरात्री अथवा शिवरात्री हिन्दु धर्मावलम्बीहरुको एक विशेष चाड हो । भगवान शिवको उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्री मध्ये एक पवित्र पर्वका रूपमा बिभिन्न पुराणहरूमा वर्णित छ। फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका […]

नेदरल्याण्डसमाथि नेपाल ६ विकेटले विजयीः रोमाञ्चक खेलका रोचक फोटोहरु

साझा कथा । त्रिकोणात्मक टी – २० आई सिरिजमा नेपालले नेदरल्याण्डसमाथि ६ विकेटको जित हात पारेको छ । टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्डसले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर १२१ रनको लक्ष्य दियो । जसमा नेपालले १५ दशमलव २ ओभरमा ४ विकेट गुमाएर खेल जित्यो । कीर्तिपुर मैदानमा भएको खेलका केही रोचक फोटोहरु साझा […]

आईसीसी क्रिकेट विश्वकप लिग २ : नेपालसामु निरीह बन्यो नेदरल्याण्ड (फोटोसहित)

साझा कथा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज भएको खेलमा नेपालसामु नेदरल्याण्ड निरीह बन्न पुग्यो । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले नेदरल्याण्डसमाथि ९ विकेटको जित हात पर्यो । जस जितेर पहिले फिल्डिङ रोजेको नेपालका लागि नेदरल्याण्डसले ३९ ओभरमा सबै विकेट गुमाउँदै १३८ रनको सामान्य लक्ष्य दिएको थियो । सुरुवातीदेखि नै आक्रामक रुपमा […]

४ सय ७४ जनाले शेयर गरेको एउटा मञ्च (फोटो कथा)

साझा कथा । मञ्च अर्थात कुनै पनि कार्यक्रम सञ्चालन गर्नका लागि दर्शकदीर्घाको अग्रभागमा निर्माण गरिएको एक प्रस्तुति कक्ष । जहाँ प्रस्तोताहरुले आफ्नो प्रस्तुति देखाउँछन् । मञ्चमा कसैले नाटक प्रस्तुत गर्छन्, कसैले गीत, कसैले नृत्य त कसैले भाषण कला । मञ्चमा प्रस्तुत हुने अनेकन कलाले नै मानिसलाई प्रखर, सक्षम र आत्मविश्वासी बनाउँछ । यस्तै, कलाहरु आज […]

जोखिम मोलेर डुङ्गामा रमाउँछन् रारा पुगेका पर्यटक

साझा कथा । कर्णालीको उत्कृष्ट पर्यटकीय गन्तव्य मानिएको र नेपालको सबैभन्दा ठूलो र गहिरो ताल रारामा पर्यटक जोखिमपूर्ण डुङ्गा यात्रा गरी रमाउने गरेका छन् । मुगुको छायाँनाथ रारा नगरपालिका–९ मा अवस्थित रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले तालमा डुङ्गा चढेर वारपार गरी रमाउने गरेका छन् । पर्यटकले डुङ्गामा सवार गर्दा सुरक्षाका लागि प्रयोग गरिने […]

अफगानिस्तानले नेपाललाई दियो २६२ रनको लक्ष्य

साझा कथा । यू १९ एसिया कपको दोस्रो खेलमा नेपाललाई अफगानिस्तानले २६२ रनको लक्ष्य दिएको छ । दुबईको आईसीसी एकेडेमी ओभल–२ मा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अफगानिस्तानले ४९.३ ओभरमा सबै विकेट गुमाएर २६१ रन बनाएको हो । अफगानिस्तानका लागि जमशिद  जद्रानले सर्बाधिक १०६ रन बनाएका थिए । त्यस्तै नुमन शाहले ६०, रहिमुल्लाह […]

एनसेल प्रकरण अध्ययन गर्न पाँच सदस्यीय समिति गठन

साझा कथा । सरकारले एनसेलको ८० प्रतिशत हिस्सा ओगटेको कम्पनीको शेयर खरिदबिक्रीबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । आज (बिहीवार) बसेको मन्त्रीपरिषद्को बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । उनकाअनुसार सरकारले समितिको सस्यहरुमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव […]

राजधानीसहित देशका धेरै ठाउँको मौसम धुम्म, के भन्छन् मौसमविद्

साझा कथा । काठमाडौँ उपत्यका लगाएत देशका बिभिन्न ठाउँमा आज (बिहीबार) बिहानैदेखि मौसम धुम्म र आकास खुलेको छैन् । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भुभागमा आंशिक देखि सामान्य बदली रहेको छ भने देशको तराईका थोरै स्थानमा हुस्सु पनि लागेको छ । हाल नेपालमा पश्चिमी वायुको […]

the bRAVO dELTA show मा ओशोका भाइ डा. शैलेन्द्र सरस्वतीसँगको कुराकानी

ओशो एक आध्यात्मिक गुरु जसले मानिसलाई तनावमुक्त बनाई आनन्दित रुपमा बाच्ने कला सिकाए । उनी हामी माझ छैनन् तर उनका अनुयायीहरु विश्वभर छन् र ओशोका विचारलाई विश्व समुदायमाझ फैलाइरहेका छन् । नेपालमा पनि ओशाको थुप्रै आश्रमहरु छन् र ध्यान सत्सङ शिविरहरु सञ्चालन भइरहेका छन् । यसै सिलसिलामा नेपाल आइपुगेका ओशोका भाइ गुरुदेव डा. शैलेन्द्र सरस्वतीसँग […]

गृहमन्त्री श्रेष्ठको गरियो मुटुको ‘एन्जियोप्लास्टी सर्जरी’: अस्पताल पुगे प्रधानमन्त्री ‘प्रचण्ड’

साझा कथा । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको मुटुमा एन्जियोप्लास्टी सर्जरी गरिएको छ । बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा मन्त्री श्रेष्ठको ‘एन्जियोप्लास्टी सर्जरी’ गरिएको हो । गत असोज ३० गते उनी मित्रराष्ट्र चीनको भ्रमणमा रहेको बेला मुटुमा ‘एक्युट मायोकार्डियल इन्फेक्सन’ भएको र चीनको पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा आकस्मिक ‘कोरोनरी एन्जियोग्राफी’ गर्दा ‘ओन्टस मार्जिनल’ […]

न्यूरोडस्थित एक सुन पसलमा प्रहरीको छापा, ७ किलो अवैध सुन बरामद

साझा कथा । प्रहरीले काठमाण्डौँको न्यूरोडस्थित अवैध सुन गाल्ने एक कारखानामा छापा हानेको छ । उक्त सुन पसलबाट झण्डै ८ किलो सुन बरामद गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले गएराति कैलालीका पदमप्रसाद पाण्डेले सञ्चालन गरेको पर्ल गोल्ड प्रालिमा छापा हानेको हो । छापा मार्ने क्रममा कारखानामा तस्करीबाट ल्याइएको सुन गाल्ने गरेको पाईएको भन्दै […]

१ बर्षमा ग्लोबल आइएमई बैँकले तिर्यो तीन अर्ब कर

साझा कथा । बैँक तथा वित्तीय संस्थामध्ये ग्लोबल आइएमई बैंक लिमिटेडले सबैभन्दा धेरै आयकर दाखिला गरेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ मा तीन अर्ब २० करोड कर दाखिला गरेको थियो । आन्तरिक राजस्व कार्यालयले राष्ट्रिय कर दिवस २०८० का अवसरमा आयोजित कर सप्ताह समापन समारोहमा बैंक तथा वित्तीय संस्थाअन्तर्गत सर्वाधिक कर तिर्ने करदातामा ग्लोबल […]

दुर्गा प्रसाईँलाई कालो मोसो दल्ने व्यक्ति नै महिलाहरु लखेट्ने काममा संलग्न

साझा कथा । पुस ७ गतेको पूर्वसन्ध्यामा अभियन्ता दुर्गा प्रसाईँ र नेकपा एमालेका नेता महेश बस्नेतले आफ्नो तयारी तिव्र पारेका छन् । यहि बीचमा अहिले सामाजिक सञ्जालमा एक भिडीयो निकै चर्चामा छ । होटलमा सुतिरहेका महिलाहरुलाई एउटा समूहले रातारात लखेटेको दृश्यले सबैको ध्यान तानिरहेको छ । अधिकाँशले यो कृत्यको भर्त्सना गरिरहेका छन् । एमाले निकट […]

बालबालिकाको मोबाइल लत कसरी छुटाउने ?

साझा कथा । तपाईको घरमा पनि बालबालिकाहरु ढिलो बोलेका वा बोली नफुटेको” समस्या छ होला । खाना खाँदा अनिवार्य मोबाइल चाहिने अवस्था छ होला । मोबाइल दिएपछि बच्चाहरु शान्त भएको र मोबाइल खोस्दा उनीहरुको चिच्याहट छ होला । बालबालिकाहरुले अरुसँग कुरा नगर्ने, सामाजिक मर्यादा सिकाउन अप्ठ्यारो परिरहेको छ होला । यी सबैको कारण हो, मोबाइलको […]